Saturday, January 31, 2009

सधैं सँगै हिंड्नेहरु

सधैं सँगै हिंड्नेहरु, साथी हुन्नन साथी
मिठो वचन बोल्ने सबै,जाती हुन्नन साथी

बगैचामा अनगिन्ती, फुलहरु फुल्छन
सबै फुल्ने फुलहरु, पाती हुन्नन साथी

जीवन माथि एक्कासी, ग्रहण लागेपछी
अन्धकार मात्र सधैं, राती हुन्नन साथी

चारैतिर अन्यायको, कालो वादल छायपछी
न्याय खोज्ने हातहरु, माथि हुन्नन साथी

आफ्नो लागि मात्र वाच्ने, चलन भएपछी
दु:ख पर्दा साथ दिने, छाती हुन्नन साथी

सानैमा सिकाइ

सानैमा सिकाइ दियौ नभै हुन्न आजभोलि
किसको मात्र कुरा गर्छौ त्यसले छुन्न आजभोली

यताउता सलबलाउने यो चन्चले मनलाई
खोजी राछु भोटे ताल्चा लगाइ थुन्न आजभोली

करकापमा हिजो सम्म एक गिलास बलै जान्थ्यो
सिकेको छु भट्टी छिरी पिउन टुन्न आजभोली

पालै पालो हत्या भयो दिदी भहिनी दाजु भाईको
चोट सहने बानी पर्‍यो अह रुन्न आजभोली

मिठो भाषण गर्छन् सबै कसको विश्वाश गर्ने
सार्है कठीन भयो हजुर नेता चुन्न आजभोली

Saturday, January 24, 2009

मनका कुरा

तिम्रो आफ्नै बिश्लेषणहरु होलान, विवेक सम्मत निर्णय गर्ने चेतना पनि छ होला, अनी तिमीसँग पनि विगत, वर्तमान र भबिश्य होला मेरो जस्तै होइन? तिमीले भनेजस्तै जीवन न हारजित हुने खेल हो , न परिक्षा लिएर छुट्टाउने पास फेल नै हो जीवन त आत्मियता को संगम हो जहाँ संसार जित्न सकिन्छ, संसार बिर्सन सकिन्छ। होला तिम्रा आफ्नै निर्ष्कषहरु' मैले हारे भन्ने' तर तिमीसँग एउटा प्रश्नगर्छु तिमीले हार्दा के, कती, कसरी र कस्ले जित्यो?
मैले तिमीलाई आजसम्म बुझाउन सकिन र तिमीले पनि कहिलै मलाई बुझ्नै खोजिनौ,कमजोरी मेरै होला स्प्रष्ट रुपमा, सरल भाषामा मनका सबै कुरा तिमीलाई भन्न नसक्नु तर आज मसँग एउटा दुखेसो छ , मैले कहिलै नराम्रो भनेको छु तिमीलाई? केही नराम्रो गरेको छु? के मैले तिमीलाई अपनाउदिन भनेर कहिले भनेको थिए? तिमीलाई पनि थाहा थियो र छ पनि मेरो परिवार ले हाम्रो सम्बन्ध लाई स्विकार गर्दैन भनेर तर मैले यि वास्तविकता तिमीलाई भन्दा तिमी यसलाई मेरो कमजोरी भन्छौ भने मैले के गरु? तिमीले पनि त आफ्नो बाटो सजिलो बनाउन मेरो परिवारसँग प्रतिशोध नभै प्रेमको व्यवहाँर गर्न सक्थियौ र सक्छौ पनि तर किन तिमी यस्लाई अपमान को संज्ञा दिदैछौ? मेरो परिवारमा तिमी आफ्नो अपमान हुन्छ भनेर केटाकेटी कुरा गर्दै छौ। तिमी असल बनन तिमीलाई मेरो परिवारले सम्मान दिन्छ अपमान होइन नानु।
तलाई काट्छु, मार्छु भन्ने शत्रुहरु त एकदिन मलाई चाहिन्छ भन्ने प्रबिणलाई २० औ बशन्तको चिनाजानी, कयौ अप्ठयारा खुड्कीलाकी सहयात्री , बर्शौ बर्षको घनिश्ठता, हिर्दय देखी जन्मिएको प्रेम, हजारौ क्षणहरु कलजयी भएर हिर्दय भित्र सरीसकेको कोमल बिरुवा काम नलाग्ला र ?

Wednesday, January 14, 2009

तिमीलाई के थाहा ..

तिमीलाई के थाहा सानी,चोट यो मनको
क्षणक्षणमा मुर्छा पार्ने, विस्फोट यो मनको

किनार लाग्न पाएनन, मेरा मिठा सपनाले
खरानी भो एक निमेष मै, अठोट यो मनको

हिजो सम्म राम्रो भन्थ्यौ, आज नानाभाती
के पायौ खै अनायसै, खोट यो मनको

आँफैसँग दंग पर्थे, कस्तो युगल जोडी
अन्धकार भित्र रहिछ, छनोट यो मनको

मेरो नजिक नआउ, जाउ अब परपर
बन्द भए तिमी खेल्ने, कोर्ट यो मनको

हार्दिक श्रदान्जली पत्रकार 'उमा सिंह' प्रती


आततायी र अमानविय तरिकाले निहत्था पत्रकार,एक नारीको क्रुर हत्याको जती नै निन्दा गरे पनि कमै हुन्छ।
यस्ता जङगली प्रब्रितीले सारा समाज माथि नाङगो हस्तक्षेप गरेको ठान्दछु। यस दु:खद घडीमा पत्रकार उमा सिंह
को आत्माको चिर शान्तिको कामना साथै शोक शन्तव्द सम्पूर्ण परिवारजनहरुमा ईश्वरले धैर्य धारण गर्ने शक्ती प्रदान
गरुन हार्दिक समवेदना ।

Tuesday, January 13, 2009

अधर्मी पापी भन्दै

आपत पर्दा जीवनमा, हतास नठाने है
काँडामाथी हिंड्नु पर्दा, खुट्टा नताने है

जन्मी हुर्की बढेको, यही सस्कारले गर्दा
चिढिएर बोल्न सक्छु, दु:ख नमाने है

प्रश्नहरु गरौला, तिमीलाई बुझ्न भनी
अबिश्वासी भनी मलाई, अर्को नछाने है

मेरै कारण कहिलेकाही, अप्ठ्यरो परे पनि
रिसाएर आँखा चिम्ली, तीर नहाने है

भबितब्य पर्न गई, एक्लै छाडे भने कतै
अधर्मी पापी भन्दै, तेलमा नझाने है

एकदिन जवानीको

एकदिन जवानीको,मात सकिन्छ सानी
मिठा सपना देखिरहने,रात सकिन्छ सानी

केही कुरा मनमा लेउ, तिम्रो राम्रो भन्दा
नसुने झै गरिरहे, बात सकिन्छ सानी

सम्हाल है यताउता, चुलबुलाउने बानी
नत्र हाम्रो मायाको, जात सकिन्छ सानी

छलछामको बाहानामा, घमन्डी बन्यौ भने
दु:ख पर्दा सुम्सुमाउने, हात सकिन्छ सानी

सोच्नु भन्छन बेलैमा, पछुताउनु भन्दा
शिशिर छाए जीवनमा, पात सकिन्छ सानी

कबिता: बाडुल्कीको तरङगमा....

बाडुल्की लाग्छ भन्थ्यौ तिमीलाई मेरो सम्झाइमा
बिर्सीयौकी के हो कुनी थोरै दिनको बसाइमा
न कुनै खबर आयो न त बाडुल्की नै लायो
आशाहरु देखाएर निरास पारे जस्तो भयो
के थाहा कुनी अर्कै मनले ठुलै आशा छर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित

किन हुन्छौ सिरीयस हास्न सिक भन्दै
मनभित्रको चाहानलाई पुर्ने खाडल खन्दै
छोडि गयौ इच्छाहरुलाई काडे तारले बारी
मलाई पार्यौ दोधरमा वारी जाउकी पारी
न तिम्रो साम्झनाले अन्तै डेरा सर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित

कहिलेसम्म रोइ बाच्ने पिरै पिर बोकी
बुझेर नि नबुझेको जस्तो गर्या हो कि
भनी हाल मनको कुरो किन पार्ने गाठो
प्रेम पनि हुँदै हो नि जीवनको एउटा पाटो
हिर्दयको कुन भित्र मेरो माया मर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित

काठमाडौंमा बातावरण प्रदुषण

साझ पर्न साथ एउटा ठुलो जमात हातमा फोहरको पोक बोकेर नजिकैको चोक, खोल, नदीतिर लाग्छ त्यस पोका भित्र सबथोक हुन्छ यनकी भान्सा बाट निस्कने फोहर देखी प्लास्टिक,कागज, काच सबै त्यही तपाईं हामीले मिल्काउने फोहरका पोकाले आज वाग्मती, बिष्णुमतीले बग्न बिर्सेंका छन त्यो नदी तथा चोकमा फोहर मिल्काएर हामीले वातवरण प्रदुषण गरिरहेक छौ भन्ने हामी कमैलाई थाहा छ। बिगत एक दशकदेखी काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरण, यहाँको सडकमा धुवाको मुस्लो फाल्दै हजारौंको सन्ख्यामा दिनहु दौडने पुरना थोत्रा सवारी साधनको चाप,दिनहु जस्तो हुने बिरोध पर्दर्शनले बिरोधको नाममा बाल्ने टाएर, अनाबश्यक रुपमा सवारी साधनले बजाउने हर्न आदिले दिन प्रतीदिन यहाँको बातावरण अत्यासलाग्दो बन्दै छ। वास्तबमै भन्दा काठमाडौंको सडकमा रुमालले मुख नछोपी हिंड्न नसक्ने अवस्था छ। आजकै औषतमा यहाँ पर्दुषण बढ्दै जाने हो भने केही बर्ष भित्र हामीले संघाइ, मेक्सिको सिटी जस्ता शहरलाई पनि पछी पार्ने छौ। फरक यती मात्र हो संघाइ औधोकिकरणले प्रदुषीत बनेको छ भने काठमाडौं तपाईं हाम्रो लपारबाहिले। यसो भनेर हाम्रो राजधानीमा सिमित औधोकिकरणले कती प्रभाब पारेको छैन भनेर भन्न खोजेको भने होइन। बातावरण प्रदुषणले मानवीय स्वस्थ्यमा प्रतिकुल असर त पारेकै छ त्यतिमात्र नभएर प्रा कृतित तथा सास्कृतिक संरचनामा पनि गम्भिर चोट पुराएको छ। यि त भय समस्या तर समाधान के त ?

बातावरण प्रदुषणले पार्ने प्रतिकुल असरको बारेमा जनचेतनाको अभाब, बातावरण संरक्षणलाई जनस्तरमा उकास्न नसक्नु नै काठमाडौंको बातावरण प्रदुषणको मुख्य कारण हो। बातावरण संबन्धी जनचेतना ब्रिदी गर्ने खालक सडक नाटक, रेडियो टेलिभिजनमा प्रचार प्रसार, डकुमेन्ट्री , युवा परिचालन आदी गरेर जनचेतना उकस्न सकिन्छ। शिक्षा मन्त्रालयले बिध्यालय स्तरमा पढाउने गरेको वातवरण शिक्षालाई व्यवहारिक बनाउन सके मात्र पनि आधा समस्या आँफै समाधान हुन्छ।

भबिश्यको त के कुरा दुई बर्ष पछीको स्थिती ख्याल नगरि, निश्चित मापदंड अबलम्बन नगरि हजरौको संख्यामा निर्माण भई रहेक घरहरु, खोला नदी छेउ निर्माण गरिएका घरहरुले सेफ्टी ट्यान्क नबनाइ ढल सिधै खोला नालामा जोडने प्रब्रित्ती आदिलाई संबन्धित क्षेत्रमा राम्रो दखल भएका एउटा विशेषज्ञहरुको टोली बनाइ, त्यस टोली लाई सम्बन्धित बिषयमा जाचबुझ गरी निती नियम तर्जुमा गर्न लगाउने र त्यस किसिमको निती नियम सरकारले पूर्णरुपमा कार्यन्वयन गर्ने।

राष्ट्रीय तथा अन्तराष्ट्रीय मुल्य मान्यताका आधारमा सडक र सवारी साधन सम्बन्धी बैज्ञानिक नियम बनाइ कार्यन्वयन गर्न सकिन्छ। थोत्रा पुराना गाडीहरु यातायात व्यवशायी संघ र सरकारको सहमतिमा बिस्थापना गरी नयाँ र ठुला मोडेलका बसहरु खरिद गर्न सकिन्छ जसबाट सडक चाप कम हुनुको साथसाथै इन्धन खपत पनि कम हुन्छ। अनाबश्यक रुपमा सवारी साधनले जताततै बजाउने हर्न पूर्णरुपमा नियन्त्रण गर्नु पर्छ।

फोहोरको कसरी व्यवस्थापना गर्ने त?
सान उधोगहरु शहर भन्दा टाढा खोल्न सकिन्छ जहाँ प्लास्टिक, कागज, काच जस्ता पुनप्रयोग गर्न सकिने वस्तुको recycling गर्न सकिन्छ।
भान्साबाट निस्किने फोहरबाट कम्पोष्ट मल तयार गर्न सकिन्छ। पुन प्रयोग गर्न नसकिने वस्तुलाई दुई तरिकाले व्यवस्थापन गर्न सकिन्छ।
१) फोहोर संकलन केन्द्र(damping side) मा प्रत्यक्ष संकलन गरेर
२) अनाबश्यक फोहोरलाई thermoelectric mechine निर्माण गरी त्यसमा पोलेर बिजुली निकल्न सकिन्छ।
हाम्रो राजधानीलाई साचिकै प्रदुषणबाट धेरैहदसम्म बचाउन यि सामान्य कुराहरुमा तपाईं हामी सबै सजग भयौ भने अबश्य सम्भव छ।
यि कुराहरुमा नेपाल सरकारको समयमै ध्यान जाअोस, राजनीतिक पार्टीहरु सबैले उहाहरुको जुझारु युवा पुस्तालाई लडाईं गराउनु भन्दा यस कार्यमा अघी बढाउन।

(तपाईंहरुको महत्वपूर्ण प्रतिकृया,तपाइहरुको यस सम्बन्धी थप जानकारी को अपेक्षा गर्दछु।)

गजल: धेरै भयो....

धेरै भयो मायालुको,चिठी आएन
मनको सुख दु:ख साट्ने,मिती आएन

फर्की चाडै आउछु भन्थे,अगालोमा बाध्न
वाध्यताले फेरी भेट्ने,स्थिती आएन

बद्लेक छन पलभरमा,धेरै कुरा यहाँ
तिम्रो माया बदल्ने,निती आएन

देखेको छु भिडहरु, प्रेमको नाटक गर्ने
ममा भने किन यस्तो, रिती आएन

अन्तै डेरा खोजेर,बसाइ स-यौ कि त?
मेरो दिलमा बास बस्न,अतिथी आएन