माया त्यसै मर्दैन है

माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ
मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ

मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन
मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ

साचो कुरा लुक्दैन , जती कोशिस गर तर
मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ

पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन
सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ

हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ

Comments

Yumesh Pulami said…
प्रवीन थापा जी को कल्पनाको संसार धेरै नै राम्रो र रमाइलो रहेछ ।
तपाई को लेखाइमा निकै गहन भाब र मिठासपन पाइन्छ । लेख्दै जानुस .....निरन्तर .....कल्पना संगै वास्तविकतामा ...हराएको भन्दा रमाएको जाती ।

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु