Thursday, February 12, 2009

गजल : निल्नु न ओकल्नुको...

निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी
कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी

दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी
सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी

ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा
छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी

अबुझ ईश्यालु, म थिए रे त्यतिबेला
दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी

आपत बिपत परिराछ, तिमी टाढा भएदेखी
हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी

1 comment:

मिलन said...

त्यों मोरी टाढा भै भन्दैमा जिन्दगी देखि यस्तो बिघ्न निराश हुनुपर्छ र प्रबीन जी ... यो उमेर त तिमी आउछौ की अर्कै बिहे गरौ भन्ने पो हो त