गजल: तिमी थियौ म थिए ...

तिमी थियौ म थिए , कती सुन्दर संसार थियो
साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो

तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो
यूगौ युग नरित्तिने, मायाको भन्डार थियो

कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो
निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो

सम्झना ताजै छ , अझैपनी यो मनभरी
सगै खेली बिताएको पलहरु हजार थियो

सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी
मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो

Comments

Anonymous said…
साच्चै नै तिमी बिना मेरो के अस्तित्व थियो र ? राम्रो गजल
हो नि मिलन जि उनी , तिमी, तीनी बिनाको जीवन त नुन नलागेको तरकारी जस्तै हुदोरहेछ नि..
Anonymous said…
nice, please join hamrocircle.

Just put a link back and comment at:
http://hamrocircle.blogspot.com/

I would be glad to add you!!!
NKM said…
One more comment, I think you have set it as adult blog in settings. Please remove that.
Plus it would be great if you could simply avoid letter verification process and manual approval if you like for the comments. That would help for getting more comments. Sometimes my computer can not display captcha and I can not comment. Same may be the case with others.
कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो
निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो



राम्रो लाग्यो । अझै राम्रो राम्रो पढ्न पाइयोस है

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु