गजल : हिजो आफ्नै सोच्ने मन ...

हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ

जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ

खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ

केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ

वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ

Comments

Anonymous said…
किन सधै निराशा ...
Dilip Acharya said…
निराशा कै कुरा भए पनि प्रस्तुती भने राम्रो छ है।

अन्तिम मक्ता भने मलाई अली के नमीलेको के नमिलेको जस्तो लाग्यो ।
चौथो शेर खुब रमाइलो लाग्यो दोहोर्याएर पढें....,
गज़ल मिठो छ

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु