गजल: सम्हालिन सकिन --

सम्हालिन सकिन मनको बाध फुट्यो हजुर
उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर

चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो
नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर

जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ
बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर

रमाइलो संसार थियो कालो वादल छाइ आयो
अनायसै आजफेरी असिनाले चुट्यो हजुर

अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे
मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर

Comments

Anonymous said…
मज्जाको गजल | तर सम्हालिनु चाहीं पर्छ है साथी ...
Anonymous said…
मज्जा को गजल, तर सम्हालिनु चाहीं पर्छ है साथी ...
hoina milan g bastabmaa ma romantic nai chhu, gajal matra siriyas ho ka.

Popular posts from this blog

जाबो एक चुम्बन

गजल : निल्नु न ओकल्नुको...