गजल: आफ्नै पनमा..

आफ्नै पनमा ढुकढुकिले, गीत गायो आज
उराठिलो शिशिर पछी, बहार छायो आज

धेरै पछी पत्र पाए, पटक पटक पढे
तिम्रा शब्द शब्दमा, मन रमायो आज

अनेक शंका पापी मनले, नगरेको होइन
भएभरको सबै सबै , डर हरायो आज

अचम्म लागिराछ , हर्ष को सिमा छैन
बिहानिले सुनौलो, फुल फुलायो आज

चोखो माया पाइने रहिछ, चोखो मनले गरे
मिठो अतित घुमिफिरी, फर्किएर आयो आज

Comments

Unknown said…
Prabina jee koshisa raamro cha, ra ajhai baastabiktaa laai aangaalera korne koshisa garnuhosa sure, tapaaiikaa rachanaaharu sanga jo kohi haraauna sakchan. Malaaii tapaiko prayasa dekhi dherai khusi laagyo.
Basanta said…
राम्रो गजल प्रवीणजी! लेख्दै जानुस्।

तपाईँको आत्मकताहरु पनि पढ्दै छु। रमाईलो लागेको छ।

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु