मन बुझाउला कर्म मेरो --

जानेहरु गएपनी छोडी धेरै टाढा
फुल फुल्ने बगैचामा फुले पनि काँडा
हाँसो खुशी सबै चोरी आँशु दिएपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

किनार छोडि नदी अर्कै बाटो हिडेपनी
रुख चढाइ बन्चरोले फेद गिडेपनी
बिबसताको दोष देखाइ माया छुटेपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

हेर्नै नपाई दर्पणको शिंशा फुटेपनी
आउने जाने सम्बन्धको बाटो टुटेपनी
दृश्यहरु हेर्नै नपाई आगोलागी डढेपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

टिप्नै नपाई प्रतिक्षामै फुल झरेपनी
गर्भ भित्रै कल्पनाको भ्रुण मरेपनी
छात्ती भित्र बेदनाको गाठै गाठो परेपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

Comments

friendlyniraj said…
पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु