गजल : फ़ुल्नै नपाई

फ़ुल्नै नपाई कोपिलामै, झरे कति कति
किनार लाग्न नपाउदै, सपना टरे कति कति

स्वतन्त्रता, परिबर्तन, शान्तिका नाममा
बन्द हड़ताल आन्दोलन, गरे कति कति

गास बॉस कपास, समानाताको कुरा गर्दै
उसका झुटा आश्वासनमा, परे कति कति

दायाँ बायाँ केहि सोचिन, जे परेनी अघि बढे
केहि भएन कहिल्यै उसलाई, म मरे कति कति

छाती माथी लाठी थापी, रुन्थे ऐया भन्दै
मेरा चोटमा उसका दशा, टरे कति कति

Comments

Yumesh Pulami said…
स्वतन्त्रता, परिबर्तन, शान्तिका नाममा
बन्द हड़ताल आन्दोलन, गरे कति कति

.... प्रबीन थापा जी ... यस्तो अबस्था कतीन जेल रहने हो कुन्नी ?
साथै -
स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद ।
नयाँ बर्षको मंगलमय शुभकामना तपाई लगायत पाठक र ब्लगर हरुमा। निरासाका खाडल हरुमा आसाका मिठा पालुवाहरुले भरिभराउ गराउदै जाओस नयाँ बर्षले । खुसि र उमंगका बहार संगै नबिन सोच र सृजनाले झलमल्ल बनाइदेओस तपाइको आगामि दिनहरु ।
Prabesh said…
स्वतन्त्रता, परिबर्तन, शान्तिका नाममा
बन्द हड़ताल आन्दोलन, गरे कति कति

यी हरफ चैँ गजब छन् !!!!
Yumesh Pulami said…
स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै-

यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म नव बर्ष २०६६ को उपल्क्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद
friendlyniraj said…
पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना
प्रतिकृया र शुभकामना दुबैको लागि सम्पूर्ण साथीहरुलाई धन्यवाद! तपाईंहरुले भनेजस्तै यो बर्ष नयाँ जोस र जागरले नयाँ उमङ्ग मनमा सजाएर सुख र शान्तिका साथ सम्पूर्ण नेपालीले जीवन जिउन पाउन, नेपालले प्रगती र उन्नतिका पथहरुमा पाइला चालेको देख्न पाईओस।

Popular posts from this blog

जाबो एक चुम्बन

गजल : निल्नु न ओकल्नुको...