Wednesday, April 15, 2009

गजल: फुल भनेर --

फुल भनेर म काँडालाई, नसमाए हुन्छ
मरुभुमिमा मुल फुट्दैन, नरमाए हुन्छ

दाँया बाँया केही कतै, नभएको जोगिसँग
केही पाउने स्वार्थ बोकी, नधाए हुन्छ

हिर्दयमा माया सारी, परेली भिजाउदै
एकान्तमा सम्झिएर, नहराए हुन्छ

सुखमा हुर्केकी, हजार चोट सहनलाई
बोझिलो यो जिन्दगीमा, नआए हुन्छ

दुनियाँको रित नै हो, बलेको आगो ताप्ने
हाम्रो साईनो बिट मार्न, नलजाए हुन्छ

7 comments:

Basanta Gautam said...

मिठो गजल!
---------
प्रवीणजी र यो ब्लगका पाठकहरुमा नयाँ वर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना!

Milan said...

cute one

एकल यात्री said...

नपाउनु भन्दा
पाए हुन्छ ।
आशाका गीत पनि
गाए हुन्छ ।
काँडा हो फूलको रक्षा गर्ने
काँडालाइ हेप्दा फूललाइ पनि
सजाय हुन्छ ।



पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना

>Jotare Dhaiba< said...

गजलमा सम्बन्धको (उसो त प्रेम कुनै सम्बन्ध होइन बन्छन्, विवाह मात्र सम्बन्ध रे)बारे हक्की प्रस्तुति ज्यादै स्तुत्य लाग्यो प्रवीणजी । भाव तीखो छ । तर आफूलाई काँडै किन साबित गराउनुपर्यो र ? म फूल भन्ने चाल पाई नसमाए हुन्छ भनेर दनक दिँदा पो कोरन पुग्ने देखेँ मैले त । तर मायामा त्यति कठोर हुन नसकिने है !
सेर मन सुम्सुम्याने खालका छन् ।

>Jotare Dhaiba< said...
This comment has been removed by the author.
प्रबिण थापा said...
This comment has been removed by the author.
प्रबिण थापा said...

अ Milan जि, धाइबा जि वास्तवमा सिर्जना पिडाबाटै खारिएर आउदो रहेछ त्यही हुनाले पनि होला मिलनका कुरा भन्दा बिछोड र बेदनाकै कुरामा बढी शब्दहरु पाइने रहेछ अनी अली सजिलो पनि हुने रहेछ गजललाई पूर्णता दिन त्यसैले मात्र प्राय दु:खकै गजल लेख्ने गर्छु म तर वास्तविक जीवनमा भने म खुशी नै छु।