गजल : सुन्दै छु कता कता

सुन्दै छु कता कता नयाँ जीवन थाल्दै छौ रे
उमङ्गका बाटाहरुमा पाइला चाल्दै छौ रे

बुझ सानी चोखो माया पाइदैन जताततै
आत्मा मिल्ने हिर्दयलाई टुक्राएर फाल्दै छौ रे

नक्कली खेल जितेपनी सत्य कहिल्यै लुक्दैन
सुन बनाउन भनेर पित्तल गाल्दै छौ रे

अबश्य पश्चतापको भुमरीमा पर्छौ एकदिन
नयाँ बिउ रोप्न भनी पुरानो रुख ढाल्दै छौ रे

भताभुङ्ग होला सबै प्रतिशोध साँची हिड्दा
आफ्ना सारा कुक्रिती लुकाउन टाल्दै छौ रे

Comments

Unknown said…
मिठो गजल!


प्रबिण जी तपाँई लाई भ्रम नै भएको रहेछ ।जहाँ सम्म तपाँईको जिज्ञासा को कुरा म Sociology को स्टुडेन्ट नै होईन।म त Commerce को स्टुडेन्ट हो from Nepal Commerce Campus..
मजा लाग्यो पढ्दा keep it up blogging
Prabesh said…
एकदमै राम्रो गजल !!!!

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु