Friday, June 05, 2009

गजल: बोझिलो दुखी नासो

अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है
जाली माया गरेर, फसाइ गयो नभन है

वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने
जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है

बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु
शिखरमा चढाएर, खसाइ गयो नभन है

केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु
अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है

कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु
बोझिलो दु:खी नासो, टसाइ गयो नभन है

5 comments:

Basanta said...

परदेशीनुको पिडालाई सरल र सुन्दर स्वरुप दिएको छ यो गजलले। साह्रै मन प-यो।

Prabesh Poudel said...

केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु
अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है

आहा !! कस्तो राम्रो गजल !! धेरै दिनपछाडि मिठो गजल पढ्न पाइयो !!

Sujan Sharma said...

राम्रो गजल !!

Jotare Dhaiba said...

गजलमा निखारता र परिपक्वताको मात्रा पछिल्लो समयमा हलक्कै बढेछ प्रवीणजीको । यो गजलले निकै छोयो । बिछोडिनुपरेको दु:ख कति सपाट कोमलता अपनाएर फकाई-फुल्याई भन्दैछ प्रेमी !
हो नि, चित्त बुझाउनै त परेको छ- "केही वर्ष त हो नि सानु..."
यो सानु शब्दले हुरुक्कै बनाउँछ है !

एकलकाटे said...

प्रबिण जी, तपाईं का गजल हरुमा प्रबसमा हुँदा घरको सम्झनामा हुरुक्क भएको पाईन्छ बिरानो ठाउमा आफन्तको सम्झना हुनु स्ववविक नै हो तर जीवन सकेसम्म हासेरै जीउनु होला भन्ने कामना गर्छु