Saturday, June 20, 2009

कबिता: आँखाको आशु

आँखाको आशु नपुछ्नु
रुनु मेरो दैनिकी बनेको छ
नपिउ भनी नभन मलाई
आत्मा पिंडाले जलेको छ

नजानु भनी बाटो नछेक्नु
आउने वाचा गरिसकेको छु
बाँच्ने आशा अब नेदेखाउ
जिएर पनि मरिसकेको छु


नटिप्नु फुल भनेर मलाई
हातमा काँडाले घोच्ने छ
नखोज्नु अब कतै मलाई
भेट्टाउन गार्हो पर्ने छ

नसुनाउनु शुभ समाचार
नराम्रो सुन्न जानेको छु
नखोज पढ्न अतितका पाना
फुकाउनै नसक्ने गरी बानेको छु

नसोध किन यस्तो भयौ भनी
बढी तिमीलाई नै थाहा छ
गोहिको आशु अब नाबगाऊ
मिलन हाम्रो असम्भब भएछ

आँखाको आशु नपुछ्नु
मलाई त्यसैमा डुब्नदेउ
बिन्ती अब त छाडिदेऊ
मलाई मेरै संसारमा पुग्नदेऊ

1 comment:

Sujan Sharma said...

राम्रो लाग्यो ।