Thursday, July 02, 2009

आत्माकथा: बिगतको डायरिबाट

अबोध निश्चल र निर्दोष आकर्षण नै त्यो शक्तिशाली आकर्षण थियो जुन आकर्षण पक्कै अस्वभाविकता र गम्भिरता थियो। हो त्यही गम्भिरता नै मेरो लागि आकर्षणको मुल कारण बनेको थियो। ठुलो आँखा, लामो कपाल, झाँगीएका परेली, शालिन अनुहार र ममताले भरिएको मुटु, साँच्चै सिङ्गमरमरको मुर्ती कुनै सिपालु कालीगढले कुदेर बनाएको जस्ती। शायद उनको हारहारिमा पुग्ने मेरो जीवनमा अरु कोही नहुन पनि सक्छन। पिँडाहरुले खारिएकी, दर्दहरुले निथ्रुक्क भिजेकी उनिमा आँशुको खहरे पिएर जिउन सक्ने सामर्थ्य ईश्वरले प्रदान गरेका छन भन्ने अनुभुती मलाई भएको छ।
आजकाल मेरो दिनचार्य यस्तै बनेको छ , क्याम्पस जानु, फर्कनु, क्याम्पसबाट फर्केपछी केहीबेर टहलिनु जब जब दिन ढल्न खोज्छ पश्चिमी क्षितिजमा घाम पहेलिएर हराउनै लाग्छ अनी सम्झनाको झटारोले मेरो मानसपटल बिथोलिन्छ, भावबिहोर हुन्छु, भक्कनिन्छु, मेरो अनुहार एक्कासी ओइलाउछ यसरी कि वारुदका छर्राहरुले आहात बनएको गुँराशका घाइते पोथ्राहरु वताससँग जीवनको भिख मागेर सिरसिर सुसाएको जस्तै गरी। एकाएक म भित्र सन्नाटा छाउछ फेरी जीवनको आँखीझ्यालबाट संसारलाई चिहाउछु र सम्हालिन्छु। मनमनै भन्छु तिमीमा अस्ताउन र उदाउनको महत्व बराबरी छ तर म मा त्यस्तो समानता छैन म उदाउदा खुशी हुने लोक अस्ताउदा रुने गर्छ तर तिमी उदाउदा र अस्ताउदा समस्त लोक हाँस्ने मात्र गर्छ त्यसैले तिमी उदाउनु पर्छ म अस्ताए भने अर्को नयाँ तारा उदाउने ठाउँ खाली हुन्छ र त म अस्ताउनै पर्छ।

समयको चक्र मानिसको पहुच भन्दा बाहिरको कुरो हो भन्ने थाहा त मलाई पनि थियो तर नियतिको भोगाइले एकदिन मेरै जिन्दगीलाई यसरी पार लगाउला भनेर मैले कहिले कल्पना समेत गरेको थीइन तर पनि म ठिकै छु र त मलाई नै थाहा छैन नियतिले न्याय वा अन्याय के गर्‍यो म माथि भनेर।
खन्डहर जिन्दगीको बहकाइमा एकदिन बशन्तको आगमन होल अनी म पनि फुल्ने छु, टुक्रा टुक्रामा बिच्छेदित मेर बिच्छिप्त भाबनाहरु संगठित होलान र माल गाँसौला, कल्पनाको सिमारेखाहरु यथार्थमा कोरिएलान अनी गहभरी हर्षका आँशु लिदै उनको अँगालोमा जीवनभर लुटपुटिउला तर सबै सपनाहरु टुटे फुटे काँचको कुनै भाडो सरी कहिल्लै जोड्नै नमिल्ने गरी।

कती दिन त सपनिमा उनकै नाम लिएर बरबराए रे..... पनि। लाग्थ्यो उनिलाई जिन्दगीको हरेक मोडमा साथ दिनेछु तर मेरा अन्तरइच्छाहरु सपनाकै दिवाल भित्र कैदी भए त्यसपछी निर्दोषी मेरा आँशुहरु सुकाउदै कती दिन वाँचे होला, पिंडाहरु आँफैभित्र लुकाएर राखेहोला, नचाहेर पनि देखाउने बाहानामा छाती फुकाएर हाँसे होला, मुटु चुकाएर पनि प्रतिक्षामा कती बसेहोला तर आज म कमजोर भएको छु त्यसैले आफ्नो शिंर झुकाएर सारा मेरा खुशीहरु तिमीलाई दाईजो दिदै अर्को जुनिमा तिम्रै हुन पाउने आशाका साथ ईश्वरसँग प्रथाना गर्दै छु।

समयले मलाई वा मैले समयलाई छाडे यही अनुत्तरित प्रश्नले मलाई घचघचाइरहन्छ तर पनि म नतमस्तक भएर चुपचाप बसिरहन्छु मलाई नै थाहा छैन उत्तर के दिउ। वाध्यता र परिस्थितीलाई अगाडि सार्दै म ठीक छु त भन्छु नपत्याउ पनि कसरी नत्र आफुलाई आफ्नै विश्वासको प्रश्नचिन्ह आइलाग्छ, पत्याउ फेरी कसरी समस्यासँग जुध्ने प्रयास नै गरिन तापनी म सँग आज कुनै गुनासो छैन किनकी उनको प्रगती र खुशी हेर्ने मेरो स्वार्थ छ यही पुरा भए हुन्छ अब।
मस्तिस्कको चेतनाले मनलाई बाल्न नसकेपछी गल्ती हुँदा रहेछन तर अन्जानमा हुने कैयौ गल्तिहरुलाई देखाउदै म आफुलाई दोषी भन्न पनि सक्दिन र आत्माआलोचना गर्न पनि चाहन्न जुन समयमा जे कुराको महत्व छ त्यही रोज्नु पर्ने रहेछ, जस्तो मोड आउछ त्यसरी मोडिनु पर्ने रहेछ त्यसैले त पुन: एकपटक समिक्षात्मक आत्माकथा लेखु लेखु लाग्यो र यि अक्षरहरु अमुर्त अभिव्यन्जनमा यि शब्दहारहरु बुन्दै छु।

२ बर्षको समाप्ती सँगै उनिसँगको सामिप्यता झन झन प्रगाढतातिर उन्मुख भइरहेको छ अब त सानो भन्दा सानो कुरा पनि उनकै परामर्श र सहयोगमा गर्न मलाई मन पर्न थालेको छ। थाहाछैन अनिश्चित गन्तव्यको दौरानमा अझै करिब १ बर्ष सँगै बिताउनु पर्छ त्यसपछी उनी आफ्नो लक्ष्य र उधेश्य अनुरुप कता मोडिलिन अनी मलाई पनि मेरा इच्छा,चाहनाले कहाँ लगेर कसरी पार लगाउला तर आज मै रम्नु पर्ने यो दुनियाँको रित सँग म बिबस बनिरहेको छु।

चोटै चोटबाट प्रताडित मेरो जिन्दगीको पानाहरु पल्टाउदै अघी बढ्ने क्रममा थोरै भनेपनी बहारको अनुभुती हुन थाल्यो जब म क्याम्पसमा स्नातक प्रथम बर्षमा भर्ना भइसकेपछिका थिए। एकातिर एस एल सी पास पछीको एउटा शैक्षिक खुड्किलोको समाप्ती अर्कोतिर नयाँ साथीहरु सँगको भेट मन उमंगले चङ्गा सरी उडेको थियो तर मेरो व्यक्तिगत कारणले गर्दा मैले यसलाई निरन्तरता दिनमा केही ढिला भइरहेको थियो। करिब करिब प्रथम बर्षको अन्त्यतिर मात्र मेरो परिचयले निरन्तरता पाउन सक्यो अनी त्यही दिन देखी मेरो दुर्दशा शुरु हुन थाल्यो।
पछी को परिचय, छोटो समयको अन्तराल बिच कसैसँग यती नजिकिन पुगेछु सम्झदा नै कहाली लाग्ने गरी, हाम्रो नजिकाइलाई न कसैले कुरा काट्न बाँकी राखे न इश्र्या मै जल्न नै। अझै भन्दा २०६१ भाद्र महिनाको अन्तिम दिनहरुमा त यसले अचम्मको व्यापकता नै पायो। यसको भागीदार म पनि थिए भन्दा हुन्छ किनभने म साथीहरुको जिस्काइको कुनै प्रतिपाद गर्दैनथे, सहजै लिइदिन्थे यसरी दिन प्रतिदिनको जिस्काइले वास्तबमा म उनिसामु यती नजिकिन पुगेछु उनका हरेक व्यवहार र प्रतिकृयाले समेत म मा उर्जा थप्न थालिसकेछ तर पनि म यती कमजोर थिएकी--
२०६१ आश्विन महिना थियो फोनको घन्टी बज्छ, फोन उठाउछु, उही परिचित आवाज अनी एक्कासी थाहा छ प्रबिण! तपाईं र मेरो बारेमा त क्याम्पसमा व्यापक हल्ला छ के हो? भोली क्याम्पस अली चाडै आउनु कुरा प्रष्ट हुनुपर्छ। भन्न त मैले सहजै हुन्छ भनिदिए तर ति कुराहरुले भने मलाई भित्र भित्रै पिरोल्न थाल्यो त्यसपछी हाम्रो संकिर्ण सोचाइलाई एकपटक धिक्कारे, मन मनै सोचे के एउटा केटा र केटी असल साथी बन्नै सक्दैनन त? फेरी अर्को पाटाबाट सोचे साँच्चिनै म उनलाई मन पराउन थालइसकेको छु। हुनत मित्रता भित्र पनि प्रेम हुन्छ अनी प्रेम त पहिला साथीकै सम्बन्ध बाट शुरु हुन्छ। यस्तै यस्तै प्रश्नहरुको बहकाइमा निदाउन पुगेछु।
भोलिपल्ट अघिल्लो दिनको वाचा अनुरुप हाम्रो भेट क्याम्पसको कुनै कोठामा भयो। शुरुका क्षणहरु त मेरा लागि किन किन यती कठिन भए घाइते सिंपाही जस्तै , प्रसब पिडामा छटपटाएकी नारी जस्तै। उनी प्रश्नहरुको एक पछी अर्को बर्षा गर्थिन म मौन थिए तर अन्त्यमा वास्तबिकताले स्थान लियो सबै एक अर्काका कुराहरु साटासाट भए अनी उनकै आग्रह अनुरुप मैले आफुलाई बदल्नै पर्ने भयो तरपनी म भित्र यस दुनियाँलाई झुटो साबित गराउने चुनौती थपिएको महसुस मैले गरे। धेरै समयको अथक प्रयासका बाबजुत म ठीक थिए दुनियाँको सोचाइ गलत थियो भनी म पूर्ण रुपमा प्रमाणित गर्न सफल भएको छु जस्तो मलाई लागेको छ .
यसरी नै दिनहरु बित्त्ने क्रम यथाबत नै थियो, जाडो बिदाको बेला पनि भयो करिब १ महिनको। बिदा शुरु हुनु भन्दा केही दिन अगाबै म धादिङ तिर लागे, राजनीतिक हिसाबमा देश अती नै तातिरहेको थियो सबै बाटाहरु बन्द थिए तापनी म आफ्नो गन्तब्यमा पुग्नु नै पर्ने थियो र पुगेपनी। २-४ दिनको काम समाप्ती पछी म पुन काठमाडौं फर्किए त्यतिबेला क्याम्पस बिदा भइसकेको थियो सबै साथीहरु घर तिर लागिसक्नु भएछ त्यसैले पनि कसैसँग भेट भएन।
माघ महिनको जाडो शनिबारको दिन छतमा पारीलो घाम ताप्दै थिए फोनको घन्टी बज्छ फोन उठाउछु उही परिचित स्वर अनी एक्कासी मेरो दिदी सँग कुरा गर्नु ल किन, कँहाबाट यस्ता प्रश्नहरुको अड्काइमै फोन दिदिलाई दिइन्छ एकाएक १७ गते को विवाहा गोरखा आउनुपर्छ अरु साथीहरुलाई पनि निमन्त्रणा दिने तपाईंको काम। अनी मेरा शब्दहरु एक्कासी रोकिए तर के गर्ने वास्तबिकता यही थियो जुन भित्र जो सुकैले आफुलाई समर्पित गर्नुपर्छ किनकी यो भएरै छाड्छ त्यसपछी मन भित्र उत्सुकता तथा अन्योलताको बाढी उर्लियो। मनमनै अनेकौ कुराहरु सोचे के बैबाहिक जीवन आवश्यकता त हो अपरिहार्यता भने अबश्य होइन फेरी मेरो मनमनै चुलिएको भबिश्यको आशामा तुशरापात हुँदैछ। फेरी उमेर को हिसाबमा अपरिपक्क किन यती चाडै विवाहाको हतार गरिछिन? फेरी अर्कोपाटोबाट सोचे वाध्यताको भोगाइ, तिरस्क्रित निर्णय अनी अरुको खुशीमा उनले चुपचाप निर्णय को स्विकार पो गर्नु पर्‍यो कि? नारी हिर्दय कोमल हुन्छ भन्थे त्यही कोमलता र सहनशिलतामा मौनताको आशुको थोपा थोपा सँग तप्किएर कठोर निर्णय सहजतामा परिणत त गराउदै छिनन।
बिछ्यौनामा पल्टिए, टोलाउन थाले उनकै मुहार आँखाभरी नाँच्न थाल्यो, गहभरी आँशुका थोपाहरु टलपलाए, सहन सक्दिन भक्कानिन्छु सोच्छु के मेरो कमजोरी यही हो त जसले मलाई एक पल पनि छोड्न चाहदैन फेरी सोचे उनी त मेरा लागि फुल हुन ओइलाए पनि सुगन्ध हटेपनी, जो सुकैले टिपेपनी उनको पहिचान कसैगरी हराउदैन जसलाई म चाहेर पनि भुल्न सक्दिन।
आकाश निर्मल थियो, चराहरुको चिरबिर चिरबिर आवाजसगै प्रभातकालिन समयको स्वागत गरिदै थियो, ताराहरु हर्षोउल्लासमय बिंजय दौडमा एक अर्कालाई पछी पार्दै थिए, साच्चै भन्दा सुनौलो दिनको शुरुवात थियो। म पनि आज गोरखा जानु छ त्यसैले सबेरै उठे, झोला तयार गरे आफुपनी तयारी भए। अनी एक्कासी सोचे अपरिचित ठाउँ, अपरिचित दुनियाँ कहाँ कसरी जाने फेरी सोचे म मात्र होइन मेरा अन्य साथीहरु पनि त जादै छन नि।
दिन जतिसुकै स्वर्णिम भएपनी मैले आफुभित्र मलिनताको आभाष गरिरहेको थिए म भित्र रौनकताको प्रभाब कती थिएन तरपनी सहिर्दयी मित्रहरु सँगै मैले पनि काठमाडौं देखी गोरखा सम्मको यात्रा तय गरे। खुशीको बहार म भित्र नउर्लिएपनी बेदनाको प्रसबता पनि म सँग थिएन म आज गोरखा जानु नै पर्थ्यो एकपटक सिन्दुर,पोते र रातो साडिमा सजिएकी उनिलाई हेर्न किनकी उनिले भनेकी थिइन'म मेरो बिहेमा धेरै राम्रो हुनेछु'।
करिब ९.३० बजेको माइक्रो बसको टिकट, नारायणी बन्दको व्यपकता, गन्तब्यको दुरता मौनतामा उर्लिएका अनगिन्ती प्रश्नहरुका बिच पनि निकै रमाइला गफगाफ सँग हाम्रो यात्रा कलंकी माइक्रो बस स्टप देखी अगाडि बढ्यो त्यस माइक्रो बसको गती सँगै हामी बिचका कुराकानी पनि कहिले हुइकिने, कहिले ब्रेक लाग्ने, कहिले मोडिने क्रम निरन्तर चलिरहयो। यतीबेला करिब १२.३० बजेको थियो हाम्रो यात्रा मुग्लिनको पुलमाथी अगाडि बढ्दै थियो म झसँग भए तल बगिरहेको त्रिशुलीलाइ हेरे अनी त्यो त्रिशुलीलाई मानब जिबनसँग तुलना गरे- त्यो त्रिशुलिमा बग्ने पानी कहिले फेरी त्यो बाटोमा नफर्किने गरी बग्दै छु भन्ने जानीजानी पनि निश्चिन्त भएर बग्दै छ किनकी उसले बुझेको छ उसले अरुलाई ठाउँ दिनुपर्छ फेरी उसको लक्ष्य त सागरसम्म पुग्नु हो यदी उ बगेन भने अरु समेत कमजोर बन्छन अनी सागर चुम्ने लक्ष्य बिचमै तुहिन सक्छ त्यस्तै मानीस को जिन्दगी चाहेर वा नचाहेर पनि समयको सिमितता भित्र जुनकुनै दिशातर्फ बग्नै पर्छ।

करिब १२.४५ तिर आँबु खैरेनिमा माइक्रो रोकिन्छ, हामीले अब यसको साथ छोड्नु पर्छ उसको गन्तय र हाम्रो गन्तब्य अब फरक बाटातिर मोडिदै थियो। त्यसपछी हामी अर्को यात्राको प्रतिक्षामा करीब १ घण्टा बस्छौ शायद नारायणी बन्द भएर होला त्यसदिन त्यती धेरै बसहरु चलेका थिएनन। बल्ल बल्ल एउटा बस गोरकाको लागि आउछ हामीले यसको साथ लियौ हाम्रो गन्तब्यलाई बिट मार्नको लागि। अब हाम्रो एउटै चिन्ता हामीले उनलाई भेट्न पाउछौ व पाउदैनौ? ३.०० बजेतिर हामी गोरखा पुग्यौ बैबाहिक कार्य सबै सकिसकेको रहेछ तर हामीले उनलाई भेट्न पायौ यसैमा खुशी थियौ।
केही समयको सगै बसाइ पश्चात उनी अब बिरानो मुलुक तिर लाग्दै थिइन कयौ बर्ष हासखेल सगै गरेको, आफ्नो परिचय स्थापित गरिसकेको समाज, सँगी र जननी सबैलाई हात हल्लाउदै समस्तलाई भाबबिभोर बनाएर। जब बिदाइको हात हल्लाउदै उनी टाढिन लागिन त्यस क्षणले मलाई यती कम्जोर तुल्यायो यदी पारीचित समाज भइदिएको भए म पनि रुन्थे जुन दिन देखी फेरी कहिल्यै नरुने गरी तर मैले रुन पनि पाइन, रुने अबसर समेत मलाई मिलेन मेरा नयनका डिलभित्र टलपलाएका आशुहरु भित्रै सुकाउनु पर्‍यो।
उनको बिदाइ पछी हामी पनि त्यहाबाट पुन: काठमाडौं फर्कनु पर्ने थियो तर साह्रै अबेर भएका कारण त्यस रातको बसाई गोरखा मै हुने भयो। रात अबेर सम्म पनि उनकै बिगत र बर्तमानका बारेमा अन्य साथीहरु,उनकी ठुली आमा सँग भलाकुसारी भयो। रात निकै ढलेपछी बिछ्यौना तिर लागियो। भोलिपल्ट सबेरै चियापान गरी सबैसँग बिदाइ माग्दै हामी त्यहाँबाट टाढियौ। यात्राका क्रममा पनि उनकै चर्चा परीचर्चा भइरहयो।
त्यसपछिका दिनहरुमा म आफुभित्र आँफैलाई खोज्ने प्रयासमा लागिरहे, धेरै अन्तरमनन पनि गरे बिगतका पानाहरु पुन: एकपटक पल्टाएर पढे, जिन्दगीको बीमृत र अबिमृत ढ्वाङ्हरु पनि चिहाएर हेरे र म आज यही निष्कर्षमा पुगेको छु कमजोरी त म बाटै भएको हो कसैलाई कल्पनामा यती धेरै सोच्नु अनी मदहोशी बनी आफुलाई यती कमजोर साबित गर्नु।
दिनहरु यसरी नै बित्दैछन एकपछी अर्को घटनाको श्रिंखलामा अहिले हामी पनि प्रगाढ मित्रताको बन्धन भित्र यसरी बढीएका छो जुन दोरी चुडाउने सामर्थ्य हामी आँफैमा पनि छैन तर कहिलेकाहिको व्यबहार एक अर्कामा समायोजन हुन नसक्दा कता कता कमजोर बनिदो रहेछ अनी सानो भन्दा सानो कुराले पनि मन धबलतामा परिणत गराइदिदो रहेछ। हामी बिचमा पनि कहिले काही यस्तै मोडहरु देखिन आउछन तर हामी सम्झौतामा त्यसलाई सरल बनाउछौ। उनी म भित्रको पिंडा र मेरा असहज परिस्थिती सहजै बुझ्छिन र मलाई सम्झाउने गर्छिन, म पनि उनका हरेक दु:ख सुख उनकै चेहरामा पढ्न सक्छु अनी आँफैसँग घमन्ड गर्छु र भन्छु हाम्रो मित्रता अर्थपूर्ण विश्वाशमा स्थापित भएको छ यसले आज मात्र नभई भबिश्यमा देखा पर्ने अनेकौ उत्तरचढाप भित्र पनि आफ्नै पहिचान दिन सक्नेछ। निकट दिनहरुमा निम्तिन लागेको टाढिने दिनहरुमा पनि एउटा अर्थपूर्ण जीवन बाँच्न प्रेरणादायी श्रोत बन्ने छ।
समाप्त

No comments: