गजल: फेरी अर्को पासो भित्र

प्रबिण माथि सुनामी नटरेकै जाती
तिमी बाँच्नु हाँसेर म मरेकै जाती

गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई
दाग लाग्छ यो संसारमा नझरेकै जाती

छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ
आदर्शका कुरा अब नगरेकै जाती

सुक्क सुक्क गरी गोहिको आशु नबगाउ
तिम्रो मनमा मेरो माया नसरेकै जाती

चोटको उपहारमा रमाउन थालेको छु
फेरी अर्को पासो भित्र नपरेको जाती

Comments

Unknown said…
nice gajal Prabin ji!
Yumesh Pulami said…
गजल मा निकै रसीलो स्वाद पाइन्छ अनि मिठास पनी | यो पनी निकै राम्रो लाग्यो | निराश नहुनुस है - प्रवीन जी ! आशावादी भएर जिउनुस |
निराशाबाद बाट आशाबाद शूरु हुने तर्खरमा जस्तो छ । पाएको चोटको दुहाइ गरेपछि मन फेरि सिमलझैं उड्ने दिन आउँछ प्रबिण जी । गजलका सेरहरु सबै राम्रा छन् । बिशेष गरी -
गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई
दाग लाग्छ यो संसारमा नझरेकै जाती ।
एकदम मीठो लाग्यो ।
आशा said…
मलाई त तपाईंको गजल मिठो लाग्यो प्रबिण जी निरन्तरताको लागि अग्रिम शुभकामना ..
सबै साथीहरुलाइ धन्यवाद!

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु