गजल: किन?

गजल: किन?

मलाई दोषी देखिरहयौ बदलिएनौ किन?
माया गर्छु भनिरहयौ पग्लिएनौ किन?

पिंडाले म जलिराछु समस्याले चेप्पिराछु
समाधानका बाटहरुमा देखिएनौ किन?

नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती
आज मनको बगैचामा भेटिएनौ किन?

गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम
स्वार्थ पुरा भएपछी सम्झिएनौ किन?

समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै
मलाई आफ्नो बनाउन तम्सिएनौ किन

Comments

Yumesh Pulami said…
प्रबीन जी ! गजलमा त निकै - बाढी नै ल्याउन सक्नु हुदो रहेछ नि !हुलका हुल आइरहेछ नि ! यो पनी राम्रो रहेको छ |
Basanta said…
राम्रो प्रयास प्रवीणजी!
गेयात्मकताका हिसाबले भने अलिक कमजोर लाग्यो। 'चेप्पिएका', 'समाधान' जस्ता शब्दहरु अलिक बिझाए।
Dherai ramra gajal haru lekhnu hudo rahechha hajurle ta. Aafno shahityik yatralai yashri nai nitarta dinu la. Best of luck Karun

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु