Sunday, August 16, 2009

कथा: अधुरो सपना भाग १

झिसमिसे उज्यालो हुँदै थियो, चराहरु चिरबिर चिरबिर कराउन थालेका थिए, ओ हो रात पनि कती चाडै ढलेछ आँखा झिमिक्कै गर्नै नपाई कोठाको झ्यालको सिसाबाट छिरेको सडक छेउको बत्तिको मधुरो प्रकाशसग नाडीको घडी हेर्दै निता मुस्कुराएकी थिइन। उनी भन्दै थिइन रमेश अब म जान्छु क्याम्पस जानु पर्छ। माघ महीना भएर पनि होला समयले बिहानी निम्ताय पनी सुर्यले आफ्नो प्रकाश धर्तिमा भने छर्न पाएको थिएन। रमेश उठ्छ, कपडा लगाउछ र उ नितालाई उनको कोठासम्म पुर्याउन जान्छ, बाटामा मर्निङ वाकमा हिंडेका एकाध व्यक्ती बाहेक सडक सुनसान छ, एक अर्काको हात समाउदै उनिहरु अगाडि बढ्छन, नितालाई कोठा नजिक पुर्याएर रमेश आफ्नो कोठामा फर्कन्छ अनी बिछ्यौनामा पल्टिएर अनेक कुरा मनमा खेलाउछ।
आँखाभरी रातको झझल्को उर्लिएर आउछ,स्मरणमा उ कुनै अबोध बालक स्तन पान गर्दै आमाको काखमा हराए झै हराउछ, नरमाओस नहराओस पनि कसरी त्यो रात जीवनकै सुन्दर रातहरु मध्यको एउटा रात थियो।
दुबैको गहभरी आशु टलपलाएका थिए, खुशीको कुनै सिमा थिएन, एक अर्काको आलिङ्गनमा बाधिएर बर्तमान देखी भबिश्यसम्मको लामो सपनाको माला बुन्दै थिए, अथाहा प्रेमको कुरा भएको थियो, अनी गाँउ समाज, छरछिमेक, शत्रु मित्रले कुन रुपमा हाम्रो सम्बन्ध लाई हेर्लान? हामी कसरी समाज सामु प्रस्तुत हुने? भोली कथम कदाचित एक अर्काबाट हामीलाई छुटाउन खोजे के गर्ने?यस्तै हजारौ बिषयमा बहस भएको थियो। निष्कर्ष भने एउटै थियो हर हालतमा प्रेमको डोरी चुड्न नदिने, प्रेमको लागि जस्तोसुकै त्याग गर्नु परे पनि पछी नहट्ने।
रमेश एकपटक फेरी आफ्नो बिगत भित्र हराउछ, एक्लै बराबराउछ, अहो मेरा ती बिगतका कालखण्डहरु कती दर्दनाक, कती भयनाक थियो है। तातेताते हिंड्ने बेलामा अगेनुको भुङ्रोमा पसेर पोलेको खुट्टा हेर्छ,अनी उ आफ्नो आमालाई सम्झन्छ,त्यती बेला ६,६ महिना सम्म मैले आमालाई कहिल्यै निदाउन दिइन रे, कती दु:ख सहेर मलाई हुर्काएकी थिइन उ केही क्षणमै भाबुक बन्छ।
शायद ५,६ बर्षको थिए होला दशैमा बलिको नाममा घर छिमेकमा खशी बोका काटेको सिको गर्दै साथीहरुसग खेलेको त्यो दिन मेरो खशी बन्ने पालो अनी मान बहादुर र नरबहादुर मलाई दाम्लोले बानेर तर्दै थिए भने प्रकाश हातमा खुर्पा लिएर मेरो गर्धन एक चोटमै छिनाल्ने भनेर कसिदै थियो धन्न भगवान कता कताबाट हजुर बुवा आई पुग्नु भो र ठाडै स्वर्ग पुगिएन रमेश स्मरणमै लामो श्वास फेर्छ।
२०५० श्राबण ४ गतेको रात सम्झन्छ, त्यो कालो रात त्रिशुलीको भेल घाटिसम्म आउँदा पौडेर २ मिटर जती माथि पुगेको केही सेकेन्डमै बगेको दिदिको घर सम्झन्छ अनायसै उ भित्र भगवान पर्ती श्रदा जागेर आउछ र भन्छ धन्न भगवान धेरै चोटि मृत्‍युको मुखमा पुर्याएर बचाइराखेका छौ।

फेरी उ २०५८ मंसिर १२ गतेको रात सम्झन्छ र पुन शिथिल बन्छ, त्यो रात करीब ३ बजेको हुदो हो,उ प्रहरी र सेनाको घेराबन्दिमा परेको थियो, तत्कालिन देउबा सरकारले उसलाई आतंककारीको परिचय दिदै आफ्नो नियन्त्रणमा लिएको थियो , प्रहरी हिरासद भित्र उसले मानसिक रुपमा निकै पिडा व्यहोरेको थियो भने शारीरिक रुपमा निला डामले शरीर सजाएको थियो। बिना कुनै कर्तुत, बिना कुनै सपुत प्रमाण बिना ६,६ महिना उसले जेलका चिसा सिढिमा आफ्नो जीवन व्यतित गर्नु परेको थियो, उसको सुनौलो भबिश्य त्यो दिन च्यातिएको थियो फेरी सिउनै नसकिने गरी। बिछ्यौनामा माथि चिट चिट पसिना काढ्दै उ अत्तालिन्छ अनी भान्सा कोठामा छिरेर २ गिलास पानी एकै श्वासमा पिउछ।
क्रमश:

1 comment:

पोस्तक श्रेष्ठ said...

गजल मात्र भनेको त कथा पनि जाँदो रहेछ नि प्रविणजी। प्रस्तुति राम्रो छ। जारी रहोस्।