Tuesday, August 25, 2009

अधुरो सपना भाग -२

उ आँफैलाई भन्दै थियो रमेश आज त सगै के छैन? जागिर छ, परिवार छ, आफुलाई भन्दा बढी माया गर्ने निता छे, गाँउ समाजमा चर्चा परिचर्चा त्यरै छ रमेशको मन खुशीले उर्लिएको थियो। यतिखेर उ आँफैभित्र हराएको छ,कोठाको झ्यालको शिशाबाट संसार चिहाउछ। आकाश निर्मल छ, मौसम सामान्य छ, बातावरणमा शुन्यता छ, बोल्ने साथी कोही छैनन , कोठाको एउटा कुनामा टेलिभिजन, अर्को कुनामा रेडियो अनी त्यससगै टासिएको बिछ्यौना जुन आज उसको आत्मिय साथी बनेको छ, उसका सबै दु:ख सुख, बाध्यता बिबशता बुझेको छ र उसग कहिल्यै रिसाउदैन यो। उ यसलाई खाद्छ, माड्छ वास्तवमै धेरै अन्याय सहेको छ यसले तरपनी आजसम्म अह एक शब्द पनि भनेको छैन किनकी यसले बुझेको छ रमेश बिना रित्तो हुनुपर्छ भनेर तर यसले यो पनि बुझेको छ रमेश एकदिन उसलाई छोडेर टाढा टाढा जानेछ फेरी कहिल्यै नफर्कने गरी र पनि उ आज खुशी छ र त पलपलमा साथ दिदै छ, यसले आफ्नो अस्तित्व बुझेको छ, जुनसुकै चुनौती व्यहोर्न तयार छ मात्र रमेशको खुशीमा किनकी आज यसले अती माया गर्छ रमेशलाई।

यतिखेर रमेश यही बिछ्यौनामाथी टोलाउदै छ जसले उसलाई जीवनकै सुन्दर क्षणहरुमा साथ दिएको थियो अनी उसका सपनाहरु एकाएक आकाशीदै छन, धेरै दिनदेखी निरन्तर झरी परिरहेको छ,हुरी बतास चलिरहेको छ, चट्याङ परिरहेको छ, चिसो चिसो बताससगै बातावरणमा परिवर्तन छाउदै छ, बिखण्डित मनभित्र ज्वालामुखी फुटेसरह अनेकौ कुराहरु तछाड मछाड गरी उर्लिरहेका छन। हिजो अस्ती जस्तो सार्है जागर पनि चलेको छैन, मस्तिष्क शिथिल बनेकाले सोच्न नसक्ने भएको छ, उ कसैको स्मरणमा उर्लिएर आएको बढीलाई किनार लगाउने प्रयासमा बाध बाध्दै छ , निमेष निमेषमा झुल्किरहने उनको सुन्दर मुहारले भने सदा झै आजपनी जिस्काइरहेको छ,उ आनन्दित मुद्रामा आँफैसग एउटा बहसको थालनी गर्दै छ।

आज मसग अस्थिरता भित्रको आगाध स्नेह छ, चुडिएको हिर्दयको अधुरो स्पर्श छ, सपना बिनाको सहारा छ, खल्लो उराठलाग्दो शिशिर छ, माधुर्यता बिनाको मधुरता छ, बेश्रिन्खलित जिन्दगिको श्रिन्खलाबद्ध पिंडा छ, कठोरतामा उकुश मुकुश मन छ अनी चिरचिराहट हाँसो बाँकी छ, म नितान्त एक्लो छु, म रित्तो छु र पनि म खुशी छु। सफलताको खोजिमा मेरा पाइला भौतारिरह्न्छन अचानक ठेस लाग्छ र मुर्छित हुन्छु, सकी नसकी खुशीहरुमा रम्न खोज्छु दु:खका भङ्गलाहरुले चेपिदिन्छन ,एउटा जीवन जित्ने युगान्तकारी कथा लेखु भन्छु एक्कासी शब्दहरु प्रतिसप्रधामा लागि पर्छन अनी अन्त्य हुन्छ मेरो कथा शुरु हुनै नपाई। म आत्मियता प्रेमको कुरा गर्छु दुनियाँ स्वार्थको कुरा गर्छ अनी म ओझेलमा पर्छु , म यथार्थताको कुरा गर्छु , यो दुनियाँ झुटको मिठो ताना बाना बुन्छ र मलाई किनार लगाउछ। साँचो अर्थमा म आज थकित छु, पिंडित छु, निरही छु।
यो माया भन्ने कुरा पनि अचम्मको हुदोरहेछ , जती धेरै गर्‍यो त्यती पिंडा बढ्दै जाने, जती धेरै सुन्यो त्यती नै रमाइलो अनुभुती हुने, जती नै पिंडा भोग्नु परेपनी कहिल्यै भो अब त गर्दिन भनेर भन्न पनि नसक्ने, जती बुझ्न खोज्यो उती रहस्यमय बन्दै जाने। कुनै मदिराको नशा जस्तो जती पियो उती पिउ पिउ लाग्ने। कती डरलाग्दो र शक्तिशाली छ यो स्मरणमै पनि मनभरी सुनामी नै ल्याइदिने। इर्श्या, रिस, शंका, उपशंका,छल कपट, विश्वाश, प्रतिसोध, समर्पण,हार, जित, भुत, बर्तमान, भबिश्य के छैन यो मायामा? तर के गर्नु सबै भएर पनि कहिलेकाही यो यती कमजोर बनिदिन्छ सोच्न पनि नसकिने गरी। क्रमश:

4 comments:

pralad said...

o ho nikai ramro po lagyoo malai ta ..

सूर्य/सिकारु said...

प्रबिण जी जीवन भन्नु नै यस्तै रहेछ । मिलन बिछोड, डु:ख पीडा संघर्ष अनि हारजित । लेखले निकै मार्मिकता बोकेको पाए ।

Milan said...

nice one...it made me wait third one..

हावा De Wind said...

हो प्रबिण ब्रो, वास्तब मा यो माया भन्ने चिज अनौठो छ...

जीवन मा धेरै समयहरु ठुलो बन्ने, विद्वान बन्न्ने, र धनी बन्ने धुन मा खर्चिसकेपछी झल्यास्स हुन्छ...

ओहो वास्तब मा जीवन भन्नु त सम्बन्ध नै रहेछ..

जतिसुकै सुख होस् वा दु:ख सम्बन्धहरु नै अन्त्यमा महत्वपूर्ण हुँदा रहेछन...

अझ सबन्धहरुका अनेक आयामहरुमा आत्मियता पनि भयो भने त जीवन मा धेरै भौतारिनै पर्दो रहेनछ्