गजल: सधैंभरी यि नजरमा

सधैंभरी यि नजरमा छाइ राख है
सपनि मै भनेपनी आई राख है

आउँदैछु फर्की तिमीलाई आफ्नो बनाउन
हाम्रो मिठो मिलनको गीत गाइ राख है

अनौठा अबिश्वासी कठिन क्षणमा पनि
हिर्दयमा मायाको दिंप जलाई राख है

जती हेर्यो हेरु लाग्ने सुन्दर फूल बनी
यो मनको बगैचामा लहराइ राख है

कोमल ति ओठका मधुर मुस्कान छरी
बाबु भनी तिम्रो मुखले बोलाई राख है

Comments

Jotare Dhaiba said…
भाव सुकिला र रसिला हुँदाहुँदै पनि मात्रागत खलबलीले गाँसमा अलि ढुङ्गा लागेझैँ भयो ।
त्यति धेरै समस्या चाही होइन, र पनि सेरहरू माथिदेखि तलसम्मै समान
मात्र र अक्षर लेख्नमा ध्यान दिनुपर्ने हो कि जस्तो लाग्यो । केही गरी त्यो सम्भव नभएमा पनि गेयात्मकतामा आँच नआउने किसिमले कोमल र सजिला शब्दहरू संयोजन गर्नुहोला । यो मेरो पाठकीय टिप्पणी मात्र है !
Thanks a lot dhaiba ji
riasaune kurai chhina ni, tapaiharuko sallaha sujhab ta mera laagi margadarsak banne chhan.

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु