Saturday, November 21, 2009

अधुरो सपना - भाग ५

मेरी निता मलाई भन्थिन म तपाईंलाई पर्खेर बस्ने छु चाडै फर्कनु है। उनका ती वाक्यले फेरी मलाई सोच्न बिबस बनाउथ्यो मेरो आफ्नो स्वार्थ पुरा गर्न एउटा स्वतन्त्र पंक्षीको गन्तब्यमा मैले जाल हाल्नु हुदैन, म बिदेश जादै छु थाहा छैन कहीले कतिखेर अर्काको ठाउमा कस्तो परिबन्ध परि आउछ मलाई त्यो क्षण डरले कमायो अनी सोचे भोली भनेको जस्तै भएन भने मेरो कारणले उनको जिन्दगी तहस नहस त हुदैन? अनी सकिन फेरी हस्ताक्षर गरिदिन मेरी निताको दोश्रो प्रस्ताबमा पनि।

आषाढ ३१ वा july १६ को बिहान म Italy को लागि प्रस्थान गरे त्यसपछिका दिनहरुमा प्रत्येक क्षण उनी मेरो आँखा वरिपरी लुकामारी खेल्न थालिन, सपनाभरी आएर जिस्काउन थालिन अनी म प्रत्येक पल सोच्न थाले उनी बिनाको यो संसार मेरा लागि कती कहाली लाग्दो हुदोरहेछ पौष महिनाको कालो र लामो रात सरह।

जुन दिन उनिदेखी टाढा भए त्यो दिन देखि मेरो अनुहारमा कान्ती छाएको छैन, उनको नाम लिएर बरबराउदा बरबराउदै ओठ कलेटी परिसकेको छ, कहिलेकाही त सम्झनामा मुटु बिथोलिन्छ, शितल पवनले पनि आँगाको लप्कासरी पोल्छ साँच्चै मेरो जीवन यसरी च्यातिदै छ फेरी सिउनै नमिल्ने गरि। प्रत्येक साँझ मेरा नजरहरु उनीलाई देख्ने बाहानामा क्षितिजसम्म हुत्तिन्छन अनी एकैछिनमा निराश हुन्छन सहानुभुतिका कोसेली सगाल्छन, प्रत्येक रात मेरो जीवन प्यालामा ढल्न थालेको छ जब सम्झन्छु त्यो हाम्रो मिठो मिलन जँहा सप्तरङी इन्द्रेणी झै हाम्रा जिवनका रेखाहरु दौडिरहेका थिए, आकासका अदिप्त तारासरी हाम्रो प्रेम चम्किरहेको थियो।

स्मरणमा ताजै छ गरेको बाचा कसम- समाजका सारा प्रतिबन्धहरु तोड्ने छौ र हाँसो खुशी पाउने हाम्रो आफ्नो गोरेटोलाई रोज्ने छौ जहाँ एउटा सुन्दर बस्ती बसाउने छौ त्यहि बस्तिभित्रको बगैचामा हामी एक अर्काको आलिङ्गनमा एक भई नाच्ने छौ, रोमियो र जुलियट जस्तै जीवन र मृत्‍युको कुनै प्रबाहा हुने छैन हाम्रो प्रेममा। दु:खका टोर्नाडोहरु सहज सामना गर्नेछौ तर किन किन आज म कमजोर भएको छु हाम्रा ती सपनाहरु एक मुठी श्वासको ढुकढुकिमा आफ्नो प्राण थेगिरहेका छन्, फेरी मेरो जिवनमा तुवालो छाउदै छ, खण्डहर जिन्दगीको दौरानमा पुन: घाइते बन्दै छु जब मेरी निता मेडल जित्ने प्रलोभनमा मेरो मायाको मुल्य र मान्यता अनी मेरो इमन्दारितामा प्रश्न चिन्ह तेर्साउदै मलाई घाऊ उपहार दिएर अघि बढ्न लागेको देख्दा । क्रमश:

Monday, November 09, 2009

अधुरो सपना भाग-४

आज म यहा न आदर्शका मिठा कुरा गर्दै छु, न कुटनीतिक रुपमा मेरी निता माथि नाटकीय मन्चन रच्दै छु, जुन शब्दहरु यस पानाहरुमा कोरिरहेको छु यी मेरा मनभित्र दबिएर रहेका हजारौ मौन प्रश्नका उत्तरहरु हुन् सबै मेरा बास्तबिकताहरु भेटमै भनुला भन्थे तर समयले मलाई छाड्न लागेकाले यिनीहरुलाई शब्द कुसुम बनाएर एउटा पत्रका रुपमा उतार्ने प्रयास गरेको छु। मलाई थाहा छैन मेरी नीताले मलाई कसरि मुल्यांकन गर्लिन यी मेरा कटु सत्यताहरुलाइ अनि पास वा फेलको कुनै उपाधि समेत दिलाउलिन तर यो भने सत्य हो मेरा यी अनुभबहरु मेरा लागि कहिल्यै फेल हुने छैनन् फेरी भन्लीन घमण्ड गर्नु पर्दैन हो नानु मैले तिमिसग घमण्ड गरेको होइन यथार्थबोध गर्न मात्र खोजेको हु।

अन्तत मैले visa apply गर्ने निर्णय गरे र जेष्ठ महिनाको शुरुमै यसको तयारिमा लागे यतिबेला मेरी निता गाउमा थिइन त्यसैले पनि उनको परामर्श मैले चाहेर पनि लिन सकिन। visa apply गरे अब यसको नतिजा पर्खनु शिवाय म मा अर्को विकल्प थिएन करिब १ महिनाको पर्खाइपछी मेरो हातमा visa सहितको passport पर्यो। एकातिर त्यो दिन मा सार्है खुशी थिए अर्कोतिर भित्र भित्रै मन बिझाइ रहेको थियो उनै मेरी मायालु निताको यादमा अनि अब आगामी दिनमा देखिन सक्ने सम्भावित समस्या इत्यादी कारणले। एकातिर जिन्दगीमा एउटा कठिन युद्ध जितेजस्तो लाग्थ्यो अर्को तिर आफुले आफैसग नजानिँदो पारामा हारेजस्तो। july 16 2007 को tickect booking गरे अब मेरा सामु नेपाल बस्ने दिनहरुको गन्ति शुरु भैसकेका थिए।

बिदेशिनु भन्दा अगाडि एकपटक सबै मित्र मान्यजन, घर परिवार, आफन्तलाई भेटघाट गर्नु उचित सम्झी म पनि गाउतिर लागे आषाढ १४ गते जुन गाउमा मेरी मायालु निता पनि थीइन। मैले त्यस क्षण उनकै आग्रह र उनकै लगानी तर मेरो उपहार उनिलाई भन्दै एउटा औठी चिन्हो लिएर गएको थिए। औठी भनेको त्यस्तो बस्तु जसले मुटुका नसाहरुसग सम्बन्ध राख्छ भन्ने परम्परा छ जुन औठिका बारेमा मैले मेरी आमा र दिदिसग सामान्य कुरा राखेको थिए किनकी म बिस्तारै हाम्रो सम्बन्ध पारिवारिक रुपमा पनि अगाडि बढाउन सजिलो होस् भन्ने चाहन्थे जसले हाम्रा भबिश्यका बाटहरु पनि अली सहज बनोस।

आषाढ १७ गते म पुन: काठमाडौं फर्के यसपटको मेरो यात्रा अरु यात्रा भन्दा नितान्त फरक थियो किनकी म मेरी नितासगै गाउ देखिको काठमाडौं सम्मको यात्रामा थिए। पानी परिरहेको थियो, बाटो चिप्लो हामी बिच अरु गफ गाफ भन्दा कसरी जोगिएर हिंड्ने भन्ने कुरा नै प्रमुख बन्यो गाउदेखी धादिङसम्मको बाटमा खासै कुराकानी भएन। करिब ११:३० तिर हामी धादिङ बजारमा आईपुग्यौ त्यसपछी हामी काठमान्डौ लाग्नु पर्ने थियो हामीसगै अरु २ जन साथीहरु पनि थिए। मैले बसको ४ वटा ticket लिए अब हामी पुन अर्को यात्रामा थियौ। मेरी निता र म दाँया र बाँयाको seat थियौ, म केही कुरा गर्न चाहन्थे उनी मसग झर्किन्थिन उनी म सग रिसाएकी थिइन शायद त्यो उनिले म प्रती गर्ने प्रेमको पिडा थियो,मैले यसरी नै बुझे। म भित्र पनी उनिलाई सम्झाउने कुनै शब्द थिएन त्यतिबेला। यात्रा अगाडि बढीनै रह्यो यसैबिच म सितापाइलामा झर्नु पर्ने थियो र म झरे पनि उनीले मलाई बिदाइ गर्ने हिम्मत पनि गरिनन त्यो क्षण मलाई किन किन जीवनमा ठुलो गल्ती गर्दै छु भन्ने लागिरह्यो तर के गर्नु जे हुनुछ भएरै छाड्दो रहेछ।

आषाढ २६ गते म पुन: गाउ फर्कनु पर्ने थियो त्यसैले यस समयको अन्तरालमा साधारण किनमेलमा नै मेरा दिनहरु बित्न थाले। आषाढ २२ गते बिहानको खाना खाने गरी उनी मेरो कोठामा आइन, एक जना गाउको दाजु अनी मेरो भाई हामी सगै थियौ, खानपान पछी दाजु र भाई काम बिशेषमा प्रस्थान भए अब थियौ उनी अनी म। भुलेको छैन त्यो दिन उनी मेरो काखमा धेरै रोएकी थिइन मैले कहिले देखेको थिइन उनिलाई यसरी बिचलित बन्दै रोएको म लाचार बनेर उनिलाई सम्झाइरहेको थिए। उनी भन्थिन मेरो सिउदो भरिदेउ म डराउथे किनकी मेरा सामु त्यती सजिलो थिएन त्यो उत्तराद्ध क्षण। हो नानु मेरो पनि चाहना थियो जतिसक्दो चाडो तिम्रो सिउदो सजाउने तर सबै कुराहरु ब्यबस्थित गर्न नसक्ने समयको सिमितता थियो म सग, समस्याका पहाडहरु थिए मेरा अगाडि फेरी हाम्रो सम्बन्धलाई मेरो परिवारले सहज रुपमा लिदैन भन्ने पनि थाहा थियो जुन क्षण म पनि बिदेशिदै थिए यदी तिमीलाई आफ्नो बनएको भए तिमीले हजार दु:खहरुको सामाना एकैपटक गर्नु पर्ने थियो जुन म कहिल्यै चाहदैनथे। गाउघर, साथीभाइ, इष्टमित्र सबैले तिम्रो खेदो गर्थे मेरो अनुपस्थितिमा तिमीलाई बिचलित बनाउथे जुन म चाहदैन थे। म बिदेश तिमी गाउ अनेकौ कुराहरुको अभाब, हजारौ मानिसहरुको कटाक्ष हामी बिच त्यस्तो मनोबैज्ञानिक संकट निम्तिन पनि सक्थ्यो जुन अवस्थामा हाम्रो जीवन रह्न्थ्यो वा रहदैनथ्यो म भन्न सक्दैनथे त्यसैले पनि मैले तिम्रो सिउदो सजाउने रहरलाई मन भित्रै कुन्ठित गराए। क्रमश :