Tuesday, December 08, 2009

अधुरो सपना भाग-६

अनौठौ रहेछ यो जिन्दगीपनी हतारै हतारमा धेरै कुरा गर्नु पर्ने- एउटा नाटक तर बुझ्नै नसकिने कथामा आधारित अनी यो जिन्दगीको पल पलमा यो मन कहीले धार्नी त कहीले पाउमा परिणत हुदोरहेछ के मात्र सोच्न भ्याउदैनर यो मनले राम्रो नराम्रो सबै सबै। यही भ्याइ नभ्याइको हाम्रो सोच भित्र जिन्दगी छ अनी यही जिन्दगी भित्र कसैलाई भेटाउनु छ कसैसग बिछोडिएर, कसैलाई माया त कसैलाइ धोकाले सजाउनु छ ,कसैलाई स्वागत त कसैलाई बिदाइ ,कहीले रमाउनु छ त कहीले तड्पिनु। मैले पनि यो समयको अन्तरालभित्र मेरी निता प्रति राम्रो नराम्रो सोच बनाए होला र त्यहि मनोगत सोचाइको एउटा परिणति थियो मेरो निर्कर्ष उनी अब मबाट टाढिन प्रयासरत छिन्।

दिनहरु बित्दै गए समयसगै उनका स्मरणहरु क्रमश: पातलिन थाले तापनि मनले बिर्सन सक्ने त कुरै भएन। मन सम्झनाले पल पल ब्याकुल बनेर उनकै बोली सुन्न आतुर भएपनी भौतिक दुरता अनी अन्य हजारौं कारक तत्वले गर्दा मेरा इच्छा चाहानालाई मनभित्रै दमित गर्नु पर्ने बाध्यता थियो। महिना १५ दिनमा उनीलाई फोन गर्थे तर उनी मलाई पापी, फटाहा यस्तै उपधीले त्यो क्षण सुसज्जित बनाउथिन साच्चै म उनको नजरमा नराम्रो बनिसकेको थिए। जब उनी त्यसो भन्थिन मेरो एक मनले भन्थ्यो अब तैले तेरी नितालाई बिर्सनु पर्छ अनी फेरी अर्को मनले भन्थ्यो होइन तैले उनलाई सम्झाउनु पर्छ, त प्रति बसेको त्यो नराम्रो छाप तैले भागेर होइन उनिसगै साक्षात्कर गरेर हटाउनु पर्छ उनीपनी नबुझ्ने छैनन एकदिन न एकदिन त कसो नबुझ्लिन सब वास्तविकताहरु।

यसरी नै १५-२० दिनको अन्तरलमा फोन गर्ने मेरो निरन्तरता अगाडी बढिरह्यो उनीलाई कस्तो हुन्थ्यो त्यो पल मलाई थाहा छैन तर उनको बोली मात्र सुन्द पनि कतिबेला मेरो अनुहार हास्थ्यो, कतिबेला मेरो आँखा रसाउथ्यो ती बिगतका यादहरु आखाभरी भरिएर, मनभरी भएर, एक्लै रोएर र रमाएर। मलाई जीवनको कुनै अभिष्ट जस्तो लाग्थ्यो उनिसगको मेरो प्रेम र सामिप्यता, म यति पागल र एकोहोरो भएको थिए उनिप्रती। कहिलेकही त यो संसारमा उनी र म बाहेक कोही पनि छैन भन्ने भान पनि पर्थ्यो मलाई थाहा थियो त्यो मेरो मनको सोचाइ आफ्नै लागि आँफैले गरेको धोका हो तर किन किन मलाई यही यस्तै सोचहरु प्रिय लाग्थे।

करिब बर्ष दिन सम्म यही क्रम निरन्तर बढिरह्यो त्यसपछिका दिनहरुमा हाम्रो भेट बाक्लिन थाल्यो त्यो अप्रत्यक्ष नै किन नहोस email, chat र फोन मार्फत अब हाम्रो भेट हप्ताको २-३ पटक नै हुन थाल्यो। कहीलेकही online मै पनि भेटिन्थ्यो म उनीलाई त्यो क्षण खुब जिस्काउथे उनी रमाउथिन । कहीले उनी रिसाउथिन त कहीले म आँफै पनि रिसाएको नाटक गर्थे हाम्रो माया झन झन प्रगाढ बन्दै थियो। कुरै कुरामा कहीलेकही निराश पनि बनिन्थ्यो जब हामी बीच समाज र त्यसको आडम्बरिता अनी त्यसले निर्धारण गर्ने सक्ने हाम्रो भबिश्यको बाटोलाई लिएर। साँच्चै त्यो हामी हुर्केको सामाजिक पर्खाल कुनै जेलको पर्खाल भन्दा कयौ गुणा अग्लो थियो त्यो पार गर्नु हाम्रो लागि सानो चुनौती थिएन। हाम्रो नाता आबश्यकताले जन्माएको थिएन सबै आबश्यकता पुरा भएपछी समयसगै आँफै हराएर जाने, हामी बीच स्वच्छ हिर्दयको स्पष्टिकरण थियो,हामीलाई राम्रोसग थाहा थियो प्रेम र जीवनको मुल्य अनी भन्थ्यौ भोली जे होस हामी एक अर्का प्रति कुनै गुनासो पाल्ने छैनौ, जीवनमा आइपर्ने कुनैपनी अमिलो परिणतिसग सम्झौत गर्ने छौ। क्रमश:

1 comment:

HAWA said...

हो प्रबिण जी, जन्मिनु हाम्रो छनोट मा होइन तर जन्मिसकेपछी हामीले जीवन मा हरेक पटक छनोट गर्नुपर्छ र निर्णय लिनुपर्छ..

तेसैले जति सुकै गरेपनि हाम्रा अनुभव सधै मिठो रहन सक्दैन.. तर सधै नमिठो नै रहन्छ भन्ने पनि होइन..

सायद जीवन का सबै अनुभव स्वीकार गरेर खुसि हुन हामीले सिक्नुपर्छ