Posts

Showing posts from February, 2009

गजल : हिजो आफ्नै सोच्ने मन ...

हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ पराइको जाली माया गाढा भइदिएछ जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन अनायसै मुटु घोच्ने काडा भइदिएछ खै के भनु के गरौ आफुसँग केही छैन आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ तर आज मेरो माया थोत्रा भाडा भइदिएछ वालापनै नभोगी जवानी बने जस्तै आफन्तको संसार बिर्सी छाडा भइदिएछ

गजल: तिमी थियौ म थिए ...

तिमी थियौ म थिए , कती सुन्दर संसार थियो साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो यूगौ युग नरित्तिने, मायाको भन्डार थियो कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो सम्झना ताजै छ , अझैपनी यो मनभरी सगै खेली बिताएको पलहरु हजार थियो सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो

कस्तो हीरा पायौ तिमीले ...

गुमायौ या केही पायौ हिसाब छैन बाँकी गन्तब्यमा तिमी लाग्यौ दोबाटोमा मलाई राखी भाचिएछ तिम्रो मन आएन नि पलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई जे गर्यौ ठिकै गर्यौ बाच तिमी हाँसी म बसौला जिन्दगीमा अधुरा यि रहर साची वारुदको भट्टी भित्रै किन कोर्यौ सलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई चाँदनिको चौघेरामा कालो बादल लगाइ नदिउ पनि कसरी म मागेपछी बिदाइ हाँस खेल ठट्टा गरे जस्तो लाग्यो मलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई

कती मिठो माया थियो .....

नचाहेको रहर साची घर बनाए बालुवाको दुई दिनमा ओईली झर्ने भर भएन पालुवाको सम्झनाको लौरी टेक्दै जंघार तरे जस्तो भयो कती मिठो माया थियो आज कता कता गयो उजाडियो सारा जीवन डढेलोले खाएसरी जीवन मेरो जहिले पनि बादल बर्षा झरी झरी खुल्ला आकाश किन आज तुवालोले छायो कती मिठो माया थियो आज कता कता गयो शैरमा निस्केको थे बाटो कतै पाइन सक्कली दिल किन्न खोजे बेच्ने कोही कतै छैन हावाको बहेली सुस्ताएझै मलाई लायो कती मिठो माया थियो आज कता कता गयो

गजल : भन्ने ठान छैटौउमा---

भन्ने ठान जिन्दगीमा यस्तै लेख्या रैछ खुशी पाउने दोबाटोलाई काँडे तारले छेक्या रैछ जे जे पर्छ आफ्नो भागमा भोग्दै जानु पर्ने दु:खै दु:ख पाउन भनी हामीलाई हेप्या रैछ चोटै चोटले सताइरह् यो खुशी कहिल्यै छाएन हाम्रो माया प्रितीलाई नै संकटले चेप्या रैछ राम्रो होस् भनेर संसारकै भलो जप्थ्यौ पवित्र यि आत्माभित्र कस्तो खोट देख्या रैछ इश्या गरे भगवानले कहाँ जानु शरण लिन ममताको धरातालमा कठोरताले टेक्या रैछ

गजल : निल्नु न ओकल्नुको...

निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी अबुझ ईश्यालु, म थिए रे त्यतिबेला दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी आपत बिपत परिराछ, तिमी टाढा भएदेखी हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी

गजल: भो तिमीले नै जित्यौ....

भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो उदास थियो यो जिन्दगी,झनै बढी भार भयो सजाउथे सपनाहरु, नयनको बाटो भरी ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो

माया त्यसै मर्दैन है

माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ साचो कुरा लुक्दैन , जती कोशिस गर तर मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ मनको प्यास मेटाउन, नारिएको हुनसक्छ

गजल -- हारजित भईरहने

हारजित भइरहने माया खेल होइन परीक्षा लिई छुट्टाउने पास फेल होइन जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र हर्ष न विष्मात हुने, कौवालाई वेल होइन पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो विश्वास हुन्छ एक अर्कामा जालझेल होइन गन्तब्य एउटै अनी पाइला सँगसगै दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन समर्पण समझदारी सम्मान हुन्छ त्यहा केही क्षण मोज गर्न, गरिएको मेल होइन