Posts

Showing posts from April, 2009

गजल : सुन्दै छु कता कता

सुन्दै छु कता कता नयाँ जीवन थाल्दै छौ रे उमङ्गका बाटाहरुमा पाइला चाल्दै छौ रे बुझ सानी चोखो माया पाइदैन जताततै आत्मा मिल्ने हिर्दयलाई टुक्राएर फाल्दै छौ रे नक्कली खेल जितेपनी सत्य कहिल्यै लुक्दैन सुन बनाउन भनेर पित्तल गाल्दै छौ रे अबश्य पश्चतापको भुमरीमा पर्छौ एकदिन नयाँ बिउ रोप्न भनी पुरानो रुख ढाल्दै छौ रे भताभुङ्ग होला सबै प्रतिशोध साँची हिड्दा आफ्ना सारा कुक्रिती लुकाउन टाल्दै छौ रे

गजल: फुल भनेर --

फुल भनेर म काँडालाई, नसमाए हुन्छ मरुभुमिमा मुल फुट्दैन, नरमाए हुन्छ दाँया बाँया केही कतै, नभएको जोगिसँग केही पाउने स्वार्थ बोकी, नधाए हुन्छ हिर्दयमा माया सारी, परेली भिजाउदै एकान्तमा सम्झिएर, नहराए हुन्छ सुखमा हुर्केकी, हजार चोट सहनलाई बोझिलो यो जिन्दगीमा, नआए हुन्छ दुनियाँको रित नै हो, बलेको आगो ताप्ने हाम्रो साईनो बिट मार्न, नलजाए हुन्छ

गजल : फ़ुल्नै नपाई

फ़ुल्नै नपाई कोपिलामै, झरे कति कति किनार लाग्न नपाउदै, सपना टरे कति कति स्वतन्त्रता, परिबर्तन, शान्तिका नाममा बन्द हड़ताल आन्दोलन, गरे कति कति गास बॉस कपास, समानाताको कुरा गर्दै उसका झुटा आश्वासनमा, परे कति कति दायाँ बायाँ केहि सोचिन, जे परेनी अघि बढे केहि भएन कहिल्यै उसलाई, म मरे कति कति छाती माथी लाठी थापी, रुन्थे ऐया भन्दै मेरा चोटमा उसका दशा, टरे कति कति

कबिता :नआएको भए हुन्थ्यो

बेखबरलाई खबर बनाएर अखबारहरु रङगाउन अक्षरहरु पड्काउन बुद्धको धुजी उडाउन सगरमाथाको शिर नुगाउन उही पुराना कुरा,पुरानो भाषण प्रजातन्त्रको नाममा निरंकुश शासन उस्तै आतंक,पुरानै भ्रष्टचार उही हत्या,हिंसा, बलत्कार बिक्रिती नै बिकृतिको आयतन बढाउन अधिकारको नाममा सभ्यता बिर्साउन नआएको भए हुन्थ्यो यो नयाँ बर्ष। बाँच्ने आशाहरु देखाउदै पल पलमा मार्नलाई जितको मिठो आश्वासनमा सधैं हार्ने पार्नलाई बेश्रीङ्खलित बाटाहरुमा श्रीङ्खलाबद्ध पिंडा छर्न परिचित घुम्तिहरुसँग अपरिचित भएको नाटक गर्न हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै मनका उच्छबासहरुलाई कैदी बनाउन सपनाहरुलाई लास बनाउदै मसानघाटमा रमाउन शुन्यता भित्र जुरमुराउदै विश्वाशको यथार्थतालाई कुल्चेर अन्धबिश्वाससँग लुकामारी खेल्न सम्भाबित दुर्घटनाको आधारशिबिरबाट लामो मानबताको खडेरी बोकेर नआएको भए हुन्थ्यो यो नयाँ बर्ष। नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।