Posts

Showing posts from July, 2009

गजल: किन?

गजल: किन? मलाई दोषी देखिरहयौ बदलिएनौ किन? माया गर्छु भनिरहयौ पग्लिएनौ किन? पिंडाले म जलिराछु समस्याले चेप्पिराछु समाधानका बाटहरुमा देखिएनौ किन? नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती आज मनको बगैचामा भेटिएनौ किन? गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम स्वार्थ पुरा भएपछी सम्झिएनौ किन? समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै मलाई आफ्नो बनाउन तम्सिएनौ किन

गजल: फेरी अर्को पासो भित्र

प्रबिण माथि सुनामी नटरेकै जाती तिमी बाँच्नु हाँसेर म मरेकै जाती गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई दाग लाग्छ यो संसारमा नझरेकै जाती छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ आदर्शका कुरा अब नगरेकै जाती सुक्क सुक्क गरी गोहिको आशु नबगाउ तिम्रो मनमा मेरो माया नसरेकै जाती चोटको उपहारमा रमाउन थालेको छु फेरी अर्को पासो भित्र नपरेको जाती

गजल: मन लाछ

आज मलाई बशन्त झै फूल्न मन लाछ मङसिरको सेरा फाँट झै झुल्न मन लाछ बोल्दा सधै हाँसिरहने उनको बानिसँग रमाउदै मलाई पनि घुल्न मन लाछ सबैको मनदेखी आत्मा सम्म छाउने त्यो निर्दोषी पनसँग खुल्न मन लाछ पल पलको स्मरणलाई साक्षी बनाउदै भमरा भई फूलमाथी डुल्न मन लाछ दुई दिने जिन्दगी उमङ्ग लिई साथमा जीवनभरी उनकै प्रितमा भुल्न मन लाछ

आत्माकथा: बिगतको डायरिबाट

अबोध निश्चल र निर्दोष आकर्षण नै त्यो शक्तिशाली आकर्षण थियो जुन आकर्षण पक्कै अस्वभाविकता र गम्भिरता थियो। हो त्यही गम्भिरता नै मेरो लागि आकर्षणको मुल कारण बनेको थियो। ठुलो आँखा, लामो कपाल, झाँगीएका परेली, शालिन अनुहार र ममताले भरिएको मुटु, साँच्चै सिङ्गमरमरको मुर्ती कुनै सिपालु कालीगढले कुदेर बनाएको जस्ती। शायद उनको हारहारिमा पुग्ने मेरो जीवनमा अरु कोही नहुन पनि सक्छन। पिँडाहरुले खारिएकी, दर्दहरुले निथ्रुक्क भिजेकी उनिमा आँशुको खहरे पिएर जिउन सक्ने सामर्थ्य ईश्वरले प्रदान गरेका छन भन्ने अनुभुती मलाई भएको छ। आजकाल मेरो दिनचार्य यस्तै बनेको छ , क्याम्पस जानु, फर्कनु, क्याम्पसबाट फर्केपछी केहीबेर टहलिनु जब जब दिन ढल्न खोज्छ पश्चिमी क्षितिजमा घाम पहेलिएर हराउनै लाग्छ अनी सम्झनाको झटारोले मेरो मानसपटल बिथोलिन्छ, भावबिहोर हुन्छु, भक्कनिन्छु, मेरो अनुहार एक्कासी ओइलाउछ यसरी कि वारुदका छर्राहरुले आहात बनएको गुँराशका घाइते पोथ्राहरु वताससँग जीवनको भिख मागेर सिरसिर सुसाएको जस्तै गरी। एकाएक म भित्र सन्नाटा छाउछ फेरी जीवनको आँखीझ्यालबाट संसारलाई चिहाउछु र सम्हालिन्छु। मनमनै भन्छु तिमीमा अस्ताउन र