Tuesday, December 21, 2010

गजल

देखाउनलाई हाँसेपनी जलेकै छ जिन्दगी
गार्हो सार्हो जे परेनी चलेकै छ जिन्दगी

कोही आफ्नो कोही पराइ पर्दाभित्र भ्रम
तेरो मेरो दौडधुपले छलेकै छ जिन्दगी

बाध्यताको जन्जिरभित्र तड्पदै पल पल
समयले नेटो काट्दै ढलेकै छ जिन्दगी

छाउदा शिशिर ओइलीएर पात झरेपनी
बहार छाइ बशन्तमा फलेकै छ जिन्दगी

गन्तब्य टाढा छ भन्थे हरेश खानु हुन्न
यात्राबीचको सुस्केरामा गलेकै छ जिन्दगी

Sunday, December 19, 2010

गजल

उज्वल सुन्दर क्षितिज देख्दै छु म
हाम्रो प्रेमको नयाँ कथा लेख्दै छु म

खुशि खुशि मात्र छ तिम्रो साथले
सफलताको सिढीहरु टेक्दै छु म

छुट्टै एउटा सुन्दर बस्ती बसाउने
मीठा सपनाहरुले मन सेक्दै छु म

समस्या छ जताततै हाम्राहरुमा
आधा दु:ख तिमी आधा खेप्दै छु म

अप्ठ्यारा जति आउन जिन्दगीमा
पहाड बनी सारा बाधा छेक्दै छु म

Friday, December 17, 2010

गजल

तराई पहाड हिमालका गजल लेख साथी
मँयुर डाँफे र मुनालका गजल लेख साथी

आफ्नो भाषा आफ्नो भेष आफ्नो सस्क्रिती
डम्फु सारङ्गी मादलका गजल लेख साथि

प्रकृतिले भरिपुर्ण हाम्रो सुन्दर मातृभूमी
नदी झरना फेवा तालका गजल लेख साथी

चार जात र छत्तिसबर्णको साझा फूलबारी
चौबन्दी दौरा सुरुवालका गजल लेख साथी

Wednesday, December 15, 2010

गजल

दुई मुटु एक गरि जोड्ने कुरा भाछ
दुई बाटो एकै तिर मोड्ने कुरा भाछ

जात पात सानो ठुलो हटाएर सारा
हाम्रो प्रेम नमुना छोड्ने कुरा भाछ

भित्र भित्र गुम्सिएको सारा खुशिलाई
छताछुल्ल पार्न बाध फोड्ने कुरा भाछ

अज्ञानता रुढिबादी समाजको जालो
बिक्रिती बिसंगती तोड्ने कुरा भाछ

मानबताको सुन्दर बिऊ उमार्नलाई
अब सगै फूलबारी गोड्ने कुरा भाछ

Friday, November 26, 2010

मेरो जीवनको त्यो १ दिन

यसमा उल्लेखित पात्रहरु सत्य घटनका काल्पनिक पात्र हुन।
काठमान्डौ सम्मको यात्रा गर्नु थियो त्यो दिन करिब ३ घण्टाको बाटो न हो कुनै भवितब्य बीच बाटामा नपरे त्यसैले बिहानको खाना पछि मात्र यात्रा तय गर्ने निर्णय मैले गरेको थिए। यसपटक भान्जाको पनि बिद्यालय बिदा भएको कारण म सगै केही दिन काठमान्डौ घुम्न जाने मनसाय थियो उनको त्यसैले बिहानको खाना खाएर दिदीसग बिदा मागेर करिब २ बजे तिर हामीले यात्रा शुरु गर्यौ। बस चढ्ने ठाउमा पुग्नु पहिले करिब २0 मिनेटको पैदल यात्रा गर्नु पर्ने थियो। २0 मिनेटको पैदल यात्रा पछि हामी बस चढ्ने ठाउमा पुग्यौ। मैले बस रोके, बस बेसिशहरबाट आएको रहेछ। हामी बसमा चढेउ, हामी सगै अन्य २ बहिनीहरु पनि चढे उनिहरुसग मेरो सामान्य चिनाजानी पहिले देखि नै थियो त्यसमाथी हामी एउटै बिद्यालयका विद्यार्थी भलै म उनिहरु भन्दा ५-७ ब्याच सिनियर भएपनि त्यसमाथी भान्जा पनि त्यहि बिद्यालयका विद्यार्थी अनी एउटै गाँउले पनि।
हामी( म र भान्जा) बसको अन्तिम सिटको देब्रे पट्टि झ्याल तर्फ बस्यौ भने सगै चढेका बहिनीहरु अली अगाडीको खाली सिट्मा बसे। बस अगाडी बढ्यो काठमान्डौ सगको दुरी घटाउदै। हाम्रो सिटको अगाडी सिटमा केटा र केटी थिए। केटी झ्याल तर्फ बसेकी थिइन भने केटा उनको दाँया तर्फ। बेला बेला गफिदै मस्किदै थिए। घरी घरी केटी पछाडि फर्की फर्की हेर्थिन म पनि के कम उनको नजर माथि नजर मिलाइदिन्थे। मलाई लाग्थ्यो यी १ युगल जोडी हुन त्यसैले पनि मेरो मनमा कुनै नराम्रो भाब भने पलाएको थिएन उनिप्रती। सुन्दर बस्तु न हो हेर्न किन डराउथे र म भलै उनी बिबाहिता नै किन नहुन? करिब २ घण्टाको यात्रा उनको पछाडि फर्की हेर्ने अनी उनको नजर माथि नजर जुधाउने क्रममै बित्यो। नास्ताको लागि बस धार्केको कुनै रेष्टुरेन्टमा रोकियो अनी हामी सबै बसबाट ओर्लियौ। भान्जाको लागि मैले एक प्याकेट चिजबल र एउटा फ्रुटी किनिदिए भने म आफुले पनि फ्रुटी पिए। एक्कासी मेरो नजर म सग घरी घरी आँखा जुधाउने उनी माथि पर्‍यो, उनी उही हामी सगै बस चढेका बहिनिहरुसग कुरा गर्दै थीइन,मलाई ढुङगो खोज्दा देउता मिले जस्तो भयो मनमनै भगवान पुकार गरेर भने धन्य भगवान यसपटक म उनिसग बोलेर छाड्छु। म उनिहरु तर्फ नजिकिए म भन्दा पहिल्यै बहिनीहरुले सोधे दाई तपाईं पनि काठमान्डौ?- हजुर काठमान्डौ मैले भने। अनी मैले सोधे तपाइहरु एक अर्कालाई पहिल्यै देखि चिन्नुहुन्छ? दुई मध्ये एक बहिनीले भनिन त्यस्तो गाढा चिनारी होईन तर हामी ब्युटी पार्लर जादा उहासग भेट भएको थियो। मैले ए! भने अरु गफ अघि बढेन।
बस पुन: आफ्नो गन्तब्यतिर अघि बढ्न लाग्यो, सबै यात्रु हरु बस चढ्न लागे हामी पनि चढेउ। यसपटक मैले भन्जासग सिट साटे अब म उनकै पछाडि थिए। उनैले बोल्न खोजिन तर प्रत्यक्ष म सग बोल्ने साहास उनको थिएन वा भएर पनि त्यसो गरिनन। मलाई पनि चिजबल दिने हो बाबु? बाबुको नाम के हो? भन्जा तिर प्रश्न तेर्सिए मैले पनि भान्जालाई सिकाए दिने किन नदिने नि! म-समिर। भान्जालाई मैले पनि उनको नाम सोध्न लगाए अलिक डरको स्वरमा उनीले भनिन सुनिता। यस्तै २-४ सामान्य गफगाफ भन्दा अरु केही भएन तर एक अर्काको आँखा भने निरन्तर ठोक्किरहेका थिए। बस नागढुङा हुँदै काठमान्डौ खाल्डो प्रबेश गरिसकेको थियो।
थानकोट सम्मको यात्रा गर्ने यात्रुहरु आफ्नो सरसामान बोकेर ढोका तिर नजिकिदै थिए,यात्र शुरु गर्ने भन्दा यात्रा पूरा गरि झर्ने यात्रुहरु मात्र थिए, बस भित्र अली अली हल्ला फिजिएको थियो यही मौका पारेर सुनिताले मलाई फोन डायरि बडो सतर्कताको साथ दीइन,मैले उनको कुरो बुझिसकेको थिए उनी मेरो फोन नम्बर माग्दै थीइन। झोलाबाट पेन निकाले र मेरो मोबाइल, घरको दुबै नम्बर उनको डायरिमा लेखिदिए अनी जसरी उनले मलाई दिएकी थीइन् मैले पनि त्यसरी नै उनलाई फिर्ता गरे। बसले कलंकी पार गरिसकेको थियो हामी सितापाइलामा झर्नु पर्ने त्यसैले मैले झोला तयार गरे अनी उनीसग बिदाइ माग्दै ढोका तिर नजिकियौ। बस रोकियो हामी ओर्लियौ तर मेरा नयन भने उनिलाई हेर्न अझै ब्याकुल नै थिए, यसो झ्याल तिर फर्केर हेरे उनी पनि मलाइ नै हेर्दै थीइन। बस हुइकियो मेरा नजर उतै हुत्तिरहे पर परसम्म बसको गतिसगै,यात्रामा केही छुटे जस्तो लाग्यो,मन सलबलाईरह्यो,अनेक सोचहरु बिष्फोट होला जस्तै गरि तछाडमछाड गर्दै मच्चीरहे मनको सेरोफेरो भित्र।
सितापाइलादेखी डेरा सम्म पुग्न त्यस्तै १0 मिनेटको बाटो हिडेर गएमा हामीले ट्याक्सीको साहारा लियौ ३ मिनेटमै डेरामा पुगियो। यतिबेला करिब ५.३0 बजिसकेको थियो। डेरामा पुगेको त्यस्तै ५ मिनेट पछि मोबाइलमा घण्टी बज्छ फोन उठाउछु।
हेल्लो- मलाइ चिन्नु भयो?
चिने चिने जस्तो लाग्छ- तपाइ सुनिता होइन?
हजुर- मलाइ भेट्न आउनु न म बालाजु बसपार्क मा छु।
मलाइ फुर्सद छैन भेट्न मन भए हजुर नै आउनु
हुन्छ तर म कहाँ आउने?
छाउनी आर्मी हस्पिटल आगाडी आएर मलाई फोन गर्नु म लिन आउँला
हवस! म त्यहाँ आइपुगेपछी हजुरलाई फोन गर्छु।
ओके!
एक अर्कामा चिनारी त्यती राम्रो नभएको त्यसमाथी बालाजु बसपार्क देखि एउटा केटी मान्छे साँझ पर्नै लाग्दा मलाइ भेट्न आउछे भनेर मैले कल्पना पनि गरेको थीइन त्यसैले पनि मैले मलाइ फुर्सद छैन भन्ने बाहाना बनाएको थिए तर परिणाम मैले सोचे जस्तो भएन। करिब २0 मिनेट पछि पुन: मोबाइल बज्छ फोन उठाउछु उही परिचित स्वर हजुर म हस्पिटल अगाडी छु। ओके! त्यहि बस्दै गर्नु म लिन आउँछु। यसपटक मेरा मनले कुनै अर्को बाहाना बनाउन चाहेन भनौ वा भ्याएन। भान्जा र भाईलाई डेरामै छोडेर म उनीलाई लिन गए साँच्चै उनी मेरै पर्खाइमा थीइन् मैले उनको हातमा रहेको एउटा प्लास्टिकको झोला लिए अनी हामी डेरा तिर अगाडी बढेउ।
५ मिनेटको पैदल यात्रा पछि हामी डेरामा पुग्यौ मैले एउटा कुर्ची तानेर उनलाई बस्न आग्रह गरे झोला कोठाको कुनामा राखेर उनी कुर्चीमा बसिन, छेउकै अर्को कुर्ची तानेर म पनि उनकै सामुने बसे, भाई र भान्जा अर्को कोठामा टेलिभीजन हेर्नमै ब्यस्थ थिए। उनले एक्कासी म हजुरलाई मन पराउछु,माया गर्छु भन्न थालिन म अचम्ममा पर्दै थिए उनको यी बाक्यांसले, उनका नयन आँशुले टम्म भरिएका थिए मेरो सामु यी शब्दहरु बहकिरहदा अनी उनको एउटा प्रश्न थियो हजुरलाई म मन पर्छ?
आफूलाई बडो सम्यमित बनाउदै मैले भने- सुनिता हामी २-४ घण्टा अगाडी बसमा भेटिएका त्यो छोटो यात्राको सहयात्री मात्र हौ त्यो भन्दा बढी हामिसग हाम्रो परिचयको अर्को कुनै निशानी छैन न तिमीलाई म चिन्दछु न मलाइ नै तिमि। घर कहाँ?,के गर्छौ?,कस्तो मान्छे यी सब अझै हामी बीच अन्धकार छ। तिमी सुन्दर छौ, बोलिमा मिठास छ हो मलाई पनि तिमी राम्री लाग्छौ तर प्रेम यौवनको उमंग मात्र होईन,सुन्दरताको परिणाम मात्र पनि होइन,बच्चाले भाडाकुडी खेले जस्तो खेल पनि होईन जहाँ माटो, ढुङा,पात जस्ता बस्तुहरुलाई कुनै एउटा बस्तुको संज्ञा दिएर मनोरन्जनात्मक तरिकाले खेल्न सकिन्छ। अनन्तकालसम्म अजर अमर रहिरहने प्रेम त जीवन हो जहाँ संसार जित्ने प्रण हुन्छ, सुख दुखमा बिचलित नबन्ने बाचा हुन्छ, जहाँ अरुलाई पनि आफुभित्र समाहित गरेर हेर्न सकिन्छ त्यसैले तिमिले यो केटाकेटीको पारामा म प्रति गरेको प्रश्नको उत्तर म यति छिटो दिन सक्दिन, यति छोटो समयमा म दुई जिन्दगीको यति गहकिलो निर्णय गर्न सक्दिन। यदि तिमी मलाइ साँच्चै माया गर्छौ भने एकदिन तिम्रो प्रेमले बिजय हासिल गर्ने छ त्यो दिन तिम्रा यी सुन्दर नयन होईन मेरा नयनले हर्षको आँशु बगाउने छ।
भाईलाई बोलाए खाजा बनाउन लगाए, त्यस्तै १५ मिनेट भाईले चाउचाउ तयार गरि हामीलाई टेबुल सम्म ल्यादियो। सुनिता, सेल खाने ल मैले घरबाट लिएर आएको छु भन्दै झोला खोतल्न थालिन मैले भो पर्दैन अरुको कोसेली होला हामीले खानु कहाँ हुन्छ भने तर उनीले मानिनन झोला खोलेर सेल बाहिर निकालिन मैले पनि सानो टुक्रा चुडेर लिए।
यति बेला करिब ६.३0 बजिसकेको छ टेबलमा भएको ल्यापटप अन गरे अनी २-४ इमेल चेक गरे। मौन बाताबरण छ सबै चुपचाप साझ पर्नै लागिसकेको थियो तापनि उनी हामीसग बिदाइ माग्ने मनस्थितिमा थीइनन। मैले आफैले मुख खोले सुनिता जी! बसाइ कता छ? बालाजु- दिदि सग बस्थे तर हेर्नु न आज दिदि मनकामनाको दर्शन गर्न जानुभएछ म सग कोठाको चाबी छैन। मेरो मन भित्र अनेक कुरा एकै साथ खेल्न थाले मनमनै आफैले आफैलाई सोधे यसले बाहाना बनाइ आज यो कतै यति बस्न त खोज्दै छिन? फेरी सोचे साँच्चै आपत परेको पनि हुन सक्छ यो काठमान्डौ हो,यहा कसैलाई कसैको वास्था हुदैन, यहाँ सबैसग सधैं भ्याइ नभ्याइको जीबन छ। फेरि म आँफैलाई पनि कुनै दिन यस्तै समस्या परेको थियो त्यसैले पनि यी सब उनका बाहाना हुन भनेर भन्न सक्ने हिम्मत म सग थिएन। यदि तपाइलाई साँच्चै समस्या परेको भए आज यही हामीकहा बस्दा भैहाल्छ। एकछिन अघि फुङग उडेको उनको अनुहारमा मेरा यी शब्दहरुले चमक भरिएर आए जस्तो लाग्यो। उनले भनिन- हुन्छ यदि हजुरहरुलाई कुनै समस्या मेरो कारणले पर्दैन भने। मैले केही समस्या नपर्ने बताए, उनलाई एउटा कोठा दिएर पनि हाम्रो लागि प्रयाप्त कोठाहरु थिए,कुनै अप्ठ्यारो पर्ने थिएन।
हुन्छ सुनिता जी आज यही बसौ,यो तपाइको कोठा, उनले झोलाहरु उठाइन र कोठामा छिरिन, ढोका बन्द गरिन म ल्यापटप तिरै अलमलीरहे, भाई र भान्जा टेलिभिजन हेर्नैमा मस्त थिए केही छिन पष्चात कपडा फेरेर उनी कोठाबाट बाहिरीन यसपटक निलो रङको लामो स्कट र भेस्ट मा थीइन् उनी।
ल्यापटप अफ गरे अनी किनमेलको लागि सुनिता र म बाहिर निस्कियौ। छाउनीदेखी स्वयम्भु भगवान पाउसम्म गयौ त्यसपछी पुन उही बाटो फर्कियौ। फर्किदा आधा के.जी.मासु, आईसक्रिम,तरकारी,फलफुल किनियो। सुनिताको आग्रहमा एउटा हिन्दी फिल्मको सिडी पनि भाडामा लिए खोइ कुन फिल्म थियो आज मलाइ याद भएन। करिब ७.४५ तिर हामी डेरामा फर्कियौ,सबै मिलेर खाना तयार गरियो,रमाइलो बातावरणमा खाना खायौ, भान्साको सबै काम सबै मिलेर गरियो। यतिबेला ९.00 बजिसकेको छ त्यो साझ २0६२ सालको एस. एल. सी. को परिणाम आएको थियो त्यसैले पनि इन्टरनेटमा परिणाम हेर्दिन आग्रह गर्दै मोबाइलमा फोन निरन्तर आइरहेको थियो त्यसैले म ल्यापटप तिरै अलमलिए भने सुनिता भाई र भान्जा फिल्म हेर्न पट्टी लागे।केही क्षण पश्चात म पनि उनिहरु भएतिरै लागे, सुनिता नजिकै गएर बसे फिल्मका पटकथा सगै उनको गह टम्म आँशुले भरिएका थिए। १0.३0 बजिसकेको थियो भान्जा र भाई सुत्ने तरखरमा लागे अ साची भन्जा त निदाइ पो सकेका थिए शायद यात्राको थकान अनी बाल उमेरले गर्दा होला। भाई पनि बिछ्छयौना तिर लागेपछी उनिसगै त्यस्तै १५ मिनेट फिल्म मन लागे पनि नलागे पनि हेरे त्यसपछी मलाइ पट्यार लाग्न थाल्यो अनी उनिलाई शुभरात्री सुनिता जी भन्दै म बाहिरिन खोजे। अब सुत्नुपर्छ मलाइ पनि बोर लागिरहेको छ उनले भनिन मैले टेलिभिजन अफ गरे अनी आफ्नो कोठातिर लाग्यौ।
बिहान निन्द्राले अन्य दिनहरुमा भन्दा अलिक चाडैनै छोडेछ ब्युझिदा त्यस्तै ५.३0 बजेको थियो भाई एस. एल. सी. परिणाम आएको हुनाले पत्रिका किन्न भनेर म भन्दा पहिल्यै उठेर बाहिर हिडिसकेको रहेछ,भान्जा भने अझै मस्त निन्द्रा मै थिए। सुनिता पनि ब्युझिसकिछिन ढोका खोलिन अनी पुन: बिछ्छयौनामा गएर बसिन। मैले अनुमती मागे कोठा भित्र छिर्न उनले अनुमती दीइन म उनकै छेउमा गएर बसे। आज त्यती सार्हो निद परेन बोल्ने बाहाना खोज्दै मैले मुख खोले उनीले पनि आफूलाई पनि त्यस्तै भएको बताइन। गफ गरेर बस्नु हुन्थ्यो नी त! रातै भरी उनले भनिन। ढोकामा चुकुल ठोकेर सुत्ने कसरी गफ गर्नु मैले ठट्टा गरे। ढोका ढकढकाएको भए वा मलाई बोलाएको भए भैहल्थ्यो नी उनले जबाफ फर्काइन। यस्तै सामान्य गफगाफ भए भान्जा पनि ब्युझिसकेका थिए भने भाई पनि फर्किसकेको थियो मैले चिया तयार गरे। चिया पिईसकेपछी बिछ्छयौना मुनी रहेको सुट्केस खोले अनी उनीलाई एउटा फोन डायरि दिए किनकी हिजो मलाई फोन नम्बर टिपाउन उनले दिएको डायरि निकै पुरानो थियो, सब पानाहरु च्यातिने क्रममा थिए। त्यसको साथसाथै १ शिशी अत्तर पनि दिए। सुट्केस भित्र रहेको मेरो फोटो एल्बम उनले हेर्ने मनासाए गरिन मैले एल्बम निकालेर उनको हातमा थमाइदिए, उनी फोटो हेर्न थालिन अनी एउटा मेरो फोटो झिकेर यो मलाइ दिन सक्नु हुन्छ भनिन। मैले हुन्छ किन नसक्नु सहजै स्वीकार गरे उनी खुशी भईन। त्यसपछी उनले पनि झोला भित्रबाट उनको एउटा फोटो निकालेर मलाइ दीइन जबकी मैले उनिसग फोटो मागेकै थिइन तैपनी उनको यो व्यबहारले मलाइ हर्षित नै तुल्याएको थियो।
सुनिता ले फेरि उही कुरा दोर्हाइन म हजुरलाई माया गर्छु?खोइ त तपाईंको उत्तर? प्लिज केही त भन्नु। मसग पहिले देखिकै पुर्बनिर्धारित उत्तर थियो यति छिटो कसरी भन्न सकिन्छ जिन्दगीको यति गहकिलो निर्णय। करिब १0.00 बजिसकेको थियो अझै उनी हामिसग छुट्टिने कुनै संकेत सम्म थिएन अब उनी अलिक बोझिलो बन्दै थीइन त्यसैले मैलेनै केही बहाना बनाए सुनिता जी अब म बिद्यालय जानु पर्छ भाई र भान्जा पनि घुम्न जाने रे अब हामी निस्कनु पर्छ। उनले घरको नम्बरबाट कसैलाई फोन गरिन अनी कपडा फेर्न कोठाभित्र छिरिन,म पनि आफ्नो कोठामा गएर कपडा फेरे, उनीले झोला तयार गरिन अनी भान्जा र भाई सग बिदा मागिन मलाइ भने अलिक परसममा पुर्‍राइदिन आग्रह गरिन मैले उनको प्रस्ताब स्वीकार गरे अनी लागे म पनि उनी सगसगै स्वयम्भु भगवान पाउतिर। फेरि उनी स्वयम्भुको डाडोसम्म म सगै जाने मनसाए ब्यक्त गरिन मैले यसमाथी पनि सहमती जनाइदिए। सिमसिम पानी स्वयम्भुको सिढी सगै चढियो माथि डाँडामा पुगेर एकपटक काठमान्डौ खाल्डो नजरले भ्यायसम्म नियालौ। उनी एउटा सानो मनी ब्याग किन्न पसलभित्र छिरिन मैले ब्यागको पैसा तिरे मलाइ पनि कता कता उनी आफ्नै कोहि जस्तो लाग्न थालिसकेको थियो तर म कुनै गल्ती गरेर पछुताउन चाहदैन थे त्यसैले पनि मेरो मनले मेरा चाहानाहरुलाई नियन्त्रण गरिरहेको थियो त्यसैले धेरै बुझेर मात्र उनको प्रस्तवमाथी ग्रीन सिग्नल दिने सोचमा म थिए।
हामीसगै ओरालो झर्यौ चक्रपथपट्टि भोक लागिरहेको थियो खाना खानाको लागि हामी इभन ग्रिन रेष्टुरेन्टमा छिर्यौ। उनले चिकेन म म र फेन्टा अनी मैले चाउमिन र कोक को अर्डर गर्यौ। रेष्टुरेन्टमा पनि फेरि उनीले उही कुरा दोर्हाइन यसपटक मैले आफूलाई कम्तिमा पनि १ हप्ताको समय चाहिने कुरा बताए उनले पनि सहमती जनाइन। करिब १२.00 बजेतिर उनलाई बालाजु जाने बस चढाएर उनिसग बिदा भई डेरामा फर्किए।
करिब १ घण्टा पछि फोन आयो यसपटक मैले अली रुखो व्यबहार देखाए अलिकति झर्किए र भने मलाइ धेरै फोन गरेर पैसाको सत्यनास नगर हामी भर्खर त छुटिएका यस्तो पागल नबन तिमी। त्यसपछी उनीले फोन काटिन। मेरो मन भने अत्तालिरह्यो,कताकता दुखिरह्यो कतै उनिसग झर्किएर नराम्रो त गरिन जस्तो लागिरह्यो।
करिब एक हप्ता उनी हराइन,न उनको फोन नम्बर थाहा थियो मलाई न उनको बसाइ,मात्र मलाई यति थाहा थियो उनी सुनिता घर लम्जुङ त्यो पनि उनीलाई विश्वाश गरे मात्र,शायद वास्तविकता अर्कै हुन पनि सक्थ्यो। ज्ञानोदय मा बी बाफलमा बी. एड. तेस्रो बर्षको अभ्यास शिक्षण चलिरहेको थियो त्यतिबेला 0५६ को लाइन बाट मेरो मोबाइलमा फोन आउछ फोन रिसिभ गर्छु उनै सुनिता। हजुर म त लम्जुङ फर्केको थिए यता फर्किने बेला हजुरलाई फोन पनि गर्न सकिन म अहिले कठमान्डौ फर्कने क्रममा मुग्लिङमा छु म काठमान्डौ आइपुगेपछी हजुरलाई फोन गर्छु भेट्न आउनु है। हुन्छ काठमान्डौ आइपुगेपछी मलाई फोन गर म तिमीलाई भेट्न आउँला। करिब ६.०० बजे बेलुकी तिर उनको फोन आयो अनी बालाजु चोकमा आउन उनले भनिन। मुसालधारे पानी परिरहेको थियो तैपनी म उनीलाई भेट्न लागे बालाजु चोक तिर।
म स्वयम्भु यातायातको बसबाट बालाजु चोकमा झरे, उनै मेरै प्रतिक्षामा बसिरहेकी थीइन। त्यो दिन खाजा पनि खाएको थीइन मैले त्यसैले अली अली भोक लागिरहेको थियो नजिकैको एउटा रेष्टुरेन्टमा गएर म म खायौ। उनीले मलाई जेल अनी बिस्कुट आदि उपहार दीईन,फेरी उनीले सोधिन निर्णय गर्नु भो त? १ हप्ता बितिसकेको थियो हामी बीच कुनै कुराकानी हुन पाएको थिएन यसबिच मैले एउटा संयोगको रुपमा लिन थालिसकेको थिए यी घटनालाई त्यसैले पनि धेरै सोचिन यो १ हप्ता बीचको समयमा उनको प्रश्नको बारे। उनको पुन: दोहरिएको प्रश्नले मलाइ फेरि झकझकायो हामी रेष्टुरेन्टबाट बाहिरियौ। मैले उनको पारिवारिक स्थिती बारे सोधे- आफु सानै छदा आमा बितिसक्नु भएको,आफु पट्टीका २ दाजुहरु बिबाहा पश्चात छुट्टै बस्न थालेका,बाबाले अर्कै बिबाहा गर्नु भएको इत्यादी । मैले उनको शैक्षिक स्तर सोधे एस. एल. सी. पास गरेको त्यसपछी पढ्न नसकेको, फेरि मैले सोधे के गर्छौ त काठमान्डौमा? ब्युटिपार्लरमा काम गर्छु कलंकीमा। साझ झमक्क परिसकेको थियो तापनि मैले भने तिम्रो कोठा यतै कता भनेको होईन मलाई पनि चिनाउ न त कहाँ बस्छौ? तर उनी निरुत्तरित भइन मैले कुनै जोड गरिन। यदि तिम्रो क्याम्पस पढ्ने इच्छा नै छ भने तिम्रो एस एल सी पास को प्रमाणपत्र लिएर आउ म बिचार गरुला भने उनले हुन्छ भनिन अनी म उनिसग बिदा भएर पुन: डेरामा फर्किए। यसपटक मेरा मनले रहस्यमय उनको व्यबहारको अझै नजिकैबाट नियालेको अनुभुती गर्‍यो।
केही दिन फेरि उनी बेपत्ता भइन। त्यस्तै २-३ दिन पछि उनको फोन आयो यसपटक उनी नेपलागन्ज जान लागेको र केही पैसाको आबश्यकता परेको गुनासो गर्दै थीइन, म सग पैसा सापटी माग्दै थीइन। मैले सोधे कति पैसा? २000 रुपैयाँ। म त्यतीबेला बिद्यालयमै थिए, म ब्यस्थ पनि थिए त्यसैले मैले अहिले म ब्यस्थ छु मलाई ४.00 जे पछि फोन गर्नु भनेर फोन काटे।
नभन्दै ४.00 बजे उनले फोन गरिन र आफु भगवानपाउ म आउँदै गरेको अनी मलाई पनि त्यहि आउन भनिन म कुनै आज्ञाकारी बिद्यार्थी जस्तै बनेर हुन्छ भने। ४.१५ तिर म त्यहा पुगे अनी उनीले पहिले फोनमा बताएको कुरा पुन दोर्हाइन,यसपटक मलाई माया गर्नु हुन्छ भन्ने प्रश्न थिएन।मैले खल्ती बाट १३00 रुपैयाँ निकालेर उनीलाई दिए अनी उनको शुभयात्राको कामना गरे। उनीले पैसा चाडैनै फिर्ता गर्ने वाचा गरिन तर मलाइ बिश्वास थियो त्यो पैसा फिर्ता हुनेछैन। थाहा हुँदाहुदै पनि मैले उनीलाई एउटा सहयोगको रुपमा पैसा दिएको थिए।त्यस्तै १0 मिनेटको भगवान पाऊँको बुद्धको मुर्तीको आडमा बसिरहदा उनका नयनहरु बर्षिरहेका थिए शायद उनी क्षमा याचना गर्दै म प्रति क्रितज्ञता दर्शाउदै थिइन यस्तै अनुभुती मैले गरे।
त्यस दिन पश्चात न उनीले मलाइ फोन गरिन, न कुनै संयोगले आजको मितिसम्म भेट हुन सकेको छ तर उनले छोडेको यी स्म्रितीहरु भने मेरा मस्तिष्कमा अझै ताजै छन, मेरो जिन्दगीले धेरै छलाङ मारी सकेको छ,म अरुकै नासो भैसकेको छु। थाहा छैन उनी कहाँ,के,कुन अबस्थामा यी दिनहरु गुजार्दै छिन तर जहाँ जसरी तिमी रहे पनि भगवानले तिम्रो सधैं कल्याण गरुन।

                            इती


 












Wednesday, November 10, 2010

बिगतको डायरिबाट

आत्मिय निशा

अबिरल अबिराम माया
अटुट असिम सम्झना

बादल बर्षा बीचको साउने झरी जस्तै निष्ठुरी र निर्दयी मनको रुखो कोसेली, मुटु दुखाइदिने घाऊ, पिडाको खानी, निरही मानिसले के नै दिन सक्छ र अरुलाई उही दु:ख, उही पिडा, उही बेदना अनी उही चित्कार त हो। चाहाना थिएन जलेको मन झन जलाउने तर पनि सकिन जब आखाभरी कसैको निरासता उर्लियो, बाटाभरी कसैको छाया अगाडी पछाडि लागिरह्यो,सम्झनाको मानसपटलमा यादको झङकारहरुले झकझकाइ रह्यो। भाबबिहोर हुँदै ब्यथा बल्झिए पछि तड्पिदै जान्छु मनको बाध छताछुल्ल भएर फुट्छ यही निर्दोषी शब्दहरु त छन् कोर्छु एउटा पत्र जतन गरेर पढ्नु।
सम्बोधको कुन शब्दले बाधु,उही बिश्वास र अन्धबिश्वासको दिवाल भित्र रन्थनिएर जीवनको नयाँ मोडमा आएको अर्को एउटा सुनौलो अबसरलाई चाहेर वा नचाहेर भनु एकपटक गन्तब्यबिहिन दिशातिर निर्देषित गर्न लाग्दै छु। फेरि नसम्झ की बिगतमा मैले तिमिमाथी गर्ने व्यबहार र हाम्रो चोखो नाता कदापी भुलेको होईन र यो पनि नसम्झ की कोहि कसैको लागि सती जना पनि सक्दैन किनकी यहाँको चलन नै यस्तै बनेको छ जुन तिमिले देखाइसक्यौ।
भनिन्छ नी जीवनमा कसैले कसैलाई पनि चिन्दैन भनेर आज मलाइ यही यथार्थ बोध भएको छ जुन बेला तिमी मेरो सामिप्यताबाट दुर हुन अनेकौ प्रयास गर्दै थियौ। हुनत म सग टाढिने बाहानामा धेरै नै अभ्यास गर्यौ होला र मेरो नजरमा कुनै एउटा प्रफेक्ट कलाकार ले झै एक्सन र कट को ठीक समय तालिकामा उधेश्य प्राप्तिमा सफलताको सिढी चढेको महशुस पनि गर्यौ। यति भनेर मैले तिम्रो सामु गुनासो राखेको होईन न त कुनै दुखेसो नै पालेको छु तर यति कुरा भने अबश्य हो तिमी मेरो स्म्रितिसग जिवनको अन्तिम क्षणसम्म लुकामारी खेलिरहने छौ।
जिन्दगीको हरेक क्षण फरक किसीमले जिउन सक्नु पर्छ तर कर्तब्य र आफ्नो धरातलाई नबिर्सिएर। दुनियाँले के भन्छ? के भन्यो? के भन्नेछ? आदि प्रश्नहरुमा अल्झिएर बस्ने हो भने त केही गर्न सकिदैंन तर यसो भनेर केही कुरा सुन्न हुदैन भनेको होईन राम्रा कुरा सुन्न सक्नु पर्छ र त्यसलाई अगाल्ने प्रयास गर्नुपर्छ तर नराम्रो कुरा जहाँ सुनिन्छ त्यहि छोड्नु पर्छ तब मात्र आफ्नो उधेश्य प्राप्तीमा बिचलित भइदैन।
बनाउन जति गार्हो छ एउटा सम्बन्ध भत्काउन त्यो भन्दा हजारौं गुणा सजिलो हुदो रहेछ, बिश्वासको बाहानामा जीवनमा आइपरेका कयौ सुखद र दुखद क्षणहरुलाई एक अर्काको पोल्टामा पोखियो होला अनी भावनाको अन्तरंगमा आकाशीय क्षितिज हेर्दै दु:खमा दुई थोपा आँशु र सुखमा एक खित्का हासो पनि हासियो होला तर ती सबै देखावटी थिए, क्षणिकताको सामिप्यता थियो अनी बिश्वास भित्रको अन्धबिश्वास थियो भन्ने भ्रम आज मलाई परेको छ। हो शदियौ देखि बर्तमान सम्म नारी हिर्दय माथि हाम्रो समाजले कहीले पो न्याय गरेको छ र? आज दुनियाँको कुराले त्यहि अन्यायको पर्खाल्मा एउटा इट्टा थप्ने काम गरेको छ होईन र? फेरि सामाजिक ढवाङीहरुले कहीले पो अरुको कुरा काट्ने गरेको छैन र? यहाँ देखि त्यहा सम्मको कुरा तीललाई पहाड बनाउने सम्म। चाहे सीताको अस्मिता होस् वा राधाको चरित्र प्रति नै त्यसैले तिमी बिचलित बन्नु हुन्न अन्तत जित सत्यको हुन्छ, जित तिम्रै हुन्छ।
बिगतलाई समिक्षात्मक हिसाबमा पछाडि फर्केर हेर्ने हो भने र मुल्याङ्कनको सिमारेखा प्रस्तुत गर्ने हो भने के मेरो प्रगती र खुसिमा तिमी हास्नु अनी तिम्रो प्रसंशा र महत्वकांक्षामा मैले साथ दिनु नै दुनियाँको परिभाषामा अनुचित सम्बन्ध भएको ठहर तिमिले पनि मान्छौ भने मेरो तिमीलाई भन्नु केही छैन बहकिउ तिमी पनि त्यहि दुनियाँको बहाबसगै एकदिन त्यहि बतासले तिमीलाई न अगाडी बढ्न दिने छ न पछाडि फर्केर हेर्न नै।
हो म पनि मान्छु साथी भनेको त्यो हो जससग कुनै पनि कुरा नलुकाइ गर्न सकिन्छ तर त्यस्ता साथी जो बिषय वा प्रसंगलाई व्याख्या,अपब्यख्या गर्दै बिषयबस्तुलाई अर्कै ढंगले प्रस्तुत गरि अर्काको सम्बन्ध माथि गिद्धे द्रिश्टी लागाउछ तिनीहरुको कुराको प्रबाहा तिमिले गर्नु हुदैनथ्यो तर आज त्यसो भएन तिमी उनिहरुसगै आफैलाई पनि बिर्सिएर पागलसरी दौडदै छौ।
साथीसगी सग ख्याल ठट्टामा अनेकौ कुराहरु प्रसंगबस तथा बाध्यात्मक परिस्थिती बीच चल्छ अनी कहिलेकाही त बढी नै गफगाफ पनि हुन्छ त्यो म मात्र होईन तिमी वा जो कोहिले पनि गर्ने गर्छ यदि ती गरिएका कुरालाई बुझ्ने र व्याख्या गर्नेले अनर्थ लगाउन वा थपघट गरि बढाइचढाइ गर्न सक्छ तर यस्तै कुरामा तिमी रुमलिन्छौ भने पनि मेरो भन्नु केही छैन सुन्दै जाउ अझै यस्ता कुरा एकदिन तिमी आफै अरुलाई सुनाउन सक्ने बन्ने छौ।
सम्भाबित दुर्घटनाको आकलन त मैले पहिल्यै नै गरेको थिए यस्तो एकदिन अबश्य आउछ अनी मलाइ लाग्थ्यो ती दिन त्यती धेरै कठिन हुने छैन, म सहजरुपमा त्यस्ता समस्याको समाधान गर्ने छु र म मेरो कर्तब्यमा कहिल्यै बिचलित बन्ने छैन तर म किन किन आज आफैभित्र कमजोर भएको अनुभुती गरिरहेको छु किनकी लडाइको यो संघारमा साथ दिने मेरो आफ्नो सगिनी बिचलित मात्र भएको छैन बिरोधिका कुरामा मेरो भन्दा बढी बिश्वास गर्न थालेको छ। मलाई बिश्वास छ अन्त्यमा षडयन्त्रका सब तानाबानाहरु च्यातिने छन् र मेरी सगिनी मेरै पक्षबाट युद्ध लड्ने छिन् अनी त्यो लडाइ हामी जित्ने छौ।
न त यो मनले आफन्ताको संसारलाई नै पराइ मानेको छ न त पराइलाई नै बिरानो ठानेको छ। चोटै चोटको यो जिन्दगीमा तिमिले अन्जानमै फेरि एउटा घाऊ उपहार दिएकी छौ म त्यसलाई जतन गरेर जोगाएर राख्ने छु तिमी जुन कुराले आज दु:खमा छौ त्यहि कुराले भोली तिमी भित्र बहार ल्याउने छ, तिमीलाई कदापी केही हुने छैन नहोस् भगवानसग यही कामना गर्छु।
कति धेरै खुशी बोकेर आएको थिए तिमी नजिक निराश बनाएर खाली हात फर्काउन खोज्यौ तर केही छैन पवित्र मनले गरेको पुजा अनी प्राथना भगवानले सुन्छन्। भलै फेरि एक पटक सत्यले हारेको छ किनभने सत्य एउटा बन्न सकेन कसैले सुनेकोलाई सत्य भने,कसैले देखेकोलाई सत्य भने त कसैले भोगेकोलाई तर मलाई बिश्वास छ त्यो दिन पक्का आउने छ जुन दिन तिमी आफुले आफैलाई चिन्ने छौ अनी सत्य त यो पो रहेछ भनि ब्युझिनेछौ त्यो दिन ढिला भैसक्नेछ जसको कुनै महत्व यस जुनिमा नरहन पनि सक्छ।
अन्त्यमा मलाई यति बिश्वास छ तिमी दुनियाँको कुरा अड्कने छैनौ तिम्रो उधेश्य प्राप्तिको महान कार्यदिशामा अगाडी बढिरहने छौ र समाजको सामु आफ्नो कर्तब्यलाई सहज रुपमा निर्बाहा गर्न सक्षम हुनेछौ। बास मेरो यही बिश्वासलाई जिवन्तता दिने कार्यमा अगाडी बढ यही नै हाम्रो लाडाइको अन्तिम र पहिलो जीत हुनेछ। कसैलाई बचाउन जीवन भर लागि पर्ने हामीहरु सानो कुरामा केही बिचारै नगरी मृत्‍युको घोषणा गर्न पट्टी नलागौ। साचो अर्थमा भन्दा सबैको कुरा सुन धेरै मान्छेहरुलाई चिन, थोरैलाई चिनाउ अनी थोरै भन्दा थोरैलाई मात्र बिश्वास गर। म यो पनि भन्न चाहन्छु तिम्रो नजरमा म प्रति पलाएको अबिश्वास अझै बढी मात्रमा फस्टने वातावरण सिर्जना गर जसले म जस्ता ब्यक्तिहरु तिम्रो गन्तब्यमा कहिल्यै देखा नपरुन तर बिदाइको अन्तिम क्षण एउटा सानो सुझाब पस्कने अनुमती चाहन्छु हुनत म जस्तो ले दिएको सुझाब तिमीलाई नपच्न पनि सक्छ फेरि यी बाध्यताबिच पनि नभनी रहन सक्दिन किनकी म तिम्रो राम्रो भएको हेर्न चाहन्छु। - तिम्रो त्यो चन्चले बानिमा सुधार ल्याउ किनकी आज म प्रति पलाएको अबिश्वास भोली कसै प्रति पाल्न नपरोस, धेरै तथ्यहिन हल्लाहरु सुन्नु नपरोस्।


                                                                                    बिदाई
उही निसान

Tuesday, November 09, 2010

प्रायश्चित

धेरै दिन भयो मन बिचैनीले छटपटाएको कुनी किन हो धेरै पटक आफैले आफैलाई सोध्ने प्रयास पनि गरेको हो तर पनि सहि उत्तर पाउन सकिरहेको छैन। खासमा ब्यस्थता पनि छैन फुर्सद पनि छैन खोइ कुन हिसाबले यी दिनहरु बित्दैछन म आफैलाई पत्तो छैन। बेलुका बिछ्छयौनामा पुग्दा भोली गर्नु पर्ने कामको सुची तयार हुन्छ तर बिहान उठ्यो अर्कै हिसाबले दिन गुज्रन्छ बास्तबमा भन्नै पर्दा अब्यबस्थित ढंगले यी दिनहरु त्यसै दौडिरहेका छन्। भित्रै देखि केही लेख्छु आज त कुनै टासो ब्लगको भित्तामा भन्ने लाग्छ, शिर्षक पनि छान्छु, २-४ हरफ लेख्छु पनि तर त्यसपछी मेरा औंलाहरु किन किन keyboard का अक्षरहरु थिच्न लरबराउछन,मन शुन्य भएर आउछ शब्दहरुको ठेलामठेलले सोच्ने ढोकै बन्द गरिदिन्छ तर आज किन किन मेरा अन्तरइच्छा भित्र दबित असिमित चाहानाहरु भनौ वा गुनासोहरुको बाध फुट्दै छ बिचैनिममा छटपटाएको मनलाई सान्त्वना प्रदान गर्ने धेय राखेर यी शब्दका कुसुमहरु बुन्दै छु।
दिन चलेकै छ,रात जसोतसो ढलेकै छ,मनभरी सुन्दर सपनाहरुले ठुला ठुला महलहरु सिर्जना गरेकै छ तर खोइ फिस्स मुस्कुराउने ओठहरु बन्दको बन्दै छन, जिन्दगीको क्षितिज एक झुल्का घामको रजस्वलामा लतपतिन पाएको छैन, तड्पिएर भएपनि यो मझधारको जिन्दगी बाच्नुको मज्जा नै बेग्लै हुदोरहेछ।शुन्य दिमाग,अत्यालिएको मन,निभ्न लागेको आत्माबिश्वास, बीचलित भाबनाका अर्थहिन तरङग बीच थरथर कापेको भौतिक शरीरले तय गरेको अन्त्यहिन बाटोको यात्रामा मेरा पाइलाहरु अघि बढ्दै गर्दा एकातिर बिश्वासमा आत्मिय सम्बन्धको आधारशिला,हाम्रो सम्बन्धलाई जोड्ने कोशेढुङ्गा अनी जीवनलाई रोशनिमा ढाल्न मेरो मनले खोजिरहेको छ भने अर्कोतिर एकै साथ अन्धबिश्वासको मृत्‍युको घोषणा गर्न आतुर बनिरहेको छ।
मेरो जिन्दगी आखिर रिमोट कन्ट्रोलर अर्कैको हातमा भएको टेलिभीजनको स्क्रीन जस्तो न रहेछ, रिमोट कन्ट्रोलर अर्कैको हातमा छ जती बेला जुन च्यानल मन पर्छ फेरि फेरि हेर्छ मात्र म उसको थिचाइमा बिभिन्न रुप फेरि फेरि डिस्प्ले हुन्छु। उसलाइ मन लाग्दैन स्विच अफ गरिदिन्छ। उफ! कस्तो जिन्दगी सम्झदै दिक्क लागेर आउछ जति नै तिरस्क्रित भएपनि सारमा यो जिन्दगीको माया अती नै लाग्दो रहेछ नत्र धेरै पटक मृत्‍युको बिकल्प नदेखेर पनि किन त्यो बाटो अपनाउन सकेको छैन? आत्माहत्या कायरहरुको एजेन्डा हो म त्यती कायर पनि छैन, यदि म कायर होईन भने किन जिन्दगी गर्बले बाच्ने साहास म भित्र छैन? किन म आफ्नो जिन्दगीको निर्णय आफ्नो तरिकाले गर्न सक्दिन? किन म प्रत्येक पल दुखिरहेको छु? बिरोधाभाष छन् मेरा सोचाइहरु आफै भित्र।
सोचमग्न मन सोच्छ अनेक,हराउछ बिगत भित्र उकुशमुकुश बन्छ,चिटचिट पसिनाले निथ्रुक्क भिजेर प्रायश्चितको भाषामा हिर्दय भित्र उथलपुथल नै मच्चाउछ,गुनगुनाउछ एक्लै,रिसाउछ आफैसग र भन्छ -मेरो कारण तिम्रो बदनाम भएपनि नियतबस मैले कहिल्यै तिम्रो कुभलो चिताएको छैन। मेरा बिश्वाशघातले तिम्रा मुटु छिया छिया बनाएको होला, तिम्रा सुन्दर नयनहरु श्राबण बर्षाउदै होलान्, बिबशताको बन्धनमा परेर तिमी मेरो जिन्दगीदेखी टाढा जाने बाटो खोज्दै होउली कहिल्यै नभेटिने कसम खाँदै हाम्रा मीठा सपनाहरुलाई लास बनाएर। हो तिमी मेरो कोहि थिइनौ र म पनि तिम्रो कोहि थिइन तर कोहि नहुनुमै पनि मैले तिमीलाई जिवनभरी दुख्ने चोट थुपरिदिए,मैले दिएको चोटमा तिमी छटपटाउछौ होला, दर्दले बरबराउछौ होला यी दिनहरुमा म भने स्‍मृतिमा आलो ती घाऊहरुलाई कोट्याएर आफैभित्र दुख्दै छु।साँच्चै तिम्रो निस्वार्थ माया र खुल्ला हिर्दयकोको सहयोग मेरो आलोकाचो जिन्दगिलाई थियो तिम्रो जिन्दगिलाइ होईन,म तिम्रो मायाको छहारी भित्र मौलाएर लहराउन चाहन्थे तर मेरा यी अबोध चाहाना मैले कहिल्यै तिमिसामु पोख्न नसकेकोमा आज हिनता बोध गर्दै छु। तिमी असल थियौ, तिमि भित्र कुनै छलकपट थिएन र त भगवान ले तिमीलाई नै रोजे परिक्षणको लागि इमान्दार मान्छेको खाचो भगवानलाई पनि थियो होला त्यतिबेला। तिमिले जसरी मैले पनि मेरा दु:खहरुलाई जिन्दगीको नयाँ पहिचानको रुपमा स्वीकार गर्न सिकेको छु, भोलीको जिन्दगी रहन्छ वा रहदैन तर आजमा रमाउन थालेको छु।
तिमी मेरो सम्पुर्णता थियौ र हौ पनि,जिन्दगी सहि तरिकाले बाच्ने प्रेरणा तिमिले नै मलाइ प्रदान गरेकी थियौ,जे नहुनु पर्ने थियो त्यो भयो त्यतीबेला त्यो मेरो बाध्यता भन्ठान वा तिमिले सिकाएको संस्कार। तिमी नै भन्थ्यौ नी जीवन पूर्ण हुन सुख र दु:ख को स्थान बराबर हुनुपर्छ हो आज यही जीवन पूर्ण हुने क्रममा एउटा इट्टा त थपिएको छ तर मेरो मनले दु:ख रोज्न थालिसकेको छ यतिलाई दु:ख नमानेर। जिवनको यो अथाहा घुम्तिमा कति मोडिनु पर्छ मलाइ कुनै प्रबाहा छैन समयले लुटेको त्यो हाम्रो अधुरो खुशी फिर्ता लिनालाई अनी तिम्रो बस्तिहरुमा फेरि फर्किनलाई। मलाई विश्वाश छ तिम्रा पाइलाका डोबहरु पछ्छ्याउदै तिमीलाई भेट्न आउँदा तिम्रा मनले मलाइ सहर्ष स्वीकार गर्नेछ, तिम्रा बस्तिका ढोकाहरु मेरा लागि खुला रहनेछ। स्वतन्त्र पंक्षी जस्तै फेरि हामी सगै खुल्ला आकासमा एकैसाथ उड्ने छौ त्यो परको क्षितिज चुम्नलाई।






















































Saturday, October 23, 2010

गजल


आलो घाऊमा नुन चुक नछर्कन परदेशी
मिठो बचन बोल्दा मैले नझर्कन परदेशी

एकान्तमा टोलाउछु पागल हुन्छु घरी घरी
यादै याद नछोड्ने भो छाती चर्कन परदेशी

दुनियाँको चलन हो नानाभाती कुरा काट्ने
साँचो सत्य बुझ्नु पर्छ नतर्कन परदेशी

बुढा बाबा बुढी आमा काखको सानी छोरी
केही हुन्छकी अत्यास लाग्छ फर्कन परदेशी

गैराबारी सेराखेत बाझै बस्यो यसपालि नी
बिदेशको युरो डलर न-पर्खन परदेशी







Wednesday, October 13, 2010

शुभकामना!

बडादशै २०६७ को पावन अबसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली जनहरुमा सुख,शान्ति,सम्ब्रिदी र सफलताको शुभकामना!

Wednesday, September 01, 2010

गजल

जुनेली रात जुनको हुन्छ हुदैन ताराको
माया प्रिती एउटाको हुन्छ हुदैन साराको

भन्थे म त जुग जाने माया लाउने हजुर
लाइएछ माया अन्जानैमा अल्लारे पाराको

सुखमा राख्ने खुशीले पाल्ने देखाई सपना
भाको जति लुटेउ,चुटेउ म कर्म हाराको

ठानेर आफ्नै गरेर विश्वास बेहोशी मै थिए
पाइन पत्तो पासोको लागि थापेको चाराको (चारो)

भत्कायौ घर डुबायौ जीवन आएर बैगुनी
तिमीलाई लाग्छ श्राप मेरा आशुका धाराको

Tuesday, August 31, 2010

फेसबूक म,उनी र बिचलित मन

रेडियोमा गीत बजिरहेको थियो आओर लाईफ इज अ नोवेल अफ लभ म भने घन्टौदेखी पुतली बत्तीमा होमिए जस्तै यो कम्प्युटर को स्क्रीन अगाडी झुम्मिरहेको छु अझ पुतली जस्तो पनि के भन्नु उसको त त्यो उज्यालो एक झुल्कालाई नजिकैबाट चुम्बन गरेर आफ्नो चेतनालाई उकास्दै उही प्रति समर्पित हुँदै आफ्नो इहलिला समाप्त गर्ने स्वार्थले त्यसको  वरिपरि घुमिरहन्छ होला तर मेरा भने न कुनै स्वार्थ छ, न कुनै चेतनाले यो मस्तिष्क उचाल्ने उधेश्य छ म बिना स्वार्थ,बिना उधेश्य पनि बिकल्प रहित यो बाटोमा हिडिरहेको छु।

हाइ मेरो profile मा कसैले सन्देश पठाउछ , हेल्लो मैले पनि सन्देश पठाइदिए। यो भर्चुवल वोर्ल्ड मा बिना चिनारी भनौ वा चिनारी लुकाएर कसैले सन्देश गर्दै छ जस्तो पनि लाग्यो सामान्य परिचय पश्चात उनले सोधिन तपाइलाई कुनै केटीले धोका दिए जस्तो छ? होईन- शायद यो उनको बाध्यता थियो होला धोका नै नभनी हालु। हामी बीच सन्देश साटासाट निरन्तर भयो यसबिच मैले जीवनको कुरा गरे उनले मृत्‍युको मैले आशा र बिश्वास को कुरा गरे उनले कायरता र घातको, मैले भबिश्य प्रति आशाबादी हुनुपर्छ भने, उनले भबिश्यलाई तिरस्कार गर्नुपर्छ भनिन , मैले प्रेमको कुरा गरे उनले प्राप्तीको, मैले सहमती र अनुभबको आधारमा हामी हिड्ने भबिश्य सम्मको बाटो बनाउन सकिन्छ भने उनले घुर्की लगाइन, दम्भका भाषाहरु बोलिन र बाटाहरुमा अबरोध सिर्जना गर्न खोजिन यही थियो मैले बुझेको केही क्षणमा उनी र म हुनुमा प्रीथकता।


करिब् १५ मिनेटको सन्देश साटासाट पछि जब मैले आइ दोन्ट हाएभ टाइम फोर यू भनेको थिए उनी साह्रै सेरिअस्लि कुरा गर्दै थीइन कतै मलाई गुमाइ हाल्नु पो पर्ने हो की जस्तो पिडा परेको भान हुन्थ्यो उनका सन्देशहरु बाट । मलाई पनि उनीसग कुरा गर्ने रहर नभएको त कहाँ हो र, न कुनै काममा ब्यस्थ हुनु पर्ने थियो न कतै घुम्न जाने योजना नै बनेको थियो तर बिना चिनजान वा चिनजान भएपनि लुकाइएको चिनारीसग के धेरै कुरा गर्नु भन्ने मनसायले मैले ती शब्द लेखेको थिए। केही मिनेट मै ८-१० वटा सन्देश निरन्तर मेरो च्याट बक्स मा भरिए म कुनै उत्तर नदीइ चुपचाप उनको सन्देशहरु पढिरहे उनका हरेक प्रश्नले मलाई तड्पाउथ्यो। मैले पनि सबै प्रश्नहरु नोट गरेर उनको जबाफ फर्काउने प्रयास गरे।

१)नेपालमा हुँदा बिदेश जान मरिहत्य गर्ने बिदेशमा गएपछिन नेपालको माया अती गरेको जस्तो देखाउने यो कस्तो चलन हो?- बिदेशमा हुदैमा नेपालको माया कम हुन्छ भन्ने होईन तर जो नेपालमै बसी धेरै बाध्यताहरु सग संघर्ष गरिरहेका छन् उहाँहरु सम्पुर्णप्रती मेरो सलाम, बिदेशमा त के छ र? न आफन्ता, न आफ्नोपन, न खुशी न सन्तुष्ठी यहाँ छ त पैसा त्यो पनि सस्तो मुल्यमा पसिनाका खोलाहरु बेचेर बास्तबमा भन्दा भौतिक शरीर यता मन भने नेपालमा हुन्छ लाखौं बिदेशिने नेपालीहरुको।

२) तपाईं किन बिदेशिनु भो?- थोरैको रहर होला तर लाखौं नेपालीको बाध्यता हो बिदेशिनु।

३) तपाईंको चाँही रहर की बाध्यता? - मेरो आफ्नो कुरा गर्दा धेरै रहर थोरै बाध्यता.......

करिब् १ घण्टा लामो कुराकानी पछि मैले उनिसग छुट्टिने अनुमती मागे उनीले पनि मिस यू भन्दै बिदाइ स्विक्रित गरिन फेरी भेट्ने बाचाका साथ। जिवनका यी अबिरल श्रिन्खलामा यस्ता सन्देश बाहक पाहुनाहरु सग धेरै भलाकुसारी गरियो अनी ती पाहुनाहरु जसरी आएका थिए मेरा स्म्रितिबाट उसरी नै ओझेलमा पनि परे तर किन किन उनिसगको कुराकानीले क्षण क्षणमा मेरो मनलाई तरङ्गित बनाएको थियो, अनौठो अनुभुती म भित्र भएको थियो , को हुन तिनी? किन मसग यस्ता हजार कुरा गर्न लालयित थीइन्? प्रश्नहरुको भण्डार बनेको छ मनभरी। बेला बेला मन फुरुङ्ग बन्छ पनि, मन भित्र कता कता काउकुती लागेको आभाष पनि हुन्छ, बशन्तले एउटा सुन्दर गुलाब मेरो मनको बगैचामा फुलाएको भ्रम मेरा नयनले सजाएको छ त्यो दिन देखि ,म आजभोलि आफैसग जिस्किएर आनन्दित बन्दै छु तर समयको यो अन्तरालमा धेरै दिनहरु बिते मेरा इच्छा र चाहाना यथस्थितिमा रमाइरहे, नदिको पानी सरह बगेका मेरा भाबनाहरु मेरा सपनाहरु किनार लाग्ला भनेर कुरिरहे तर मैले कहीले सोचिन उनका चाहनाहरु बगेर धेरै टाढा पुगिसके होलान्, बगेको खोला कहील्यै फर्केको छ र?

Tuesday, August 03, 2010

असफल राष्ट्रतर्फका संकेतहरू

कान्तिपुर दैनिकी - २०६७ श्राबण १८ बाट साभर

राजनीतिक दलहरू सत्ताको छिनाझप्टी गरी लोकतन्त्र र जनमतको उपहास गरिरहेको समयमा अन्तर्राष्ट्रिय मञ्चमा चित्रित तस्बिरले नेपाल असफल राष्ट्रतर्फ उन्मुख भएको संकेतहरू देखिएका छन् । विश्वविख्यात जर्नल 'फरेन पलिसी', अन्तर्राष्ट्रिय शान्ति कोषद्वारा प्रकाशित 'असफल राज्य सूचकांक' तथा लन्डनस्थित 'थिंक टयाङ्क' चटाम हाउसको जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखमा अस्थिर राजनीति, कमजोर अर्थतन्त्र, कानुनी राज्यको अभाव, कमजोर सुरक्षा निकाय तथा विदेशी हस्तक्षेपको कारणले असफल राष्ट्र हुने सम्भावना देखिएको निष्कर्ष निकालेका छन् । 'असफल राज्य सूचकांक' मा २६ आंै स्थानमा रहेकाले शान्ति प्रक्रिया सफल भई समयमै नयाँ संविधान जारी नभए दलहरूले वैधानिकता गुमाउने र गैरवैधानिक तथा सशस्त्र समूहहरूले अराजकता सिर्जना हुने विश्लेषण गरिएको छ । राजनीतिक अस्थिरता, अनिश्चित शान्ति प्रक्रिया र कमजोर अर्थतन्त्रको कारणले मात्रै होइन्, आगामी दिनमा बढ्न सक्ने आन्तरिक -जातीय तथा क्षेत्रीय) द्वन्द्व असफल राष्ट्रको प्रमुख कारण मानिएको छ । चीन र भारतसँगको उतारचढावपूर्ण तथा सामरिक सम्बन्धको विश्लेषण गर्दै 'फरेन पलिसी' मा ग्रेग ब्रुनोले चीन र भारतबीच चलिरहेको 'प्रोक्सी वार' ले प्रकारान्तरले नेपालको राष्ट्रिय सुरक्षामा समेत प्रभाव पर्ने दाबी गरेका छन् भने चटाम हाउसको जर्नलमा चीन र भारतको सामरिक र सुरक्षा विषयका शोधार्थी चारूलता हगको निष्कर्ष छ- राजनीतिक अस्थिरता र कमजोर सुरक्षा अवस्थाले नेपाल विदेशी हस्तक्षेपको रणभूमि बन्न सक्छ ।
के नेपाल वास्तवमै असफल राष्ट्र तथा विदेशी हस्तक्षेपको रणभूमि बन्दै छ ? नेपालको सार्वभौमिकता, लोकतन्त्र र शान्ति प्रक्रियाको भविष्यका बारेमा अत्यन्त गम्भीर प्रश्नहरू उठेका छन् तर दल र नेताहरू किंचित संवेदनशील छैनन् । शान्ति, संविधान र सहमतिको गायत्री मन्त्र जप्ने दल र नेताहरू सत्तालाई नै अन्तिम सत्य ठानी बहुमतको सरकारका लागि मल्ल युद्ध गरिरहेका छन् । दल र नेताहरूको यस्तो सत्तामुखी प्रवृत्ति, अनिश्चित शान्ति प्रक्रिया र विदेशी चलखेलको कारणले वास्तवमा असफल राष्ट्र हुने हो कि भन्ने गम्भीर प्रश्नहरू सिर्जना भएका छन् । त्यसैले असफल राष्ट्रका उक्त तथ्य र तथ्यांकहरू तथा घरेलु राजनीतिमा देखिएको सत्ताको ताण्डव नृत्यले सार्वभौम राष्ट्रका दृष्टिले नेपाल गम्भीर समस्यामा भएको पुष्टि गरेका छन् तर दुर्भाग्यवश दल र नेताहरूले उक्त वास्तविकतालाई आत्मसात् गर्न सकेका छैनन् ।
आणविक शक्ति सम्पन्न उदाउँदा शक्ति राष्ट्रहरू- चीन र भारतको बीचको 'बफर स्टेट' को रणनीतिक महत्त्व भएर मात्रै होइन, नेपालको राजनीतिक, आर्थिक, सुरक्षा तथा सामरिक संकटको उजागर उक्त जर्नलहरूले गरेका छन् । अन्तर्राष्ट्रिय मञ्चमा यति महत्त्वपूर्ण र चर्चित भएको छ कि नेपालको भूरणनीतिक महत्त्वलाई कसरी अमेरिकाको पक्षमा प्रयोग गर्न सकिन्छ भनी गत फेबु्रअरीमा अमेरिकी सिनेटमा बहस भएको थियो भने २०१० को सुरक्षा नीतिमा दक्षिण एसिया र विशेषगरी भारत र चीनसँगको सामरिक सम्बन्धलाई महत्त्व दिँदै नेपालको रणनीतिक महत्त्वलाई प्राथमिकतासाथ अमेरिकाले उल्लेख गरेको छ । यसैगरी भारत र चीनले २००९ र २०१० सुरक्षा नीतिमा नेपाललाई उच्च महत्त्व दिँदै दुवै देशको राष्ट्रिय सुरक्षालाई नेपालको राजनीतिक तथा सुरक्षा अवस्थाले प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरेका छन् । कतिपय सन्दर्भ र अवस्थामा भारत र चीनले एकअर्कालाई आरोपप्रत्यारोप गर्दै ग्रेगले विश्लेषण गरेजस्तै 'प्रोक्सी वार' समेत गरेका छन् ।
नेपाली भूमिबाट भारत विरोधी गतिविधि भएकाले राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भारतको आरोप छ । द्विपक्षीय वार्ताका क्रममा चिनियाँ तथा पाकिस्तानीहरूको गतिविधि बढ्दै गएको आरोप लगाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न माग गर्दै आएको छ । त्यसैले सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न निरन्तर कूटनीतिक दबाब दिँदैआएको छ तर सुपुर्दगी सन्धि गर्न सहमत नभएपछि सुरक्षा संवेदनशीलतालाई सम्मान नगरेको आरोप लगाउँदै नेपालको चासोलाई -सीमावर्ती क्षेत्रमा आपराधिक र सशस्त्र क्रियाकलाप नियन्त्रण) पनि भारतले प्राथमिकता दिएको छैन ।
यसैगरी मानवअधिकार र स्वतन्त्र तिब्बतका नाममा नेपाली भूमिबाट भएका चीनविरोधी गतिविधिले राष्ट्रिय सुरक्षा खतरामा परेको आरोप चीनले लगाउँदै आएको छ । ओलम्पिकका समयमा भएका प्रदर्शनप्रति गम्भीर आपत्ति व्यक्त गर्दै तत्कालीन चिनियाँ राजदूतले सार्वजनिक रूपमै नेपाल सरकारको विरुद्धमा आक्रोश व्यक्त गरेका थिए । माओवादी नेतृत्वमा बनेको सरकारले तिब्बतीहरूको प्रदर्शनप्रति प्रतिबन्ध लगाएपछि चीनको आक्रोश त कम भएको छ तर सुरक्षा चासो अझै बढेको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा चीनले प्रायः शान्ति, स्थिरता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने जस्ता शब्दावली प्रयोग गर्छ तर मधेस आन्दोलनपछि सार्वभौमिक स्वतन्त्रता र भौगोलिक अखण्डतामा जोड दिँदै आवश्यक परे नेपालको सार्वभौमिक स्वतन्त्रता रक्षाका लागि सहयोग गर्ने औपचारिक घोषणा चीनले गत वर्ष गरेको थियो । कूटनीतिक दृष्टिले उक्त टिप्पणी अत्यन्त संवेदनशील मानिन्छ र राष्ट्रको अत्यन्त संवेदनशील अवस्थामा मात्र प्रयोग गरिन्छ । के नेपाल अहिले सोही जटिल र संवेदनशील बिन्दुमा पुगिसकेको छ ?
भारत र चीन राजनीतिक तथा सुरक्षा अवस्थाबाट चिन्तित भएर गृहमन्त्री र दुवै प्रहरी महानिरीक्षकलाई नयाँदिल्ली र बेइजिङमा बोलाएर सुरक्षा चासो राखे । गृहमन्त्री भीम रावलले दुवै देशका सुरक्षा संवेदनशीलतालाई सम्मान तथा सम्बोधन गर्ने प्रतिबद्धता गरे तर पनि उनीहरू विश्वस्त हुन सकेको देखिँदैन । त्यसैले भारतको मागलाई अविलम्ब सम्बोधन गर्न विदेशमन्त्री एसएम कृष्णाले नेपाल भ्रमणका क्रममा दबाब दिएका थिए भने गत वैशाखमा माओवादीले अनिश्चितकालीन आमहडताल आह्वान गरेपछि सिर्जना भएको अन्योलको समयमा विदेश मन्त्रालयकी प्रवक्ता चियाङ युले नेपालको राजनीतिक अवस्था तथा सुरक्षा स्थितिले नेपालको मात्र नभएर क्षेत्रीय शान्ति र स्थिरतामा समेत असर पर्ने उल्लेख गर्दै चीन चिन्तित भएको विचार व्यक्त गरेकी थिइन् ।
चीन र भारत दुवै देशले सरकारलाई मात्र विश्वास नगरेर सुरक्षा निकायलाई -सेना र प्रहरी) विश्वास तथा प्रभावमा लिएर आआफ्ना देशका सुरक्षा चासोलाई सम्बोधन गर्न खोजेको देखिन्छ । त्यसैले उनीहरूबीच सुरक्षा निकायहरूलाई सैन्य सहयोग गर्ने प्रतिस्पर्धा चलिरहेको छ । सामरिक स्वार्थ भएका छिमेकी देशहरूले सरकारलाई विश्वास नगरी सिधै सुरक्षा निकायसँग प्रत्यक्ष सहयोग तथा सम्बन्ध राख्न थालेपछि नेपालको भविष्य के होला ? नेपालको राष्ट्रिय स्वार्थ, राष्ट्रिय सुरक्षामा र सार्वभौमिक स्वतन्त्रतामा कस्तो असर पर्ला ?
राष्ट्रिय सुरक्षाका दृष्टिले आन्तरिक र बाह्य चुनौतीहरू ०६२/०६३ को परिवर्तनपछि थप जटिल र पेचिलो बन्दै आएका छन् । जातीय तथा क्षेत्रीय द्वन्द्व, आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेश मागजस्ता प्रश्नले राष्ट्रिय अखण्डतामाथि समेत प्रश्न खडा गरिएका छन् । आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेश माग गर्दै तराई र पूर्वी पहाडमा हिंसात्मक गतिविधि गरिरहेका छन् । कतिपय सशस्त्र समूहहरूले स्वतन्त्र राष्ट्रको माग गर्दै नेपालको राष्ट्रिय झन्डासमेत जलाएका छन् तर राज्यले केही गर्न सकेको छैन किनभने राज्यका रूपमा नेपाल अहिले कमजोर भइरहेको छ । कानुनी राज्यको अभाव, दण्डहीनता र कमजोर तथा अप्रभावकारी सुरक्षा निकायका कारणले अराजकता बढिरहेको छ र जनताको सुरक्षा गर्न सरकार असफल भइरहेको छ । गैरराज्य पक्षहरू -ननस्टेट एक्टर्स) हावी हँुदै गएका छन् ।
दलहरू यति कमजोर भइसकेछन् कि एक महिनादेखि नयाँ सरकार समेत गठन गर्न सकेका छैनन् र अहिले सरकारविहीनताको अवस्थामा छ । दलहरूले सरकार त बनाउन सक्दैनन् भने नयाँ संविधान बन्ला ? शान्ति प्रक्रिया सफल होला ? असफल राष्ट्रको संघारमा पुगेको देशको उद्दार गर्न सक्लान् भनी दलहरूको नियत र क्षमतामाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ । नेपालले महत्त्वपूर्ण -अर्थनीति, विकास निर्माण, जलस्रोत) विषयमा निर्णय गर्न सक्दैन र निर्णय गरे पनि राजनीतिक अस्थिरता र सुरक्षाका कारणले कार्यान्वयन गर्न नसक्ने विश्लेषण अन्तर्राष्ट्रिय समुदायले गरेको छ । एमआरपीमा समेत सरकारले समयमै ठोस निर्णय गर्न नसक्नु तथा विलम्ब गरी लिइएको निर्णय पनि विवादास्पद भएपछि अन्तर्राष्ट्रिय जगतमा विश्वसनीयता गुमाउँदै गएको छ । आर्थिक अवस्थाको सजीव चित्रण अक्सफोर्ड विश्वविद्यालयको रिपोर्टमा सार्वजनिक भइसकेको छ । वैदेशिक सहयोग र रेमिट्यान्सको भरमा टिकेको अर्थतन्त्रमा व्यापारघाटा बढ्दो छ जसले गर्दा आर्थिक परनिर्भरता बढिरहेको छ । यी सबै असफल राज्यका प्रमाण हुन् । अपिकाका अधिकांश असफल राष्ट्र भएका तथा हिंसात्मक द्वन्द्वमा फर्किएका राज्यहरू यही अवस्थाबाट गुजि्रएका थिए र नेपाल अहिले ठीक त्यही बिन्दुमा पुगेको छ ।
पश्चिमी दातृराष्ट्रहरूसँगको वार्ता पहिले कूटनीतिक सम्बन्ध र आर्थिक सहयोगमा केन्दि्रत हुन्थे तर अहिले उनीहरूको सामरिक चासो बढेर 'सुरक्षा' र 'सेना' जस्ता कार्यसूचीमा केन्दि्रत हुन थालेका छन् जुन सार्वभौम राष्ट्रका लागि सकारात्मक होइन । राजनीतिशास्त्रको सिद्धान्तअनुसार राज्यका सफलता र असफलताका राजनीतिक, आर्थिक, सामाजिक, सुरक्षा अवस्था र कानुनी राज्य गरी ५ सूचकांकहरू हुन् । राजनीतिक, आर्थिक, सामाजिक र कानुनी राज्यजस्ता चार सूचकांकमा कमजोर हँुदै गएपछि पश्चिमी देशहरूले अन्तिम अस्त्रका रूपमा देश र जनताको रक्षा गर्न नेपाल असफल नहोस् भनी उनीहरूका सहयोग सुरक्षामा केन्दि्रत गरेका छन् भने चीन र भारतले नेपालको कारणले आफ्नो राष्ट्रिय सुरक्षामा असर नपरोस् भनी नेपालसँगको सामरिक सम्बन्धलाई प्राथमिकतामा राखेका छन् ।
सुरक्षाका चुनौतीहरू यसरी जटिल हुँदै गइरहेका छन् तर उक्त चुनौतीहरूको विश्लेषण गरी नीति निर्धारण गर्ने राज्यका निकायहरू छैनन् र भए पनि क्रियाशील छैनन् । राष्ट्रिय स्वार्थ र सुरक्षा यति जटिल चुनौतीका रूपमा सिर्जना भएको छ तर नेपालको हालसम्म लिखित राष्ट्रिय सुरक्षा नीति छैन त्यसैले आन्तरिक तथा बाह्य चुनौतीलाई सम्बोधन गरी अविलम्ब सुरक्षानीति निर्धारण गरिनुपर्छ । छिमेकीहरूको चासोलाई सम्मान गर्दै राष्ट्रिय हित र स्वार्थ अनुकूल कूटनीतिक र सामरिक सम्बन्ध राख्नुपर्छ तर राष्ट्रिय स्वार्थमा सम्झौता गर्नु हुँदैन र शक्ति राष्ट्रहरूको रणभूमि हुनबाट बचाउनुपर्छ । होइन भने हग र ग्रेगले विश्लेषण गरेजस्तै अहिलेको सुरक्षा चासो भोलि हस्तक्षेपमा रूपान्तरण हुन सक्छ । त्यतिबेला घोषित रूपमै नेपाल सबै दृष्टिले 'असफल राष्ट्र' हुन सक्छ । दलहरूलाई चेतना भया ।

Wednesday, July 14, 2010

गजल

सुमन बँगाले + प्रबिण थापा




साँझपख एकान्तमा याद बनी आउछौ सधै
मुहार बदली प्यार बनेर सताउछौ सधैं

भाचेर डाली फूल चुडेर चुल्ठो सजाउनेले
बासुरीको मधुरीमा सुर बनी गाउछौ सधै

कहीले माया साचो त कहीले झुटो तिमीलाई
बिझ्योकी मुटु भनी सियोले घाउ लाउछौ सधै

रातभरी हुरी चल्दा ठेगान नहुदा बासको
एकमुठी स्वास लिन निदरीमा धाउछौ सधै

छलकपट पापी मनको दैबले नै जानोस
पिडा दु:ख र दर्दमा मात्र किन छाउछौ सधै

Sunday, June 27, 2010

गजल

लुकाई दु:ख भित्र खुशी मनाउनु पर्‍यो
उनको जित आफ्नो हार रमाउनु पर्‍यो

जिन्दगीको रित रे दु:ख सुख छुट भेट
भन्दै आफ्नो मन आफैले फकाउनु पर्‍यो

समाजमा मेटिन्छ बाउको इज्जत भनि
चोखो प्रेम दाउमा राखी डराउनु पर्‍यो

बेदनाको ज्वालाले पोलिरहदा हिर्दय
नसकेनी मैले मन बहकाउनु पर्‍यो

नौमती बाजा बजाई अर्कै आउँदा लिन
दिलको राजा यिनै भनि सजाउनु पर्‍यो

Saturday, June 26, 2010

गजल


डेरा खाली थेन की दिलको घरमा
की अटाइन सानु तिम्रो शहरमा

भन्थ्यौ बिश्वास गर्छु आफ्नै भन्दा बढी
कहिल्यै किन परेनौ मेरो भरमा

छातीमाथी हात राखी खान्छु कसम
जे गरे बाध्यता हो हैन रहरमा

बोल्दैनौ राम्रोसग के भाको छ कुनी
देख्दिन नी लाली गुलाबी अधरमा

धनी गरीब सोध खोज किन गर्छौ
मायाको मोलतोल हुन्छर दरमा




Thursday, June 17, 2010

गजल

शेरे,माधव,प्रचन्ड बोकाको कुरा नगर साथी
उनका धन दौलत पोकाका कुरा नगर साथी

गाँस,बास,कपास छैन जनताको झुपडिमा
मजदुर, किसान भोकाको कुरा नगर साथी

जताततै अस्तब्यस्त झन संकट थपिदैछ
भ्रष्टचारी भए सबै चोखाको कुरा नगर साथी

गरियो धेरै आन्दोलन आस्वासनमा परियो
सम्झे छात्ति पोल्छ धोकाको कुरा नगर साथी

बिघ्न बाधा धेरै सह्यौ परिवर्तन हुन्छ भनी
पैतलामा उठेका फोकाको कुरा नगर साथी

Saturday, June 12, 2010

गजल

सपना मीठा देखाएर जालमा पारीन उनले
जसको राम्रो सोचेको थे गालमा पारिन उनले

दिन गनेर बस्नेछु चाडै फर्की आउनु भन्थिन
घात गरि बिश्वासको अनिकालमा पारिन उनले

म छदै छु तिम्रो साथमा जे परेनी नडराउनु
भन्दै आफु पाखालागी ढालमा पारिन उनले

आफन्तको संसार तोडी उनको बाटो रोजेको थे
न त चौका न छक्काको खालमा पारिन उनले

बाँकी जीवन डुबेपछी क्षणभरको हाँसो भयो
गरिखाउ न मरिजाउ को चालमा पारिन उनले

Sunday, June 06, 2010

गजल

केही भएमा मलाई अर्कै नाता गास्नु काली
नआत्तिनु दु:ख पर्दा सधै भारी हास्नु काली

धेरै हल्ला जोरिपारी छरछिमेकमा चल्ला
सत्य कहिल्यै डग्ने छैन मन उकास्नु काली

हजार पिंडा सगालेर जित्नुपर्छ जीवन
बाधा अड्चन गोरेटोको सबै मास्नु काली

भाबनामा कहिलेकाही मन पोखिन खोजे
सम्हालिन मेरो फोटो छात्तिमाथी टास्नु काली

Monday, May 31, 2010

प्राणप्रिय नानु(निता)
हिर्दयभरीको न्यानो माया,

जिन्दगीको यो अनौठो कुरुक्षेत्रमा थाहाछैन कसरी म आफुलाई होमिरहेको छु अनी मलाई यो पनि थाहाछैन मेरा मनका उच्छबासहरु कसरी पोखिने छन् यी जिन्दगिका अपत्यारिला घुम्तिहरुमा। तिम्रा नयनहरुले कसरी मलाई टिका टिप्पणी गर्लान, निकट भबिश्यमा मेरो जिन्दगी माथि खग्रास सुर्यग्रहण लाग्ला वा पुर्णिमाको सुकिलो जुनको आगमन होला। मेरो जिन्दगीको यो अनौठो परिक्षणले एउटा अमिट स्तम्भ खडा गर्ला वा सबै अनुभबहरु खरानी बनाउला तर यो भने सत्य हो तिमिसग बिताएका प्रत्येक पलहरु कलजयी हुनेछन अनी तिमीले पोखेका मायाका उपहारहरु अजर अमर रहनेछन।
पत्र लेख्नु पर्ने बिशेष कारणहरु त केही पनि थिएन तर पनि बेखबरहरु पनि खबर बनेर मस्तिष्कमा छरपष्ट बनेर उम्रेका छालहरुलाई किनारा लगाउन, मन ब्याकुल बनेर निस्सासिदै आएकोले आफ्नै मुटु निचोरेर नयनको आँशुहरुले हिर्दयको टुक्रामा तिमीप्रती समर्पित भएर यी मनका उकुश मुकुस लाई एकैचोटी तिमी सामु पुर्याउन यी शब्दहारहरु बुन्दै छु।
चाहाना थियो तिमिसगै खोक्रो समाजको निक्रिश्ट आबरणमा परिबर्तनको बिगुल फुक्ने, समाजमा बिद्यमान अन्धाधुन्ध र अबैज्ञानिक परम्परालाई खुलेआम चुनौती दिदै नयाँ अत्यन्तै स्वर्णीम संसार निर्माणको मुला कार्यदिशामा तिमिसगै दौडने तर कुरा धेरै गर्ने कायर बन्दै छौ तिमी ।
बिश्वासभित्र अबिश्वासको बादल मडारिदै छ, आस्थासग अहंकारले पौठेजोरी खेल्दै छ, मनभित्र अनेकौ शंका उपशंका जन्मदै छ, अनेकौ प्रश्नहरुले मन चुलिदै छ, खोज्दछु सहि बाटो समातेर गन्तब्यसम्म पुग्न तर किन किन जब जिन्दगिका केही क्षणहरु स्मरणमा आउछ मेरो मस्तिष्कमा बादलले ढकमक्क ढाक्छ अनी आँखा धमिलिएर आउछ म शुन्यताभित्र हराउछु थहछैन किन? कहील्यै भनेको छैन मैले र भन्ने पनि छैन सधैभरी म जित्ने छु तर पनि म सधैं हारपछीको जित पाउछु र रमाउछु किनकी मेरा प्रत्येक हारहरुमा मेरो आफ्नै सम्झेको मनले जितिरहेको हुन्छ। हो म पनि चाहान्छु तिमीलाई जिन्दगी भरि जितको कोसेली उपहार दिन तर के गर्ने सोचे जस्तो अनी सम्झेजस्तो नहुने रैछ जीवनका कुनै पनि क्षणहरु । यहाँ त जस्तोसुकै परिस्थितीको पनि सामना गर्नु पर्ने रहेछ यही सामना गर्ने क्रममा यहाँ धेरैका सपनाहरु क्षणमै मरेका छन् कतिका बिश्वास पलभरमै ढलेका छन् अनी मन बुझाउने बाहनामा भन्छु आफैसित म पनि त्यहि पिडितहरुको मलामा एउटा फुल भएर गासिन किन सक्दिन?
समयको प्रबाहले हुकार ल्याएको हो मेरो जिन्दगिमा  जो बिगतमा थिए ती भित्र धेरै परिवर्तन भयो म पनि त्यसको प्रबाहाबाट टाढा रहन सकिन, मेरो आफ्नो गन्तब्यमा समयले ठीक बिपरित पाराले भूमिका निर्बाहा गर्‍यो भन्छु म भित्र केही असहजता थियो तर पनि म सामान्य नै थिए अर्कोतर्फ तिमी भने अत्यन्तै बिचलित किनकी तिमी प्राप्तीलाई मात्र प्रेमको गन्तब्य ठान्थ्यौ भने म समर्पणलाई पनि। तिमिमा धेरै स्वार्थ थियो जसरी पनि मलाई आफ्नो बनाउने त्यसैले तिमी भएभित थियौ।
समय भन्दा अगाडी वा पछाडि कोही पनि हिंड्न नसक्ने रहेछ यही समयको सिमांकनलाई ख्यालमा राखेर मैले आफ्नो यात्रा तय गरेको थिए तिमीलाई केही क्षण निरासतामा सजाएर तर म पनि सम्मान गर्थे मेरो प्रेमको मेरा पनि आशाहरु जिवित नै थिए मुर्त रुपमा हाम्रो सम्बन्ध निर्माण गर्ने तर त्यो पल म सग तिमीलाई दिने आश्वासनका अबिश्वासी शब्द भन्दा केही थिएन र मेरा ती अबिश्वासी आश्वासन मार्फत म तिम्रो भबिश्य बिगार्न सक्दैनथे अनी त्यो क्षण मैले मुटुमाथी किला रोपेर तिमिसामु फिल्मी शैलीको अभिनय गर्नु बाहेक कुनै बिकल्प देखिन, त्यो रात म निकै रोएको थिए म सग एउटा वाक्य मात्र बाँकी थियो त्यो रात मलाई माफ गर मेरी मायालु।
आज मेरो अगाडी उही बगैचा छ तर हिजोको फुल त्यहा फुलेको छैन, तिमी र म सग समय एउटै छ तर त्यसले आज हामी बीच फरक असर पारेको छ, हिजो मलाई चोट लाग्दा तिमीलाई पनि पिंडा हुन्थ्यो आज म एक्लै दुख्छु। हिजो म रुदा आँशु पुछ्ने तिम्रा कोमल हातहरु हुन्थे, दु:ख भुलाउने आदर्शका गाथाहरु सगै हुन्थे तर आज म नितान्त एक्लो छु अनी यो उराठिलो जिवनसगै चाहेर वा नचाहेर पनि लुकामारी खेल्दै छु। हिजो हामीसगै मिलनको युगन्तकारी गजल गाउथ्यौ आज म ती अतितको मिठो स्मरणहरुलाई साक्षी बनाउदै यादहरुमा बरबराउने गर्छु।
मरेको सर्पलाई लाठी लगाइरहनु पर्दैन तर किन तिमी मलाई अझै यातनामा बाँच्न बिबस बनाउदै छौ? जीवन देखाईमा होईन भोगाइमा हुदो रहेछ, अनुभबले मानिसलाई बाँच्न सिकाउदो रहेछ,यस्तै हजार सोचाइहरुको तरङग भित्र मेरो रात अनिदै बित्दै छ तिमी भने अझै घुर्की लगाउछौ, बार्गेनिङ गर्न खोज्छौ अनेक शर्तहरु राखेर मलाई दु:खी तुल्याइरहन्छौ तर आज म तिमीलाई एउटा कुरा प्रष्ट भन्छु- तिमीले यो बुझ निता! कुनै पनि हालतमा म तिम्रा शर्तहरुमा हस्ताक्षर गर्ने छैन किनकी म तिमीलाई आज पनि हिजो भन्दा धेरै प्रेम गर्छु। आज पनि म भित्र तिमी प्रति उही अटल आत्माबिश्वास छ, तिम्रा आखाका भाकाहरु आफ्नै ठान्ने मन अनी तिम्रा मुस्कानहरु आफ्नै टान्ने तनहरु अह कति बदलिएको छैन। तिम्रो सहनशिलता, इमान्दारिता प्रति उही साम्मनको भण्डार छ मात्र यति फरक भईदियो यतिबेला तिमी भित्र म प्रति अबिश्वासको बादल मडारिएको छ।
दुनियाँको कुरा गरेर अमुल्य जिन्दगी सग खेल्न नखोज, यो दुनियाँ सार्है मतलबी छ , स्वार्थी छ तिमी बल्छौ ताप्छ, तिमी निभ्छौ खरानी बन्छौ तिमिसग कोही हुदैन। केही बिग्रेको छैन तिमी हीरा हौ, तिमी असल छौ, सुन्दर छौ साँच्चै तिमी अदभुत र अकल्पनिय छौ त्यसैले तिमीले जिन्दगिका यी भङगलाहरुको सामना गर्न डराउन हुन्न भन्छु म, अन्तीम  संघारमा पुगेको लडाइको उत्तरार्धमा आएर समर्पण गर्न हुन्न भन्छु म। तिमी कायर हौ भने अर्कै कुरा तर यदि तिमिसग मुटु छ, प्रेम र जिवनको अर्थ बुझ्ने मस्तिष्क छ भने आउ आजदेखी एउटै मालामा सुत्रबद्ध भएर एउटै लक्ष्य प्राप्तीको दिशामा  पहिलो पाइला अघि बढाऔ।
आज म तिमीलाई केही भन्दिन, मैले धेरै चोटहरु तिमीलाई दिएको छु, तिमिबाट धेरै सिकेको छु, धेरै कुरा मागेको छु र पनि म अझै रित्तो छु त्यसैले अझै धेरै कुरा मागौला नरिसाइ तिम्रो मनले दिने जुनसुकै कुरा म उपहारको रुपमा सजाउने छु, तिम्रो राम्रो होस् म संसार जित्ने छु।


                                                                                                                                उही नितेश



Sunday, May 30, 2010

गजल


फुल्नु तिमी चुडी माला उन्दिन भो मैले
तिमी बग्ने नदीलाई थुन्दिन भो मैले

तिम्रा आफ्नै रोजाइ, रहरहरु होला
मनमा मिठा सपना बुन्दिन भो मैले

भत्केका यी जिन्दगिका सिलसिलाहरु
मिलाएर फेरी तान तुन्दिन भो मैले

हुने नहुने सब भयो बाँकी के रह्यो?
दुनियाँका कुरा अब सुन्दिन भो मैले

समय नै रहेछ औषधी जिन्दगीको
कति हासो कति पिडां गुन्दिन भो मैले

Saturday, May 29, 2010

केल्ले सक्छ चिस्याउन



सकिन नी कसैगरी तिमीलाई बुझाउन
बर्षिरहन्छ आँशु मेरा सिरानी भिजाउन
भुकम्प नै नआइकन जीवन ढलेपछी
केल्ले सक्छ चिस्याउन मुटु जलेपछी

नहाँस भन्यौ हाँस्ने मुख सीईदिए
पिउ बिष भन्यौ खुशिसाथ पीईदिए
आगोलागी बिना नै दिल बलेपछी
केल्ले सक्छ चिस्याउन मुटु जलेपछी

हजार बिन्ती गरे सुनेनौ केही गरि
आखिरमा बनाइ छाड्यौ चुरा चुकेसरी
बिना बतास यता उता मन चलेपछी
केल्ले सक्छ चिस्याउन मुटु जलेपछी

हिड्दिन भो पैरो गाको बाटो भन्दा भन्दै
बाहिर टाली हिड्यौ भित्र खाडल खन्दै
कुराएर दोबाटोमा बाटो बदलेपछी
केल्ले सक्छ चिस्याउन मुटु जलेपछी

Friday, April 23, 2010

बुझी नसक्नु को यो जिन्दगी

गहभरी आँशु टलपलाउदै जिन्दगिका गालाहरु लतपतिदै तप्प तप्प भुइमा खस्दै छ, यो साझ निलो आकाशको आगनमा हाँस्दै एक तमासले दौडिरहेको चन्द्रमालाई हेरेर जिन्दगि भरका सबै दु:ख एकसाथ भुलेर चन्चले बालक जस्तै बनी उफ्रन मन लागेको छ। धेरै दिन धेरै रात जिन्दगीको बिगत भित्र बगेर, कहीले एक्लै रोएर, कहीले एक्लै रमाएर बिताएका पलहरु, आफ्नै मन भित्र गुम्सिएर रहेका स्‍मृतिहरुलाई पाखा लगाएर एकैछिन भने पनि पागल जस्तै बनी हास्न मन लागेको छ। जीवनलाई सहि तरिकाले कहिल्यै अनुभुती नगरेको मान्छे म आज यसलाई आफैभित्र समाहित गरेर चेतनाले उचाल्न मन लागेको छ।
सप्ताहा अन्त्यको यी दिनहरु त्यसै पनि उराठिला लाग्छन मलाई त्यसमाथी चाडपर्ब पनि गासिएर बिदा लम्बिएको छ। ३ दिन भयो लगातार हावा हुरी चलिरहेको छ, घुम्न जाने पनि कहाँ यो बिदेशको बसाइ। न आफ्नो साधन न मोज मस्ती गरेर हिंड्न सक्ने औकात। भौतिक रुपमा आरामै भएपनि मनका सबै कसौडीहरु भने पिडाले टम्म भरिएका छन। अह! काम केही गरेको छैन तरपनी जिउ शिथिल छ,अनुहार धमिलो बनेको छ अरुले थाहा पाउलानकी भनेर बेला बेला सकी नसकी हासोको नाटक गरेकै छु । आफ्नै अन्तर आत्मासग गन्थन मन्थन गर्दै खुशी बेखुशी जे भएपनि आन्तरीक पिडामा अल्झिएको महिनौ भयो। जब एकान्तमा उनको मुहार आखाभरी भएर आउछ, उनिभित्र आशाको ठुलो भन्डार देख्छु अनी म प्रति सतिसाल जस्तै ठडिएको विश्वाशको दरो पर्खाल यही बिश्वासको परिणाम त होला अब त मैले बिर्सनु पर्छ उनीलाई भन्छु तर उनकै झझल्कोले तर्साइरहन्छ। अब कुनै सन्देशहरु लेख्दिन उनको नाममा भन्छु मेरा हातले मेरो मनको कमाण्ड मान्दैनन थाहै नपाई म धेरै शब्द उनको नाममा लेखिरहेको हुन्छु। कति पटक त अनेकौ बहाना बनाएर रिसाउने प्रयास पनि गरे, झर्केर बोले पनि तर मन न हो किन मान्थ्यो र फेरी शुरु हुन्छ फकाइ फुलाई।
कयौ अप्ठयारा, असजिला क्षणहरुसग सगै अगालो मारेर, कयौ रात म पिडाको सागरमा पौडिरहदा टोलाएर एकतमासले हेरिरहने त्यो मेरो कोठा आज मेरो प्रबेशलाई इन्कार गर्दै छ, आफ्नै हुँदा हुँदै पनि मेरा सम्पुर्ण साधनहरु मलाई बिरानो लागेको छ, मेरो आफ्नो परिचय मेरै कोठाको भित्तामा ठोकिएर बिलिन हुँदै छ यी सब देख्दा फेरी एकपटक निरास बनेर यहाँको सबै रितहरुलाई साधुबाद भनेर अर्कै गन्तब्यको तयारिमा जुटुकी जस्तो पनि लाग्छ।
उफ! समाज,इज्जत,पैसा यही भन्दा भन्दै आफ्ना सम्पुर्ण रहरहरुलाई सती पठाउनु पर्ने,गुनासै गुनासको पोको यो जिन्दगी यथार्थमा एक्लो रहेछ, जिवनको अन्तीम क्षणसम्म जो कोहीसग रहने भनेको उसको जिन्दगी मात्र हो, जीवनको हरेक समस्या प्रत्येक मानिसले एक्लै भोग्नु पर्दो रहेछ अनी दु:खमा एक्लै जिउनु पर्ने यो जिन्दगिमा किन उ मेरो, उनी मेरो भन्दै भ्रममा पर्ने? जिवनका हरेक सम्बन्धहरु सम्झौता मात्र हुन भने किन कसैको नाममा दुई थोपा आँशु बगाएर दुखी बन्ने? तर जिन्दगीको मजा नै बेग्लै जित्ने आसामा हरेक पल्ट हारिरहदा पनि जुधिरहन मन लाग्दो रहेछ जिन्दगिका सबै खेलहरुसग।
सुन्दर भबिश्यको आशमा बिदेशिने जो कोहीले हरेक क्षण हार्दो रहेछ तर बिडम्बना जतिनै निराशा बेहोर्नु परेपनी चटक्कै लात मारेर उडी जाने अर्को बिकल्प पनि त छैन। देशको अवस्थामा केही सुधार होला अनी आफ्नै माटोमा यी हात खुट्टा बजारेर खुशिको लामो सुस्केर हाल्दै रमाउला भन्ने आसाहरु पनि दिन प्रतिदिन चुडिदै छ। बास्तबमै बिदेशको जिन्दगी गरिखानु न मरिजानु को दोधारमा अडिकिरहदो रहेछ। कसको रहर होला आफ्नी प्रियसीको न्यानो आगालो छाडेर यो बिदेशी भुमिमा  कठ्याङ्रिदो रात, तातो हावाले भतभती सेकेको रात सम्झनीमै अनिदै पार लगाउन। सबैको एउटै बाध्याता छ सुन्दर भबिश्य जिउने आसामा बर्तमानसग गुनासो पाल्दै भएपनि निरन्तर अगाडी बढ्नु पर्ने तर खोइ कहाँ छ बर्तमान डामडोल बनाएर गरिएको यी सब समर्पण प्रति भबिश्यको सुनिश्चितता? बास्ताबमा जिन्दगी पिंडाको सागर रहेछ,अनिश्चित गन्तब्यको भुमरी रहेछ,आशु सगको सम्झौता रहेछ र भन्न मन लाग्छ यो जिन्दगी पनि  के  जिन्दगी?












Sunday, April 04, 2010

गजल


हुदैन होला सानु तिम्रो मेरो भेट अब
दिलमा सजाएको मेरो नाम मेट अब

तिम्रो मेरो मेरो तिम्रो हुन्थ्यो हिजोसम्म
एक अर्कामा खोलिदैन मन पेट अब

धमिलिन्छ तिम्रो इज्जत म दुखीले गर्दा
नबोकेको राम्रो बेकारको झमेट अब

जिउदो लास बनिसके तिम्रो कारणले
म कुनामा परेको छु हुन्छ अचेट अब

के भनु र मैले स्वार्थ तिम्रो स्वार्थी संसार
बाँकी के नै रह्यो र आउ घाटी रेट अब








Thursday, April 01, 2010

कथाः सम्झौता



सुमन बगाले






यो कस्तो समय आयो आज यो चन्द्रमानै झरेर थिचेजस्तो गरि यो शरिर दुखेको छ । यो सुर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजीक नैतिकतामा अल्झेर पुर्णिमाको जुन बन्नु परेको छ । समय नै यस्तै रहेछ । मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङगपारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेण्डपनि अगाडी जान सक्दैन । मानेकी त थिइन रे गितापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गित जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने कसैको मिलनले कसैको ह्दयको तार छिन्छ भन्ने ख्यालै नगरि गितालाइ शम्भुदाइको हातमा दिएछन । अहिले एकदम खुशी छिन रे । हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाइ श्राप नै लाग्दो हो घरपछाडी करेसामा बाबा आमाको आँखा  छलेर लुकी लुकी तस्वीर हेर्न बाध्य बनाउने मोरा  जिन्दगी भरिलाइ चोट परिजाओस । कसले बुझिदिने प्रतिक्षाको घडी कति कष्टकर  हुन्छ भनेर । गाइ चराउदा साटेको रुमाल टाउकोमा उस्तै गरि बाधिदिदा सय डिग्रीको ज्वरो आउदापनि टाउको नदुख्ने खालको चोखो माया साट्ने परदेशी खै कुनी के लोभमा लागेर मायालुलाइ बिर्सिदिने  अनी घरमा हुर्किएकी छोरी पालेर कस्ले पो राखीदिन्छन् र?

तिन साल विताएर आफ्नै गाउ फर्कि गएँ गितासँग भेट भयो कुरा भयो रङ  फुङग उडेको पतेराले चुसेका पात जस्तो पहेली भएकी । ठुला ठुला आँखा  घुमाउरो गरि गाजल लगाएकी सिउदोभरि सिन्दुर गलामा मंगलशुत्र  कुर्तासलवार लगाउने जमना गएछन् कि क्या हो फरियाले बेरिएकी एक व्यावहारिक असल बुहारी घर नै पवित्र लाग्यो गितामा उस्तै चल्चलता उस्तै मुस्कान । सधैभरि कुरीरहनपनि सकिएन तापनि  तिमीहरु जस्तो परदेशीको भर हुदैन रे नि त उतै माया लगाउछन भन्थे । सन्तकान्छाको छोरा अझै फर्केको छैन रे उतैको केटिसँग विहे गरेर बसेको छ रे नि त । पोहोर साल खुशी फाट्यो तिम्रो पर्खाइमा यसपाल त खै हजुरआमापनि नातिनीको बिहे हेरेर मर्छु भन्दै हुनुहुन्थ्यो मेरो विहेपछिको तीन महिनैमा  दमको रोगले वित्नुभयो, लाग्यो पुण्य नै गरिछु । अब तिमीपनि विहे गर । अस्तिको मेलामा तिम्री आमा भन्दै हुनुहुन्थ्यो तिमीले विहे नगर्ने रे । म त शम्भुसँग एकदम खुशी छु । तिमीले जस्तै हर कुरा बुझेको छ उसलेपनि । उसलाइपनि थाहा छ एक असल लोग्ने कस्तो हुनुपर्छ भनेर । त्यसैले विवाह नगर्ने कुरा तिमीले गर्नु उचित होईन  । तिमीले मेरो इज्जतको लागी भएपनि विहे गर्नुपर्छ । तिमीलाइ थाहा नै छ हाम्रो समाज तिमीले विहे नगरि बस्यौ भने कुनै चेलीले आमा बाबुको आखा छलेर एक दुइ घण्टा हराउदापनि तिमीमा नराम्रो दृष्टिले हेर्ने गर्छन् । बुढो भएपछि सहारा त चाहिन्छ नि । तिम्रो त्यो विजोग म हेर्न सक्दिन । सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने  छैन । के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र विगतमा तिम्रो मेरो सम्मन्ध जे जस्तो भएपनि त्यो सबै वितिसके । त्यसलाइ भुल्न नसकेतापनि जिवनको एक अबिश्मरणिय  क्षणको रुपमा लिन सक्छौ । मलाइपनि लाग्थ्यो शम्भुलाइ भन्दा तिमीलाइ सयौ गुना बढि माया । जब शम्भुको व्यवहार मायामा गहिरिदै जादा मलाइपनि लाग्यो यो सिन्दुर र पोतेको अर्थ के हुदोरहेछ भनेर । नारीको सौभाग्य नै त्यहि भएपछि मलाइ तिमीसँग साटेको रुमालको अर्थ सौभाग्यभन्दा ज्यादै कमी लाग्यो । विस्तारै विस्तारै तिम्रो स्थानमा शम्भुलाइ राख्दै गएँ । अहिले उहि नै मेरो जिवनसाथी बनेको छ । उसैकै समिपमा जिवन विताउने छु , सयौ सयौ जुनीकालागी उसैको भएकी छु ।

मलाइ विश्वास छ तिमीले मलाइ राम्ररी बुझेका छौ । माया मारेको कुरै हैन के सुमन , तिमी बुझ्ने  कोशीस गर न । उस्तै ढिपी छ तिमीमा अहिलेपनि । तिम्रो यो बानीले  मलाइ धेरै सताइएको छ  कहिले भुल्ने होला ? तिमीलाइ थाहा छ तिमीले स्कुलमा लगेको किताव सरलाले कुलो नाग्न नसकेर बगाइदिएकी थिइ नि । त्यतिबेला तिमी कस्तरी एकोहोरो लागेर सरसँग त्यहि किताव चाहिन्छ भनेर रिसाउदै आशु झारेको । विचरा! खै त तिमीले त्यहि किताव त पाएनौ नी  अरुमा नै चित्त बुझाउनु पर्यो । त्यति सानो कुरा त तिमीले पुरा गर्न सकेनौ । त्यहि किताव त पाएनौ नि पछि बाबाले नयाँ  किताव दिदा तिमी कसरी मख्ख परेका थियौ त्यस्तै हो जिन्दगी सबै रोजेको देखेको पाउनु नै पर्छ भन्नेपनि छैन र पाइदैनपनि । नसोचेको हुनु नै जिन्दगीको मज्जा हो । मन हो मानी हाल्छ । तिमीलाइ थाहा नै छ नि पानी जस्तो भाडामा हाल्यो उस्तै अकार बनिदिन्छ । तर विडम्बना त्यो पानीको व्याथा बुझिदिने कोहि हुदैन । उकुसमुकुसकतालाइ कजाएर भएपनि उ बसिरहन्छ किनकी यो उसको वाध्यता हो । सबैलाइ भगवानले एक एक बाध्यताले जेलाएर राखिदिएको हुन्छ । जबसम्म हामी यो लोक छोडेर परलोक भइदैन हामीलाइ एक न एक बाध्यताले जेलिरहेको हुन्छ । धन सम्पत्ति कमाएर तिमीलाइ समाजको अगाडी तिम्रो हात मागेर तिमीलाइ आफनो बनाउछु तिमीले भनेका कुरा हिजो जस्तो लाग्छ । खै ति सबै विगत भए । मैलेपनि सकिन कि तिमीलाइ रोक्न किनकी परदेशीनु तिम्रो वाध्यता थियो देशको स्थिती राम्रो थिएन त्यसैमाथी तिमी टुहुरो जेठो छोरो सबै जिम्मेवारी तिमीमा नै थियो । सबै तिमीलाइ मेरो अनुहार हेरेर मात्रै त पुग्दैन थियो । मेरापनि आवश्यकताहरु हुन्थे । तिम्री आमा हजारौ दुःख सहेर तिम्रो उज्वल भविश्यकोलागी एक छाक खाएरपनि तिमीलाइ हुर्काइन । उनकोपनि केहि सपना थिए होलान । तिमीले घर सम्झेर काम गरेछौ । अहिले तिम्रो घरको स्थिीति राम्रो बन्दै गएको छ । तिमीलाइ दुइ पैसा रिन नपत्याउनेहरु तिम्रो घरमा पाउ मोल्न आएका छन् । भाइबहिनी नाङगा थिए अहिले टम्म जिउ ढाक्ने लुगा लागाउन पाएका छन् । त्यसैले सबैथोक  माया मात्र होइन रहेछ । यहा केहि पाउनको लागी केहि गुमाउनु नै पर्छ । खाल्टो नभइ डाँडो  बन्दैन । संसार  नै यस्तै छ मान्छेको  यहि गुणले नै मान्छेलाइ विवेकशिल प्रणाली भनिन्छ । यो रुपरँग त दुइ दिनको मात्र हो । माया मार्नलाइ माया घटाउनलाइ यो भनेकी होइन सुमन बुझ्ने  कोशीस गर । माया अपार छ, सँगै हुने चाहाना मेरोपनि थियो । तिम्रो घरमा आउने  मैलेपनि धेरै सोचेकी हुँ । हुर्के बढेको चेली कुल घरनाले माग्न आएपछि मैले घरपरिवारलाइ नाइ भन्नै सकिन । मैले के भनेर कुरा टार्ने मेरो कुनै बाटो थिएन । बेला नभएकोपनि होइन । मैले नाइ भनेपनि मेरो कुरा सुन्ने कोहि हुने थिएनन् । एकचोटि तिमीलाइपनि सम्झे । तिम्रो मेरो प्रेमलाइ सम्झे आसुँ गहभरि भयो के तिम्रो माया नभएको भए रुन्थे होला र म? आशु अन्तर आत्मा दुखाएर आउछ । तिमीलाइ थाहै छ , तिमीलाइ मेरो परिवारले दिदैनथेपनि । राम्रो भयो अब तिमीले म भन्दापनि राम्रो जिवन सँगिनी पाउछौ । नयाँ  साथी हुन्छ । नयाँ  नयाँ कुरा हुन्छन्, विचार नयाँ  हुन्छ, नयाँ  साइनो जोडिन्छ । आफन्तहरु धेरै हुन्छन् , दुःख सुखपर्दा हेर्ने मान्छे हुन्छन् । तिमीमा खोट लगाउने मेरो कुनै कसुर छैन । आजको जमनामापनि तिमी जस्तो असल साथी पाएको छु । मलाइ यतिमा खुशी छु । मेरो विहेवारी भइसक्दापनि तिमी भेटन आएका छौ । मलाइ त लागेको थियो तिमी मसँग रिसाएका छौ होला भनेर । रिसायौपनि होला के रिसायौ भनु रिसायौ नै  । मलाइ पाप लाग्लापनि तिम्रो असल मायालाइ लाद मारेर पराइको सिन्दुर सजाइरहेकी छु । तिम्रो पवित्र मायामा खोट लागाएकी छु । यो सव वाध्यता र विवशमा समयले चालेको खेल हो सुमन । समय आफनो मुठिमा भइदिएको भए रोकेर तिम्रै हातको सिउदो सजाउथेँ तिम्रै साथ जिउने कमस खाएका ति भगवानलेपनि हाम्रो पुकार सुनेनन् । भगवान नै बैरी भएपछि शम्भुको लगन जुरेर आयो । म मा केहि छैन तापनि  वाध्य छु आफुलाइ सम्हाली  राख्न । आफुबाट कोहि खुशी हुन्छ भने हामी उसको खुशी किन खोसीदिने होइन माया हो सँगत जति गर्यो उति बढदै जाने हो । अहिले शम्भुबाट अपार खुशी पाएकी छु । उसको खुशी देखेर नै म खुशी छु । माया भन्ने चिज यस्तै रहेछ बसेको पत्तै नहुने रहेछ  त्यसैले सुमन बेदनाहरु यस्तै हो परिस्थितीसँग जुध्न सक्यो भने सफल भइने रहेछ  तर के गर्ने मसँग केहि आधार थिएन मेरो परिवारलाइ विश्वास दिलाउने आमालाइ भनेकी थिएँ आमाले बाबालाइ भन्नुभयो परदेशीको केहि भर हुदैन त्यहिपनि तिम्रो खानदान गतिलो छैन रे आदि इत्यादी  मैले सुन्न सकिन र सम्भुसँग विहे गर्न राजी भएँ । यो पापी समाजमा मायाको कुनै अर्थ छैन तिम्रो मेरो मायामा नै खोट रहेछ । माया गरेर विवाह नहुनमा नै मित्रता जिवनभर अमर रहनेछ । अगी बढ जिन्दगीमा  एक बाटो विराउदैमा अरुबाटोहरु सबै बन्द हुन्छ भन्ने छैन । अझ बढि सुवर्ण अबसरहरु आउछन् । त्यसैले हरेस नखानु प्राप्तीको लागी मात्र प्रेम गरिदैन प्रेम त्यागपनि हो । माया गरेको चिज सबै पाउनु पर्ने भन्नेपनि छैन नि । के तिमीलाइ लाग्छ तिम्रो दुखाइमा म हास्नेछु खुत्ती मार्ने छु तैपनी  सिउदो सजाउनु मात्र मायाको अन्तिमपनि रुप होइन । सिउदो नसजाउदापनि तिमी प्रतिको माया मेरो ह्दयबाट मेटिने छैन ।

बाहिरबाट गिता गिता भन्दै कुर्लिरहेको आवाज गुन्जीयो जुन आवाजमा जोडी हराएको चखेवाको जस्तो टिठ  लाग्दो स्वरहरु फैलिरहेका थिएँ, उदाशिनता मिश्रण स्वरहरु गुन्जीएको थियो । शम्भु बोलाउदै छन  गिता झस्किन् । धेरै बस्न उचित लागेन । मन गरुङगो पारेर लागे आफनो घर तिर ।





खोइ कहाँ छ म हुनुको अस्तित्व?

मेरो थर तिम्रो
भर तिम्रो,
यो घर तिम्रो,
डर तिम्रो,
सबै कर तिम्रो,
रहर तिम्रो,
खोइ कहाँ छ म हुनुको अस्तित्व?

तिम्रो खुशीको लागि मैले के गरिन?
सयौं झुट बोले
आफन्तलाई पराई बनाए
दु:ख छाती भित्र लुकाएर
अबोध बालक जस्तै बनेर रमाए
कुनै एउटा रोबर्टले झै
तिमीले जे भन्यौ त्यहि गरिरहे
मेरा इच्छा चाहाना नसुनी
तिमीलाई जसरी मनपर्छ
जहीले मन लाग्छ
त्यतिबेला
ढुक्क भएर हिजो पनि खेल्थ्यौ
आज पनि खेलेकै छौ
शायद भोली पनि
यसरी नै खेल्नेछौ
मेरो स्वतन्त्रता
हिजो पनि थिएन,
आज पनि छैन
र भोली पनि हुदैन की भन्ने त्रास छ
यही भबिश्य तिरको
कालो बादलले ढाकेको सगर हेरेर
एकान्तमा म
दुख्छु, रुन्छु, रिसाउछु आफैसँग
र भन्छु
खोइ कहाँ छ म हुनुको अस्तिव?

Sunday, March 07, 2010

गजल

शुन्यता भित्र आशा भर्नुको मजा बेग्लै
कसैको बिश्वासमा पर्नुको मजा बेग्लै

भएपनी सुख दु:ख जिन्दगीको रित
दशा साढेसातको टर्नुको मजा बेग्लै

परेलिका डिलमा आँशुले सजाएर
अभिनय हाँसोको गर्नुको मजा बेग्लै

जतिनै कठीन होस उक्लन पहाड
शिखरमा चुमेर झर्नुको मजा बेग्लै

नटुटिने साथ, नछुटिने हात भए
भङ्गला बीच नदी तर्नुको मजा बेग्लै




Saturday, March 06, 2010

गजल

पराईको साथ माग्दैछौ फेरी
यात्राको बिचमा थाक्दैछौ फेरी

तिम्रो साथमा म छु भन्ने गर्थ्यौ
दु:खमा म पर्दा भाग्दैछौ फेरी

नराम्रो कहिल्यै भनेको छैन
ब्यर्थै रिसाएर जाग्दैछौ फेरी

तिमी निर्दोषी दोष जति मेरो
भन्दा भन्दै बाटो लाग्दैछौ फेरी

मुखमा राम बगलिमा छुरा
आँखा छली हात ताक्दैछौ फेरी

Thursday, March 04, 2010

फर्कदै छु

पश्चिमी क्षितीज पहेलिएर
घाम अस्ताउनै लाग्दा
आज पनि तिम्रो सम्झनामा
चसक्क छाती दुखेर आयो
सपनी पनि नराम्रो देखेको छु
मन त्यसै डराइ रहेको छ
खोइ धेरै दिन बितिसके
न कुनै खबर पठाउछौ
न फोनमा नै भेटिन्छौ

थाहा छ मेरी प्रियतमा
मेरो अनुपस्थितिमा समाजले
तिम्रो चरित्र माथी औंला उठाउदै होला
आफन्त भन्नेहरुले नै
नानाभाती कुरा काट्दै होलान
तिमी चुपचाप यी सब सहदै छौ
हजार पिडाहरु लुकाएर
हाँसोको अभिनय गर्दै छौ


अब त बर्षा लाग्यो
बाली लगाउने बेला
कामको बोझले
कति थकित बन्दैछौ होला
रातभर जवानीले काउकुती लागाउछ होला
कति रात अनिदै ढलेका पनि होलान
हाम्रा ती सगैका सुमधुर रातहरु,
अनी एक अर्काको आलिङगनमा
एक भई कसिएको झझल्कोमा
मेरा पनि प्रत्येक पलहरु
छटपटीमै बित्दै छ आजभोलि


यहाँ सबथोक छ र पनि म रित्तो छु,
सम्पन्नता छ तर सुख छैन,
यहाँ मेरो मात्र छ हाम्रो केही छैन
तिमी बिनाको
यो दुनियाँ साँच्चै
अकल्पनिय,
अशोभनिय र
अनियन्त्रित बन्दै छ मेरो
त्यसैले आफुलाई सम्हाल्न
फेरी अतितको स्मरण ताजा गराउन
तिम्रै काखमा हास्न, नाच्न, रमाउन
हाम्रो मायाको सुन्दर फुल फुलाउन
आफ्नै संसारमा चाडै फर्कदै छु
आफ्नै संसारमा चाडै फर्कदै छु 

Saturday, February 13, 2010

म बिहे गर्दिन

आजभोलि खाना खाना भान्सामा छिर्यो की आमा कचकच गर्न थाल्नुहुन्छ, बाबु उमेर ढल्किसक्यो,नाती नातिन खेलाउदै रमाउने यो बेलामा तेरो भने यो चाला छ। सगैका साथी सँगी, गाँउघर छरछिमेक दुनियाँका छोराछोरी सबैको बिहेबारी भैसक्यो हामी त डाँडा माथिका घाम अब अस्ताउने बेला पनि हुन लाग्यो, मर्नु भन्दा पहील्यै तेरो  विवाह गरिदिन पाए यो मनमा सन्तोष मिल्थ्यो,हामीलाई स्वर्ग जाने बाटो खुल्थ्यो यस्तै हजार कुरा म चुपचाप आमाको कुरा कुनै प्रतिक्रिया बिना सुन्छु।
उता बाबाको कुरा पनि त्यस्तै छ,कता पल्लो गाँउको कप्तानको छोरी छिन रे ,माख्ला घरे साइला हजुरबुबा मार्फत केही दिन अघि मात्र विहेको लागि प्रस्ताब पनि आको थियो रे। केटी शुशिल छे, कुल घरान की छोरी, बि ए पास गरेकी एकपटक हेर्न जा न बाबु हेर्दैमा के बिग्रिजान्छ र? त्यो मन नपरे अर्को हेरौला, उता पारी गाँउको गोपे बुवाले पनि तेरै बारेमा कुरा गर्दै थिए। केटी रोजेर पाईन्छ एउटा नभए अर्को तर यसपाली त जसरी भए पनि विबाहा गर्नु पर्छ।
गाँउघ्रर छरछिमेकका जो जसलाई भेटेपनी चर्चा सबभन्द पहीले मेरै विबाहको हुन्छ। साथी सँगी जिस्काउदै भन्छन होईन सिंङ जुरो पलाउने होईन अब त विहे गर्ने बेला भएन र?आजभोली हरेक दिन प्रत्येक चिनजानको मानिससग भेट्यो की सबभन्दा पहीले हुने साक्षात्कार हो यो मेरो। कता कता विबाहको कुरा नसुनेको दिन नरमाइलो लाग्न थालेको छ मलाई, म साँच्चै अभ्यस्त भैसकेको छु। धेरै रातका धेरै प्रहर यिनै कुराहरुको सेरोफेरोमा अनिदै ढलेका पनि छन्।
एकान्तमा म पनि यिनै बिषयबस्तुसग गम्भिर भएर सोच्छु,मैले पनि कसैसग प्रेम गरेको थिए, उनीलाई आफ्नै बनाउने कसम पनि खाकै हुँ,जीवनमा यति धेरै माया गरेको मान्छे शायद अरु छैनन् पनि,उनका इच्छा बिरुद्ध मैले कहिल्यै केही गरिन पनि, उनीले पनि मैले जे चाहे त्यो दिएकै थिइन आफुसग मैले बाचा गरिसकेको थिए उनिसग बिहे गर्ने तर मेरो जिन्दगीमा त्यो दिन कहील्यै नआउने गरि बिदा भयो जुन दिन उनीले अर्कैको हातबाट सिउदो सजाइन मेरा सम्पुर्ण आसाहरु खरानी बनेर उडे पछिका यी दिनहरुमा म रित्तो बनेको छु। हुनत म आफुलाई पनि अब त विबाहा गर्नु पर्छ भन्ने नलागेको होईन र कति पटक अप्रत्यक्ष रुपमा सबैको कुरामा सहमती पनि जनाएकै हुँ तर पनि किन किन जब यस्तो सोचाइ मेरो मनभित्र मडारिन थाल्छ म एक्कासी मेरो बिगत भित्र अल्मलिन्छु अनी माख्ला घरे भाउजु, काकी अनी मेरै आफ्नै दिदीको दैनिकीले झस्कन्छु र भन्छु अह म बिहे गर्दिन।

माख्ला घरे भाउजु र काकीको सम्बन्ध कहिल्यै राम्रो देखेको छैन मैले, उनीहरुको घरमा पुगेका धेरैले सुनेका छन् काकीको कटाक्ष भाउजु प्रति अनी भाउजुले आफ्ना समकक्षी सग काकीको कुरा काटेको। कहीले काही काकीले राम्रै कुरा गर्दा पनि भाउजु टेढिन्छिन भने भाउजुले राम्रो कुरा गरेको बेला पनि काकीलाई पच्दैन। काकी र भाउजुको यो अन्तरद्वन्दमा निर्दोष दाइको छटपटी मैले राम्ररी देखेको छु। भाउजुको पक्ष लिएर राम्रो कुरालाई राम्रो भन्दा पनि उ जोइटिङ्रे स्वास्निले जे भन्छे हो हो मा हो मिलाउछ विबाहा अघि त यस्तो थिएन काकी ठुसुक्क पर्छिन दाइसग। कहिलेकाही काकीको राम्रो कुरामा पक्ष लिदा भाउजु मेरो तिमीलाई के मतलब छ र भन्दै सुक्क सुक्क रुन थाल्छिन बेकारको रिसानी हुन्छ।दाईलाई यहाँ राम्रो कुरालाई रामो हो भन्ने सम्म स्वतन्त्रता छैन। भोली मेरो पनि यस्तै हालत नहोला भन्ने के छ र? कहीलेकाही दिदीको घरमा पुग्दा पनि मेरो सासू यस्तो मेरो ससुरा यस्ता अह कहिल्यै राम्रो भनेको सुन्दिन, यस्तै धेरैको देखेको छु। होईन यो सासू बुहारीको जात भनेकै एक अर्कामा झगडा नगरी बस्न नसक्ने जात हुन की जस्तो पनि लाग्छ।म स्वतन्त्र जीवन बाँच्न चाहन्छु,मेरा चाहानाहरुलाई कैद गर्न नखोज्नुस् म हाँस्न चाहान्छु कृपया मलाई कर नगर्नुस् म बिहे गर्दिन।
२० औं बशन्त छुट्टै वातबरणमा हुर्केकी, भिन्नै सस्कार सिकेकी होली, बोली चाली लवाइ खुवाइ मेरो परिवार, मेरो समाजसग कति नमिल्न पनि सक्छ। यी सबै कुरा मिलेपनी मेरो घर उनीलाई निकै अनौठो लाग्न पनि सक्छ। आफु अर्कै बिचित्रको संसारमा पुगिछु भन्ने सम्म सोच्दी होलिन। साथी सगी आफ्नै भनेर बर्षौ अगालो हालेर बसेको घर सबलाई पाखा लगाएर नितान्त नौलो ठाउमा पराइहरुलाई आफ्नो भन्नु पर्दा उनको मन कति कुडिदो हो? आफ्नै आमा जस्ती अर्को नारीलाई सासूको नाता दर्साउदै निरही बनी शिर नुगाएर खुट्टा ढोग्नु पर्दा कति आत्माग्लानी हुदो हो? पेट भोकले मडारिरहदा पनि श्रीमान ले नखाइ म कसरी खानु भन्दै कुरेर बस्नु पर्ने बाध्यतासग सम्झौत गर्नु पर्दा कति हिनताबोध हुदो हो? यस्ता हजारौं अन्धविश्वासी नाङगो सामाजिक परम्परामा भित्र नचाहेर पनि बाधिनु पर्दा कति पिडा बोध होला?म कसैको स्वातन्त्र जिवनमा यी बोझहरु थुपारेर रमिते बन्न सक्दिन, म कसैको आत्मासम्मान माथि खेलवाड गर्न सक्दिन मलाई माफ गर्नु त्यसैले म बिहे गर्दिन।

कुनै पनि आमालाई संसारकै सबभन्दा प्रिय लाग्ने कुरा भनेकै उनका छोरा छोरी हुन भने छोरा छोरीको लागि पनि आमा भन्ने कुरो सबैभन्दा महत्वपुर्ण कुरा हो। बिबाहा पछि शायद आमाको त्यो प्रिय बस्तु कसैसग आधा आधी बाड्नु परेको महशुस हुनसक्छ आमालाई त्यो पनि कुनै अपरिचित नारीसग। कयौ छाक आफु भोकै बसेर,कयौ बर्ष आफु थोत्रा कपडामा सजिएर, कयौ घाम, पानी, बर्षा, भेल, बाढीको कुनै प्रबाहा नगरी कति जतन गरि हुर्काएको मुटुको टुक्रालाई अरुसग बाड्नु पर्दा कति असह्य हुदो हो। आफ्नै हुँदा हुँदै पनि बिरानो जस्तो लाग्दो होला। आफ्नै जिन्दगिका चिनारीहरुसग प्रश्न चिन्ह खडा गर्छिन होला, आफ्नै मनभरी गुनासाका पोकाहरु बन्लान। आमा बुढेसकालको तपाइको एक मात्र साहारा म कसैबाट चोरिन चाहन्न, म तपाईंलाई दु:खी भएको हेर्न सक्दिन त्यसैले म बिहे गर्दिन।

बास्तबमा भन्दा मेरा आफ्नै रहरहरु भोली मेरै लागि रमिते बनाउनु छैन ,आफ्नो जीवन आफ्नै सामु तमासा बनेको हेर्नु छैन, अझ धेरै बेखुशी मेरो जीवनलाई म दिन सक्दिन,फेरी पश्चतापमा मनलाई जलाउनु छैन,अरु रातहरु फेरी अनिदै बिताउनु छैन मलाई त्यसैले भन्दै छु अह म बिहे गर्दै गर्दिन।

समाप्त









Friday, January 29, 2010

गजल

आए हुन्छ कहिलेकाही सताउन प्रियतमा
तिम्रो मेरो मिलनको गीत गाउन प्रियतमा

अझै धेरै गर्नु छ अप्ठ्यारा छन् जताततै
बाँडौ आउ सुख दु:ख नलजाउन प्रियतमा

सपना हाम्रो सगै जिउने साकार भाछ आज
खुशी भई उज्यालो शिंर उठाउन प्रियतमा

कुरा काट्ला जोरी पारी छरछिमेकले धेरै
हाम्रो माया अजम्बरी नडराउन प्रियतमा

भन्छन् गुनले मारेदेखी बैगुनीलाई पनि
पश्चतापमा परी मन पलाउन प्रियतमा








Friday, January 22, 2010

गजल

मनभरी सजाएर सम्झे तिमीलाई
फूलसग दजाएर सम्झे तिमीलाई

एकान्तमा पागल झै तिम्रो प्रशंशामा
एक्लै ताली बजाएर सम्झे तिमीलाई

घरी दाँया घरी बाँया ऐना हेरी हेरी
आफैसग लजाएर सम्झे तिमीलाई

मेरो खुशी मेरो संसार मेरो भगवान
तिम्रै नाम भजाएर सम्झे तिमीलाई

मोहनी लगाउने खै केथ्यो तिमिभित्र
आफ्नै भनि रजाएर सम्झे तिमीलाई

गजल

नपाकी झर्नु थियो नफलेको राम्रो
धिपिक्क निभ्नलाई नबलेको राम्रो

किन डराउनु कसैको राम्रो भन्न
बोल्दैछौ सत्य भने नगलेको राम्रो

एकपल ढिला तर राम्रो नै होस्
बिश्वासको पर्खाल नढलेको राम्रो

मेरो मेरो मात्र हुने हाम्रो नहुने
स्वार्थको यस्तो खेल नचलेको राम्रो

राम्रैको लागि हुन्छ जे हुन्छ भन्छन्
बेकारमा सम्झेर नजलेको राम्रो

Friday, January 15, 2010

सार्थे होला अर्कै फूल


अर्कैको बगैचामा नफुलेको भए
आउथिन होला भेट्न खोज्दै नभुलेको भए
सुनौलो आसा सबै नमरेको भए
सार्थे होला अर्कै फूल नसरेको भए

अनुरागी बनिदिन्थे रोजेको पाइने भए
आफैसग माया लाउथे लाएर लाइने भए
अर्कैको साथ रोज्थे छाँया तिम्रो नपरेको भए
सार्थे होला अर्कै फूल नसरेको भए


फूलपाती भाकी भाकी कसम नखाएको भए
किन आज मुटु दुख्थ्यो प्रिती नलाएको भए
बत्तीले बिश्वासको किरण नछरेको भए
सार्थे होला अर्कै फूल नसरेको भए




Thursday, January 14, 2010

गजल


गन्तब्यमा पुग्नै नपाई बीचबाटामै गल्यो जीवन
उकालिमा चढ्न लाग्दा फेदी तिरै ढल्यो जीवन

धोका दीइ निष्ठुरिले अर्कैको साथ रोजेपछी
आँधी हुरी बतासको बेग जस्तै चल्यो जीवन

करौतिका धारहरुले मुटु रेट्नु रेटेपछी
बारुदको भट्टी जस्तै आगो लागि बल्यो जीवन

दोबटोमा मलाई कुराइ गयौ बाटो बदलेर
बेमानीको बिश्वासघात पिडाबिच जल्यो जीवन

बर्तमान डामाडोल भो भबिश्य झन अनिश्चित
सबै सपना टुटे फुटे काँडाबिच फल्यो जीवन






Friday, January 01, 2010

गजल

उमेरले आफ्नो आयतन बढाउदै जादा जवानीको नशाले पल पलमा मस्तिष्कमा झड्का निरन्तर दिइरहदो रहेछ सपनिमा होस् वा बिपनिमा अनेकौ तरङ्गहरु मनभित्र बटारिदा रहेछन कहीलेकही त थाहै नपाईकन बिपनीमै पनि मिठो कल्पना भित्र हराइदो रहेछ अनी त्यहि कल्पना भित्र पनि कति आनन्दित भइदो रहेछ। समयको ब्यस्तता त आफ्नो ठाउमा छदै छ तर ती ब्यस्थ समयको सिमाभित्र पनि मलाई कसैले रोक्न सकेको छैन यी अनौठा कल्पनाहरु भित्र रमाउन। मलाई आजभोलि माया,आदर,श्रदा,बासना जे भनेपनी प्रेमकै अनेकौ रुपहरु मध्ये एउटा रुप हो जस्तो लाग्न थलेको छ, किन किन म यस्ता कुराहरुमा आफ्नै मनसग बहस गर्ने बनेको छु अनी त्यहि कल्पनाको एउटा उपज हो मेरो यो गजल के उनीलाई यस्तै हुन्छ होला त सपनिमा............... ?

तिमिसगै घुम्न गाथे हिजो राती सपनिमा
खाली सिउदो सजाथे हिजो राती सपनिमा


तिम्रो साथ जनमभरी अरु केही चाहिदैन
गला छोइ कसम खाथे हिजो राती सपनिमा


खुला आकाश चाँदनीको रोशनीमा खुशी हुँदै
आचल ओढी म रमाथे हिजो राती सपनिमा


हात समाइ तिमीले तान्दा नजिक आउ भनि
ओठ टोकेर मुस्कुराथे हिजो राती सपनिमा


तिम्रो मनको हिमालमा गर्मी बढी नजिकियौ
लाजले रातो पिरो भाथे हिजो राती सपनिमा