Friday, June 29, 2012

समयको ब्यस्थता, युरो २०१२ को चहलपहलले गर्दा ब्लग अपलोड ठप्प भएको छ। डायरीको पानाभित्र सजिएर रहेको २०५८-५९ तीर रचित यो कबिता सम्पुर्ण साथीहरू माझ  पस्केको छू।


बिहानको सूर्यको पहिलो किरणले
सगरमाथाको शिखर चुम्न छाडेको छ
धर्तिमताको काखमा छरिने लालीमाहरू
आज रगतमा  परिणत भएको छ
जब,
मिर्मिरे उज्यालो निम्ताउदै
पुर्बी क्षितिजबाट सबका घर दैलोमा
प्रबेश गर्थिन लालीमा
कति स्वर्णीम थियो
ती मीठा कथा कहानी जस्ता लाग्ने
यथार्थताहरू!
तर बर्तमानमा दन्ते कथा बन्दै छन्

जब
लालीमालाई बिदाइ गर्दै
रातको आगमनलाई स्वागत गरिन्छ
तब सब नेपालीका मन
त्रासले त्राही त्राही बन्छन
बिहानी हुन्छ फेरि
अखबार समाउछु
लालीमाहरू रगत बन्छन
रगाताम्मै हुन्छन् यी हातहरू
अक्षरहरू पड्किन्छन
गोली निस्कन्छ कलमका टुप्पाहरूबाट!

शायद!
आजको लालीमा सगै
सबैले कर्तब्य नबिर्सी
अधिकार मात्र नभनेर
गल्तिको प्रायश्चित गर्दै
अघि बढ्न नसक्ने हो भने
भबिश्यले  तिमी,म र उनी
कसैलाई माफि गर्ने छैन,
भोलिको लालीमा पुर्बी क्षितिजमा
कसैका नयनले देख्ने छैन
सगरमाथा भासिने छ,
बिरताको ईतिहास मेटिने छा
पुन: यस देशमा
मेरो सुन्दर यो धर्तिमा
लालीमा छाउने छैन!

Saturday, June 02, 2012

गजल

नलेख चिठ्ठी नपठाउ सन्देश मर्दैन यो माया
आफन्त छोडी पराईको दिलमा सर्दैन यो माया

दैवको लेखा भाग्यको खेललाई नटर्ने टारेर
तिमी नै दु:खे बेदनाको सागर तर्दैन यो माया

धान्नेछ जति दुई मुठी श्वासले यो प्राण पखेरु
दुश्मनी साची जालझेल  कहिल्यै गर्दैन यो माया

नभने सानी, सम्झनी पलपल बिर्सियो भनेर 
बिरानो बनी मनमुटु बाट नै झर्दैन यो माया

हुनेछ पक्कै न्यायको सुनुवाई ईश्वर अगाडी
स्वर्ग नै जान्छ नरकको भेलमा पर्दैन यो माया

Wednesday, May 30, 2012

गीत

आउछु भन्थिन देउरालीमा तर किन आइन
मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन

कुरी राखे आउलिन भनि सूर्य अस्ताइदियो
बिना बादल आकाशले पानी बर्षाइदियो
नजरको चारैतिर कही कतै उनी छाइन
मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन

आशा टुट्यो उनी आउने फर्के निरास बनी
छाडी गइ सागर बिचमा डुङ्गा एक्लै तानी
हरक्षण गुनगुनाउने गीत आज गाईन
मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन

आउछु भन्थिन देउरालीमा तर किन आइन
मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन

Wednesday, May 23, 2012

मुक्तक

सुनौला सपना सबै नमरेको भए
शिशिर छाइ जीवनको पात नझरेको भए
पराईको फूलबारिमा नफुलेको भए
आउथीन पक्कै भेट्न भनि नभुलेको भए

आँशु बर्षीरहन्थे रोएर नसकिएको भए
छातीमा हात राख्ने थिन मुटु नबिझेको भए
अनुरागी बनिरह्न्थे साथ तिम्रो पाइने भए
धेरैसग माया लाउथे लाएर लाइने भए

गला छोइ,देबी भाकी कसम नखाएको भए
किन आज बहकिन्थ्यो मन प्रिती नलाएको भए
झुटै भएनी विश्वाशको किरण नछरेको भए
सार्थे म पनि अर्कै फूल नसरेको भए

Friday, April 20, 2012

सम्पुर्ण आमाहरू प्रति

बिशेष गरेर ती आमाहरू प्रति समर्पित  जो प्रेमको नाटकिय जालमा परेर पनि गर्बका साथ गर्भमा आफ्नो बच्चा हुर्काउदै छन् वा समाजको अनेकौ प्रश्नहरुमा अनुत्तरित भएर पनि आफ्ना बच्चालाई जन्म दीइरहेका छन कुनै पुरुषको साहारा बिना। 

हजार पिंडाहरू बिच
अभाबै अभाबको भंगलाहरूबाट
आधा पेट खाएर
आन्धा आङ ढाकेर
मुसुक्क मुस्कुरादै
तिमिले हाँस्न सिकायौ!



कठिन यात्रामा
दुश्मनी मोल्दै दुनियाँसग
कहिल्यै सुस्केरा हालिनौ थकाईले
लखतरान पारिरहदा पनि 
मुसुक्क मुस्कुराउदै 
मलाई अप्ठ्यारो बाटोमा
सजिलैसग
तिमिले हिंड्न सिकायौ!




समाजमा ब्यप्त क्रुर जालो च्यात्न 
रुढिबादिताको अग्लो पर्खाल भत्काउन
तिम्रो सामु दुनियाँले हानेका
कटाक्षे , घ्रिणा र  
अन्यायका क्षेप्यास्त्रहरू माथी
धावा बोल्दै
मलाइ,अन्यायका बिरुद्ध
तिमिले बोल्न सिकायौ !


खुल्ला किताब बनेर
तिम्रो मात्रित्वले
गणित,बिज्ञान
राजनीति शास्त्र ,अर्थशास्त्र
धर्मशास्त्रले 
व्याख्या गर्न नसकेका
वा नजानेका
संस्कार पढायौ
प्रेम चिनायौ!


Thursday, April 19, 2012

स्मरणमा बाबा!


बर्ष दिनको पुण्य तिथिमा हार्दिक श्रदान्जली!

समयको हुरीले अबिछिन्न रुपमा जिन्दगीलाई कहीले तातो बाफ बनेर त कहीले चिसो सिरेटो बनेर सेकिरहेकै छ,समयको यो अनौठो चक्र भित्र शिशिर,बशन्त,ग्रिश्म,शरदहरू घुमी घुमी आएकै छन् हरेक जिन्दगीका सूख,दुखहरूसग मितेरी गाँस्न तर म कति इर्श्यालु छू यी बशन्तहरूसग,यी शरदहरुसग। प्रकृतिको नियमलाई नै रोक्न सक्छु झै गरि  यिनै बशन्त,शरदहरूको इर्श्याभित्र अल्झेर म समयलाई नै कैद गर्न खोज्छु आफ्नै मन,मुटु र बिचारहरूलाई कैद गर्दैछु भन्ने बिर्सिएर। समयको यो प्रबाहा किन रोक्न सक्थे मैले,रोक्दा रोकिने त मेरा सोचाइ,मेरा चाहानाहरू हुन तर यहि बुझेर पनि नबुझेको भ्रममा पर्न मन पराउछ यो अबुझ मन। म यस्तै कल्पनामा डुब्छु समय फुत्केर निकै अगाडी चिप्लेसकेको हुन्छ फेरि म भित्र चाहानाका ज्वारभाटाहरू उर्लिन्छन म दौडन्छु म बाट फुत्किएर निकै अगाडी पुगिसकेको समयलाई भेटाउने बहानामा तर हरेक पटक म पराजित भएर देखापर्छु। यो उर्जाशिल उत्सुक मन हजारौं पटक कृष्णभिर जस्तै पहिरिएर त्रिशुलिमा मिलिरहदा पनि यो वा त्यो को बहानामा आफ्ना चाहानाहरूलाई शुन्यताबाट  उकासिरहदो रहेछ। यतिबेला जिन्दगीले आफ्नो पहिचान खोज्दै चोरि औंला तेर्साएको छ म माथि।  एउटा अर्थहिन जिन्दगीको सार मस्तिष्कको नसा नसामा तरङ्गित भैरहेको छ। हिजो जस्तो लाग्थ्यो तर यो गतिशिल घडीको सुइले निकै फन्को मारिसकेछ आज पूरा १ बर्ष बितिसकेछ।
अचानक नेपाल फर्कनु पर्ने बाध्यता थियो मेरो योउना बनाएर गरिने यात्रामा त कति झमेलाहरू आइलाग्छन तर बिना योजनाको यात्रा थियो यसपटक। समय निकै कठोर भएर देखा परेको थियो सोचे भन्दा नितान्त फरक तरिकाले ती  दिनहरू आइलागेका थिए बोझिलो बनेर मेरो जिन्दगिमाथी। अन्लाइनमा हतार हतारमा कतार एअरलाइन्सको टिकेट लिएर म नेपाल प्रस्थान गरेको थिए त्यो दिन नेपालको लागि कतारबाट २ वटा उडान रहेछ तर मेरो आफ्नो कमजोरीको कारण हो वा अन्य कारणले मेरो टिकट दोश्रो उडानमा बूकिङ भएछ। जति सक्दो चाँडो नेपाल पुग्नु पर्ने भएकाले अन्लाईनमा टिकट किन्दा पहिलो उडान नै रोजेको थिए त्यसैको आधारमा  उता नेपालमा फोन गरेर प्लेन ल्यान्डिङको अनि पिक अपको समय पनि दीइसकेको थिए तर जब कतार एरपोर्टको प्यासेन्जेर ट्रान्स्फर भित्र छिरेर हातको टिकट हेर्छु म अलमलमा पर्छु। उडान तालिकामा देखिएको उडान नम्बर,समय तालिका कुनै पनि मेरो टिकटमा भएको उडान नम्बर मिल्दैन। त्यसैले त्यहाको कर्मचारीहरूसग निकै रिक्वेस्ट गरे उडान अघि सार्नको लागि तर उनिहरुले यसो गर्न नसकिने जबाफ दिएपछी नेपाल फोन गरेर उडान  सरेकोले बेलुका ५:०० बजे मात्र प्लेन त्रिभुबन बिमान्स्थलमा अबतरण हुने जानकारी गराए, अनि म चुपचाप १२ घण्टे लामो  ट्रान्जिटमा घरि घरि हातको घढी हेर्दै बिमान पर्खाइमा बसिरहे दोहा बिमान्स्थलमा।

बाबाको मृत्‍युले बिछिप्त बनेको मेरो मन भित्र बेदनाका भंगलाहरू बटारिरहे, पल पल बाबाको झझल्को आखाँभरी छाइरहे, नयनहरू थाहै नपाई रसाएर तप्प तप्प आशुका ढिकाहरू बगाइरहे आफैले आफूलाई सम्हाले ह्या म त रुदै पो छू किन रुने जीवन छ र मृत्‍यु छ अब त बाबा फोटोमा,स्म्रितिमा मात्र बाँकी हुनुहुन्छ,उहाँ त जून तारा र बादलहरुमा परिणत भैसक्नु भो त्यसैले अब म उहाँको सम्झनामा उर्लेका भाबनाहरूसग बग्नु हुन्न मन अली दर्हो भएको आभाष गरे अब हिजोसम्म बाबाले बोक्नु भएको भारी मैले पनि बोक्नु पर्छ। आमालाई मैले सम्हाल्नु पर्छ इत्यादी,मनमा उर्लेका लहडहरू केही साम्य भयो। निन्द्रा र थकानले जिउ शिथिल बनेकोले घरि घरि झकझकाउन पनि थालेछु तर निदाउनै त किन सकिन्थ्यो मन भित्र ज्वालन त्यसमाथी बिमान्स्थल भित्र रहेको कुर्चीमाथी। निकै छटपटिकासाथ १२ घण्टा बित्यो स्पिकरबाट १२ नम्बरको ट्रन्सफर कक्षमा काठमाण्डौ उडानको लागि चेक इन शुरु भएको उद्घोष पछि म पनि त्यतै लागे।

चेक इन पछि बिमान धावन मार्ग सम्म यात्रुहरू पुर्याउन बसहरू आए म बस भित्र छिरे अरु धेरै सहयात्रीहरू सगै ,बिमान भित्र छिरे सगैको सिटको दाँयातर्फ नेदरल्याण्डकी १ जना केटी थिइन। सामान्य चिनापरिचय गरे,अनिदै रात बिताएको अनि भोको पेट र लामो यात्राको थकान मनमनै केही आरम गर्ने सोच बनाए तर किन सक्थे बाल्यकाल देखिका बाबासग बिताएका पलहरू मानसपटलमा नाँचिरहे।

म भर्खरै बामे सर्ने बेलाको थिए रे,मलाई हजुरआमाको जिम्मा लगाएर आमा बस्तुभाउलाई घासपात गर्न लाग्नु भएछ,हजुरआमा पनि भन्साको काममा ब्यस्थ हुनु भएकोले मलाई पिढिमा छोडेर करेसा बारिमा गोरसपान,खुर्सानी टिप्न भनी जानु भएछ। म घस्रदै घर भित्र पसेछु आनि हरहर्ती दन्किरहेको अगेनीको झरिला कोइलाहररुमा दहिने खुट्टा हालेछु जब पीडाले म चिच्याउन थालेछु तब के भयो भन्दै आमा,हजुरमुमा सबै आइपुग्दा मेरो दाहिने खुट्टाको ३ वटा औंला र आधा पैतला पुरै जलेछ। त्यसपछि रात साँझ नभनी ३ घण्टाको पैदल यात्रा पछि धादिङ अस्पताल पुर्याइएछ उपचारको लागि। उपचार पछि ६-७ महिना दिनरात मलाइ काखमा मात्र बोकेर हिडिरहनु पर्थ्यो रे। कठै! कति कष्ठकर रहे होलान् त्यी पलहरू तर अह! सन्तानको मायाले कहिल्यै बोझिलो बनेन होला दु:खहरू हाँसेरै स्विकर गरे होलान मलाइ नरुवाउन,मलाई बचाउन,मलाई हुर्काउन क्षितिजमा मिठो सुन्दर सपनाहरू सजाएर।  क्रमश:   

 

Thursday, March 29, 2012

केही हाइकुहरू



अबिर  पोती
दोसल्ला ओढाउछ
स्वार्थको खेल!

मौलाएको छ
भ्रष्ट्रचारको खेती
भोकै जनता!

आँगो छोएर
पोतेको सिंन्दुरले
पार्यो बिचल्ली!

मन चन्चल
बैंशालु बतासले
जादा चुमेर!

आएकै छ नी
गर्भ, बसन्त बोकी
हर शिशिर!

हर्षको आँशु
कठिन यात्रा पछि
शिखर चुम्दा!

झल्को आउछ
गुलाबी पछ्यौरीको
साँझ झुल्किदा!

पग्लेर तप्प
खस्छ आँखाको मोती
अगेनी छेउ!

बनेर पिंडा
नआउ जिस्काउन
सपनाभरी!

अबुझ बनी
पिरिन्छ घरिघरी
मनै हो,खोटी!


उठ्ला नी औंला
दुश्मनी जताततै
होस गर है !

Monday, March 19, 2012

२ हाइकु

पग्लिन्छ तप्प
आशुका ढिकाहरू
मन जलेर!

सेक्दै छू मन
झरिलो कोइलाले
अगेनु छेउ!

Wednesday, February 22, 2012

गजल

सानो एक झोक्का बतासको बेगसगै सबै पातहरू झरी नाङ्गिएको शरदको रुख जस्तै उजाड बनाएर तिमिले रातारात हामिले रोजेका बाटाहरुमा काँडेतार लगाएपछी मैले चाहेर पनि तिमिले बारेका सिमानाहरुमा आफ्नो पाइला राख्न सकिन। समयको यो अक्षुम्य साहास भित्र कहीलेकाही प्राप्ती सहज हुँदा हुँदै पनि समर्पणको हात हल्लादिनु पर्ने रहेछ। दु:ख त मलाई पनि लागेको छ कहिलेकाही मुटु फुलेर श्वासनै बन्द हुन्छ की जस्तो हुन्छ तर भोलिको पर्खाइमा बाच्ने अभिनय गर्नुको अर्को बिकल्प नभएपछी पुर्पुरो मसारी रुनुको अर्थ नै के रह्यो र ?  मैले हारेको यो जिन्दगीलाई माफ गर है सानु !

बिश्वासको भ्रम फेरि छर्यो नभन
निष्ठुरीले गर्नु घात गर्यो  नभन

छैटौउमा बिधाताले यस्तै लेखेका
तिमी हाँस्यौ मैले रुनु पर्यो नभन

बहकिदै जताततै हिड्यौ तिमीनै
दिल तोडी अन्तै डेरा सर्यो नभन

दु:खीलाई दु:ख माथी दु:ख थपिन्छ
साढे सातको दशा थ्यो टर्यो नभन

खेल न हो समयको अझै के हुन्छ?
मेरा लागि 'प्रबिण' नी मर्यो नभन http//prabinthapa.facebook.com

Wednesday, February 15, 2012

गजल

धेरै पछि झुल्किएको छू तपाइहरू सामु फेरि एउटा काँचो गजल लिएर। हजुरहरूको मायाले यी दिनहरुमा निकै सताइरह्यो तर ज्यानले साथ नदिएकोले मनले मात्र चाहेर नहुने रहेछ। जो जस्ले आज आफ्नो प्रेमको डोरी झन् बलियो गरेर कस्नु भो वा जसले नयाँ सम्बन्धको शुरुवातमा पहिलो खुड्किलो टेक्नु भो तपाइहरू सबैलाई प्रणय दिबसको शुभकामना!अनी आज प्रणय दिबसमा प्रेम साट्न नपाएका मनहरू प्रति भने गजल समर्पित गरे। कस्तो लाग्यो प्रतिक्रिया लेख्न नभुल्नु होला है

साथीभाइ भन्दै थिए,लौ आयो भ्यालेनटाइन
पोहोर साल त्यस्तै भयो,यसपाली चालै पाइन

भाडा माझे लुगा धोए,बाटो उनकै हेरिरहे
दिनैभरि भोकै बसे,खाना पनि खाँदै खाइन

उपहार किनेको थे,रातो गुलाब दिन्छु भनि
यता उता कतैबाट,कुनै मोरी आउँदै आइन

निशा छायो मनभरी,कोही आएन चाँद भर्न
जिन्दगीको अधेरीमा,उजेली छाउदै छाइन

भक्कानिदै मुटु दुख्यो,ऐया भन्दै छटपटाए
थुने मन ताल्चा ठोकी,मनको बह सुनाइन

Tuesday, February 14, 2012

शुभकामना! तिमिलाइ

प्रिय नीता!
अबिरल,अबिराम माँया
सम्झनामा मुटु दुखुन्जेलसम्म,

पत्र लेख्नु पर्ने नबिन कारणहरू त केही पनि थिएन तापनी बेखबरहरूलाई खबर बनाउने बाहानामा,अनि प्रत्यक्षरुपमा सन्देश र शुभकामना लेख्ने हैसियत गुमाएकोले पनि यो अप्रत्यक्ष माध्यमबाटै भएपनि एकपटक तिमीसम्म पुग्न चाहेको मनलाई सान्त्वना दिने अभिप्रायले मुटु निचोरेर नयनको अश्रुले तिमीप्रती समर्पित बन्दै पिंडित बनेको मेरो मायालाई बेदना निर्लिप्त भाबमा उतारेर मनका उच्छबासहरू पोखीरहेको छू तिम्रो जन्मदिन र यो प्रेम दिबसको अबसर पारेर शुभकामनाको खातिर।

नसम्झ फेरि प्राप्तीको चाहाना राखेर तिमि प्रति मायाको भाब दर्शाउदै छू, यो पनि नसम्झ अपमानले तिमिलाइ घ्रिणा गर्दै छू। तिमी त मेरो प्रेम थियौ,हौ र हुनेछौ अनन्तसम्म पनि। जुन दिन तिम्रा र मेरा जिन्दगीका दोबाटोहरू २ भएर देखा परे हो त्यहि दिनदेखी तिमीसगको यात्रा टुङ्गीएर एक्लै यात्रा गरिरहे पनि अह!मलाई कुनै पल तिम्रो साथले छोडेको छैन। म तिम्रो भौतिकता भन्दा कल्पना र तिमिसग बिताएका अतितहरूसग आजभोलि धेरै रमाउने गर्छु। एकछिन अतित खोतलेर अल्मलिन्छु,आफैलाई निचोरेर निखारिन्छु। कहिलेकाही तिम्रो प्यारो नाममा आफूलाई पखाल्नका खातिर बिना सुचनानै नयनहरू श्राबण बनिदिन्छन कारण मायाले हो या घ्रिणाले म आँफैलाई थाहा छैन तर मौन रुपमा बर्षेका आशुका थोपा थोपालाई भुइमा खस्न नदिई मौनता पिउदै बाँच्न म बिबस छू।

नीता!यतिबेला यो अन्त्यहिन जीवन श्रिन्खला भित्रको बेढंगको मेरो जीवन कथा तिमिसग जोड्न चाहन्न साथसाथै चिर परिचित बाटाका यी अपरिचित बनेर उभिएका घुम्तीहरू पार गरेर तिमिलाइ चटक्कै भुलिदिने हिम्मत पनि मसग छैन। तिमी मेरो कोहि थीइनौ र म पनि तिम्रो कोहि थीइन तर कोहि नहुनुमा पनि तिमी मेरो सर्बस्व रहिछौ र त घरीघरी सहनै नसक्ने गरि दुख्छौ,स्म्रितिका पानाहरुमा आएर लुकामारी खेल्दै गिज्जाउछौ मलाइ यहि झझल्कोहरू प्यारो,यहि दुखाइहरू आनन्दित लाग्दैछ आजभोलि।

नीता!यति खेर दुनियासग गुनासा पोख्दै छौ होला मेरो कारणले बदनाम र बर्बादी भए भनि तर यो संसारको जुन कुनामा जस्तो अबस्थामा भएपनि तिम्रो खुशि र प्रगतिको कामना भगवानसग गरिनै रहनेछु।बिस्वास गर या नगर,विश्वासघातमा चिरा पर्दै टुक्रा टुक्रामा चैटिएको मुटुले प्रत्येक पल तिम्रो खुशिको कामना गर्न भने बिर्सिएको छैन। हो आज म भौतिकतामा तिमिदेखी दुर हुँदै छु तिमी र तिम्रो जीवन देखि तिम्रो बस्तीको हुरीले उडाएको मीठा सपनाहरूलाई लास बनाएर त्यसैले बिदाईको अन्तिम घडिमा परिचित तिमीसग अपरिचित हुँदै कोरिएको यी मेरा कारुणिक चित्कारहरूलाई तिमी आफ्नो बदनाम नसम्झिनु। जिन्दगीको गोरेटोमा देखिएको थोरै प्रकाशभित्र पनि बादलको छाया पर्नु,स्वर्णिम संसारको कल्पनामा बुनेका सपनाहरू च्यातिनु,अनमोल हासोका सौगातहरू एकाएक रोदनमा परिणत हुनु,बिस्वासको दियो सानो बतासको झोक्कासगै धिप्प निभ्नु,निस्वार्थ त्याग र बलिदानीको कसम चटक्क बिर्सनु यी इत्यादी सम्पुर्ण घटनाक्रमलाई मैले एउटा सम्योगको रुपमा स्वीकार गरेको छू। तिम्रो गन्तब्यसग म अपरिचित हुनु नै पर्ने बाध्यता तिमिले नै  खडा गरिदिएपछी मेरो सामु अर्को बिकल्प पनि त थिएन।

तिम्रो निस्वर्थ माया र खुल्ला हिर्दयको सहयोग मेरो अचकल्टो जिन्दगीलाई थियो तिम्रो जिन्दगीलाई होईन। तिम्रो मायाको छहारीमा म मौलाउदै लहराउन चहान्थे तर मेरा यी अबोध र निर्दोष चाहानालाई तिम्रो मनले कहिल्यै बुझेन। हिजो हलुका रुपमा तौलेको मेरो मायाले यी दिनहरुमा तिम्रो मुटु चिरा पारेको भए ती भागहरू चाडै मासु पलाएर पुरिउन। जादै छू म धेरै टाढा तिम्रो बस्तिदेखी समयले लुटेको अधुरो खुशि लिएर तिमिलाइ प्राप्तिमा त खै अप्राप्तिमा यति धेरै माया गर्दै बेदनाको बस्तिहरुतिर। मेरो जिन्दगी लक्ष्यहिन भएर गन्तब्यबिहिन दिशातर्फ गहकिलो पाइला चाल्दै छ नयन भरी आँशुको सौगात सजाएर पर क्षितिजमा डुब्नै लागेको घाम सग प्रेम र जीवनको परिभाषा खोज्दै केबल तिम्रो खुशिको लागि।

बिदाई!

उही तिम्रो
अतित




Friday, January 13, 2012

गजल

होईन तपाइलाई पनि कहिलेकाही त यस्तै लाग्दो हो होईन त? यो रहस्यमय जिन्दगी देखि।  जिन्दगी यता मिलायो उता बिग्रन्छ। यसो गर्‍यो उसो गर्‍यो जहिले पनि हात लागे शुन्य अब त केही हुन्छ की भन्यो भा'को केही होईन। सुत्ने बेला भोलिदेखी त केही गर्छु भन्ने प्रण गर्‍यो बिहान उठ्यो हाई गर्‍यो सुत्नु अघिको प्रण खत्तम। जसरी बुझ्यो त्यस्तै यो जिन्दगी। सूख माने सूख,दु:ख माने दु:ख जिन्दगी भित्र के छैन संसार छ र पनि फेरि शुन्य जस्तो लाग्ने त्यसैले आउनुस् यो साँझ तपाइहरू पिउने नपिउने सबैलाई निम्तो पिएर जिऔ,रमाइलो गरौ। एकछिन हाँसौ पिंडा पन्छाएर। लौ जा पिउने होईन त चेस्स्स्स्स्स्स्स!!!!!!खुस्केछ केटो को नभन्नु नी फेरि। सब होस मै हो अझै पीइ सकेको छैन् हाहा हा हा


खाली गिलास भरिन्छ चेस गरिन्छ
आजको रात जे पर्ला फेस गरिन्छ

स्वतन्त्रतामा मेरो भाजो हाल्नेलाई
अदालतमा गएर केश गरिन्छ

आयोग बन्छ छानबिन गरिन्छ
प्रतिबेदन लेखेर पेश गरिन्छ

जितु वा हारौ जिन्दगी हो केनै भो र
अनुभब कै लागि नि रेस गरिन्छ

Wednesday, January 11, 2012

हाईकुहरू

लेख्ने बिषय,लेख्ने मन नभएर होइन,समय पनि चाहिएको जति छ तर चुपचाप बस्दै छू किनकी यो एक बर्ष गुमसुम हुने निर्णय नै गरेको हो तर  कहीलेकाही आँफैले भनेका कुरा आफ्नै मनले नटेर्दा रहेछन् अनि सान्त्वना दिन मनलाई केही नलेखी बस्न सक्दिन स्विकार्नुस् केही हाईकुहरू

प्रेम तापमा
पग्लन्छ एकदिन
पाषण मन!

जलाइदिन्छु
तिम्रो खुशिको लागि
मुटुको टुक्रो!

म तिम्रै हो नी
रगत चलुन्जेल
नसा नसामा!

फुट्ने पो हो की
छताछुल्ल भएर
मनको वाध!

खाटो नलाग्ने
मलम पट्टी गरि
प्रितीको घाउ!

चन्द्र दाँहिना
तोडिन्छ फेरि पनि
वैंरीको किल्ला !
 
पिएर टन्न
आफ्नै गहका आँशु
मदहोसी म!