गजल

धेरै पछि झुल्किएको छू तपाइहरू सामु फेरि एउटा काँचो गजल लिएर। हजुरहरूको मायाले यी दिनहरुमा निकै सताइरह्यो तर ज्यानले साथ नदिएकोले मनले मात्र चाहेर नहुने रहेछ। जो जस्ले आज आफ्नो प्रेमको डोरी झन् बलियो गरेर कस्नु भो वा जसले नयाँ सम्बन्धको शुरुवातमा पहिलो खुड्किलो टेक्नु भो तपाइहरू सबैलाई प्रणय दिबसको शुभकामना!अनी आज प्रणय दिबसमा प्रेम साट्न नपाएका मनहरू प्रति भने गजल समर्पित गरे। कस्तो लाग्यो प्रतिक्रिया लेख्न नभुल्नु होला है

साथीभाइ भन्दै थिए,लौ आयो भ्यालेनटाइन
पोहोर साल त्यस्तै भयो,यसपाली चालै पाइन

भाडा माझे लुगा धोए,बाटो उनकै हेरिरहे
दिनैभरि भोकै बसे,खाना पनि खाँदै खाइन

उपहार किनेको थे,रातो गुलाब दिन्छु भनि
यता उता कतैबाट,कुनै मोरी आउँदै आइन

निशा छायो मनभरी,कोही आएन चाँद भर्न
जिन्दगीको अधेरीमा,उजेली छाउदै छाइन

भक्कानिदै मुटु दुख्यो,ऐया भन्दै छटपटाए
थुने मन ताल्चा ठोकी,मनको बह सुनाइन

Comments

Popular posts from this blog

गजल : निल्नु न ओकल्नुको...

फर्कदै छु