Thursday, April 19, 2012

स्मरणमा बाबा!


बर्ष दिनको पुण्य तिथिमा हार्दिक श्रदान्जली!

समयको हुरीले अबिछिन्न रुपमा जिन्दगीलाई कहीले तातो बाफ बनेर त कहीले चिसो सिरेटो बनेर सेकिरहेकै छ,समयको यो अनौठो चक्र भित्र शिशिर,बशन्त,ग्रिश्म,शरदहरू घुमी घुमी आएकै छन् हरेक जिन्दगीका सूख,दुखहरूसग मितेरी गाँस्न तर म कति इर्श्यालु छू यी बशन्तहरूसग,यी शरदहरुसग। प्रकृतिको नियमलाई नै रोक्न सक्छु झै गरि  यिनै बशन्त,शरदहरूको इर्श्याभित्र अल्झेर म समयलाई नै कैद गर्न खोज्छु आफ्नै मन,मुटु र बिचारहरूलाई कैद गर्दैछु भन्ने बिर्सिएर। समयको यो प्रबाहा किन रोक्न सक्थे मैले,रोक्दा रोकिने त मेरा सोचाइ,मेरा चाहानाहरू हुन तर यहि बुझेर पनि नबुझेको भ्रममा पर्न मन पराउछ यो अबुझ मन। म यस्तै कल्पनामा डुब्छु समय फुत्केर निकै अगाडी चिप्लेसकेको हुन्छ फेरि म भित्र चाहानाका ज्वारभाटाहरू उर्लिन्छन म दौडन्छु म बाट फुत्किएर निकै अगाडी पुगिसकेको समयलाई भेटाउने बहानामा तर हरेक पटक म पराजित भएर देखापर्छु। यो उर्जाशिल उत्सुक मन हजारौं पटक कृष्णभिर जस्तै पहिरिएर त्रिशुलिमा मिलिरहदा पनि यो वा त्यो को बहानामा आफ्ना चाहानाहरूलाई शुन्यताबाट  उकासिरहदो रहेछ। यतिबेला जिन्दगीले आफ्नो पहिचान खोज्दै चोरि औंला तेर्साएको छ म माथि।  एउटा अर्थहिन जिन्दगीको सार मस्तिष्कको नसा नसामा तरङ्गित भैरहेको छ। हिजो जस्तो लाग्थ्यो तर यो गतिशिल घडीको सुइले निकै फन्को मारिसकेछ आज पूरा १ बर्ष बितिसकेछ।
अचानक नेपाल फर्कनु पर्ने बाध्यता थियो मेरो योउना बनाएर गरिने यात्रामा त कति झमेलाहरू आइलाग्छन तर बिना योजनाको यात्रा थियो यसपटक। समय निकै कठोर भएर देखा परेको थियो सोचे भन्दा नितान्त फरक तरिकाले ती  दिनहरू आइलागेका थिए बोझिलो बनेर मेरो जिन्दगिमाथी। अन्लाइनमा हतार हतारमा कतार एअरलाइन्सको टिकेट लिएर म नेपाल प्रस्थान गरेको थिए त्यो दिन नेपालको लागि कतारबाट २ वटा उडान रहेछ तर मेरो आफ्नो कमजोरीको कारण हो वा अन्य कारणले मेरो टिकट दोश्रो उडानमा बूकिङ भएछ। जति सक्दो चाँडो नेपाल पुग्नु पर्ने भएकाले अन्लाईनमा टिकट किन्दा पहिलो उडान नै रोजेको थिए त्यसैको आधारमा  उता नेपालमा फोन गरेर प्लेन ल्यान्डिङको अनि पिक अपको समय पनि दीइसकेको थिए तर जब कतार एरपोर्टको प्यासेन्जेर ट्रान्स्फर भित्र छिरेर हातको टिकट हेर्छु म अलमलमा पर्छु। उडान तालिकामा देखिएको उडान नम्बर,समय तालिका कुनै पनि मेरो टिकटमा भएको उडान नम्बर मिल्दैन। त्यसैले त्यहाको कर्मचारीहरूसग निकै रिक्वेस्ट गरे उडान अघि सार्नको लागि तर उनिहरुले यसो गर्न नसकिने जबाफ दिएपछी नेपाल फोन गरेर उडान  सरेकोले बेलुका ५:०० बजे मात्र प्लेन त्रिभुबन बिमान्स्थलमा अबतरण हुने जानकारी गराए, अनि म चुपचाप १२ घण्टे लामो  ट्रान्जिटमा घरि घरि हातको घढी हेर्दै बिमान पर्खाइमा बसिरहे दोहा बिमान्स्थलमा।

बाबाको मृत्‍युले बिछिप्त बनेको मेरो मन भित्र बेदनाका भंगलाहरू बटारिरहे, पल पल बाबाको झझल्को आखाँभरी छाइरहे, नयनहरू थाहै नपाई रसाएर तप्प तप्प आशुका ढिकाहरू बगाइरहे आफैले आफूलाई सम्हाले ह्या म त रुदै पो छू किन रुने जीवन छ र मृत्‍यु छ अब त बाबा फोटोमा,स्म्रितिमा मात्र बाँकी हुनुहुन्छ,उहाँ त जून तारा र बादलहरुमा परिणत भैसक्नु भो त्यसैले अब म उहाँको सम्झनामा उर्लेका भाबनाहरूसग बग्नु हुन्न मन अली दर्हो भएको आभाष गरे अब हिजोसम्म बाबाले बोक्नु भएको भारी मैले पनि बोक्नु पर्छ। आमालाई मैले सम्हाल्नु पर्छ इत्यादी,मनमा उर्लेका लहडहरू केही साम्य भयो। निन्द्रा र थकानले जिउ शिथिल बनेकोले घरि घरि झकझकाउन पनि थालेछु तर निदाउनै त किन सकिन्थ्यो मन भित्र ज्वालन त्यसमाथी बिमान्स्थल भित्र रहेको कुर्चीमाथी। निकै छटपटिकासाथ १२ घण्टा बित्यो स्पिकरबाट १२ नम्बरको ट्रन्सफर कक्षमा काठमाण्डौ उडानको लागि चेक इन शुरु भएको उद्घोष पछि म पनि त्यतै लागे।

चेक इन पछि बिमान धावन मार्ग सम्म यात्रुहरू पुर्याउन बसहरू आए म बस भित्र छिरे अरु धेरै सहयात्रीहरू सगै ,बिमान भित्र छिरे सगैको सिटको दाँयातर्फ नेदरल्याण्डकी १ जना केटी थिइन। सामान्य चिनापरिचय गरे,अनिदै रात बिताएको अनि भोको पेट र लामो यात्राको थकान मनमनै केही आरम गर्ने सोच बनाए तर किन सक्थे बाल्यकाल देखिका बाबासग बिताएका पलहरू मानसपटलमा नाँचिरहे।

म भर्खरै बामे सर्ने बेलाको थिए रे,मलाई हजुरआमाको जिम्मा लगाएर आमा बस्तुभाउलाई घासपात गर्न लाग्नु भएछ,हजुरआमा पनि भन्साको काममा ब्यस्थ हुनु भएकोले मलाई पिढिमा छोडेर करेसा बारिमा गोरसपान,खुर्सानी टिप्न भनी जानु भएछ। म घस्रदै घर भित्र पसेछु आनि हरहर्ती दन्किरहेको अगेनीको झरिला कोइलाहररुमा दहिने खुट्टा हालेछु जब पीडाले म चिच्याउन थालेछु तब के भयो भन्दै आमा,हजुरमुमा सबै आइपुग्दा मेरो दाहिने खुट्टाको ३ वटा औंला र आधा पैतला पुरै जलेछ। त्यसपछि रात साँझ नभनी ३ घण्टाको पैदल यात्रा पछि धादिङ अस्पताल पुर्याइएछ उपचारको लागि। उपचार पछि ६-७ महिना दिनरात मलाइ काखमा मात्र बोकेर हिडिरहनु पर्थ्यो रे। कठै! कति कष्ठकर रहे होलान् त्यी पलहरू तर अह! सन्तानको मायाले कहिल्यै बोझिलो बनेन होला दु:खहरू हाँसेरै स्विकर गरे होलान मलाइ नरुवाउन,मलाई बचाउन,मलाई हुर्काउन क्षितिजमा मिठो सुन्दर सपनाहरू सजाएर।  क्रमश:   

 

No comments: