Friday, June 29, 2012

समयको ब्यस्थता, युरो २०१२ को चहलपहलले गर्दा ब्लग अपलोड ठप्प भएको छ। डायरीको पानाभित्र सजिएर रहेको २०५८-५९ तीर रचित यो कबिता सम्पुर्ण साथीहरू माझ  पस्केको छू।


बिहानको सूर्यको पहिलो किरणले
सगरमाथाको शिखर चुम्न छाडेको छ
धर्तिमताको काखमा छरिने लालीमाहरू
आज रगतमा  परिणत भएको छ
जब,
मिर्मिरे उज्यालो निम्ताउदै
पुर्बी क्षितिजबाट सबका घर दैलोमा
प्रबेश गर्थिन लालीमा
कति स्वर्णीम थियो
ती मीठा कथा कहानी जस्ता लाग्ने
यथार्थताहरू!
तर बर्तमानमा दन्ते कथा बन्दै छन्

जब
लालीमालाई बिदाइ गर्दै
रातको आगमनलाई स्वागत गरिन्छ
तब सब नेपालीका मन
त्रासले त्राही त्राही बन्छन
बिहानी हुन्छ फेरि
अखबार समाउछु
लालीमाहरू रगत बन्छन
रगाताम्मै हुन्छन् यी हातहरू
अक्षरहरू पड्किन्छन
गोली निस्कन्छ कलमका टुप्पाहरूबाट!

शायद!
आजको लालीमा सगै
सबैले कर्तब्य नबिर्सी
अधिकार मात्र नभनेर
गल्तिको प्रायश्चित गर्दै
अघि बढ्न नसक्ने हो भने
भबिश्यले  तिमी,म र उनी
कसैलाई माफि गर्ने छैन,
भोलिको लालीमा पुर्बी क्षितिजमा
कसैका नयनले देख्ने छैन
सगरमाथा भासिने छ,
बिरताको ईतिहास मेटिने छा
पुन: यस देशमा
मेरो सुन्दर यो धर्तिमा
लालीमा छाउने छैन!

Saturday, June 02, 2012

गजल

नलेख चिठ्ठी नपठाउ सन्देश मर्दैन यो माया
आफन्त छोडी पराईको दिलमा सर्दैन यो माया

दैवको लेखा भाग्यको खेललाई नटर्ने टारेर
तिमी नै दु:खे बेदनाको सागर तर्दैन यो माया

धान्नेछ जति दुई मुठी श्वासले यो प्राण पखेरु
दुश्मनी साची जालझेल  कहिल्यै गर्दैन यो माया

नभने सानी, सम्झनी पलपल बिर्सियो भनेर 
बिरानो बनी मनमुटु बाट नै झर्दैन यो माया

हुनेछ पक्कै न्यायको सुनुवाई ईश्वर अगाडी
स्वर्ग नै जान्छ नरकको भेलमा पर्दैन यो माया