Posts

Showing posts from March, 2012

केही हाइकुहरू

अबिर  पोती दोसल्ला ओढाउछ स्वार्थको खेल! मौलाएको छ भ्रष्ट्रचारको खेती भोकै जनता! आँगो छोएर पोतेको सिंन्दुरले पार्यो बिचल्ली! मन चन्चल बैंशालु बतासले जादा चुमेर! आएकै छ नी गर्भ, बसन्त बोकी हर शिशिर! हर्षको आँशु कठिन यात्रा पछि शिखर चुम्दा! झल्को आउछ गुलाबी पछ्यौरीको साँझ झुल्किदा! पग्लेर तप्प खस्छ आँखाको मोती अगेनी छेउ! बनेर पिंडा नआउ जिस्काउन सपनाभरी! अबुझ बनी पिरिन्छ घरिघरी मनै हो,खोटी! उठ्ला नी औंला दुश्मनी जताततै होस गर है !

२ हाइकु

पग्लिन्छ तप्प आशुका ढिकाहरू मन जलेर! सेक्दै छू मन झरिलो कोइलाले अगेनु छेउ!