Posts

Showing posts from May, 2012

गीत

आउछु भन्थिन देउरालीमा तर किन आइन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन कुरी राखे आउलिन भनि सूर्य अस्ताइदियो बिना बादल आकाशले पानी बर्षाइदियो नजरको चारैतिर कही कतै उनी छाइन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन आशा टुट्यो उनी आउने फर्के निरास बनी छाडी गइ सागर बिचमा डुङ्गा एक्लै तानी हरक्षण गुनगुनाउने गीत आज गाईन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन आउछु भन्थिन देउरालीमा तर किन आइन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन

मुक्तक

सुनौला सपना सबै नमरेको भए शिशिर छाइ जीवनको पात नझरेको भए पराईको फूलबारिमा नफुलेको भए आउथीन पक्कै भेट्न भनि नभुलेको भए आँशु बर्षीरहन्थे रोएर नसकिएको भए छातीमा हात राख्ने थिन मुटु नबिझेको भए अनुरागी बनिरह्न्थे साथ तिम्रो पाइने भए धेरैसग माया लाउथे लाएर लाइने भए गला छोइ,देबी भाकी कसम नखाएको भए किन आज बहकिन्थ्यो मन प्रिती नलाएको भए झुटै भएनी विश्वाशको किरण नछरेको भए सार्थे म पनि अर्कै फूल नसरेको भए