Saturday, March 30, 2013

जाबो एक चुम्बन



पूजा गरे, प्राथना गरे
भगवानसग
हाम्रो प्रेम अजर, अमर रहोस् भनेर
कर्तब्य भुलिदिए
दायित्व बिर्सिदिए 
जीवन उनकै लागि भनेर
तर,
उनी भने मसग
चाहाना गर्दो रहेछिन
जाबो एक चुम्बन!


मन पुरै खोलेर
पहिल्यै भनेको भए
धेरै चुम्बाहरू बर्षाइदिन्थे
सारा शरीर ओठका नीला डामले
कतै खाली नहुने गरि

छताछुल्ल पोखिन लागेको बेला
कति जतन गरि जोगाइ राखे
संकटको घडिमा
ज्यानै बाजी थापेर आफै अगाडी पसे
बेदना र पिंडामा छटपटाउदा  
मलम पट्टी लगाए
आफ्नो सर्बस्व गुमाए
न उनलाई पाए
न अरु केही आफ्नो बनाए
हुन त!
 के नै गर्ने हो र?
जाबो  एक चुम्बन त दिन नसक्ने
नामर्दले !!

सलाइ कोरेर बारुद नसल्कदै
खरानी बने झै
जादुमय देखासिकी प्रेम गर्ने यो बेला
भमराले फूल नभै
फूलले आफै  भमरा खोज्ने समय
पोलेको घाउले होईन
आगोले मलम खोज्ने यो २१ औ शताब्दी
समयले मारेको फड्को
बिज्ञानले गरेको प्रगति
डार्बिनका,
बाँच्नको लागि संघर्ष
अनि सक्षम नै बाँच्ने भन्ने सिद्धान्तले
को भन्दा को कम भन्दै
भिडहरू माझ सक्षम बन्ने उत्तेजनाले
मेरी प्रेमिकालाई पनि छोयो होला
त्यसैले,
कलीको यो लिलामा
मेरी उनीको पनि के दोष
लाटो त मै हुँ
मुर्ख त मै हुँ
लाक्षी, लोभि पनि मै हुँ
जाबो एक चुम्बन दिन नसक्ने!!!