Posts

Showing posts with the label कबिता

नयाँ बर्ष नयाँ हुन सकेको छैन

Image
 नेपाली नयाँ बर्ष २०७० को शुभकामना सम्पुर्ण मित्र,मान्यजन र शुभचिन्तकहरू प्रति। तपाइहरूको यो बर्ष सुखद बनोस्।   शुष्क शुष्क हावाको बहकाइले भञ्ज्याङलाई हिर्काउदा मधुर बेदनाको गाठो फुकाउदै काफल पाक्यो चरीले बिरह सुनाउदा अनि मलाइ स्मरण हुन्छ कल्पनाका तरङ्गहरुमा हराउछु यस्तै बशन्त बोकेर त्यो मिठो नयाँ बर्ष भित्रिएको थियो!   बशन्ती मुना हातमा खेलाउदै लालटिनीको थोरै प्रकाशसग हामिले मन साटेका थियौ दुई मुटु एक गरि बाटेका थियौ हो तिमिसग बिताएको अतित भित्र म आज पनि पागल बन्छु एक्लै रामाउछु एक्लै गुनगुनाउछु स्मरणमा किनकी म भित्र तिम्रो गहन स्‍मृति बाँकी छ अझै त्यहि बशन्त, त्यहि मिठो नयाँ बर्षको झझल्को जुन बेला भएको थियो हाम्रो मिठो मिलन!! त्यहि बशन्त र त्यहि नयाँ बर्षसगै हामि फुलेका थियौ हर्ष र उमंगका बासनाहरूले सजिएर भबिश्य फलाउने सपनामा तर समय सगै तिमी निष्ठुरी बन्यौ बिश्वासका पर्खालहरू ढले खरानी नै बन्ने गरि मन जले तिमी अबुझ बन्यौ त्यसैले, आज न तिमी छौ न मलाइ नै राख्यौ यँहा यतिखेर फेरि अर्को बशन्तसगै नयाँ बर्ष आएको छ रे किमार्थ! रङ्गिचङ्गी फुल

बस्ती नबसाउ

यहाँको चलन नै यस्तै छ तिमी नरिसाउ म भत्किएको चौतारी माथी भारी नबिसाउ डुबिसकेको घाम म प्रकाशको आशा नगर अस्ताएको जुन म शितलाताको आभाष नगर ओइलाएको फुल माथी भमरा बनी डुल्न नआउ सुकिसकेको मुल छेउ प्यास मेट्न भन्दै नधाउ शिशिरको उजाड भित्र छहारी खोज्दै नधाउ मरिसकेको लास बचाउन डक्टर खोज्न नजाउ अन्यायमा म आफै छु न्याय खोज्न नआउ लंगडो छु म आफै साहारा खोज्न नआउ क्षितिज पारीको कल्पना म चुम्न नखोज मेरा खोक्रा आदर्शका बाटा नरोज एक थोपा पानी म पिएर नसिध्याउ म त बिषालु साप त्यसैले नजिस्काउ म भत्किएको महल बस्ती नबसाउ! बस्ती नबसाउ!!

शान्तिको युगिन गीत गाउला

२०५९/६० तिरको रचना हो मेरो, डायरिको पानामा मात्र कति सजाएर राख्नु त्यसैले पस्किए हजुरहरुसामु प्रबिधी को यो सुलभता उपयोग गर्दै स्विकार्नुस! मेरि प्रियतमा झन्डै दशक बित्न लागिसक्यो तिम्रो र मेरो भेट नभएको पनि माथी डाँडाको चौतारी गत सालको हुरीले ढाल्यो बाटो मुनिको पधेरो यसपालीको खडेरीले सुक्यो हाम्रो प्रेमको निशानीले दशौ बशन्त पार गर्नै लाग्यो तर किन तिमी फर्केनौ? म भित्र तिमी फर्कने झिनो आशा पलाएको छ त्यसैले, अबत फर्क मेरि प्रियतमा अतितका दर्दिला घाऊहरुमा मलम लगाएर बिना डर बिना संकोच गलामा गला जोडेर शान्तिको युगिन गीत गाउला! आज तिम्रै तिर कोलाहाल मच्चेको छ रे हिजो लादेनको घर पोलियो आज सद्धामका बस्तीहरुमा आगो सल्काइदै छ रे त्यसैले फर्क मेरी प्रियतमा धुवाको मुस्लोले सगर कालो भएको बेला मान्छेका रगतले सागर राताम्मै भएको बेला गलामा गला जोडेर शान्तिको युगिन गीत गाउला!! आँखा बन्द भएको बेला आफ्नो भन्ने कोहि नभएको यो घडिमा आकाश फुट्दै छ धर्ति भासिदै छ विश्वाश टुटेको समय कर्तब्य भुलेको यो पल आफ्नै घर जलिरहेको बेला आस्था ढलेको बेला म कति कमजोर भएको छु त्यसैले, तिम

कता कता?

रात छिप्पिदै छ आकाशमा ताराहरु उदाएनन आज हर्केले मधुरो दिंप पनि सल्काएन सल्काओस पनि कसरी? धर्तीलाई कम्पन गराउने आधिबेहरी उर्लिरहेको छ! त्यसैबेला, बाहिरबाट उठ् ढोका खोल ढोकामा ड्याङ्ग आवाज आउछ हिड् अब हामिसग के यी सब रातको आगमनले हो त? अबश्य होईन! एउटा प्रतिशोधको निक्रिष्ट उधाहरण आस्थाको मुना निमोठी फाल्ने कुचेष्टा मन भित्र धेरै त्रास डराइ डराइ लाग्छ पछि पछि निरही पशु समान उफ्! बादल पारीको गाँउतिर हजार कौतुहलता मनमा खेलाउदै भोलि बिहानीले कस्तो दिन बोकेर आउँला? निराश बन्छ जन्जिर भित्रको चरी जस्तै हिनता बोध गर्छ लडाइ हारेको सिंपाही जस्तै छटपटाउछ प्रसब पिडाले छटपटाएकी नारी जस्तै पर, नेपथ्यामा पनि कोहि रोइरहेको छ उसलाइ पनि मलाइ जस्तै गरिएको होला उसको पनि चित्कार सुन्ने कोहि छैनन होला उ पनि परिस्थितीजन्य बाध्यताको शिकार न होला यी आदि इत्यादी सोच्दै गन्तब्य बिहिन यात्रामा एक हुल बिबेक शुन्य भेडाहरुको पछि लागि रह्यो - लागिरह्यो कता कता?

प्यारी बिहानी

अन्धकारमय रातलाई बिदाइ गर्दै सपनिलाई यथार्थतामा स्मरण गराउदै घामको सुनौलो किरणहरु सगै चराहरुको सुमधुर स्वरहरु सगै सबैलाई ब्युझाउदै नौलो दिनको शुरुवात बोकेर आउने तिमी बिहानी सबैमा उमंगको आशा बाड्दै नयाँ जोश र जागर छर्दै स्वर्णिम संसारको कल्पनामा प्रज्वलित दींप सल्काउदै जब तिम्रो आगमन हुन्छ समस्त जगत नतमस्तक भएर तिम्रो स्वागतार्थ ताली पिटिरहेको हुन्छ साँच्चै भन्ने हो भने तिमी कति महान छौ तिमी कति निडर छौ किनकी तिम्रो आगमनमा सम्पुर्णमा भय र त्रासको बाताबरण समाप्ती भएर जान्छ तिमी त आँखा हौ जसले संसार देखाइदिन्छ तिमी सबैको साहारा हौ, खुशि हौ त्यसैले तिम्रो अनुपस्थितिमा एक पल पनि कोहि रमाउन सक्दैन तिमी निश्चल छौ तिमी पवित्र छौ तिमी भित्र समानताको समभाब छ न्यायका प्रतिमुर्तीहरु छ तिमिले कसैको बिगार गर्न जानेकी छैनौ तिमी निष्कपट छौ,निर्दोष छौ तिमी सबैको आँखाको नानी सबैको भरोसाको केन्द्रबिन्दु तिमी बिहानी प्यारी बिहानी .

मैले रुन बिर्सीसकेको छु

म भाग्दै छु आफ्नै जिन्दगी देखि नमजासग लखेटिरहेको छ यो जिन्दगीको चोटहरुले। भाग्दा भाग्दा थकित बनेर प्रेम,यौन,सम्बन्ध सबै गौण लागिरहदा फेरि इश्वरले अन्याए गरे बाबालाई सदाको लागि हामिबाट चुडेर। साँच्चै सन २०११ ले जिन्दगीलाई जोड्नै नमिल्ने गरि च्यात्यो,टुहुरो बनायो अझै बाँकी छ हेर्दै जाउ के के गरेर कसरी अस्ताउला यो निर्दयी बर्ष। धेरै दिन भयो ब्लगको भित्ता नपोतेको पनि लेख्ने बिषय बस्तु नभएर पनि होईन। धेरै कुरा मन भित्र हुदाहुदै पनि मनमा बिर्को लगाएर टुलुटुलु आफ्नै जिन्दगीको तमसा हेर्दै म कहीले भक्कानिएर रोए त कहीले पागलसरी खित्का छोडेर पेट बाउडिने गरी हाँसे पनि। धेरै पिडा हरु बीच पनि आज म अलिक खुशि नै छु किनकी करिब ५ बर्ष अगाडी हराएको डाएरी आज भेटिएको छ। बहिनि सुमित्रा श्रेष्ठ लाई हिर्दयदेखी धन्यबाद सुरक्षित रुपमा डायरि राखेर फिर्ता गरिदिनु भएकोमा। १० बर्षे जनयुद्धले चरम उत्कर्ष लिदै गर्दा तत्कालिन देउवा सरकारले २०५८ मंसिर ११ मा संकटकाल घोषणा गरेपछी देशले रगतको होली खेलेको थियो यहि परिबेशलाई समेट्दै त्यसबेला मनमा लहरिने भाबनाका शब्दहारहरु जे जस्ता थिए मेरा सानो मनले जे सोच्यो,जे देखे मेरा

केल्ले सक्छ चिस्याउन

सकिन नी कसैगरी तिमीलाई बुझाउन बर्षिरहन्छ आँशु मेरा सिरानी भिजाउन भुकम्प नै नआइकन जीवन ढलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी नहाँस भन्यौ हाँस्ने मुख सीईदिए पिउ बिष भन्यौ खुशिसाथ पीईदिए आगोलागी बिना नै दिल बलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी हजार बिन्ती गरे सुनेनौ केही गरि आखिरमा बनाइ छाड्यौ चुरा चुकेसरी बिना बतास यता उता मन चलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी हिड्दिन भो पैरो गाको बाटो भन्दा भन्दै बाहिर टाली हिड्यौ भित्र खाडल खन्दै कुराएर दोबाटोमा बाटो बदलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी

खोइ कहाँ छ म हुनुको अस्तित्व?

Image
मेरो थर तिम्रो भर तिम्रो, यो घर तिम्रो, डर तिम्रो, सबै कर तिम्रो, रहर तिम्रो, खोइ कहाँ छ म हुनुको अस्तित्व? तिम्रो खुशीको लागि मैले के गरिन? सयौं झुट बोले आफन्तलाई पराई बनाए दु:ख छाती भित्र लुकाएर अबोध बालक जस्तै बनेर रमाए कुनै एउटा रोबर्टले झै तिमीले जे भन्यौ त्यहि गरिरहे मेरा इच्छा चाहाना नसुनी तिमीलाई जसरी मनपर्छ जहीले मन लाग्छ त्यतिबेला ढुक्क भएर हिजो पनि खेल्थ्यौ आज पनि खेलेकै छौ शायद भोली पनि यसरी नै खेल्नेछौ मेरो स्वतन्त्रता हिजो पनि थिएन, आज पनि छैन र भोली पनि हुदैन की भन्ने त्रास छ यही भबिश्य तिरको कालो बादलले ढाकेको सगर हेरेर एकान्तमा म दुख्छु, रुन्छु, रिसाउछु आफैसँग र भन्छु खोइ कहाँ छ म हुनुको अस्तिव?

फर्कदै छु

पश्चिमी क्षितीज पहेलिएर घाम अस्ताउनै लाग्दा आज पनि तिम्रो सम्झनामा चसक्क छाती दुखेर आयो सपनी पनि नराम्रो देखेको छु मन त्यसै डराइ रहेको छ खोइ धेरै दिन बितिसके न कुनै खबर पठाउछौ न फोनमा नै भेटिन्छौ थाहा छ मेरी प्रियतमा मेरो अनुपस्थितिमा समाजले तिम्रो चरित्र माथी औंला उठाउदै होला आफन्त भन्नेहरुले नै नानाभाती कुरा काट्दै होलान तिमी चुपचाप यी सब सहदै छौ हजार पिडाहरु लुकाएर हाँसोको अभिनय गर्दै छौ अब त बर्षा लाग्यो बाली लगाउने बेला कामको बोझले कति थकित बन्दैछौ होला रातभर जवानीले काउकुती लागाउछ होला कति रात अनिदै ढलेका पनि होलान हाम्रा ती सगैका सुमधुर रातहरु, अनी एक अर्काको आलिङगनमा एक भई कसिएको झझल्कोमा मेरा पनि प्रत्येक पलहरु छटपटीमै बित्दै छ आजभोलि यहाँ सबथोक छ र पनि म रित्तो छु, सम्पन्नता छ तर सुख छैन, यहाँ मेरो मात्र छ हाम्रो केही छैन तिमी बिनाको यो दुनियाँ साँच्चै अकल्पनिय, अशोभनिय र अनियन्त्रित बन्दै छ मेरो त्यसैले आफुलाई सम्हाल्न फेरी अतितको स्मरण ताजा गराउन तिम्रै काखमा हास्न, नाच्न, रमाउन हाम्रो मायाको सुन्दर फुल फुलाउन आफ्नै संसारमा चाडै

कबिता :नआएको भए हुन्थ्यो

बेखबरलाई खबर बनाएर अखबारहरु रङगाउन अक्षरहरु पड्काउन बुद्धको धुजी उडाउन सगरमाथाको शिर नुगाउन उही पुराना कुरा,पुरानो भाषण प्रजातन्त्रको नाममा निरंकुश शासन उस्तै आतंक,पुरानै भ्रष्टचार उही हत्या,हिंसा, बलत्कार बिक्रिती नै बिकृतिको आयतन बढाउन अधिकारको नाममा सभ्यता बिर्साउन नआएको भए हुन्थ्यो यो नयाँ बर्ष। बाँच्ने आशाहरु देखाउदै पल पलमा मार्नलाई जितको मिठो आश्वासनमा सधैं हार्ने पार्नलाई बेश्रीङ्खलित बाटाहरुमा श्रीङ्खलाबद्ध पिंडा छर्न परिचित घुम्तिहरुसँग अपरिचित भएको नाटक गर्न हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै मनका उच्छबासहरुलाई कैदी बनाउन सपनाहरुलाई लास बनाउदै मसानघाटमा रमाउन शुन्यता भित्र जुरमुराउदै विश्वाशको यथार्थतालाई कुल्चेर अन्धबिश्वाससँग लुकामारी खेल्न सम्भाबित दुर्घटनाको आधारशिबिरबाट लामो मानबताको खडेरी बोकेर नआएको भए हुन्थ्यो यो नयाँ बर्ष। नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।

नसोचेको भइदियौ

किन ठीक्क पार्छौ अब सान्त्वनाको तुना बानी फलाम दिन गार्हो मान्यौ हुँदा हुँदै सुनको खानि मलाई पाखा लगाएर तिमी बन्यौ भाग्यमानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी सधैंभरी नयन मेरो बनाएर पानी पानी आकाशीयौ धर्ती छोडि क्षितिजमा पुग्न भनी शंका लाग्यो आज मलाई यस्तै हो कि तिम्रो बानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी हिंड्ने चाह थिदै थेन त्यो बाटोमा लग्यौ तानी विजयको दौडमा लाग्यौ मेरो माया सस्तो ठानी मैले भुल गर्या होइन तिमीले गर्यौ जानी जानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी

कस्तो हीरा पायौ तिमीले ...

गुमायौ या केही पायौ हिसाब छैन बाँकी गन्तब्यमा तिमी लाग्यौ दोबाटोमा मलाई राखी भाचिएछ तिम्रो मन आएन नि पलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई जे गर्यौ ठिकै गर्यौ बाच तिमी हाँसी म बसौला जिन्दगीमा अधुरा यि रहर साची वारुदको भट्टी भित्रै किन कोर्यौ सलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई चाँदनिको चौघेरामा कालो बादल लगाइ नदिउ पनि कसरी म मागेपछी बिदाइ हाँस खेल ठट्टा गरे जस्तो लाग्यो मलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई

कती मिठो माया थियो .....

नचाहेको रहर साची घर बनाए बालुवाको दुई दिनमा ओईली झर्ने भर भएन पालुवाको सम्झनाको लौरी टेक्दै जंघार तरे जस्तो भयो कती मिठो माया थियो आज कता कता गयो उजाडियो सारा जीवन डढेलोले खाएसरी जीवन मेरो जहिले पनि बादल बर्षा झरी झरी खुल्ला आकाश किन आज तुवालोले छायो कती मिठो माया थियो आज कता कता गयो शैरमा निस्केको थे बाटो कतै पाइन सक्कली दिल किन्न खोजे बेच्ने कोही कतै छैन हावाको बहेली सुस्ताएझै मलाई लायो कती मिठो माया थियो आज कता कता गयो

कबिता: बाडुल्कीको तरङगमा....

बाडुल्की लाग्छ भन्थ्यौ तिमीलाई मेरो सम्झाइमा बिर्सीयौकी के हो कुनी थोरै दिनको बसाइमा न कुनै खबर आयो न त बाडुल्की नै लायो आशाहरु देखाएर निरास पारे जस्तो भयो के थाहा कुनी अर्कै मनले ठुलै आशा छर्योकित बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित किन हुन्छौ सिरीयस हास्न सिक भन्दै मनभित्रको चाहानलाई पुर्ने खाडल खन्दै छोडि गयौ इच्छाहरुलाई काडे तारले बारी मलाई पार्यौ दोधरमा वारी जाउकी पारी न तिम्रो साम्झनाले अन्तै डेरा सर्योकित बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित कहिलेसम्म रोइ बाच्ने पिरै पिर बोकी बुझेर नि नबुझेको जस्तो गर्या हो कि भनी हाल मनको कुरो किन पार्ने गाठो प्रेम पनि हुँदै हो नि जीवनको एउटा पाटो हिर्दयको कुन भित्र मेरो माया मर्योकित बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित