Posts

गजल

Image
डेरा खाली थेन की दिलको घरमा की अटाइन सानु तिम्रो शहरमा भन्थ्यौ बिश्वास गर्छु आफ्नै भन्दा बढी कहिल्यै किन परेनौ मेरो भरमा छातीमाथी हात राखी खान्छु कसम जे गरे बाध्यता हो हैन रहरमा बोल्दैनौ राम्रोसग के भाको छ कुनी देख्दिन नी लाली गुलाबी अधरमा धनी गरीब सोध खोज किन गर्छौ मायाको मोलतोल हुन्छर दरमा

गजल

Image
शेरे,माधव,प्रचन्ड बोकाको कुरा नगर साथी उनका धन दौलत पोकाका कुरा नगर साथी गाँस,बास,कपास छैन जनताको झुपडिमा मजदुर, किसान भोकाको कुरा नगर साथी जताततै अस्तब्यस्त झन संकट थपिदैछ भ्रष्टचारी भए सबै चोखाको कुरा नगर साथी गरियो धेरै आन्दोलन आस्वासनमा परियो सम्झे छात्ति पोल्छ धोकाको कुरा नगर साथी बिघ्न बाधा धेरै सह्यौ परिवर्तन हुन्छ भनी पैतलामा उठेका फोकाको कुरा नगर साथी

गजल

सपना मीठा देखाएर जालमा पारीन उनले जसको राम्रो सोचेको थे गालमा पारिन उनले दिन गनेर बस्नेछु चाडै फर्की आउनु भन्थिन घात गरि बिश्वासको अनिकालमा पारिन उनले म छदै छु तिम्रो साथमा जे परेनी नडराउनु भन्दै आफु पाखालागी ढालमा पारिन उनले आफन्तको संसार तोडी उनको बाटो रोजेको थे न त चौका न छक्काको खालमा पारिन उनले बाँकी जीवन डुबेपछी क्षणभरको हाँसो भयो गरिखाउ न मरिजाउ को चालमा पारिन उनले

गजल

केही भएमा मलाई अर्कै नाता गास्नु काली नआत्तिनु दु:ख पर्दा सधै भारी हास्नु काली धेरै हल्ला जोरिपारी छरछिमेकमा चल्ला सत्य कहिल्यै डग्ने छैन मन उकास्नु काली हजार पिंडा सगालेर जित्नुपर्छ जीवन बाधा अड्चन गोरेटोको सबै मास्नु काली भाबनामा कहिलेकाही मन पोखिन खोजे सम्हालिन मेरो फोटो छात्तिमाथी टास्नु काली
प्राणप्रिय नानु(निता) हिर्दयभरीको न्यानो माया, जिन्दगीको यो अनौठो कुरुक्षेत्रमा थाहाछैन कसरी म आफुलाई होमिरहेको छु अनी मलाई यो पनि थाहाछैन मेरा मनका उच्छबासहरु कसरी पोखिने छन् यी जिन्दगिका अपत्यारिला घुम्तिहरुमा। तिम्रा नयनहरुले कसरी मलाई टिका टिप्पणी गर्लान, निकट भबिश्यमा मेरो जिन्दगी माथि खग्रास सुर्यग्रहण लाग्ला वा पुर्णिमाको सुकिलो जुनको आगमन होला। मेरो जिन्दगीको यो अनौठो परिक्षणले एउटा अमिट स्तम्भ खडा गर्ला वा सबै अनुभबहरु खरानी बनाउला तर यो भने सत्य हो तिमिसग बिताएका प्रत्येक पलहरु कलजयी हुनेछन अनी तिमीले पोखेका मायाका उपहारहरु अजर अमर रहनेछन। पत्र लेख्नु पर्ने बिशेष कारणहरु त केही पनि थिएन तर पनि बेखबरहरु पनि खबर बनेर मस्तिष्कमा छरपष्ट बनेर उम्रेका छालहरुलाई किनारा लगाउन, मन ब्याकुल बनेर निस्सासिदै आएकोले आफ्नै मुटु निचोरेर नयनको आँशुहरुले हिर्दयको टुक्रामा तिमीप्रती समर्पित भएर यी मनका उकुश मुकुस लाई एकैचोटी तिमी सामु पुर्याउन यी शब्दहारहरु बुन्दै छु। चाहाना थियो तिमिसगै खोक्रो समाजको निक्रिश्ट आबरणमा परिबर्तनको बिगुल फुक्ने, समाजमा बिद्यमान अन्धाधुन्ध र अबैज्ञानिक परम्परा

गजल

Image
फुल्नु तिमी चुडी माला उन्दिन भो मैले तिमी बग्ने नदीलाई थुन्दिन भो मैले तिम्रा आफ्नै रोजाइ, रहरहरु होला मनमा मिठा सपना बुन्दिन भो मैले भत्केका यी जिन्दगिका सिलसिलाहरु मिलाएर फेरी तान तुन्दिन भो मैले हुने नहुने सब भयो बाँकी के रह्यो? दुनियाँका कुरा अब सुन्दिन भो मैले समय नै रहेछ औषधी जिन्दगीको कति हासो कति पिडां गुन्दिन भो मैले

केल्ले सक्छ चिस्याउन

सकिन नी कसैगरी तिमीलाई बुझाउन बर्षिरहन्छ आँशु मेरा सिरानी भिजाउन भुकम्प नै नआइकन जीवन ढलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी नहाँस भन्यौ हाँस्ने मुख सीईदिए पिउ बिष भन्यौ खुशिसाथ पीईदिए आगोलागी बिना नै दिल बलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी हजार बिन्ती गरे सुनेनौ केही गरि आखिरमा बनाइ छाड्यौ चुरा चुकेसरी बिना बतास यता उता मन चलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी हिड्दिन भो पैरो गाको बाटो भन्दा भन्दै बाहिर टाली हिड्यौ भित्र खाडल खन्दै कुराएर दोबाटोमा बाटो बदलेपछी केल्ले सक्छ चिस्याउन मुटु जलेपछी

बुझी नसक्नु को यो जिन्दगी

गहभरी आँशु टलपलाउदै जिन्दगिका गालाहरु लतपतिदै तप्प तप्प भुइमा खस्दै छ, यो साझ निलो आकाशको आगनमा हाँस्दै एक तमासले दौडिरहेको चन्द्रमालाई हेरेर जिन्दगि भरका सबै दु:ख एकसाथ भुलेर चन्चले बालक जस्तै बनी उफ्रन मन लागेको छ। धेरै दिन धेरै रात जिन्दगीको बिगत भित्र बगेर, कहीले एक्लै रोएर, कहीले एक्लै रमाएर बिताएका पलहरु, आफ्नै मन भित्र गुम्सिएर रहेका स्‍मृतिहरुलाई पाखा लगाएर एकैछिन भने पनि पागल जस्तै बनी हास्न मन लागेको छ। जीवनलाई सहि तरिकाले कहिल्यै अनुभुती नगरेको मान्छे म आज यसलाई आफैभित्र समाहित गरेर चेतनाले उचाल्न मन लागेको छ। सप्ताहा अन्त्यको यी दिनहरु त्यसै पनि उराठिला लाग्छन मलाई त्यसमाथी चाडपर्ब पनि गासिएर बिदा लम्बिएको छ। ३ दिन भयो लगातार हावा हुरी चलिरहेको छ, घुम्न जाने पनि कहाँ यो बिदेशको बसाइ। न आफ्नो साधन न मोज मस्ती गरेर हिंड्न सक्ने औकात। भौतिक रुपमा आरामै भएपनि मनका सबै कसौडीहरु भने पिडाले टम्म भरिएका छन। अह! काम केही गरेको छैन तरपनी जिउ शिथिल छ,अनुहार धमिलो बनेको छ अरुले थाहा पाउलानकी भनेर बेला बेला सकी नसकी हासोको नाटक गरेकै छु । आफ्नै अन्तर आत्मासग गन्थन मन्थन गर्दै खुशी बेखुश

गजल

Image
हुदैन होला सानु तिम्रो मेरो भेट अब दिलमा सजाएको मेरो नाम मेट अब तिम्रो मेरो मेरो तिम्रो हुन्थ्यो हिजोसम्म एक अर्कामा खोलिदैन मन पेट अब धमिलिन्छ तिम्रो इज्जत म दुखीले गर्दा नबोकेको राम्रो बेकारको झमेट अब जिउदो लास बनिसके तिम्रो कारणले म कुनामा परेको छु हुन्छ अचेट अब के भनु र मैले स्वार्थ तिम्रो स्वार्थी संसार बाँकी के नै रह्यो र आउ घाटी रेट अब

कथाः सम्झौता

Image
सुमन बगाले यो कस्तो समय आयो आज यो चन्द्रमानै झरेर थिचेजस्तो गरि यो शरिर दुखेको छ । यो सुर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजीक नैतिकतामा अल्झेर पुर्णिमाको जुन बन्नु परेको छ । समय नै यस्तै रहेछ । मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङगपारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेण्डपनि अगाडी जान सक्दैन । मानेकी त थिइन रे गितापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गित जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने कसैको मिलनले कसैको ह्दयको तार छिन्छ भन्ने ख्यालै नगरि गितालाइ शम्भुदाइको हातमा दिएछन । अहिले एकदम खुशी छिन रे । हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाइ श्राप नै लाग्दो हो घरपछाडी करेसामा बाबा आमाको आँखा  छलेर लुकी लुकी तस्वीर हेर्न बाध्य बनाउने मोरा  जिन्दगी भरिलाइ चोट परिजाओस । कसले बुझिदिने प्रतिक्षाको घडी कति कष्टकर  हुन्छ भनेर । गाइ चराउदा साटेको रुमाल टाउकोमा उस्तै गरि बाधिदिदा सय डिग्रीको ज्वरो आउदापनि टाउको नदुख्ने खालको चोखो माया साट्ने परदेशी खै कुनी के लोभमा लागेर मायालुलाइ बिर्सिदिने  अनी घरमा हुर्किएकी छोरी पालेर कस्ले पो राखीदिन्छन् र? तिन स

खोइ कहाँ छ म हुनुको अस्तित्व?

Image
मेरो थर तिम्रो भर तिम्रो, यो घर तिम्रो, डर तिम्रो, सबै कर तिम्रो, रहर तिम्रो, खोइ कहाँ छ म हुनुको अस्तित्व? तिम्रो खुशीको लागि मैले के गरिन? सयौं झुट बोले आफन्तलाई पराई बनाए दु:ख छाती भित्र लुकाएर अबोध बालक जस्तै बनेर रमाए कुनै एउटा रोबर्टले झै तिमीले जे भन्यौ त्यहि गरिरहे मेरा इच्छा चाहाना नसुनी तिमीलाई जसरी मनपर्छ जहीले मन लाग्छ त्यतिबेला ढुक्क भएर हिजो पनि खेल्थ्यौ आज पनि खेलेकै छौ शायद भोली पनि यसरी नै खेल्नेछौ मेरो स्वतन्त्रता हिजो पनि थिएन, आज पनि छैन र भोली पनि हुदैन की भन्ने त्रास छ यही भबिश्य तिरको कालो बादलले ढाकेको सगर हेरेर एकान्तमा म दुख्छु, रुन्छु, रिसाउछु आफैसँग र भन्छु खोइ कहाँ छ म हुनुको अस्तिव?

गजल

शुन्यता भित्र आशा भर्नुको मजा बेग्लै कसैको बिश्वासमा पर्नुको मजा बेग्लै भएपनी सुख दु:ख जिन्दगीको रित दशा साढेसातको टर्नुको मजा बेग्लै परेलिका डिलमा आँशुले सजाएर अभिनय हाँसोको गर्नुको मजा बेग्लै जतिनै कठीन होस उक्लन पहाड शिखरमा चुमेर झर्नुको मजा बेग्लै नटुटिने साथ, नछुटिने हात भए भङ्गला बीच नदी तर्नुको मजा बेग्लै

गजल

पराईको साथ माग्दैछौ फेरी यात्राको बिचमा थाक्दैछौ फेरी तिम्रो साथमा म छु भन्ने गर्थ्यौ दु:खमा म पर्दा भाग्दैछौ फेरी नराम्रो कहिल्यै भनेको छैन ब्यर्थै रिसाएर जाग्दैछौ फेरी तिमी निर्दोषी दोष जति मेरो भन्दा भन्दै बाटो लाग्दैछौ फेरी मुखमा राम बगलिमा छुरा आँखा छली हात ताक्दैछौ फेरी

फर्कदै छु

पश्चिमी क्षितीज पहेलिएर घाम अस्ताउनै लाग्दा आज पनि तिम्रो सम्झनामा चसक्क छाती दुखेर आयो सपनी पनि नराम्रो देखेको छु मन त्यसै डराइ रहेको छ खोइ धेरै दिन बितिसके न कुनै खबर पठाउछौ न फोनमा नै भेटिन्छौ थाहा छ मेरी प्रियतमा मेरो अनुपस्थितिमा समाजले तिम्रो चरित्र माथी औंला उठाउदै होला आफन्त भन्नेहरुले नै नानाभाती कुरा काट्दै होलान तिमी चुपचाप यी सब सहदै छौ हजार पिडाहरु लुकाएर हाँसोको अभिनय गर्दै छौ अब त बर्षा लाग्यो बाली लगाउने बेला कामको बोझले कति थकित बन्दैछौ होला रातभर जवानीले काउकुती लागाउछ होला कति रात अनिदै ढलेका पनि होलान हाम्रा ती सगैका सुमधुर रातहरु, अनी एक अर्काको आलिङगनमा एक भई कसिएको झझल्कोमा मेरा पनि प्रत्येक पलहरु छटपटीमै बित्दै छ आजभोलि यहाँ सबथोक छ र पनि म रित्तो छु, सम्पन्नता छ तर सुख छैन, यहाँ मेरो मात्र छ हाम्रो केही छैन तिमी बिनाको यो दुनियाँ साँच्चै अकल्पनिय, अशोभनिय र अनियन्त्रित बन्दै छ मेरो त्यसैले आफुलाई सम्हाल्न फेरी अतितको स्मरण ताजा गराउन तिम्रै काखमा हास्न, नाच्न, रमाउन हाम्रो मायाको सुन्दर फुल फुलाउन आफ्नै संसारमा चाडै

म बिहे गर्दिन

आजभोलि खाना खाना भान्सामा छिर्यो की आमा कचकच गर्न थाल्नुहुन्छ, बाबु उमेर ढल्किसक्यो,नाती नातिन खेलाउदै रमाउने यो बेलामा तेरो भने यो चाला छ। सगैका साथी सँगी, गाँउघर छरछिमेक दुनियाँका छोराछोरी सबैको बिहेबारी भैसक्यो हामी त डाँडा माथिका घाम अब अस्ताउने बेला पनि हुन लाग्यो, मर्नु भन्दा पहील्यै तेरो  विवाह गरिदिन पाए यो मनमा सन्तोष मिल्थ्यो,हामीलाई स्वर्ग जाने बाटो खुल्थ्यो यस्तै हजार कुरा म चुपचाप आमाको कुरा कुनै प्रतिक्रिया बिना सुन्छु। उता बाबाको कुरा पनि त्यस्तै छ,कता पल्लो गाँउको कप्तानको छोरी छिन रे ,माख्ला घरे साइला हजुरबुबा मार्फत केही दिन अघि मात्र विहेको लागि प्रस्ताब पनि आको थियो रे। केटी शुशिल छे, कुल घरान की छोरी, बि ए पास गरेकी एकपटक हेर्न जा न बाबु हेर्दैमा के बिग्रिजान्छ र? त्यो मन नपरे अर्को हेरौला, उता पारी गाँउको गोपे बुवाले पनि तेरै बारेमा कुरा गर्दै थिए। केटी रोजेर पाईन्छ एउटा नभए अर्को तर यसपाली त जसरी भए पनि विबाहा गर्नु पर्छ। गाँउघ्रर छरछिमेकका जो जसलाई भेटेपनी चर्चा सबभन्द पहीले मेरै विबाहको हुन्छ। साथी सँगी जिस्काउदै भन्छन होईन सिंङ जुरो पलाउने होईन अब त विह

गजल

आए हुन्छ कहिलेकाही सताउन प्रियतमा तिम्रो मेरो मिलनको गीत गाउन प्रियतमा अझै धेरै गर्नु छ अप्ठ्यारा छन् जताततै बाँडौ आउ सुख दु:ख नलजाउन प्रियतमा सपना हाम्रो सगै जिउने साकार भाछ आज खुशी भई उज्यालो शिंर उठाउन प्रियतमा कुरा काट्ला जोरी पारी छरछिमेकले धेरै हाम्रो माया अजम्बरी नडराउन प्रियतमा भन्छन् गुनले मारेदेखी बैगुनीलाई पनि पश्चतापमा परी मन पलाउन प्रियतमा

गजल

मनभरी सजाएर सम्झे तिमीलाई फूलसग दजाएर सम्झे तिमीलाई एकान्तमा पागल झै तिम्रो प्रशंशामा एक्लै ताली बजाएर सम्झे तिमीलाई घरी दाँया घरी बाँया ऐना हेरी हेरी आफैसग लजाएर सम्झे तिमीलाई मेरो खुशी मेरो संसार मेरो भगवान तिम्रै नाम भजाएर सम्झे तिमीलाई मोहनी लगाउने खै केथ्यो तिमिभित्र आफ्नै भनि रजाएर सम्झे तिमीलाई

गजल

नपाकी झर्नु थियो नफलेको राम्रो धिपिक्क निभ्नलाई नबलेको राम्रो किन डराउनु कसैको राम्रो भन्न बोल्दैछौ सत्य भने नगलेको राम्रो एकपल ढिला तर राम्रो नै होस् बिश्वासको पर्खाल नढलेको राम्रो मेरो मेरो मात्र हुने हाम्रो नहुने स्वार्थको यस्तो खेल नचलेको राम्रो राम्रैको लागि हुन्छ जे हुन्छ भन्छन् बेकारमा सम्झेर नजलेको राम्रो

सार्थे होला अर्कै फूल

अर्कैको बगैचामा नफुलेको भए आउथिन होला भेट्न खोज्दै नभुलेको भए सुनौलो आसा सबै नमरेको भए सार्थे होला अर्कै फूल नसरेको भए अनुरागी बनिदिन्थे रोजेको पाइने भए आफैसग माया लाउथे लाएर लाइने भए अर्कैको साथ रोज्थे छाँया तिम्रो नपरेको भए सार्थे होला अर्कै फूल नसरेको भए फूलपाती भाकी भाकी कसम नखाएको भए किन आज मुटु दुख्थ्यो प्रिती नलाएको भए बत्तीले बिश्वासको किरण नछरेको भए सार्थे होला अर्कै फूल नसरेको भए

गजल

Image
गन्तब्यमा पुग्नै नपाई बीचबाटामै गल्यो जीवन उकालिमा चढ्न लाग्दा फेदी तिरै ढल्यो जीवन धोका दीइ निष्ठुरिले अर्कैको साथ रोजेपछी आँधी हुरी बतासको बेग जस्तै चल्यो जीवन करौतिका धारहरुले मुटु रेट्नु रेटेपछी बारुदको भट्टी जस्तै आगो लागि बल्यो जीवन दोबटोमा मलाई कुराइ गयौ बाटो बदलेर बेमानीको बिश्वासघात पिडाबिच जल्यो जीवन बर्तमान डामाडोल भो भबिश्य झन अनिश्चित सबै सपना टुटे फुटे काँडाबिच फल्यो जीवन

गजल

उमेरले आफ्नो आयतन बढाउदै जादा जवानीको नशाले पल पलमा मस्तिष्कमा झड्का निरन्तर दिइरहदो रहेछ सपनिमा होस् वा बिपनिमा अनेकौ तरङ्गहरु मनभित्र बटारिदा रहेछन कहीलेकही त थाहै नपाईकन बिपनीमै पनि मिठो कल्पना भित्र हराइदो रहेछ अनी त्यहि कल्पना भित्र पनि कति आनन्दित भइदो रहेछ। समयको ब्यस्तता त आफ्नो ठाउमा छदै छ तर ती ब्यस्थ समयको सिमाभित्र पनि मलाई कसैले रोक्न सकेको छैन यी अनौठा कल्पनाहरु भित्र रमाउन। मलाई आजभोलि माया,आदर,श्रदा,बासना जे भनेपनी प्रेमकै अनेकौ रुपहरु मध्ये एउटा रुप हो जस्तो लाग्न थलेको छ, किन किन म यस्ता कुराहरुमा आफ्नै मनसग बहस गर्ने बनेको छु अनी त्यहि कल्पनाको एउटा उपज हो मेरो यो गजल के उनीलाई यस्तै हुन्छ होला त सपनिमा............... ? तिमिसगै घुम्न गाथे हिजो राती सपनिमा खाली सिउदो सजाथे हिजो राती सपनिमा तिम्रो साथ जनमभरी अरु केही चाहिदैन गला छोइ कसम खाथे हिजो राती सपनिमा खुला आकाश चाँदनीको रोशनीमा खुशी हुँदै आचल ओढी म रमाथे हिजो राती सपनिमा हात समाइ तिमीले तान्दा नजिक आउ भनि ओठ टोकेर मुस्कुराथे हिजो राती सपनिमा तिम्रो मनको हिमालमा गर्मी बढी नजिकियौ लाजले रातो पिर

गजल

बिर्सिएर मलाई अन्तै जीवन मोड्ने भए विश्वासमा किन राख्यौ अर्कै नाता जोड्ने भए दुई आत्मा हामी एक यस्तै यस्तै नानाभाती दुनियाँमा किन भन्यौ आज मुटु फोड्ने भए जीवनभरी साथ दिन्छु तिमीलाई भनि भनि किन खायौ वाचा कसम आखिर तोड्ने भए तिम्रो बाटो तिमी एक्लै अघि बढे हुन्छ भन्दा हात समाइ किन तान्यौ बीचमै छोड्ने भए मर्न किन दिएनौ सानु प्रबिणका आशहरु पराइको बगैचामा फुलहरु गोड्ने भए

गजल

लागेपछी तिमीलाई दाउ जिन्दगीको बिर्सिगयौ जोड घटाउ जिन्दगीको पानीमाथि ओभानो भएर गयौ तिमी मलाई दु:खिरह्यो घाऊ जिन्दगीको परिचित बाटाहरुमा आँफै हराए धेरै खोजे पाइन ठाँउ जिन्दगीको आफन्ताकै माझमा छी छी र दुरदुर सार्है सस्तो भएछ भाउ जिन्दगीको रहस्यमा बित्दैछ प्रत्येक पलहरु कहाँ कथा लेखेर छपाउ जिन्दगीको

अधुरो सपना भाग-६

अनौठौ रहेछ यो जिन्दगीपनी हतारै हतारमा धेरै कुरा गर्नु पर्ने- एउटा नाटक तर बुझ्नै नसकिने कथामा आधारित अनी यो जिन्दगीको पल पलमा यो मन कहीले धार्नी त कहीले पाउमा परिणत हुदोरहेछ के मात्र सोच्न भ्याउदैनर यो मनले राम्रो नराम्रो सबै सबै। यही भ्याइ नभ्याइको हाम्रो सोच भित्र जिन्दगी छ अनी यही जिन्दगी भित्र कसैलाई भेटाउनु छ कसैसग बिछोडिएर, कसैलाई माया त कसैलाइ धोकाले सजाउनु छ ,कसैलाई स्वागत त कसैलाई बिदाइ ,कहीले रमाउनु छ त कहीले तड्पिनु। मैले पनि यो समयको अन्तरालभित्र मेरी निता प्रति राम्रो नराम्रो सोच बनाए होला र त्यहि मनोगत सोचाइको एउटा परिणति थियो मेरो निर्कर्ष उनी अब मबाट टाढिन प्रयासरत छिन्। दिनहरु बित्दै गए समयसगै उनका स्मरणहरु क्रमश: पातलिन थाले तापनि मनले बिर्सन सक्ने त कुरै भएन। मन सम्झनाले पल पल ब्याकुल बनेर उनकै बोली सुन्न आतुर भएपनी भौतिक दुरता अनी अन्य हजारौं कारक तत्वले गर्दा मेरा इच्छा चाहानालाई मनभित्रै दमित गर्नु पर्ने बाध्यता थियो। महिना १५ दिनमा उनीलाई फोन गर्थे तर उनी मलाई पापी, फटाहा यस्तै उपधीले त्यो क्षण सुसज्जित बनाउथिन साच्चै म उनको नजरमा नराम्रो बनिसकेको थिए। जब उनी त

गजल: सम्झनीमै

मनमनै चुलिएको सपनाको खात थियो भन्नैपर्ने तिमीलाई मिठा मीठा बात थियो लजालु मुस्कान थियो जुनतारा हाँसेजस्तो तिम्रो मिठो कल्पनाको मलाई साथ थियो उत्साहा र स्फुर्तीमा अब्बल थियो हाम्रो प्रेम मोतिजस्तै टल्किरहने सुनौलो प्रभात थियो दाँया बाँया यता उता जतततै तिमी तिमी सबै जिते जस्तो लाग्ने अनौठो उन्मात थियो निद थेन भोक थेन अह थेन कति पिर सम्झनीमै बिताएको हजारौं रात थियो

अधुरो सपना - भाग ५

मेरी निता मलाई भन्थिन म तपाईंलाई पर्खेर बस्ने छु चाडै फर्कनु है। उनका ती वाक्यले फेरी मलाई सोच्न बिबस बनाउथ्यो मेरो आफ्नो स्वार्थ पुरा गर्न एउटा स्वतन्त्र पंक्षीको गन्तब्यमा मैले जाल हाल्नु हुदैन, म बिदेश जादै छु थाहा छैन कहीले कतिखेर अर्काको ठाउमा कस्तो परिबन्ध परि आउछ मलाई त्यो क्षण डरले कमायो अनी सोचे भोली भनेको जस्तै भएन भने मेरो कारणले उनको जिन्दगी तहस नहस त हुदैन? अनी सकिन फेरी हस्ताक्षर गरिदिन मेरी निताको दोश्रो प्रस्ताबमा पनि। आषाढ ३१ वा july १६ को बिहान म Italy को लागि प्रस्थान गरे त्यसपछिका दिनहरुमा प्रत्येक क्षण उनी मेरो आँखा वरिपरी लुकामारी खेल्न थालिन, सपनाभरी आएर जिस्काउन थालिन अनी म प्रत्येक पल सोच्न थाले उनी बिनाको यो संसार मेरा लागि कती कहाली लाग्दो हुदोरहेछ पौष महिनाको कालो र लामो रात सरह। जुन दिन उनिदेखी टाढा भए त्यो दिन देखि मेरो अनुहारमा कान्ती छाएको छैन, उनको नाम लिएर बरबराउदा बरबराउदै ओठ कलेटी परिसकेको छ, कहिलेकाही त सम्झनामा मुटु बिथोलिन्छ, शितल पवनले पनि आँगाको लप्कासरी पोल्छ साँच्चै मेरो जीवन यसरी च्यातिदै छ फेरी सिउनै नमिल्ने गरि। प्रत्येक साँझ मेरा न

अधुरो सपना भाग-४

आज म यहा न आदर्शका मिठा कुरा गर्दै छु, न कुटनीतिक रुपमा मेरी निता माथि नाटकीय मन्चन रच्दै छु, जुन शब्दहरु यस पानाहरुमा कोरिरहेको छु यी मेरा मनभित्र दबिएर रहेका हजारौ मौन प्रश्नका उत्तरहरु हुन् सबै मेरा बास्तबिकताहरु भेटमै भनुला भन्थे तर समयले मलाई छाड्न लागेकाले यिनीहरुलाई शब्द कुसुम बनाएर एउटा पत्रका रुपमा उतार्ने प्रयास गरेको छु। मलाई थाहा छैन मेरी नीताले मलाई कसरि मुल्यांकन गर्लिन यी मेरा कटु सत्यताहरुलाइ अनि पास वा फेलको कुनै उपाधि समेत दिलाउलिन तर यो भने सत्य हो मेरा यी अनुभबहरु मेरा लागि कहिल्यै फेल हुने छैनन् फेरी भन्लीन घमण्ड गर्नु पर्दैन हो नानु मैले तिमिसग घमण्ड गरेको होइन यथार्थबोध गर्न मात्र खोजेको हु। अन्तत मैले visa apply गर्ने निर्णय गरे र जेष्ठ महिनाको शुरुमै यसको तयारिमा लागे यतिबेला मेरी निता गाउमा थिइन त्यसैले पनि उनको परामर्श मैले चाहेर पनि लिन सकिन। visa apply गरे अब यसको नतिजा पर्खनु शिवाय म मा अर्को विकल्प थिएन करिब १ महिनाको पर्खाइपछी मेरो हातमा visa सहितको passport पर्यो। एकातिर त्यो दिन मा सार्है खुशी थिए अर्कोतिर भित्र भित्रै मन बिझाइ रहेको थियो उनै

शुभकामना !

मनभरी सुख अमनचयन र शान्तीले बास गरोस, दु:ख, बाधा अड्चन सबै हटोस, प्रगतीतर्फ तपाईंका पाइलाहरु अगाडि बढुन, भात्रित्वको भाबना उजागर होस्, सफलता नै सफलताले तपाईंलाई पछ्याइरहोस् बडा दशै २०६६ को सुखद अबसरमा सम्पूर्ण नेपाली ब्लगर मित्रहरु, देश बिदेशमा छरिएर रहेका नेपाली दाजु भाई दिदी बहिनी र सम्पूर्ण हिन्दूजनहरु प्रती शुभकामना व्यक्त गर्दछु।

अधुरो सपना भाग -३

वालापन देखिकै चिनारी, गाँउघरमा हुने आजापुजा, दसैं तिहार अनी देउसी भैलोसगै अंकुराएको प्रेम सुख दु:खका साथ जे जस्तो जीवन चलेकै थियो, गोदावरी, स्वयम्भु, बालाजु हामी दुइको भला कुसारी गर्ने उत्तम थालो बनेको थियो। अझ स्वयम्भु त हाम्रो प्रेमको पर्याबाची नै भैसकेको थियो। धेरै साँझ स्वयम्भुकै काखमा सगै बिताएका थियौ चाहे त्यो माघको चिसो साँझ होस् वा चैत्रको सिरेटोले सेकेको साँझ मेरी प्यारी निता आफ्नो गुलाबी पछ्यौराभित्र जतनले मलाई लुकाउथिन म उनकै मायालु स्पर्शमा मन्त्रमुग्ध बनिरहन्थे । रात छिप्पीदै जान्थ्यो हामी आ-आफ्नो डेरातिर लाग्थ्यौ फेरी भेट्ने वाचाका साथ भोलीको साँझको मिठो सपना आँखाभरी सजाएर। अह कुनै छलकपट थिएन, विश्वाशको दरो पर्खाल थियो हामीबिच, एक अर्काको समस्या सग परिचित अनी सहयोगी, एक अर्कामा सम्मान, दु:खमा सहानुभुती र सुखमा कन्जुसाइ नगरि हासिदिने हाँसो सबै थियो। यताकता गाँउघरमा हाम्रो सम्बन्धको बारे गाइगुइ हल्ला सुनिन्थ्यो त्यसपछी उनी अली बिचलित बन्थिन म उनलाई सम्झाउथे एकैछिनमा उनी मलाई हेरेर फिस्स हाँसिदिन्थिन, उनको मिठो मुस्कानभित्र म हराउथे र मनमनै भन्थे रमेश त सार्है भाग्यमानी छ

गजल: सधैंभरी यि नजरमा

सधैंभरी यि नजरमा छाइ राख है सपनि मै भनेपनी आई राख है आउँदैछु फर्की तिमीलाई आफ्नो बनाउन हाम्रो मिठो मिलनको गीत गाइ राख है अनौठा अबिश्वासी कठिन क्षणमा पनि हिर्दयमा मायाको दिंप जलाई राख है जती हेर्यो हेरु लाग्ने सुन्दर फूल बनी यो मनको बगैचामा लहराइ राख है कोमल ति ओठका मधुर मुस्कान छरी बाबु भनी तिम्रो मुखले बोलाई राख है

अधुरो सपना भाग -२

उ आँफैलाई भन्दै थियो रमेश आज त सगै के छैन? जागिर छ, परिवार छ, आफुलाई भन्दा बढी माया गर्ने निता छे, गाँउ समाजमा चर्चा परिचर्चा त्यरै छ रमेशको मन खुशीले उर्लिएको थियो। यतिखेर उ आँफैभित्र हराएको छ,कोठाको झ्यालको शिशाबाट संसार चिहाउछ। आकाश निर्मल छ, मौसम सामान्य छ, बातावरणमा शुन्यता छ, बोल्ने साथी कोही छैनन , कोठाको एउटा कुनामा टेलिभिजन, अर्को कुनामा रेडियो अनी त्यससगै टासिएको बिछ्यौना जुन आज उसको आत्मिय साथी बनेको छ, उसका सबै दु:ख सुख, बाध्यता बिबशता बुझेको छ र उसग कहिल्यै रिसाउदैन यो। उ यसलाई खाद्छ, माड्छ वास्तवमै धेरै अन्याय सहेको छ यसले तरपनी आजसम्म अह एक शब्द पनि भनेको छैन किनकी यसले बुझेको छ रमेश बिना रित्तो हुनुपर्छ भनेर तर यसले यो पनि बुझेको छ रमेश एकदिन उसलाई छोडेर टाढा टाढा जानेछ फेरी कहिल्यै नफर्कने गरी र पनि उ आज खुशी छ र त पलपलमा साथ दिदै छ, यसले आफ्नो अस्तित्व बुझेको छ, जुनसुकै चुनौती व्यहोर्न तयार छ मात्र रमेशको खुशीमा किनकी आज यसले अती माया गर्छ रमेशलाई। यतिखेर रमेश यही बिछ्यौनामाथी टोलाउदै छ जसले उसलाई जीवनकै सुन्दर क्षणहरुमा साथ दिएको थियो अनी उसका सपनाहरु एकाएक आकाशी

कथा: अधुरो सपना भाग १

झिसमिसे उज्यालो हुँदै थियो, चराहरु चिरबिर चिरबिर कराउन थालेका थिए, ओ हो रात पनि कती चाडै ढलेछ आँखा झिमिक्कै गर्नै नपाई कोठाको झ्यालको सिसाबाट छिरेको सडक छेउको बत्तिको मधुरो प्रकाशसग नाडीको घडी हेर्दै निता मुस्कुराएकी थिइन। उनी भन्दै थिइन रमेश अब म जान्छु क्याम्पस जानु पर्छ। माघ महीना भएर पनि होला समयले बिहानी निम्ताय पनी सुर्यले आफ्नो प्रकाश धर्तिमा भने छर्न पाएको थिएन। रमेश उठ्छ, कपडा लगाउछ र उ नितालाई उनको कोठासम्म पुर्याउन जान्छ, बाटामा मर्निङ वाकमा हिंडेका एकाध व्यक्ती बाहेक सडक सुनसान छ, एक अर्काको हात समाउदै उनिहरु अगाडि बढ्छन, नितालाई कोठा नजिक पुर्याएर रमेश आफ्नो कोठामा फर्कन्छ अनी बिछ्यौनामा पल्टिएर अनेक कुरा मनमा खेलाउछ। आँखाभरी रातको झझल्को उर्लिएर आउछ,स्मरणमा उ कुनै अबोध बालक स्तन पान गर्दै आमाको काखमा हराए झै हराउछ, नरमाओस नहराओस पनि कसरी त्यो रात जीवनकै सुन्दर रातहरु मध्यको एउटा रात थियो। दुबैको गहभरी आशु टलपलाएका थिए, खुशीको कुनै सिमा थिएन, एक अर्काको आलिङ्गनमा बाधिएर बर्तमान देखी भबिश्यसम्मको लामो सपनाको माला बुन्दै थिए, अथाहा प्रेमको कुरा भएको थियो, अनी गाँउ समाज, छर

गजल: जीवन

धेरै भयो यो मस्तिस्क शुन्य प्रा:य भएको, दिनभरिको कामको चापले थाकेर मन न बहलिन पाएको छ, न कुनै सिर्जनाले गर्भधारण गर्न पाएको छ,आज शनिबार केही क्षण फुर्सद मिल्यो अनी कनी कनी भएपनी यो गजल लेखे, हुनत कता कता आँफैलाई चित्त बुझ्दो छैन तरपनी संगम पनि तृषित छ निकै दिन देखी र यो टासो मन लागि नलागी भनेपनी टासेको छु। नोट: मैले हाम्रो संस्कृती र भेष भुषाको अबमुल्यन गर्ने अभिप्रायले यहाँ केही शब्द प्रयोग गर्न खोजेको होइन, यदी कसैको हिर्दयमा ती शब्दहरुले चोट पुर्यायमा क्षमा प्राथी छु। मेरो जीवन भारी बिनाको भरिया भएछ जताततै प्वालै प्वालको फरिया भएछ हुने नहुने सब गरे मात्र आफु खुशी हुन सत्य हजुर आज चिसो चिया भएछ हाँसखेल ठट्टामा कती बर्षा बिते बिते आखिर जीवन घाऊ लागि छिया भएछ पराइ यसै टाढा आफन्तकै वास्ता छैन जीवन कतै रोप्न नमिल्ने बिया भएछ यसरी नि जीवन सड्ला थाहै थिएन टिटानस नै लगाइदिने खिया भएछ

गजल: किन?

गजल: किन? मलाई दोषी देखिरहयौ बदलिएनौ किन? माया गर्छु भनिरहयौ पग्लिएनौ किन? पिंडाले म जलिराछु समस्याले चेप्पिराछु समाधानका बाटहरुमा देखिएनौ किन? नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती आज मनको बगैचामा भेटिएनौ किन? गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम स्वार्थ पुरा भएपछी सम्झिएनौ किन? समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै मलाई आफ्नो बनाउन तम्सिएनौ किन

गजल: फेरी अर्को पासो भित्र

प्रबिण माथि सुनामी नटरेकै जाती तिमी बाँच्नु हाँसेर म मरेकै जाती गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई दाग लाग्छ यो संसारमा नझरेकै जाती छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ आदर्शका कुरा अब नगरेकै जाती सुक्क सुक्क गरी गोहिको आशु नबगाउ तिम्रो मनमा मेरो माया नसरेकै जाती चोटको उपहारमा रमाउन थालेको छु फेरी अर्को पासो भित्र नपरेको जाती

गजल: मन लाछ

आज मलाई बशन्त झै फूल्न मन लाछ मङसिरको सेरा फाँट झै झुल्न मन लाछ बोल्दा सधै हाँसिरहने उनको बानिसँग रमाउदै मलाई पनि घुल्न मन लाछ सबैको मनदेखी आत्मा सम्म छाउने त्यो निर्दोषी पनसँग खुल्न मन लाछ पल पलको स्मरणलाई साक्षी बनाउदै भमरा भई फूलमाथी डुल्न मन लाछ दुई दिने जिन्दगी उमङ्ग लिई साथमा जीवनभरी उनकै प्रितमा भुल्न मन लाछ

आत्माकथा: बिगतको डायरिबाट

अबोध निश्चल र निर्दोष आकर्षण नै त्यो शक्तिशाली आकर्षण थियो जुन आकर्षण पक्कै अस्वभाविकता र गम्भिरता थियो। हो त्यही गम्भिरता नै मेरो लागि आकर्षणको मुल कारण बनेको थियो। ठुलो आँखा, लामो कपाल, झाँगीएका परेली, शालिन अनुहार र ममताले भरिएको मुटु, साँच्चै सिङ्गमरमरको मुर्ती कुनै सिपालु कालीगढले कुदेर बनाएको जस्ती। शायद उनको हारहारिमा पुग्ने मेरो जीवनमा अरु कोही नहुन पनि सक्छन। पिँडाहरुले खारिएकी, दर्दहरुले निथ्रुक्क भिजेकी उनिमा आँशुको खहरे पिएर जिउन सक्ने सामर्थ्य ईश्वरले प्रदान गरेका छन भन्ने अनुभुती मलाई भएको छ। आजकाल मेरो दिनचार्य यस्तै बनेको छ , क्याम्पस जानु, फर्कनु, क्याम्पसबाट फर्केपछी केहीबेर टहलिनु जब जब दिन ढल्न खोज्छ पश्चिमी क्षितिजमा घाम पहेलिएर हराउनै लाग्छ अनी सम्झनाको झटारोले मेरो मानसपटल बिथोलिन्छ, भावबिहोर हुन्छु, भक्कनिन्छु, मेरो अनुहार एक्कासी ओइलाउछ यसरी कि वारुदका छर्राहरुले आहात बनएको गुँराशका घाइते पोथ्राहरु वताससँग जीवनको भिख मागेर सिरसिर सुसाएको जस्तै गरी। एकाएक म भित्र सन्नाटा छाउछ फेरी जीवनको आँखीझ्यालबाट संसारलाई चिहाउछु र सम्हालिन्छु। मनमनै भन्छु तिमीमा अस्ताउन र

गजल: अरुले झै --

अरुले झै आकाशको तारा गन्न सकिन जिउने मर्ने सँगैसँगै भन्न सकिन तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी ऐया भन्दै नाटक गरी कन्न सकिन सत्यताको पछी पछी यथार्थमा दौडिरहे तिमीले जस्तै झुट बोल्न धन्न सकिन रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी बैगुनिलाई पुर्ने खाडल खन्न सकिन

कबिता: आँखाको आशु

आँखाको आशु नपुछ्नु रुनु मेरो दैनिकी बनेको छ नपिउ भनी नभन मलाई आत्मा पिंडाले जलेको छ नजानु भनी बाटो नछेक्नु आउने वाचा गरिसकेको छु बाँच्ने आशा अब नेदेखाउ जिएर पनि मरिसकेको छु नटिप्नु फुल भनेर मलाई हातमा काँडाले घोच्ने छ नखोज्नु अब कतै मलाई भेट्टाउन गार्हो पर्ने छ नसुनाउनु शुभ समाचार नराम्रो सुन्न जानेको छु नखोज पढ्न अतितका पाना फुकाउनै नसक्ने गरी बानेको छु नसोध किन यस्तो भयौ भनी बढी तिमीलाई नै थाहा छ गोहिको आशु अब नाबगाऊ मिलन हाम्रो असम्भब भएछ आँखाको आशु नपुछ्नु मलाई त्यसैमा डुब्नदेउ बिन्ती अब त छाडिदेऊ मलाई मेरै संसारमा पुग्नदेऊ

गजल:जिन्दगीको रङ्गमञ्चमा

जिन्दगीको रङ्गमञ्चमा हार न जितको भान भयो कल्पनाको संसार भित्र सपनाहरुको चिहान भयो आफ्नो विश्वाश आँफैसँग टुट्न फुट्न थालेपछी रस चुसी थुकी फाल्ने फुटपाथको पान भयो माथि जाने भ-याङ पाइन तल काँहो थाहै छैन न त यता न त उता बिचमै ताना तान भयो दु:खै दु:ख जिबनभरी पिंडा भन्दा केही पाइन हाँस्नु पर्छ मैले भन्ने बेकारको गान भयो रित यस्तै चल्या होकी बुझ्नै सकिएन दोसल्ला अर्कै ओढ्ने मलाई कस्तो सम्मान भयो

गजल: बोझिलो दुखी नासो

अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है जाली माया गरेर, फसाइ गयो नभन है वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु शिखरमा चढाएर, खसाइ गयो नभन है केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु बोझिलो दु:खी नासो, टसाइ गयो नभन है

गजल:पुराना पत्र

तिम्रो तस्बिर हेरेर, आज फेरी रोएँ मिठो अतित सम्झेर,आज फेरी रोएँ बल्झिए घाउहरु,चट्याङ् पर्‍यो मुटुमाथी आँफैसग दु:खेर, आज फेरी रोएँ भक्कानिए बिथोलिए,भाबबिभोर भए अझै प्याला थपेर, आज फेरी रोएँ हप्ता,महिना, बर्ष बिते,खबर आएन भलो तिम्रो जपेर, आज फेरी रोएँ आँखाभरी सुनामी झै, याद उर्ली आयो पुराना पत्र पढेर, आज फेरी रोएँ

गजल: मन भित्र

मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ सम्झनाको झटारोले गोली हाने सरी जान्छ खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ भुल्न खोज्छु अतितका मिठा पलहरु याद आउछ बल्झिएर मन मुटु हरी जान्छ

गजल: भन्छिन आज--

भन्छिन आज माया गर्न जानिन रे मैले उनी माथि कर्के नजर हानिन रे मैले लजाउदै रातो भई गोधुलिमा भेट्न आउँदा मेरो समिप आउ भनी तानिन रे मैले जुन टिपी ल्याउन सक्छु तिम्रो लागि भनी प्रिती गास्ने नौलो चलन धानिन रे मैले भुलेर उनको मुस्कानमा स्पर्श बिनानै कुनै क्षण अगालोमा बानिन रे मैले जल्दो बल्दो जवानी,तृष्णा मनको मेटाउन जाबो एक रात सगै काट्न मानिन रे मैले

गजल: पुराना यादहरु--

पुराना यादहरु बल्झी बल्झी फर्कदै छ आफ्नो मन आँफैसग दुर दुर तर्कदै छ पिडाको भुमरिले शान्ती छैन मनमा थाहै नपाई अनायसै, आशु दर्कदै छ अन्जानमै कहिकतै गल्ती भै हाल्योकी मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छ बरबराउछु पागलसरी एकान्त भित्र पनि छिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छ अनौठा सपनाहरु देखिराछु आजभोलि अनर्थ हुन होकी छाती मेरो चर्कदै छ

गजल:विश्वाश मर्‍यो--

विश्वाश मर्‍यो अबिश्वासको जरा मौलाउँदै छ मेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छ ठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनु सुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छ मुलबाटो भुलीगयौ स्वार्थको ओरालोमा मरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ आश्वासनका खोलासगै तिमी बगेपछी फूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छ पर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्यो खुच्चिम भन्दै शत्रुले नि ताली बजाउँदै छ

गजल : सुन्दै छु कता कता

सुन्दै छु कता कता नयाँ जीवन थाल्दै छौ रे उमङ्गका बाटाहरुमा पाइला चाल्दै छौ रे बुझ सानी चोखो माया पाइदैन जताततै आत्मा मिल्ने हिर्दयलाई टुक्राएर फाल्दै छौ रे नक्कली खेल जितेपनी सत्य कहिल्यै लुक्दैन सुन बनाउन भनेर पित्तल गाल्दै छौ रे अबश्य पश्चतापको भुमरीमा पर्छौ एकदिन नयाँ बिउ रोप्न भनी पुरानो रुख ढाल्दै छौ रे भताभुङ्ग होला सबै प्रतिशोध साँची हिड्दा आफ्ना सारा कुक्रिती लुकाउन टाल्दै छौ रे

गजल: फुल भनेर --

फुल भनेर म काँडालाई, नसमाए हुन्छ मरुभुमिमा मुल फुट्दैन, नरमाए हुन्छ दाँया बाँया केही कतै, नभएको जोगिसँग केही पाउने स्वार्थ बोकी, नधाए हुन्छ हिर्दयमा माया सारी, परेली भिजाउदै एकान्तमा सम्झिएर, नहराए हुन्छ सुखमा हुर्केकी, हजार चोट सहनलाई बोझिलो यो जिन्दगीमा, नआए हुन्छ दुनियाँको रित नै हो, बलेको आगो ताप्ने हाम्रो साईनो बिट मार्न, नलजाए हुन्छ

गजल : फ़ुल्नै नपाई

फ़ुल्नै नपाई कोपिलामै, झरे कति कति किनार लाग्न नपाउदै, सपना टरे कति कति स्वतन्त्रता, परिबर्तन, शान्तिका नाममा बन्द हड़ताल आन्दोलन, गरे कति कति गास बॉस कपास, समानाताको कुरा गर्दै उसका झुटा आश्वासनमा, परे कति कति दायाँ बायाँ केहि सोचिन, जे परेनी अघि बढे केहि भएन कहिल्यै उसलाई, म मरे कति कति छाती माथी लाठी थापी, रुन्थे ऐया भन्दै मेरा चोटमा उसका दशा, टरे कति कति

कबिता :नआएको भए हुन्थ्यो

बेखबरलाई खबर बनाएर अखबारहरु रङगाउन अक्षरहरु पड्काउन बुद्धको धुजी उडाउन सगरमाथाको शिर नुगाउन उही पुराना कुरा,पुरानो भाषण प्रजातन्त्रको नाममा निरंकुश शासन उस्तै आतंक,पुरानै भ्रष्टचार उही हत्या,हिंसा, बलत्कार बिक्रिती नै बिकृतिको आयतन बढाउन अधिकारको नाममा सभ्यता बिर्साउन नआएको भए हुन्थ्यो यो नयाँ बर्ष। बाँच्ने आशाहरु देखाउदै पल पलमा मार्नलाई जितको मिठो आश्वासनमा सधैं हार्ने पार्नलाई बेश्रीङ्खलित बाटाहरुमा श्रीङ्खलाबद्ध पिंडा छर्न परिचित घुम्तिहरुसँग अपरिचित भएको नाटक गर्न हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै मनका उच्छबासहरुलाई कैदी बनाउन सपनाहरुलाई लास बनाउदै मसानघाटमा रमाउन शुन्यता भित्र जुरमुराउदै विश्वाशको यथार्थतालाई कुल्चेर अन्धबिश्वाससँग लुकामारी खेल्न सम्भाबित दुर्घटनाको आधारशिबिरबाट लामो मानबताको खडेरी बोकेर नआएको भए हुन्थ्यो यो नयाँ बर्ष। नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।

मन बुझाउला कर्म मेरो --

जानेहरु गएपनी छोडी धेरै टाढा फुल फुल्ने बगैचामा फुले पनि काँडा हाँसो खुशी सबै चोरी आँशु दिएपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी किनार छोडि नदी अर्कै बाटो हिडेपनी रुख चढाइ बन्चरोले फेद गिडेपनी बिबसताको दोष देखाइ माया छुटेपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी हेर्नै नपाई दर्पणको शिंशा फुटेपनी आउने जाने सम्बन्धको बाटो टुटेपनी दृश्यहरु हेर्नै नपाई आगोलागी डढेपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी टिप्नै नपाई प्रतिक्षामै फुल झरेपनी गर्भ भित्रै कल्पनाको भ्रुण मरेपनी छात्ती भित्र बेदनाको गाठै गाठो परेपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

गजल : गएराती एक्कासी म --

गएराती एक्कासी म, झस्किएको थिए व्युझिएर बिछ्यौनामा, मस्किएको थिए रक्तसंचार बढीराथ्यो, खुशीको सिमा थेन वरीपरी तातो श्वासमा, हस्किएको थिए सम्झना ताजै छ, यस्तै के के भन्दै थिइन भएभरको सर्बस्व नै, पस्किएको थिए हुन बाँकी केही रहेन, उनको मेरो बिचमा क्षणभरमै शिथिल बनी, खस्किएको थिए सपनिको तरङगनि ,कती मिठो हुदो रहिछ अगालोमा उनलाई कसी, चस्किएको थिए

गजल: आफ्नै पनमा..

आफ्नै पनमा ढुकढुकिले, गीत गायो आज उराठिलो शिशिर पछी, बहार छायो आज धेरै पछी पत्र पाए, पटक पटक पढे तिम्रा शब्द शब्दमा, मन रमायो आज अनेक शंका पापी मनले, नगरेको होइन भएभरको सबै सबै , डर हरायो आज अचम्म लागिराछ , हर्ष को सिमा छैन बिहानिले सुनौलो, फुल फुलायो आज चोखो माया पाइने रहिछ, चोखो मनले गरे मिठो अतित घुमिफिरी, फर्किएर आयो आज

तिमीलाई पाउन मैले---

तिमीलाई पाउन मैले देबी देउता भाकिसके थाहै नदीई कसैलाई मुटु पनि साटिसके सजाइसके तिम्रो मुस्कान नयनको माझमा हो हो हो सजाइसके तिम्रो मुस्कान नयनको माझमा पर्ने छैन बत्ती बाल्न त्यो मधुर साझमा धेरै हासो जिन्दगीको तिम्रै निम्ती साचीसके थाहै नदीई कसैलाई मुटु पनि साटिसके नपत्याय चौतारीको वरपिपललाई सोध हो हो हो नपत्याय चौतारीको वरपिपललाई सोध भित्र पसी धड्कनको चाल भित्र खोज तिमीलाई आफ्नो बनाउने वाँचा बाधीसके थाहै नदीई कसैलाई मुटुपनी साटिसके तिमीलाई पाउन मैले .. थाहै नदीइ कसैलाई ..

नसोचेको भइदियौ

किन ठीक्क पार्छौ अब सान्त्वनाको तुना बानी फलाम दिन गार्हो मान्यौ हुँदा हुँदै सुनको खानि मलाई पाखा लगाएर तिमी बन्यौ भाग्यमानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी सधैंभरी नयन मेरो बनाएर पानी पानी आकाशीयौ धर्ती छोडि क्षितिजमा पुग्न भनी शंका लाग्यो आज मलाई यस्तै हो कि तिम्रो बानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी हिंड्ने चाह थिदै थेन त्यो बाटोमा लग्यौ तानी विजयको दौडमा लाग्यौ मेरो माया सस्तो ठानी मैले भुल गर्या होइन तिमीले गर्यौ जानी जानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी

गजल: सम्हालिन सकिन --

सम्हालिन सकिन मनको बाध फुट्यो हजुर उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर रमाइलो संसार थियो कालो वादल छाइ आयो अनायसै आजफेरी असिनाले चुट्यो हजुर अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर

गजल : हिजो आफ्नै सोच्ने मन ...

हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ पराइको जाली माया गाढा भइदिएछ जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन अनायसै मुटु घोच्ने काडा भइदिएछ खै के भनु के गरौ आफुसँग केही छैन आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ तर आज मेरो माया थोत्रा भाडा भइदिएछ वालापनै नभोगी जवानी बने जस्तै आफन्तको संसार बिर्सी छाडा भइदिएछ

गजल: तिमी थियौ म थिए ...

तिमी थियौ म थिए , कती सुन्दर संसार थियो साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो यूगौ युग नरित्तिने, मायाको भन्डार थियो कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो सम्झना ताजै छ , अझैपनी यो मनभरी सगै खेली बिताएको पलहरु हजार थियो सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो

कस्तो हीरा पायौ तिमीले ...

गुमायौ या केही पायौ हिसाब छैन बाँकी गन्तब्यमा तिमी लाग्यौ दोबाटोमा मलाई राखी भाचिएछ तिम्रो मन आएन नि पलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई जे गर्यौ ठिकै गर्यौ बाच तिमी हाँसी म बसौला जिन्दगीमा अधुरा यि रहर साची वारुदको भट्टी भित्रै किन कोर्यौ सलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई चाँदनिको चौघेरामा कालो बादल लगाइ नदिउ पनि कसरी म मागेपछी बिदाइ हाँस खेल ठट्टा गरे जस्तो लाग्यो मलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई

कती मिठो माया थियो .....

नचाहेको रहर साची घर बनाए बालुवाको दुई दिनमा ओईली झर्ने भर भएन पालुवाको सम्झनाको लौरी टेक्दै जंघार तरे जस्तो भयो कती मिठो माया थियो आज कता कता गयो उजाडियो सारा जीवन डढेलोले खाएसरी जीवन मेरो जहिले पनि बादल बर्षा झरी झरी खुल्ला आकाश किन आज तुवालोले छायो कती मिठो माया थियो आज कता कता गयो शैरमा निस्केको थे बाटो कतै पाइन सक्कली दिल किन्न खोजे बेच्ने कोही कतै छैन हावाको बहेली सुस्ताएझै मलाई लायो कती मिठो माया थियो आज कता कता गयो

गजल : भन्ने ठान छैटौउमा---

भन्ने ठान जिन्दगीमा यस्तै लेख्या रैछ खुशी पाउने दोबाटोलाई काँडे तारले छेक्या रैछ जे जे पर्छ आफ्नो भागमा भोग्दै जानु पर्ने दु:खै दु:ख पाउन भनी हामीलाई हेप्या रैछ चोटै चोटले सताइरह् यो खुशी कहिल्यै छाएन हाम्रो माया प्रितीलाई नै संकटले चेप्या रैछ राम्रो होस् भनेर संसारकै भलो जप्थ्यौ पवित्र यि आत्माभित्र कस्तो खोट देख्या रैछ इश्या गरे भगवानले कहाँ जानु शरण लिन ममताको धरातालमा कठोरताले टेक्या रैछ

गजल : निल्नु न ओकल्नुको...

निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी अबुझ ईश्यालु, म थिए रे त्यतिबेला दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी आपत बिपत परिराछ, तिमी टाढा भएदेखी हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी

गजल: भो तिमीले नै जित्यौ....

भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो उदास थियो यो जिन्दगी,झनै बढी भार भयो सजाउथे सपनाहरु, नयनको बाटो भरी ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो

माया त्यसै मर्दैन है

माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ साचो कुरा लुक्दैन , जती कोशिस गर तर मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ मनको प्यास मेटाउन, नारिएको हुनसक्छ

गजल -- हारजित भईरहने

हारजित भइरहने माया खेल होइन परीक्षा लिई छुट्टाउने पास फेल होइन जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र हर्ष न विष्मात हुने, कौवालाई वेल होइन पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो विश्वास हुन्छ एक अर्कामा जालझेल होइन गन्तब्य एउटै अनी पाइला सँगसगै दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन समर्पण समझदारी सम्मान हुन्छ त्यहा केही क्षण मोज गर्न, गरिएको मेल होइन