असफल राष्ट्रतर्फका संकेतहरू
कान्तिपुर दैनिकी - २०६७ श्राबण १८ बाट साभर राजनीतिक दलहरू सत्ताको छिनाझप्टी गरी लोकतन्त्र र जनमतको उपहास गरिरहेको समयमा अन्तर्राष्ट्रिय मञ्चमा चित्रित तस्बिरले नेपाल असफल राष्ट्रतर्फ उन्मुख भएको संकेतहरू देखिएका छन् । विश्वविख्यात जर्नल 'फरेन पलिसी', अन्तर्राष्ट्रिय शान्ति कोषद्वारा प्रकाशित 'असफल राज्य सूचकांक' तथा लन्डनस्थित 'थिंक टयाङ्क' चटाम हाउसको जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखमा अस्थिर राजनीति, कमजोर अर्थतन्त्र, कानुनी राज्यको अभाव, कमजोर सुरक्षा निकाय तथा विदेशी हस्तक्षेपको कारणले असफल राष्ट्र हुने सम्भावना देखिएको निष्कर्ष निकालेका छन् । 'असफल राज्य सूचकांक' मा २६ आंै स्थानमा रहेकाले शान्ति प्रक्रिया सफल भई समयमै नयाँ संविधान जारी नभए दलहरूले वैधानिकता गुमाउने र गैरवैधानिक तथा सशस्त्र समूहहरूले अराजकता सिर्जना हुने विश्लेषण गरिएको छ । राजनीतिक अस्थिरता, अनिश्चित शान्ति प्रक्रिया र कमजोर अर्थतन्त्रको कारणले मात्रै होइन्, आगामी दिनमा बढ्न सक्ने आन्तरिक -जातीय तथा क्षेत्रीय) द्वन्द्व असफल राष्ट्रको प्रमुख कारण मानिएको छ । चीन र भारतसँगको उतारचढ