Posts

Showing posts from 2013

नयाँ बर्ष नयाँ हुन सकेको छैन

Image
 नेपाली नयाँ बर्ष २०७० को शुभकामना सम्पुर्ण मित्र,मान्यजन र शुभचिन्तकहरू प्रति। तपाइहरूको यो बर्ष सुखद बनोस्।   शुष्क शुष्क हावाको बहकाइले भञ्ज्याङलाई हिर्काउदा मधुर बेदनाको गाठो फुकाउदै काफल पाक्यो चरीले बिरह सुनाउदा अनि मलाइ स्मरण हुन्छ कल्पनाका तरङ्गहरुमा हराउछु यस्तै बशन्त बोकेर त्यो मिठो नयाँ बर्ष भित्रिएको थियो!   बशन्ती मुना हातमा खेलाउदै लालटिनीको थोरै प्रकाशसग हामिले मन साटेका थियौ दुई मुटु एक गरि बाटेका थियौ हो तिमिसग बिताएको अतित भित्र म आज पनि पागल बन्छु एक्लै रामाउछु एक्लै गुनगुनाउछु स्मरणमा किनकी म भित्र तिम्रो गहन स्‍मृति बाँकी छ अझै त्यहि बशन्त, त्यहि मिठो नयाँ बर्षको झझल्को जुन बेला भएको थियो हाम्रो मिठो मिलन!! त्यहि बशन्त र त्यहि नयाँ बर्षसगै हामि फुलेका थियौ हर्ष र उमंगका बासनाहरूले सजिएर भबिश्य फलाउने सपनामा तर समय सगै तिमी निष्ठुरी बन्यौ बिश्वासका पर्खालहरू ढले खरानी नै बन्ने गरि मन जले तिमी अबुझ बन्यौ त्यसैले, आज न तिमी छौ न मलाइ नै राख्यौ यँहा यतिखेर फेरि अर्को बशन्तसगै नयाँ बर्ष आएको छ रे किमार्थ! रङ्गिचङ्गी फुल

जाबो एक चुम्बन

Image
पूजा गरे, प्राथना गरे भगवानसग हाम्रो प्रेम अजर, अमर रहोस् भनेर कर्तब्य भुलिदिए दायित्व बिर्सिदिए  जीवन उनकै लागि भनेर तर, उनी भने मसग चाहाना गर्दो रहेछिन जाबो एक चुम्बन! मन पुरै खोलेर पहिल्यै भनेको भए धेरै चुम्बाहरू बर्षाइदिन्थे सारा शरीर ओठका नीला डामले कतै खाली नहुने गरि छताछुल्ल पोखिन लागेको बेला कति जतन गरि जोगाइ राखे संकटको घडिमा ज्यानै बाजी थापेर आफै अगाडी पसे बेदना र पिंडामा छटपटाउदा   मलम पट्टी लगाए आफ्नो सर्बस्व गुमाए न उनलाई पाए न अरु केही आफ्नो बनाए हुन त!  के नै गर्ने हो र? जाबो  एक चुम्बन त दिन नसक्ने नामर्दले !! सलाइ कोरेर बारुद नसल्कदै खरानी बने झै जादुमय देखासिकी प्रेम गर्ने यो बेला भमराले फूल नभै फूलले आफै  भमरा खोज्ने समय पोलेको घाउले होईन आगोले मलम खोज्ने यो २१ औ शताब्दी समयले मारेको फड्को बिज्ञानले गरेको प्रगति डार्बिनका, बाँच्नको लागि संघर्ष अनि सक्षम नै बाँच्ने भन्ने सिद्धान्तले को भन्दा को कम भन्दै भिडहरू माझ सक्षम बन्ने उत्तेजनाले मेरी प्रेमिकालाई पनि छोयो होला त्यसैले, कलीको यो लिलामा मेरी उनीको पनि के दोष

३ मुक्तक

आँखाको नानीमा सजाएको छू बिझाउने कसिंगर नबनिदेउ मुटुको ढुकढुकिमा लुकाएको छू मुटु चुडाएर नभागिदेउ!     आफूलाई भन्दा बढी माया गर्छु निष्ठुरी मलाइ नठान आफ्नो सम्झि विश्वाश गरेको छू पागल कहिल्यै नभन!!     जिन्दगीको सहयात्री तिमी नै हौ बीच बाटोमा नछोड हरपल दु:खमा साहारा खोज्दै छू मन मुटु अन्त नमोड!!!                               -सरु