Posts

मन बुझाउला कर्म मेरो --

जानेहरु गएपनी छोडी धेरै टाढा फुल फुल्ने बगैचामा फुले पनि काँडा हाँसो खुशी सबै चोरी आँशु दिएपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी किनार छोडि नदी अर्कै बाटो हिडेपनी रुख चढाइ बन्चरोले फेद गिडेपनी बिबसताको दोष देखाइ माया छुटेपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी हेर्नै नपाई दर्पणको शिंशा फुटेपनी आउने जाने सम्बन्धको बाटो टुटेपनी दृश्यहरु हेर्नै नपाई आगोलागी डढेपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी टिप्नै नपाई प्रतिक्षामै फुल झरेपनी गर्भ भित्रै कल्पनाको भ्रुण मरेपनी छात्ती भित्र बेदनाको गाठै गाठो परेपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

गजल : गएराती एक्कासी म --

गएराती एक्कासी म, झस्किएको थिए व्युझिएर बिछ्यौनामा, मस्किएको थिए रक्तसंचार बढीराथ्यो, खुशीको सिमा थेन वरीपरी तातो श्वासमा, हस्किएको थिए सम्झना ताजै छ, यस्तै के के भन्दै थिइन भएभरको सर्बस्व नै, पस्किएको थिए हुन बाँकी केही रहेन, उनको मेरो बिचमा क्षणभरमै शिथिल बनी, खस्किएको थिए सपनिको तरङगनि ,कती मिठो हुदो रहिछ अगालोमा उनलाई कसी, चस्किएको थिए

गजल: आफ्नै पनमा..

आफ्नै पनमा ढुकढुकिले, गीत गायो आज उराठिलो शिशिर पछी, बहार छायो आज धेरै पछी पत्र पाए, पटक पटक पढे तिम्रा शब्द शब्दमा, मन रमायो आज अनेक शंका पापी मनले, नगरेको होइन भएभरको सबै सबै , डर हरायो आज अचम्म लागिराछ , हर्ष को सिमा छैन बिहानिले सुनौलो, फुल फुलायो आज चोखो माया पाइने रहिछ, चोखो मनले गरे मिठो अतित घुमिफिरी, फर्किएर आयो आज

तिमीलाई पाउन मैले---

तिमीलाई पाउन मैले देबी देउता भाकिसके थाहै नदीई कसैलाई मुटु पनि साटिसके सजाइसके तिम्रो मुस्कान नयनको माझमा हो हो हो सजाइसके तिम्रो मुस्कान नयनको माझमा पर्ने छैन बत्ती बाल्न त्यो मधुर साझमा धेरै हासो जिन्दगीको तिम्रै निम्ती साचीसके थाहै नदीई कसैलाई मुटु पनि साटिसके नपत्याय चौतारीको वरपिपललाई सोध हो हो हो नपत्याय चौतारीको वरपिपललाई सोध भित्र पसी धड्कनको चाल भित्र खोज तिमीलाई आफ्नो बनाउने वाँचा बाधीसके थाहै नदीई कसैलाई मुटुपनी साटिसके तिमीलाई पाउन मैले .. थाहै नदीइ कसैलाई ..

नसोचेको भइदियौ

किन ठीक्क पार्छौ अब सान्त्वनाको तुना बानी फलाम दिन गार्हो मान्यौ हुँदा हुँदै सुनको खानि मलाई पाखा लगाएर तिमी बन्यौ भाग्यमानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी सधैंभरी नयन मेरो बनाएर पानी पानी आकाशीयौ धर्ती छोडि क्षितिजमा पुग्न भनी शंका लाग्यो आज मलाई यस्तै हो कि तिम्रो बानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी हिंड्ने चाह थिदै थेन त्यो बाटोमा लग्यौ तानी विजयको दौडमा लाग्यौ मेरो माया सस्तो ठानी मैले भुल गर्या होइन तिमीले गर्यौ जानी जानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी

गजल: सम्हालिन सकिन --

सम्हालिन सकिन मनको बाध फुट्यो हजुर उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर रमाइलो संसार थियो कालो वादल छाइ आयो अनायसै आजफेरी असिनाले चुट्यो हजुर अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर

गजल : हिजो आफ्नै सोच्ने मन ...

हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ पराइको जाली माया गाढा भइदिएछ जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन अनायसै मुटु घोच्ने काडा भइदिएछ खै के भनु के गरौ आफुसँग केही छैन आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ तर आज मेरो माया थोत्रा भाडा भइदिएछ वालापनै नभोगी जवानी बने जस्तै आफन्तको संसार बिर्सी छाडा भइदिएछ

गजल: तिमी थियौ म थिए ...

तिमी थियौ म थिए , कती सुन्दर संसार थियो साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो यूगौ युग नरित्तिने, मायाको भन्डार थियो कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो सम्झना ताजै छ , अझैपनी यो मनभरी सगै खेली बिताएको पलहरु हजार थियो सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो

कस्तो हीरा पायौ तिमीले ...

गुमायौ या केही पायौ हिसाब छैन बाँकी गन्तब्यमा तिमी लाग्यौ दोबाटोमा मलाई राखी भाचिएछ तिम्रो मन आएन नि पलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई जे गर्यौ ठिकै गर्यौ बाच तिमी हाँसी म बसौला जिन्दगीमा अधुरा यि रहर साची वारुदको भट्टी भित्रै किन कोर्यौ सलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई चाँदनिको चौघेरामा कालो बादल लगाइ नदिउ पनि कसरी म मागेपछी बिदाइ हाँस खेल ठट्टा गरे जस्तो लाग्यो मलाई कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई

कती मिठो माया थियो .....

नचाहेको रहर साची घर बनाए बालुवाको दुई दिनमा ओईली झर्ने भर भएन पालुवाको सम्झनाको लौरी टेक्दै जंघार तरे जस्तो भयो कती मिठो माया थियो आज कता कता गयो उजाडियो सारा जीवन डढेलोले खाएसरी जीवन मेरो जहिले पनि बादल बर्षा झरी झरी खुल्ला आकाश किन आज तुवालोले छायो कती मिठो माया थियो आज कता कता गयो शैरमा निस्केको थे बाटो कतै पाइन सक्कली दिल किन्न खोजे बेच्ने कोही कतै छैन हावाको बहेली सुस्ताएझै मलाई लायो कती मिठो माया थियो आज कता कता गयो

गजल : भन्ने ठान छैटौउमा---

भन्ने ठान जिन्दगीमा यस्तै लेख्या रैछ खुशी पाउने दोबाटोलाई काँडे तारले छेक्या रैछ जे जे पर्छ आफ्नो भागमा भोग्दै जानु पर्ने दु:खै दु:ख पाउन भनी हामीलाई हेप्या रैछ चोटै चोटले सताइरह् यो खुशी कहिल्यै छाएन हाम्रो माया प्रितीलाई नै संकटले चेप्या रैछ राम्रो होस् भनेर संसारकै भलो जप्थ्यौ पवित्र यि आत्माभित्र कस्तो खोट देख्या रैछ इश्या गरे भगवानले कहाँ जानु शरण लिन ममताको धरातालमा कठोरताले टेक्या रैछ

गजल : निल्नु न ओकल्नुको...

निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी अबुझ ईश्यालु, म थिए रे त्यतिबेला दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी आपत बिपत परिराछ, तिमी टाढा भएदेखी हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी

गजल: भो तिमीले नै जित्यौ....

भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो उदास थियो यो जिन्दगी,झनै बढी भार भयो सजाउथे सपनाहरु, नयनको बाटो भरी ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो

माया त्यसै मर्दैन है

माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ साचो कुरा लुक्दैन , जती कोशिस गर तर मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ मनको प्यास मेटाउन, नारिएको हुनसक्छ

गजल -- हारजित भईरहने

हारजित भइरहने माया खेल होइन परीक्षा लिई छुट्टाउने पास फेल होइन जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र हर्ष न विष्मात हुने, कौवालाई वेल होइन पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो विश्वास हुन्छ एक अर्कामा जालझेल होइन गन्तब्य एउटै अनी पाइला सँगसगै दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन समर्पण समझदारी सम्मान हुन्छ त्यहा केही क्षण मोज गर्न, गरिएको मेल होइन

सधैं सँगै हिंड्नेहरु

सधैं सँगै हिंड्नेहरु, साथी हुन्नन साथी मिठो वचन बोल्ने सबै,जाती हुन्नन साथी बगैचामा अनगिन्ती, फुलहरु फुल्छन सबै फुल्ने फुलहरु, पाती हुन्नन साथी जीवन माथि एक्कासी, ग्रहण लागेपछी अन्धकार मात्र सधैं, राती हुन्नन साथी चारैतिर अन्यायको, कालो वादल छायपछी न्याय खोज्ने हातहरु, माथि हुन्नन साथी आफ्नो लागि मात्र वाच्ने, चलन भएपछी दु:ख पर्दा साथ दिने, छाती हुन्नन साथी

सानैमा सिकाइ

सानैमा सिकाइ दियौ नभै हुन्न आजभोलि किसको मात्र कुरा गर्छौ त्यसले छुन्न आजभोली यताउता सलबलाउने यो चन्चले मनलाई खोजी राछु भोटे ताल्चा लगाइ थुन्न आजभोली करकापमा हिजो सम्म एक गिलास बलै जान्थ्यो सिकेको छु भट्टी छिरी पिउन टुन्न आजभोली पालै पालो हत्या भयो दिदी भहिनी दाजु भाईको चोट सहने बानी पर्‍यो अह रुन्न आजभोली मिठो भाषण गर्छन् सबै कसको विश्वाश गर्ने सार्है कठीन भयो हजुर नेता चुन्न आजभोली

मनका कुरा

तिम्रो आफ्नै बिश्लेषणहरु होलान, विवेक सम्मत निर्णय गर्ने चेतना पनि छ होला, अनी तिमीसँग पनि विगत, वर्तमान र भबिश्य होला मेरो जस्तै होइन? तिमीले भनेजस्तै जीवन न हारजित हुने खेल हो , न परिक्षा लिएर छुट्टाउने पास फेल नै हो जीवन त आत्मियता को संगम हो जहाँ संसार जित्न सकिन्छ, संसार बिर्सन सकिन्छ। होला तिम्रा आफ्नै निर्ष्कषहरु' मैले हारे भन्ने' तर तिमीसँग एउटा प्रश्नगर्छु तिमीले हार्दा के, कती, कसरी र कस्ले जित्यो? मैले तिमीलाई आजसम्म बुझाउन सकिन र तिमीले पनि कहिलै मलाई बुझ्नै खोजिनौ,कमजोरी मेरै होला स्प्रष्ट रुपमा, सरल भाषामा मनका सबै कुरा तिमीलाई भन्न नसक्नु तर आज मसँग एउटा दुखेसो छ , मैले कहिलै नराम्रो भनेको छु तिमीलाई? केही नराम्रो गरेको छु? के मैले तिमीलाई अपनाउदिन भनेर कहिले भनेको थिए? तिमीलाई पनि थाहा थियो र छ पनि मेरो परिवार ले हाम्रो सम्बन्ध लाई स्विकार गर्दैन भनेर तर मैले यि वास्तविकता तिमीलाई भन्दा तिमी यसलाई मेरो कमजोरी भन्छौ भने मैले के गरु? तिमीले पनि त आफ्नो बाटो सजिलो बनाउन मेरो परिवारसँग प्रतिशोध नभै प्रेमको व्यवहाँर गर्न सक्थियौ र सक्छौ पनि तर किन तिमी यस्लाई अपमान

तिमीलाई के थाहा ..

तिमीलाई के थाहा सानी,चोट यो मनको क्षणक्षणमा मुर्छा पार्ने, विस्फोट यो मनको किनार लाग्न पाएनन, मेरा मिठा सपनाले खरानी भो एक निमेष मै, अठोट यो मनको हिजो सम्म राम्रो भन्थ्यौ, आज नानाभाती के पायौ खै अनायसै, खोट यो मनको आँफैसँग दंग पर्थे, कस्तो युगल जोडी अन्धकार भित्र रहिछ, छनोट यो मनको मेरो नजिक नआउ, जाउ अब परपर बन्द भए तिमी खेल्ने, कोर्ट यो मनको

हार्दिक श्रदान्जली पत्रकार 'उमा सिंह' प्रती

Image
आततायी र अमानविय तरिकाले निहत्था पत्रकार,एक नारीको क्रुर हत्याको जती नै निन्दा गरे पनि कमै हुन्छ। यस्ता जङगली प्रब्रितीले सारा समाज माथि नाङगो हस्तक्षेप गरेको ठान्दछु। यस दु:खद घडीमा पत्रकार उमा सिंह को आत्माको चिर शान्तिको कामना साथै शोक शन्तव्द सम्पूर्ण परिवारजनहरुमा ईश्वरले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन हार्दिक समवेदना ।