Posts

गजल

देखाउनलाई हाँसेपनी जलेकै छ जिन्दगी गार्हो सार्हो जे परेनी चलेकै छ जिन्दगी कोही आफ्नो कोही पराइ पर्दाभित्र भ्रम तेरो मेरो दौडधुपले छलेकै छ जिन्दगी बाध्यताको जन्जिरभित्र तड्पदै पल पल समयले नेटो काट्दै ढलेकै छ जिन्दगी छाउदा शिशिर ओइलीएर पात झरेपनी बहार छाइ बशन्तमा फलेकै छ जिन्दगी गन्तब्य टाढा छ भन्थे हरेश खानु हुन्न यात्राबीचको सुस्केरामा गलेकै छ जिन्दगी

गजल

उज्वल सुन्दर क्षितिज देख्दै छु म हाम्रो प्रेमको नयाँ कथा लेख्दै छु म खुशि खुशि मात्र छ तिम्रो साथले सफलताको सिढीहरु टेक्दै छु म छुट्टै एउटा सुन्दर बस्ती बसाउने मीठा सपनाहरुले मन सेक्दै छु म समस्या छ जताततै हाम्राहरुमा आधा दु:ख तिमी आधा खेप्दै छु म अप्ठ्यारा जति आउन जिन्दगीमा पहाड बनी सारा बाधा छेक्दै छु म

गजल

तराई पहाड हिमालका गजल लेख साथी मँयुर डाँफे र मुनालका गजल लेख साथी आफ्नो भाषा आफ्नो भेष आफ्नो सस्क्रिती डम्फु सारङ्गी मादलका गजल लेख साथि प्रकृतिले भरिपुर्ण हाम्रो सुन्दर मातृभूमी नदी झरना फेवा तालका गजल लेख साथी चार जात र छत्तिसबर्णको साझा फूलबारी चौबन्दी दौरा सुरुवालका गजल लेख साथी

गजल

दुई मुटु एक गरि जोड्ने कुरा भाछ दुई बाटो एकै तिर मोड्ने कुरा भाछ जात पात सानो ठुलो हटाएर सारा हाम्रो प्रेम नमुना छोड्ने कुरा भाछ भित्र भित्र गुम्सिएको सारा खुशिलाई छताछुल्ल पार्न बाध फोड्ने कुरा भाछ अज्ञानता रुढिबादी समाजको जालो बिक्रिती बिसंगती तोड्ने कुरा भाछ मानबताको सुन्दर बिऊ उमार्नलाई अब सगै फूलबारी गोड्ने कुरा भाछ

मेरो जीवनको त्यो १ दिन

यसमा उल्लेखित पात्रहरु सत्य घटनका काल्पनिक पात्र हुन। काठमान्डौ सम्मको यात्रा गर्नु थियो त्यो दिन करिब ३ घण्टाको बाटो न हो कुनै भवितब्य बीच बाटामा नपरे त्यसैले बिहानको खाना पछि मात्र यात्रा तय गर्ने निर्णय मैले गरेको थिए। यसपटक भान्जाको पनि बिद्यालय बिदा भएको कारण म सगै केही दिन काठमान्डौ घुम्न जाने मनसाय थियो उनको त्यसैले बिहानको खाना खाएर दिदीसग बिदा मागेर करिब २ बजे तिर हामीले यात्रा शुरु गर्यौ। बस चढ्ने ठाउमा पुग्नु पहिले करिब २0 मिनेटको पैदल यात्रा गर्नु पर्ने थियो। २0 मिनेटको पैदल यात्रा पछि हामी बस चढ्ने ठाउमा पुग्यौ। मैले बस रोके, बस बेसिशहरबाट आएको रहेछ। हामी बसमा चढेउ, हामी सगै अन्य २ बहिनीहरु पनि चढे उनिहरुसग मेरो सामान्य चिनाजानी पहिले देखि नै थियो त्यसमाथी हामी एउटै बिद्यालयका विद्यार्थी भलै म उनिहरु भन्दा ५-७ ब्याच सिनियर भएपनि त्यसमाथी भान्जा पनि त्यहि बिद्यालयका विद्यार्थी अनी एउटै गाँउले पनि। हामी( म र भान्जा) बसको अन्तिम सिटको देब्रे पट्टि झ्याल तर्फ बस्यौ भने सगै चढेका बहिनीहरु अली अगाडीको खाली सिट्मा बसे। बस अगाडी बढ्यो काठमान्डौ सगको दुरी घटाउदै। हाम्रो सिटको अगा

बिगतको डायरिबाट

आत्मिय निशा अबिरल अबिराम माया अटुट असिम सम्झना बादल बर्षा बीचको साउने झरी जस्तै निष्ठुरी र निर्दयी मनको रुखो कोसेली, मुटु दुखाइदिने घाऊ, पिडाको खानी, निरही मानिसले के नै दिन सक्छ र अरुलाई उही दु:ख, उही पिडा, उही बेदना अनी उही चित्कार त हो। चाहाना थिएन जलेको मन झन जलाउने तर पनि सकिन जब आखाभरी कसैको निरासता उर्लियो, बाटाभरी कसैको छाया अगाडी पछाडि लागिरह्यो,सम्झनाको मानसपटलमा यादको झङकारहरुले झकझकाइ रह्यो। भाबबिहोर हुँदै ब्यथा बल्झिए पछि तड्पिदै जान्छु मनको बाध छताछुल्ल भएर फुट्छ यही निर्दोषी शब्दहरु त छन् कोर्छु एउटा पत्र जतन गरेर पढ्नु। सम्बोधको कुन शब्दले बाधु,उही बिश्वास र अन्धबिश्वासको दिवाल भित्र रन्थनिएर जीवनको नयाँ मोडमा आएको अर्को एउटा सुनौलो अबसरलाई चाहेर वा नचाहेर भनु एकपटक गन्तब्यबिहिन दिशातिर निर्देषित गर्न लाग्दै छु। फेरि नसम्झ की बिगतमा मैले तिमिमाथी गर्ने व्यबहार र हाम्रो चोखो नाता कदापी भुलेको होईन र यो पनि नसम्झ की कोहि कसैको लागि सती जना पनि सक्दैन किनकी यहाँको चलन नै यस्तै बनेको छ जुन तिमिले देखाइसक्यौ। भनिन्छ नी जीवनमा कसैले कसैलाई पनि चिन्दैन भनेर आज मलाइ यही

प्रायश्चित

धेरै दिन भयो मन बिचैनीले छटपटाएको कुनी किन हो धेरै पटक आफैले आफैलाई सोध्ने प्रयास पनि गरेको हो तर पनि सहि उत्तर पाउन सकिरहेको छैन। खासमा ब्यस्थता पनि छैन फुर्सद पनि छैन खोइ कुन हिसाबले यी दिनहरु बित्दैछन म आफैलाई पत्तो छैन। बेलुका बिछ्छयौनामा पुग्दा भोली गर्नु पर्ने कामको सुची तयार हुन्छ तर बिहान उठ्यो अर्कै हिसाबले दिन गुज्रन्छ बास्तबमा भन्नै पर्दा अब्यबस्थित ढंगले यी दिनहरु त्यसै दौडिरहेका छन्। भित्रै देखि केही लेख्छु आज त कुनै टासो ब्लगको भित्तामा भन्ने लाग्छ, शिर्षक पनि छान्छु, २-४ हरफ लेख्छु पनि तर त्यसपछी मेरा औंलाहरु किन किन keyboard का अक्षरहरु थिच्न लरबराउछन,मन शुन्य भएर आउछ शब्दहरुको ठेलामठेलले सोच्ने ढोकै बन्द गरिदिन्छ तर आज किन किन मेरा अन्तरइच्छा भित्र दबित असिमित चाहानाहरु भनौ वा गुनासोहरुको बाध फुट्दै छ बिचैनिममा छटपटाएको मनलाई सान्त्वना प्रदान गर्ने धेय राखेर यी शब्दका कुसुमहरु बुन्दै छु। दिन चलेकै छ,रात जसोतसो ढलेकै छ,मनभरी सुन्दर सपनाहरुले ठुला ठुला महलहरु सिर्जना गरेकै छ तर खोइ फिस्स मुस्कुराउने ओठहरु बन्दको बन्दै छन, जिन्दगीको क्षितिज एक झुल्का घामको रजस्वलामा लतपत

गजल

Image
 आलो घाऊमा नुन चुक नछर्कन परदेशी मिठो बचन बोल्दा मैले नझर्कन परदेशी एकान्तमा टोलाउछु पागल हुन्छु घरी घरी यादै याद नछोड्ने भो छाती चर्कन परदेशी दुनियाँको चलन हो नानाभाती कुरा काट्ने साँचो सत्य बुझ्नु पर्छ नतर्कन परदेशी बुढा बाबा बुढी आमा काखको सानी छोरी केही हुन्छकी अत्यास लाग्छ फर्कन परदेशी गैराबारी सेराखेत बाझै बस्यो यसपालि नी बिदेशको युरो डलर न-पर्खन परदेशी

शुभकामना!

Image
बडादशै २०६७ को पावन अबसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली जनहरुमा सुख,शान्ति,सम्ब्रिदी र सफलताको शुभकामना!

गजल

जुनेली रात जुनको हुन्छ हुदैन ताराको माया प्रिती एउटाको हुन्छ हुदैन साराको भन्थे म त जुग जाने माया लाउने हजुर लाइएछ माया अन्जानैमा अल्लारे पाराको सुखमा राख्ने खुशीले पाल्ने देखाई सपना भाको जति लुटेउ,चुटेउ म कर्म हाराको ठानेर आफ्नै गरेर विश्वास बेहोशी मै थिए पाइन पत्तो पासोको लागि थापेको चाराको (चारो) भत्कायौ घर डुबायौ जीवन आएर बैगुनी तिमीलाई लाग्छ श्राप मेरा आशुका धाराको

फेसबूक म,उनी र बिचलित मन

रेडियोमा गीत बजिरहेको थियो आओर लाईफ इज अ नोवेल अफ लभ म भने घन्टौदेखी पुतली बत्तीमा होमिए जस्तै यो कम्प्युटर को स्क्रीन अगाडी झुम्मिरहेको छु अझ पुतली जस्तो पनि के भन्नु उसको त त्यो उज्यालो एक झुल्कालाई नजिकैबाट चुम्बन गरेर आफ्नो चेतनालाई उकास्दै उही प्रति समर्पित हुँदै आफ्नो इहलिला समाप्त गर्ने स्वार्थले त्यसको  वरिपरि घुमिरहन्छ होला तर मेरा भने न कुनै स्वार्थ छ, न कुनै चेतनाले यो मस्तिष्क उचाल्ने उधेश्य छ म बिना स्वार्थ,बिना उधेश्य पनि बिकल्प रहित यो बाटोमा हिडिरहेको छु। हाइ मेरो profile मा कसैले सन्देश पठाउछ , हेल्लो मैले पनि सन्देश पठाइदिए। यो भर्चुवल वोर्ल्ड मा बिना चिनारी भनौ वा चिनारी लुकाएर कसैले सन्देश गर्दै छ जस्तो पनि लाग्यो सामान्य परिचय पश्चात उनले सोधिन तपाइलाई कुनै केटीले धोका दिए जस्तो छ? होईन- शायद यो उनको बाध्यता थियो होला धोका नै नभनी हालु। हामी बीच सन्देश साटासाट निरन्तर भयो यसबिच मैले जीवनको कुरा गरे उनले मृत्‍युको मैले आशा र बिश्वास को कुरा गरे उनले कायरता र घातको, मैले भबिश्य प्रति आशाबादी हुनुपर्छ भने, उनले भबिश्यलाई तिरस्कार गर्नुपर्छ भनिन , मैले प्रेमको कुरा गर

असफल राष्ट्रतर्फका संकेतहरू

कान्तिपुर दैनिकी - २०६७ श्राबण १८ बाट साभर राजनीतिक दलहरू सत्ताको छिनाझप्टी गरी लोकतन्त्र र जनमतको उपहास गरिरहेको समयमा अन्तर्राष्ट्रिय मञ्चमा चित्रित तस्बिरले नेपाल असफल राष्ट्रतर्फ उन्मुख भएको संकेतहरू देखिएका छन् । विश्वविख्यात जर्नल 'फरेन पलिसी', अन्तर्राष्ट्रिय शान्ति कोषद्वारा प्रकाशित 'असफल राज्य सूचकांक' तथा लन्डनस्थित 'थिंक टयाङ्क' चटाम हाउसको जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखमा अस्थिर राजनीति, कमजोर अर्थतन्त्र, कानुनी राज्यको अभाव, कमजोर सुरक्षा निकाय तथा विदेशी हस्तक्षेपको कारणले असफल राष्ट्र हुने सम्भावना देखिएको निष्कर्ष निकालेका छन् । 'असफल राज्य सूचकांक' मा २६ आंै स्थानमा रहेकाले शान्ति प्रक्रिया सफल भई समयमै नयाँ संविधान जारी नभए दलहरूले वैधानिकता गुमाउने र गैरवैधानिक तथा सशस्त्र समूहहरूले अराजकता सिर्जना हुने विश्लेषण गरिएको छ । राजनीतिक अस्थिरता, अनिश्चित शान्ति प्रक्रिया र कमजोर अर्थतन्त्रको कारणले मात्रै होइन्, आगामी दिनमा बढ्न सक्ने आन्तरिक -जातीय तथा क्षेत्रीय) द्वन्द्व असफल राष्ट्रको प्रमुख कारण मानिएको छ । चीन र भारतसँगको उतारचढ

गजल

सुमन बँगाले + प्रबिण थापा साँझपख एकान्तमा याद बनी आउछौ सधै मुहार बदली प्यार बनेर सताउछौ सधैं भाचेर डाली फूल चुडेर चुल्ठो सजाउनेले बासुरीको मधुरीमा सुर बनी गाउछौ सधै कहीले माया साचो त कहीले झुटो तिमीलाई बिझ्योकी मुटु भनी सियोले घाउ लाउछौ सधै रातभरी हुरी चल्दा ठेगान नहुदा बासको एकमुठी स्वास लिन निदरीमा धाउछौ सधै छलकपट पापी मनको दैबले नै जानोस पिडा दु:ख र दर्दमा मात्र किन छाउछौ सधै

गजल

Image
लुकाई दु:ख भित्र खुशी मनाउनु पर्‍यो उनको जित आफ्नो हार रमाउनु पर्‍यो जिन्दगीको रित रे दु:ख सुख छुट भेट भन्दै आफ्नो मन आफैले फकाउनु पर्‍यो समाजमा मेटिन्छ बाउको इज्जत भनि चोखो प्रेम दाउमा राखी डराउनु पर्‍यो बेदनाको ज्वालाले पोलिरहदा हिर्दय नसकेनी मैले मन बहकाउनु पर्‍यो नौमती बाजा बजाई अर्कै आउँदा लिन दिलको राजा यिनै भनि सजाउनु पर्‍यो

गजल

Image
डेरा खाली थेन की दिलको घरमा की अटाइन सानु तिम्रो शहरमा भन्थ्यौ बिश्वास गर्छु आफ्नै भन्दा बढी कहिल्यै किन परेनौ मेरो भरमा छातीमाथी हात राखी खान्छु कसम जे गरे बाध्यता हो हैन रहरमा बोल्दैनौ राम्रोसग के भाको छ कुनी देख्दिन नी लाली गुलाबी अधरमा धनी गरीब सोध खोज किन गर्छौ मायाको मोलतोल हुन्छर दरमा

गजल

Image
शेरे,माधव,प्रचन्ड बोकाको कुरा नगर साथी उनका धन दौलत पोकाका कुरा नगर साथी गाँस,बास,कपास छैन जनताको झुपडिमा मजदुर, किसान भोकाको कुरा नगर साथी जताततै अस्तब्यस्त झन संकट थपिदैछ भ्रष्टचारी भए सबै चोखाको कुरा नगर साथी गरियो धेरै आन्दोलन आस्वासनमा परियो सम्झे छात्ति पोल्छ धोकाको कुरा नगर साथी बिघ्न बाधा धेरै सह्यौ परिवर्तन हुन्छ भनी पैतलामा उठेका फोकाको कुरा नगर साथी

गजल

सपना मीठा देखाएर जालमा पारीन उनले जसको राम्रो सोचेको थे गालमा पारिन उनले दिन गनेर बस्नेछु चाडै फर्की आउनु भन्थिन घात गरि बिश्वासको अनिकालमा पारिन उनले म छदै छु तिम्रो साथमा जे परेनी नडराउनु भन्दै आफु पाखालागी ढालमा पारिन उनले आफन्तको संसार तोडी उनको बाटो रोजेको थे न त चौका न छक्काको खालमा पारिन उनले बाँकी जीवन डुबेपछी क्षणभरको हाँसो भयो गरिखाउ न मरिजाउ को चालमा पारिन उनले

गजल

केही भएमा मलाई अर्कै नाता गास्नु काली नआत्तिनु दु:ख पर्दा सधै भारी हास्नु काली धेरै हल्ला जोरिपारी छरछिमेकमा चल्ला सत्य कहिल्यै डग्ने छैन मन उकास्नु काली हजार पिंडा सगालेर जित्नुपर्छ जीवन बाधा अड्चन गोरेटोको सबै मास्नु काली भाबनामा कहिलेकाही मन पोखिन खोजे सम्हालिन मेरो फोटो छात्तिमाथी टास्नु काली
प्राणप्रिय नानु(निता) हिर्दयभरीको न्यानो माया, जिन्दगीको यो अनौठो कुरुक्षेत्रमा थाहाछैन कसरी म आफुलाई होमिरहेको छु अनी मलाई यो पनि थाहाछैन मेरा मनका उच्छबासहरु कसरी पोखिने छन् यी जिन्दगिका अपत्यारिला घुम्तिहरुमा। तिम्रा नयनहरुले कसरी मलाई टिका टिप्पणी गर्लान, निकट भबिश्यमा मेरो जिन्दगी माथि खग्रास सुर्यग्रहण लाग्ला वा पुर्णिमाको सुकिलो जुनको आगमन होला। मेरो जिन्दगीको यो अनौठो परिक्षणले एउटा अमिट स्तम्भ खडा गर्ला वा सबै अनुभबहरु खरानी बनाउला तर यो भने सत्य हो तिमिसग बिताएका प्रत्येक पलहरु कलजयी हुनेछन अनी तिमीले पोखेका मायाका उपहारहरु अजर अमर रहनेछन। पत्र लेख्नु पर्ने बिशेष कारणहरु त केही पनि थिएन तर पनि बेखबरहरु पनि खबर बनेर मस्तिष्कमा छरपष्ट बनेर उम्रेका छालहरुलाई किनारा लगाउन, मन ब्याकुल बनेर निस्सासिदै आएकोले आफ्नै मुटु निचोरेर नयनको आँशुहरुले हिर्दयको टुक्रामा तिमीप्रती समर्पित भएर यी मनका उकुश मुकुस लाई एकैचोटी तिमी सामु पुर्याउन यी शब्दहारहरु बुन्दै छु। चाहाना थियो तिमिसगै खोक्रो समाजको निक्रिश्ट आबरणमा परिबर्तनको बिगुल फुक्ने, समाजमा बिद्यमान अन्धाधुन्ध र अबैज्ञानिक परम्परा

गजल

Image
फुल्नु तिमी चुडी माला उन्दिन भो मैले तिमी बग्ने नदीलाई थुन्दिन भो मैले तिम्रा आफ्नै रोजाइ, रहरहरु होला मनमा मिठा सपना बुन्दिन भो मैले भत्केका यी जिन्दगिका सिलसिलाहरु मिलाएर फेरी तान तुन्दिन भो मैले हुने नहुने सब भयो बाँकी के रह्यो? दुनियाँका कुरा अब सुन्दिन भो मैले समय नै रहेछ औषधी जिन्दगीको कति हासो कति पिडां गुन्दिन भो मैले