Posts

गजल

सानो एक झोक्का बतासको बेगसगै सबै पातहरू झरी नाङ्गिएको शरदको रुख जस्तै उजाड बनाएर तिमिले रातारात हामिले रोजेका बाटाहरुमा काँडेतार लगाएपछी मैले चाहेर पनि तिमिले बारेका सिमानाहरुमा आफ्नो पाइला राख्न सकिन। समयको यो अक्षुम्य साहास भित्र कहीलेकाही प्राप्ती सहज हुँदा हुँदै पनि समर्पणको हात हल्लादिनु पर्ने रहेछ। दु:ख त मलाई पनि लागेको छ कहिलेकाही मुटु फुलेर श्वासनै बन्द हुन्छ की जस्तो हुन्छ तर भोलिको पर्खाइमा बाच्ने अभिनय गर्नुको अर्को बिकल्प नभएपछी पुर्पुरो मसारी रुनुको अर्थ नै के रह्यो र ?  मैले हारेको यो जिन्दगीलाई माफ गर है सानु ! बिश्वासको भ्रम फेरि छर्यो नभन निष्ठुरीले गर्नु घात गर्यो  नभन छैटौउमा बिधाताले यस्तै लेखेका तिमी हाँस्यौ मैले रुनु पर्यो नभन बहकिदै जताततै हिड्यौ तिमीनै दिल तोडी अन्तै डेरा सर्यो नभन दु:खीलाई दु:ख माथी दु:ख थपिन्छ साढे सातको दशा थ्यो टर्यो नभन खेल न हो समयको अझै के हुन्छ? मेरा लागि 'प्रबिण' नी मर्यो नभन http//prabinthapa.facebook.com

गजल

धेरै पछि झुल्किएको छू तपाइहरू सामु फेरि एउटा काँचो गजल लिएर। हजुरहरूको मायाले यी दिनहरुमा निकै सताइरह्यो तर ज्यानले साथ नदिएकोले मनले मात्र चाहेर नहुने रहेछ। जो जस्ले आज आफ्नो प्रेमको डोरी झन् बलियो गरेर कस्नु भो वा जसले नयाँ सम्बन्धको शुरुवातमा पहिलो खुड्किलो टेक्नु भो तपाइहरू सबैलाई प्रणय दिबसको शुभकामना!अनी आज प्रणय दिबसमा प्रेम साट्न नपाएका मनहरू प्रति भने गजल समर्पित गरे। कस्तो लाग्यो प्रतिक्रिया लेख्न नभुल्नु होला है साथीभाइ भन्दै थिए,लौ आयो भ्यालेनटाइन पोहोर साल त्यस्तै भयो,यसपाली चालै पाइन भाडा माझे लुगा धोए,बाटो उनकै हेरिरहे दिनैभरि भोकै बसे,खाना पनि खाँदै खाइन उपहार किनेको थे,रातो गुलाब दिन्छु भनि यता उता कतैबाट,कुनै मोरी आउँदै आइन निशा छायो मनभरी,कोही आएन चाँद भर्न जिन्दगीको अधेरीमा,उजेली छाउदै छाइन भक्कानिदै मुटु दुख्यो,ऐया भन्दै छटपटाए थुने मन ताल्चा ठोकी,मनको बह सुनाइन

शुभकामना! तिमिलाइ

Image
प्रिय नीता! अबिरल,अबिराम माँया सम्झनामा मुटु दुखुन्जेलसम्म, पत्र लेख्नु पर्ने नबिन कारणहरू त केही पनि थिएन तापनी बेखबरहरूलाई खबर बनाउने बाहानामा,अनि प्रत्यक्षरुपमा सन्देश र शुभकामना लेख्ने हैसियत गुमाएकोले पनि यो अप्रत्यक्ष माध्यमबाटै भएपनि एकपटक तिमीसम्म पुग्न चाहेको मनलाई सान्त्वना दिने अभिप्रायले मुटु निचोरेर नयनको अश्रुले तिमीप्रती समर्पित बन्दै पिंडित बनेको मेरो मायालाई बेदना निर्लिप्त भाबमा उतारेर मनका उच्छबासहरू पोखीरहेको छू तिम्रो जन्मदिन र यो प्रेम दिबसको अबसर पारेर शुभकामनाको खातिर। नसम्झ फेरि प्राप्तीको चाहाना राखेर तिमि प्रति मायाको भाब दर्शाउदै छू, यो पनि नसम्झ अपमानले तिमिलाइ घ्रिणा गर्दै छू। तिमी त मेरो प्रेम थियौ,हौ र हुनेछौ अनन्तसम्म पनि। जुन दिन तिम्रा र मेरा जिन्दगीका दोबाटोहरू २ भएर देखा परे हो त्यहि दिनदेखी तिमीसगको यात्रा टुङ्गीएर एक्लै यात्रा गरिरहे पनि अह!मलाई कुनै पल तिम्रो साथले छोडेको छैन। म तिम्रो भौतिकता भन्दा कल्पना र तिमिसग बिताएका अतितहरूसग आजभोलि धेरै रमाउने गर्छु। एकछिन अतित खोतलेर अल्मलिन्छु,आफैलाई निचोरेर निखारिन्छु। कहिलेकाही त

गजल

होईन तपाइलाई पनि कहिलेकाही त यस्तै लाग्दो हो होईन त? यो रहस्यमय जिन्दगी देखि।  जिन्दगी यता मिलायो उता बिग्रन्छ। यसो गर्‍यो उसो गर्‍यो जहिले पनि हात लागे शुन्य अब त केही हुन्छ की भन्यो भा'को केही होईन। सुत्ने बेला भोलिदेखी त केही गर्छु भन्ने प्रण गर्‍यो बिहान उठ्यो हाई गर्‍यो सुत्नु अघिको प्रण खत्तम। जसरी बुझ्यो त्यस्तै यो जिन्दगी। सूख माने सूख,दु:ख माने दु:ख जिन्दगी भित्र के छैन संसार छ र पनि फेरि शुन्य जस्तो लाग्ने त्यसैले आउनुस् यो साँझ तपाइहरू पिउने नपिउने सबैलाई निम्तो पिएर जिऔ,रमाइलो गरौ। एकछिन हाँसौ पिंडा पन्छाएर। लौ जा पिउने होईन त चेस्स्स्स्स्स्स्स!!!!!!खुस्केछ केटो को नभन्नु नी फेरि। सब होस मै हो अझै पीइ सकेको छैन् हाहा हा हा खाली गिलास भरिन्छ चेस गरिन्छ आजको रात जे पर्ला फेस गरिन्छ स्वतन्त्रतामा मेरो भाजो हाल्नेलाई अदालतमा गएर केश गरिन्छ आयोग बन्छ छानबिन गरिन्छ प्रतिबेदन लेखेर पेश गरिन्छ जितु वा हारौ जिन्दगी हो केनै भो र अनुभब कै लागि नि रेस गरिन्छ

हाईकुहरू

लेख्ने बिषय,लेख्ने मन नभएर होइन,समय पनि चाहिएको जति छ तर चुपचाप बस्दै छू किनकी यो एक बर्ष गुमसुम हुने निर्णय नै गरेको हो तर  कहीलेकाही आँफैले भनेका कुरा आफ्नै मनले नटेर्दा रहेछन् अनि सान्त्वना दिन मनलाई केही नलेखी बस्न सक्दिन स्विकार्नुस् केही हाईकुहरू प्रेम तापमा पग्लन्छ एकदिन पाषण मन! जलाइदिन्छु तिम्रो खुशिको लागि मुटुको टुक्रो! म तिम्रै हो नी रगत चलुन्जेल नसा नसामा! फुट्ने पो हो की छताछुल्ल भएर मनको वाध! खाटो नलाग्ने मलम पट्टी गरि प्रितीको घाउ! चन्द्र दाँहिना तोडिन्छ फेरि पनि वैंरीको किल्ला !   पिएर टन्न आफ्नै गहका आँशु मदहोसी म!

केही हाइकु

आजभोलि यता मन बरालिदै छ। सिकारु हो हजुर गल्ति भुल भए क्षमा पाऊँ। हजुरहरु को न्यानो मायामा हुर्काने बाताबरण मिलोस। पिंजडा भित्र नजरबन्दी आशा नयाँ नेपाल! झ्याउकिरीले दिउसै रात पारे बिना सूचना! ज्यान हाजिर मनमा ताल्चा ठोकी तिम्रो खुशिमा! मन्द मुस्कान अश्रुले नयन भिजे निचोरी मुटु! गोधुली साँझ हिक्क हिक्क बाडुल्की सम्झना तिम्रै ! शान्तिको नारा बारुदको भट्टिमा हिंस्रक मन! खाएर टन्न खोलभित्र लुक्छन झुसिलकिरा! उड्दै जाने भो बत्तिको वरिपरि प्राण पखेरु! वैंशको फूल जोगाएर राख है पापी भमरा! गन्तब्य टाढा यात्राको साथी तिमी फुरुङ्ग मन!

हाइकु

नाङ्गा रुखले भने शिशिर छायो उदासी मन! अधुरै रहे मनका यी रहर बेइमानी म ! टेक्न नमिल्ने समयको हुरीले भाँचेको लौरी! सुर्य छेकेर बादल छाम्दै होला मेरो तागत!

गजल

साँच्चै अहिले ब्लग,फेसबूक जस्ता सामाजिक सन्जालको सहयोगले गर्दा नेपाली गजल बिधाले अग्रगामी परिवर्तनको सिमारेखा कोरिसकेको छ। मानौ देश नै गजलमय भएको छ,हामिहरु सबै गजल प्रेमी भएका छौ,साहित्य सिर्जना प्रति अलिकति रुची राख्ने जो कोहिले पनि गजल लेख्न प्रयास गरेमा यसका सामान्य नियमहरुको सजिलै सहयोग लिन सक्छन यी सामाजिक सन्जालहरु भित्र छिरेर। २०५९/६० तिर हो नेपाली साहित्य जगतमा गजल बिधाले आफ्नो जरा गाढी सकेको भएपनि उचित मात्रामा फस्टाएर फूल्ने फल्ने अबसर भने पाइसकेको थिएन। क्याम्पसमा आयोजना हुने केही कार्यक्रमहरुमा गजलको नाममा केही साथिहरुले आफ्ना रचनाहरु बाचन गर्थे,मेरो यो चन्चले मन हो त्यही साथीहरु को गजलहरुमा निकै उत्सुकताका साथ उफ्रिदै पुगेर धेरै बेर त्यहि अलमलिन्थ्यो। मलाइ पनि केही लेखु लेखु भैरहन्थ्यो अनी म पनि लेख्थे गजलका नाममा यति थाहा थियो कम्तिमा ४ शेरको हुनुपर्छ गजल अरु यसका नियम परिधीको बारेमा केही थाहा थिएन हो त्यहि बेला को मेरो रचना हो डायरिको पाना भित्र कति खादेर राख्नु त्यसैले केही परिमार्जन नगरी प्रस्तुत गरे। गजल धेरै दृष्‍टिकोणले हुन नसकेको भएपनि पनि गजल नै भनेर प्रस्तुत गरे।

बस्ती नबसाउ

यहाँको चलन नै यस्तै छ तिमी नरिसाउ म भत्किएको चौतारी माथी भारी नबिसाउ डुबिसकेको घाम म प्रकाशको आशा नगर अस्ताएको जुन म शितलाताको आभाष नगर ओइलाएको फुल माथी भमरा बनी डुल्न नआउ सुकिसकेको मुल छेउ प्यास मेट्न भन्दै नधाउ शिशिरको उजाड भित्र छहारी खोज्दै नधाउ मरिसकेको लास बचाउन डक्टर खोज्न नजाउ अन्यायमा म आफै छु न्याय खोज्न नआउ लंगडो छु म आफै साहारा खोज्न नआउ क्षितिज पारीको कल्पना म चुम्न नखोज मेरा खोक्रा आदर्शका बाटा नरोज एक थोपा पानी म पिएर नसिध्याउ म त बिषालु साप त्यसैले नजिस्काउ म भत्किएको महल बस्ती नबसाउ! बस्ती नबसाउ!!

जूनी भरीलाई

अथाहा अथाहा प्यार मेरो जूनी भरीलाई अबिरल मायाका छालहरु जूनी भरीलाई असंख्यौ प्रगतिका बधाई जूनी भरीलाई असिमित सम्झनाका लहर जूनी भरीलाई मृत्‍युको डोली नचढेसम्म मेरी प्यारीलाई अनमोल हाँसोका सौगातहरु जूनी भरीलाई जूनले भन्दा बढी शितल दिने छहारीलाई समर्पण गर्दछु यो ज्यान जूनी भरीलाई सगै जिउने सगै मर्ने मेरो जिन्दगीलाई तारा भन्दा धेरै माया जूनी भरीलाई आकाश भन्दा फराकिलो हिर्दय दिनेलाई सागर भन्दा गहिरो माया जूनी भरीलाई औंशीको रातमा उज्यालो छरी दिनेलाई आस्थाको दिंयो सधैं बाली दिनेलाई समर्पित हुन्छु म त जूनी भरीलाई आगाध स्नेह दीइरहन्छु जूनी भरीलाई

बदलिएका मनहरु

I love walking on the rain'cause no one knows i am crying 'लेखिएका हरफहरुको पछाडि आफ्नो अनुहार छोपिएको धमिलो आक्रिती लिएर फेसबूकको भित्तामा अन्लाईन मा देखियो उ। हाम्रो मित्रताको डोरी २०५७ तिर पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा पढ्दा देखि नै कसिएको हो। त्यतिबेला किन किन जब म उसलाई आफ्नो अगाडी पाउथे म भित्र अचम्मको साहास भरिएर आउथ्यो। राजनितिक बिचारमा समानता,अन्यायका बिरुद्ध बोलिने आवाज यी इत्यादिमा हाम्रो समान द्रिष्टीले पनि अझ हाम्रो प्रगाढ मित्रता माथी अरु इटा थप्ने काम गरेको थियो । २०५७ को स्व वी यु निर्वाचन देखि लिएर अनेकौ राजनितिक र सांगठनिक कार्यक्रममा हाम्रो सहभागिता सगसगै हुन्थ्यो। क्याम्पस भित्र गाईगुइ गुणगान सुनिन्थ्यो म जस्तै धेरै विद्यार्थीका आदर्शका पात्र बनेको थियो उ,छात्रबासभित्र हुने गरेका दंगाफसाद, लुटपाट बिरुद्ध २०५६ को तीज को दिन स्थानिय गुण्डाहरुसग भएको झडप र ती गुण्डाहरुसग डटेर सामाना गरि स्थानिय गुण्डाहरुलाई परास्थ गर्ने एउटा प्रेरणाको स्रोत थियो उ। साच्चै मलाइ उ प्रति गर्ब लाग्थ्यो,साथीहरुको गुणगान प्रति इर्श्या पनि जाग्थ्यो अली अली।बोलीमा खरो,बिचारमा

गजल

नियमको परिधी,गजलका मुल्य मान्यताबाट म निकै अनभिज्ञ छु यति हुँदा हुँदै पनि मनभित्र गुम्सिएर पाकेका मेरा गुनासाहरुलाई शब्दहारहरुमा बुन्न मन लाग्छ गजलको नाममा। मेरा भाबनाहरु पोखिन्छन छताछुल्ल भएर म आनन्दताको अनुभुती गर्छु यसको मतलब सष्ट्राहरुका भाब,छन्द,लयले सजिएका सुन्दर गजलहरुलाई अन्याय भने गरेको होईन बरु म पनि हजुरहरुद्वरा सिर्जित गजलहरुको उचाइभित्र छाँयाबत हुँदै शितलताको आभाष लिन खोज्दै छु। देखाउनलाई हाँस्छु बाहिर मनभरी रुन्छु खै के भनु कसलाई यहाँ धरधरी रुन्छु बिर्सु भन्छु यादको बाढी उर्लिएर आउछ सम्झिएर आफ्नै अतित घरिघरी रुन्छु कहीलेकाही एक्कासी श्वासै बन्द हुन्छ मुटुभित्र गाँठो पर्छ मरिमरी रुन्छु कहाँ जाने?के गर्ने? गन्तब्य हिन भाछु तिम्रो साथ बिना आज खोलितरी रुन्छु आँखाभरी छाइदिन्छौ क्षणमै ओझेल पर्छौ बिष्फोट हुँदै आफैभित्र पागलसरी रुन्छु .

शान्तिको युगिन गीत गाउला

२०५९/६० तिरको रचना हो मेरो, डायरिको पानामा मात्र कति सजाएर राख्नु त्यसैले पस्किए हजुरहरुसामु प्रबिधी को यो सुलभता उपयोग गर्दै स्विकार्नुस! मेरि प्रियतमा झन्डै दशक बित्न लागिसक्यो तिम्रो र मेरो भेट नभएको पनि माथी डाँडाको चौतारी गत सालको हुरीले ढाल्यो बाटो मुनिको पधेरो यसपालीको खडेरीले सुक्यो हाम्रो प्रेमको निशानीले दशौ बशन्त पार गर्नै लाग्यो तर किन तिमी फर्केनौ? म भित्र तिमी फर्कने झिनो आशा पलाएको छ त्यसैले, अबत फर्क मेरि प्रियतमा अतितका दर्दिला घाऊहरुमा मलम लगाएर बिना डर बिना संकोच गलामा गला जोडेर शान्तिको युगिन गीत गाउला! आज तिम्रै तिर कोलाहाल मच्चेको छ रे हिजो लादेनको घर पोलियो आज सद्धामका बस्तीहरुमा आगो सल्काइदै छ रे त्यसैले फर्क मेरी प्रियतमा धुवाको मुस्लोले सगर कालो भएको बेला मान्छेका रगतले सागर राताम्मै भएको बेला गलामा गला जोडेर शान्तिको युगिन गीत गाउला!! आँखा बन्द भएको बेला आफ्नो भन्ने कोहि नभएको यो घडिमा आकाश फुट्दै छ धर्ति भासिदै छ विश्वाश टुटेको समय कर्तब्य भुलेको यो पल आफ्नै घर जलिरहेको बेला आस्था ढलेको बेला म कति कमजोर भएको छु त्यसैले, तिम

झरी परिरह्यो

धेरै दिन पछि कालो बादलको पर्दाले आकाश कैद भएको छ। धर्ति अधेरिएको छ। बाहिर सिम सिम पानी पर्न थालेको छ। पर पर देखि समुन्द्रको छाल किनार चुम्न उत्ताउलो पाराले हुत्तिरहेका छन म झ्यालको पर्दा खोल्छु गर्मीले उकुशमुकुश भएर चाउरिएको मेरो अनुहारलाई हावाको एक सप्काले स्पर्श गरेर जान्छ म शितलताको अनुभुती गर्छु। बेडमा पल्टन्छु सिलिङमा गएर मेरा नजरहरु ठोक्किन्छन मनमनै सोच्छु मेरा नजरहरु जस्तै मेरो मन किन ब्रेक लाग्दैन कहिल्यै? एकाएक मेरा अगाडी दशक अगाडीको घटनाक्रमहरु यो पछि त्यो वा त्यो पछि यो शिलशिला बिग्रिएर भएपनि उभिन थाले। आकाश निर्मल थियो भाद्रको महिना पनि कतै बादलका धब्बाहरु देखिएका थिएनन, मन उमंगले फुलेको थियो जताततै खुशि मात्र अह मलाई नै थाहा थिएन किन म हर्षित थिए। एस. एल. सी. को परिणाम पछि इन्जिनियरिङ क्याम्पसको अध्ययनको शिलशिलामा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा भर्ना भएर दशैं तिहार पछि मात्र पढ्न जाने सोचमा घरतिरै बस्थे। म सबैसग थोरै बोल्छु त्यसैले पनि होला जो सग बोले पनि लजाएर बोलेजस्तो आभाष मलाइ हुन्छ। त्यसै समयमा मेरो परिचय एउटा केटिसग हुनपुग्यो। हुन त भौतिकताको हिसाबमा उनी त्

कता कता?

रात छिप्पिदै छ आकाशमा ताराहरु उदाएनन आज हर्केले मधुरो दिंप पनि सल्काएन सल्काओस पनि कसरी? धर्तीलाई कम्पन गराउने आधिबेहरी उर्लिरहेको छ! त्यसैबेला, बाहिरबाट उठ् ढोका खोल ढोकामा ड्याङ्ग आवाज आउछ हिड् अब हामिसग के यी सब रातको आगमनले हो त? अबश्य होईन! एउटा प्रतिशोधको निक्रिष्ट उधाहरण आस्थाको मुना निमोठी फाल्ने कुचेष्टा मन भित्र धेरै त्रास डराइ डराइ लाग्छ पछि पछि निरही पशु समान उफ्! बादल पारीको गाँउतिर हजार कौतुहलता मनमा खेलाउदै भोलि बिहानीले कस्तो दिन बोकेर आउँला? निराश बन्छ जन्जिर भित्रको चरी जस्तै हिनता बोध गर्छ लडाइ हारेको सिंपाही जस्तै छटपटाउछ प्रसब पिडाले छटपटाएकी नारी जस्तै पर, नेपथ्यामा पनि कोहि रोइरहेको छ उसलाइ पनि मलाइ जस्तै गरिएको होला उसको पनि चित्कार सुन्ने कोहि छैनन होला उ पनि परिस्थितीजन्य बाध्यताको शिकार न होला यी आदि इत्यादी सोच्दै गन्तब्य बिहिन यात्रामा एक हुल बिबेक शुन्य भेडाहरुको पछि लागि रह्यो - लागिरह्यो कता कता?

प्यारी बिहानी

अन्धकारमय रातलाई बिदाइ गर्दै सपनिलाई यथार्थतामा स्मरण गराउदै घामको सुनौलो किरणहरु सगै चराहरुको सुमधुर स्वरहरु सगै सबैलाई ब्युझाउदै नौलो दिनको शुरुवात बोकेर आउने तिमी बिहानी सबैमा उमंगको आशा बाड्दै नयाँ जोश र जागर छर्दै स्वर्णिम संसारको कल्पनामा प्रज्वलित दींप सल्काउदै जब तिम्रो आगमन हुन्छ समस्त जगत नतमस्तक भएर तिम्रो स्वागतार्थ ताली पिटिरहेको हुन्छ साँच्चै भन्ने हो भने तिमी कति महान छौ तिमी कति निडर छौ किनकी तिम्रो आगमनमा सम्पुर्णमा भय र त्रासको बाताबरण समाप्ती भएर जान्छ तिमी त आँखा हौ जसले संसार देखाइदिन्छ तिमी सबैको साहारा हौ, खुशि हौ त्यसैले तिम्रो अनुपस्थितिमा एक पल पनि कोहि रमाउन सक्दैन तिमी निश्चल छौ तिमी पवित्र छौ तिमी भित्र समानताको समभाब छ न्यायका प्रतिमुर्तीहरु छ तिमिले कसैको बिगार गर्न जानेकी छैनौ तिमी निष्कपट छौ,निर्दोष छौ तिमी सबैको आँखाको नानी सबैको भरोसाको केन्द्रबिन्दु तिमी बिहानी प्यारी बिहानी .

मैले रुन बिर्सीसकेको छु

म भाग्दै छु आफ्नै जिन्दगी देखि नमजासग लखेटिरहेको छ यो जिन्दगीको चोटहरुले। भाग्दा भाग्दा थकित बनेर प्रेम,यौन,सम्बन्ध सबै गौण लागिरहदा फेरि इश्वरले अन्याए गरे बाबालाई सदाको लागि हामिबाट चुडेर। साँच्चै सन २०११ ले जिन्दगीलाई जोड्नै नमिल्ने गरि च्यात्यो,टुहुरो बनायो अझै बाँकी छ हेर्दै जाउ के के गरेर कसरी अस्ताउला यो निर्दयी बर्ष। धेरै दिन भयो ब्लगको भित्ता नपोतेको पनि लेख्ने बिषय बस्तु नभएर पनि होईन। धेरै कुरा मन भित्र हुदाहुदै पनि मनमा बिर्को लगाएर टुलुटुलु आफ्नै जिन्दगीको तमसा हेर्दै म कहीले भक्कानिएर रोए त कहीले पागलसरी खित्का छोडेर पेट बाउडिने गरी हाँसे पनि। धेरै पिडा हरु बीच पनि आज म अलिक खुशि नै छु किनकी करिब ५ बर्ष अगाडी हराएको डाएरी आज भेटिएको छ। बहिनि सुमित्रा श्रेष्ठ लाई हिर्दयदेखी धन्यबाद सुरक्षित रुपमा डायरि राखेर फिर्ता गरिदिनु भएकोमा। १० बर्षे जनयुद्धले चरम उत्कर्ष लिदै गर्दा तत्कालिन देउवा सरकारले २०५८ मंसिर ११ मा संकटकाल घोषणा गरेपछी देशले रगतको होली खेलेको थियो यहि परिबेशलाई समेट्दै त्यसबेला मनमा लहरिने भाबनाका शब्दहारहरु जे जस्ता थिए मेरा सानो मनले जे सोच्यो,जे देखे मेरा

नाङ्गो जिन्दगिका भ्रमहरु

. एकदम नै दयनिय अनुहार बनाएर मलाइ एकोहोरो हेरिरही म पनि निकै भाबुक भएछु सानो नानीलाई फकाएझै उनीलाई अगालोमा बेरेर कपाल सुमसुमाउदै सोधे तिमीलाई के भएको छ आजभोलि? मैले जिवनमा सबैभन्दा धेरै माया गरेको मान्छे तिमी। तिम्रो मायालाई म कहिल्यै बिर्सन सक्दिन। आजसम्म तिमिले मैले जे जे भने त्यो गर्यौ मैले जे चाह गरे त्यो तिमिले दिइरहेउ। हुनत तिमिले मेरा कुराहरु अब सुन्ने छैनौ होला तर पनि मलाई अझै तिमीमाथी ठुलो भरोसा छ। झुकेको शिर अलिक ठाडो पारेर निकै मायालु भाबमा मेरो नयन तिर हेरि। खोइ मलाई के भयो त्यतिबेला मैले नचाहेर पनि जिन्दगीमा ठुलो गल्ती गरे,मलाई थाहा थियो म हजुरको भैसकेको मान्छे तर नदीको बाढीले खिचेर बीचतिर लगेजस्तो म पनि उ प्रति निकै आकर्षित भएछु। म भित्र न उ प्रति कुनै चाह थियो,न म हजुरलाई बिर्सिएर सोच्नै नसक्ने गल्ती जिन्दगीमा गर्न सक्थे म त उ सामु धेरै दिन देखि पोख्न नपाएको हाम्रो प्रेमको कथा बाड्ने सोचमा हाजिर थिए तर संसारमा न म मात्र थिए न हजुर मात्र अरु धेरै पनि छन् भन्ने मैले सोच्दै सोचिन र त आज म हरेक पल तनाबभित्र बाँच्न बिबस छु। उनी डाको छोडेर रुन थालिन,उनकै छेउमा बसेर दुनियाँ यस

गजल

तिमी छौ यो हिर्दयमा अह ढाट्या छैन बिश्वास गर कतै अर्को डोरी बाट्या छैन शंका कति नगरे निश्चल छ यो आत्मा गर्दैछु म साँचो कुरा आदर्श छाट्या छैन सम्झनी ताजै छ हाम्रो मिठो बाचा कसम बिर्सिएर तिमीलाई कुनै सिमा काट्या छैन तिमी सगै छौ र संसार जिते जस्तो लाग्छ यो मनको चोखो माया अरुसग साट्या छैन त्यहि छ आज पनि हिजो जहाँ थियो तिम्रै हो यो प्रबिण कतै फाट्या छैन

मेरो पत्रको जबाफ

                                                                                                फेब्रुवरी १४,२०११ मुटुको धड्कन समिर! हुन त तपाइले मेरो पत्र प्रति कुनै टिप्पणी नगर्न आग्रह गर्नु भएको थियो तर पनि पत्र पढिसकेपछी यो चन्चल मनलाइ थुन्न सकिन अनी तपाईंको आग्रह बिपरती यो पत्र लेख्दै छु सक्नु हुन्छ भने मलाइ माफ गरिदिनु हवस! धेरै धेरै आभारी छु तपाई प्रति यसलाई पढ्ने अबसर दिनु भएकोमा। आफैले आफैलाई धिक्करे एकपटक भाब बिहोर भए अनी तपाईंको शुन्यता र निरसतालाई पटक्कै देख्न नचाहने म भित्र भित्रै जल्न पुगे किनभने यो सब म बाट नै भएको हो मैले गर्दा नै तर समिर जिन्दगीको अनेक आरोह अबरोहमा हण्डर अनी ठक्कर खानु हामीले पर्छ किनभने जीवन हामिसग तर जिवनको रिमोट कन्ट्रोल अरु कसैसग छ। हामी चाहाना त गर्छौ हामीले चाहेको जिन्दगीको तर अरुको मर्जि हाम्रो इच्छाको खिलाफ अनी शुरु हुन्छ इच्छा बिपरितको गन्तब्यहिन यात्रा नचाहेर पनि हामी दौडनु पर्छ यही यात्रामा खै कुन मोडमा के हुन्छ कसलाई के थाहा? त्यसकारण मैले आफ्नो जीवनलाई कहिल्यै पनि आफ्नो सम्झेकी छैन सधैंभरी अरुबाट सिन्चित मेरो जीवनपनी अरुलाई नै सुम्पे