Posts

Image
SHREE ANNAPURNA SECONDARY SCHOOL   La scuola si trova   Villaggio CHHAPTHOK nella comune di KHARI. CHHAPTHOK si trova circa 130 km da kathmandu nella provincia di Dhading zona centrale del Nepal. Il sistema scolastico in Nepal si divide in due cicli. Il ciclo di base ed il ciclo superiore. Il ciclo base comprende la scuola elemetare(1-5) e la scuola secondario(6-8) o(9-10). La scarsità di risorse ,la qualità delle personale scolastico, ingiustizie sociali(sesso, appartenenza   alle caste, classi di reddito) che rendono difficile dare un instruzione di qualità, e stanno diventando una sfida non solo per mio villaggio ma anche tutto in Nepal. In Nepal un comune è costituito 9 piccoli villaggi. Questa scuola studiano circa 300 ragazzi di 2 villaggi. Si studia fino 10° anno.   Ci sono una decina di   insegnante e una persona per il servizio. La scuola è statale pero maggior parte di insegnante fanno un lavoro precario. Due piccoli villaggi ha quasi 2000 persone. Ogni casa s

नयाँ बर्ष नयाँ हुन सकेको छैन

Image
 नेपाली नयाँ बर्ष २०७० को शुभकामना सम्पुर्ण मित्र,मान्यजन र शुभचिन्तकहरू प्रति। तपाइहरूको यो बर्ष सुखद बनोस्।   शुष्क शुष्क हावाको बहकाइले भञ्ज्याङलाई हिर्काउदा मधुर बेदनाको गाठो फुकाउदै काफल पाक्यो चरीले बिरह सुनाउदा अनि मलाइ स्मरण हुन्छ कल्पनाका तरङ्गहरुमा हराउछु यस्तै बशन्त बोकेर त्यो मिठो नयाँ बर्ष भित्रिएको थियो!   बशन्ती मुना हातमा खेलाउदै लालटिनीको थोरै प्रकाशसग हामिले मन साटेका थियौ दुई मुटु एक गरि बाटेका थियौ हो तिमिसग बिताएको अतित भित्र म आज पनि पागल बन्छु एक्लै रामाउछु एक्लै गुनगुनाउछु स्मरणमा किनकी म भित्र तिम्रो गहन स्‍मृति बाँकी छ अझै त्यहि बशन्त, त्यहि मिठो नयाँ बर्षको झझल्को जुन बेला भएको थियो हाम्रो मिठो मिलन!! त्यहि बशन्त र त्यहि नयाँ बर्षसगै हामि फुलेका थियौ हर्ष र उमंगका बासनाहरूले सजिएर भबिश्य फलाउने सपनामा तर समय सगै तिमी निष्ठुरी बन्यौ बिश्वासका पर्खालहरू ढले खरानी नै बन्ने गरि मन जले तिमी अबुझ बन्यौ त्यसैले, आज न तिमी छौ न मलाइ नै राख्यौ यँहा यतिखेर फेरि अर्को बशन्तसगै नयाँ बर्ष आएको छ रे किमार्थ! रङ्गिचङ्गी फुल

जाबो एक चुम्बन

Image
पूजा गरे, प्राथना गरे भगवानसग हाम्रो प्रेम अजर, अमर रहोस् भनेर कर्तब्य भुलिदिए दायित्व बिर्सिदिए  जीवन उनकै लागि भनेर तर, उनी भने मसग चाहाना गर्दो रहेछिन जाबो एक चुम्बन! मन पुरै खोलेर पहिल्यै भनेको भए धेरै चुम्बाहरू बर्षाइदिन्थे सारा शरीर ओठका नीला डामले कतै खाली नहुने गरि छताछुल्ल पोखिन लागेको बेला कति जतन गरि जोगाइ राखे संकटको घडिमा ज्यानै बाजी थापेर आफै अगाडी पसे बेदना र पिंडामा छटपटाउदा   मलम पट्टी लगाए आफ्नो सर्बस्व गुमाए न उनलाई पाए न अरु केही आफ्नो बनाए हुन त!  के नै गर्ने हो र? जाबो  एक चुम्बन त दिन नसक्ने नामर्दले !! सलाइ कोरेर बारुद नसल्कदै खरानी बने झै जादुमय देखासिकी प्रेम गर्ने यो बेला भमराले फूल नभै फूलले आफै  भमरा खोज्ने समय पोलेको घाउले होईन आगोले मलम खोज्ने यो २१ औ शताब्दी समयले मारेको फड्को बिज्ञानले गरेको प्रगति डार्बिनका, बाँच्नको लागि संघर्ष अनि सक्षम नै बाँच्ने भन्ने सिद्धान्तले को भन्दा को कम भन्दै भिडहरू माझ सक्षम बन्ने उत्तेजनाले मेरी प्रेमिकालाई पनि छोयो होला त्यसैले, कलीको यो लिलामा मेरी उनीको पनि के दोष

३ मुक्तक

आँखाको नानीमा सजाएको छू बिझाउने कसिंगर नबनिदेउ मुटुको ढुकढुकिमा लुकाएको छू मुटु चुडाएर नभागिदेउ!     आफूलाई भन्दा बढी माया गर्छु निष्ठुरी मलाइ नठान आफ्नो सम्झि विश्वाश गरेको छू पागल कहिल्यै नभन!!     जिन्दगीको सहयात्री तिमी नै हौ बीच बाटोमा नछोड हरपल दु:खमा साहारा खोज्दै छू मन मुटु अन्त नमोड!!!                               -सरु
समयको ब्यस्थता, युरो २०१२ को चहलपहलले गर्दा ब्लग अपलोड ठप्प भएको छ। डायरीको पानाभित्र सजिएर रहेको २०५८-५९ तीर रचित यो कबिता सम्पुर्ण साथीहरू माझ  पस्केको छू। बिहानको सूर्यको पहिलो किरणले सगरमाथाको शिखर चुम्न छाडेको छ धर्तिमताको काखमा छरिने लालीमाहरू आज रगतमा  परिणत भएको छ जब, मिर्मिरे उज्यालो निम्ताउदै पुर्बी क्षितिजबाट सबका घर दैलोमा प्रबेश गर्थिन लालीमा कति स्वर्णीम थियो ती मीठा कथा कहानी जस्ता लाग्ने यथार्थताहरू! तर बर्तमानमा दन्ते कथा बन्दै छन् जब लालीमालाई बिदाइ गर्दै रातको आगमनलाई स्वागत गरिन्छ तब सब नेपालीका मन त्रासले त्राही त्राही बन्छन बिहानी हुन्छ फेरि अखबार समाउछु लालीमाहरू रगत बन्छन रगाताम्मै हुन्छन् यी हातहरू अक्षरहरू पड्किन्छन गोली निस्कन्छ कलमका टुप्पाहरूबाट! शायद! आजको लालीमा सगै सबैले कर्तब्य नबिर्सी अधिकार मात्र नभनेर गल्तिको प्रायश्चित गर्दै अघि बढ्न नसक्ने हो भने भबिश्यले  तिमी,म र उनी कसैलाई माफि गर्ने छैन, भोलिको लालीमा पुर्बी क्षितिजमा कसैका नयनले देख्ने छैन सगरमाथा भासिने छ, बिरताको ईतिहास मेटिने छा पुन: यस देशम

गजल

नलेख चिठ्ठी नपठाउ सन्देश मर्दैन यो माया आफन्त छोडी पराईको दिलमा सर्दैन यो माया दैवको लेखा भाग्यको खेललाई नटर्ने टारेर तिमी नै दु:खे बेदनाको सागर तर्दैन यो माया धान्नेछ जति दुई मुठी श्वासले यो प्राण पखेरु दुश्मनी साची जालझेल  कहिल्यै गर्दैन यो माया नभने सानी, सम्झनी पलपल बिर्सियो भनेर  बिरानो बनी मनमुटु बाट नै झर्दैन यो माया हुनेछ पक्कै न्यायको सुनुवाई ईश्वर अगाडी स्वर्ग नै जान्छ नरकको भेलमा पर्दैन यो माया

गीत

आउछु भन्थिन देउरालीमा तर किन आइन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन कुरी राखे आउलिन भनि सूर्य अस्ताइदियो बिना बादल आकाशले पानी बर्षाइदियो नजरको चारैतिर कही कतै उनी छाइन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन आशा टुट्यो उनी आउने फर्के निरास बनी छाडी गइ सागर बिचमा डुङ्गा एक्लै तानी हरक्षण गुनगुनाउने गीत आज गाईन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन आउछु भन्थिन देउरालीमा तर किन आइन मनको पिंडा पोख्छु भन्थे देख्न पनि पाइन