Posts

Showing posts from January, 2010

गजल

आए हुन्छ कहिलेकाही सताउन प्रियतमा तिम्रो मेरो मिलनको गीत गाउन प्रियतमा अझै धेरै गर्नु छ अप्ठ्यारा छन् जताततै बाँडौ आउ सुख दु:ख नलजाउन प्रियतमा सपना हाम्रो सगै जिउने साकार भाछ आज खुशी भई उज्यालो शिंर उठाउन प्रियतमा कुरा काट्ला जोरी पारी छरछिमेकले धेरै हाम्रो माया अजम्बरी नडराउन प्रियतमा भन्छन् गुनले मारेदेखी बैगुनीलाई पनि पश्चतापमा परी मन पलाउन प्रियतमा

गजल

मनभरी सजाएर सम्झे तिमीलाई फूलसग दजाएर सम्झे तिमीलाई एकान्तमा पागल झै तिम्रो प्रशंशामा एक्लै ताली बजाएर सम्झे तिमीलाई घरी दाँया घरी बाँया ऐना हेरी हेरी आफैसग लजाएर सम्झे तिमीलाई मेरो खुशी मेरो संसार मेरो भगवान तिम्रै नाम भजाएर सम्झे तिमीलाई मोहनी लगाउने खै केथ्यो तिमिभित्र आफ्नै भनि रजाएर सम्झे तिमीलाई

गजल

नपाकी झर्नु थियो नफलेको राम्रो धिपिक्क निभ्नलाई नबलेको राम्रो किन डराउनु कसैको राम्रो भन्न बोल्दैछौ सत्य भने नगलेको राम्रो एकपल ढिला तर राम्रो नै होस् बिश्वासको पर्खाल नढलेको राम्रो मेरो मेरो मात्र हुने हाम्रो नहुने स्वार्थको यस्तो खेल नचलेको राम्रो राम्रैको लागि हुन्छ जे हुन्छ भन्छन् बेकारमा सम्झेर नजलेको राम्रो

सार्थे होला अर्कै फूल

अर्कैको बगैचामा नफुलेको भए आउथिन होला भेट्न खोज्दै नभुलेको भए सुनौलो आसा सबै नमरेको भए सार्थे होला अर्कै फूल नसरेको भए अनुरागी बनिदिन्थे रोजेको पाइने भए आफैसग माया लाउथे लाएर लाइने भए अर्कैको साथ रोज्थे छाँया तिम्रो नपरेको भए सार्थे होला अर्कै फूल नसरेको भए फूलपाती भाकी भाकी कसम नखाएको भए किन आज मुटु दुख्थ्यो प्रिती नलाएको भए बत्तीले बिश्वासको किरण नछरेको भए सार्थे होला अर्कै फूल नसरेको भए

गजल

Image
गन्तब्यमा पुग्नै नपाई बीचबाटामै गल्यो जीवन उकालिमा चढ्न लाग्दा फेदी तिरै ढल्यो जीवन धोका दीइ निष्ठुरिले अर्कैको साथ रोजेपछी आँधी हुरी बतासको बेग जस्तै चल्यो जीवन करौतिका धारहरुले मुटु रेट्नु रेटेपछी बारुदको भट्टी जस्तै आगो लागि बल्यो जीवन दोबटोमा मलाई कुराइ गयौ बाटो बदलेर बेमानीको बिश्वासघात पिडाबिच जल्यो जीवन बर्तमान डामाडोल भो भबिश्य झन अनिश्चित सबै सपना टुटे फुटे काँडाबिच फल्यो जीवन

गजल

उमेरले आफ्नो आयतन बढाउदै जादा जवानीको नशाले पल पलमा मस्तिष्कमा झड्का निरन्तर दिइरहदो रहेछ सपनिमा होस् वा बिपनिमा अनेकौ तरङ्गहरु मनभित्र बटारिदा रहेछन कहीलेकही त थाहै नपाईकन बिपनीमै पनि मिठो कल्पना भित्र हराइदो रहेछ अनी त्यहि कल्पना भित्र पनि कति आनन्दित भइदो रहेछ। समयको ब्यस्तता त आफ्नो ठाउमा छदै छ तर ती ब्यस्थ समयको सिमाभित्र पनि मलाई कसैले रोक्न सकेको छैन यी अनौठा कल्पनाहरु भित्र रमाउन। मलाई आजभोलि माया,आदर,श्रदा,बासना जे भनेपनी प्रेमकै अनेकौ रुपहरु मध्ये एउटा रुप हो जस्तो लाग्न थलेको छ, किन किन म यस्ता कुराहरुमा आफ्नै मनसग बहस गर्ने बनेको छु अनी त्यहि कल्पनाको एउटा उपज हो मेरो यो गजल के उनीलाई यस्तै हुन्छ होला त सपनिमा............... ? तिमिसगै घुम्न गाथे हिजो राती सपनिमा खाली सिउदो सजाथे हिजो राती सपनिमा तिम्रो साथ जनमभरी अरु केही चाहिदैन गला छोइ कसम खाथे हिजो राती सपनिमा खुला आकाश चाँदनीको रोशनीमा खुशी हुँदै आचल ओढी म रमाथे हिजो राती सपनिमा हात समाइ तिमीले तान्दा नजिक आउ भनि ओठ टोकेर मुस्कुराथे हिजो राती सपनिमा तिम्रो मनको हिमालमा गर्मी बढी नजिकियौ लाजले रातो पिर