Posts

Showing posts with the label गजल

गजल

साँच्चै अहिले ब्लग,फेसबूक जस्ता सामाजिक सन्जालको सहयोगले गर्दा नेपाली गजल बिधाले अग्रगामी परिवर्तनको सिमारेखा कोरिसकेको छ। मानौ देश नै गजलमय भएको छ,हामिहरु सबै गजल प्रेमी भएका छौ,साहित्य सिर्जना प्रति अलिकति रुची राख्ने जो कोहिले पनि गजल लेख्न प्रयास गरेमा यसका सामान्य नियमहरुको सजिलै सहयोग लिन सक्छन यी सामाजिक सन्जालहरु भित्र छिरेर। २०५९/६० तिर हो नेपाली साहित्य जगतमा गजल बिधाले आफ्नो जरा गाढी सकेको भएपनि उचित मात्रामा फस्टाएर फूल्ने फल्ने अबसर भने पाइसकेको थिएन। क्याम्पसमा आयोजना हुने केही कार्यक्रमहरुमा गजलको नाममा केही साथिहरुले आफ्ना रचनाहरु बाचन गर्थे,मेरो यो चन्चले मन हो त्यही साथीहरु को गजलहरुमा निकै उत्सुकताका साथ उफ्रिदै पुगेर धेरै बेर त्यहि अलमलिन्थ्यो। मलाइ पनि केही लेखु लेखु भैरहन्थ्यो अनी म पनि लेख्थे गजलका नाममा यति थाहा थियो कम्तिमा ४ शेरको हुनुपर्छ गजल अरु यसका नियम परिधीको बारेमा केही थाहा थिएन हो त्यहि बेला को मेरो रचना हो डायरिको पाना भित्र कति खादेर राख्नु त्यसैले केही परिमार्जन नगरी प्रस्तुत गरे। गजल धेरै दृष्‍टिकोणले हुन नसकेको भएपनि पनि गजल नै भनेर प्रस्तुत गरे।

गजल

नियमको परिधी,गजलका मुल्य मान्यताबाट म निकै अनभिज्ञ छु यति हुँदा हुँदै पनि मनभित्र गुम्सिएर पाकेका मेरा गुनासाहरुलाई शब्दहारहरुमा बुन्न मन लाग्छ गजलको नाममा। मेरा भाबनाहरु पोखिन्छन छताछुल्ल भएर म आनन्दताको अनुभुती गर्छु यसको मतलब सष्ट्राहरुका भाब,छन्द,लयले सजिएका सुन्दर गजलहरुलाई अन्याय भने गरेको होईन बरु म पनि हजुरहरुद्वरा सिर्जित गजलहरुको उचाइभित्र छाँयाबत हुँदै शितलताको आभाष लिन खोज्दै छु। देखाउनलाई हाँस्छु बाहिर मनभरी रुन्छु खै के भनु कसलाई यहाँ धरधरी रुन्छु बिर्सु भन्छु यादको बाढी उर्लिएर आउछ सम्झिएर आफ्नै अतित घरिघरी रुन्छु कहीलेकाही एक्कासी श्वासै बन्द हुन्छ मुटुभित्र गाँठो पर्छ मरिमरी रुन्छु कहाँ जाने?के गर्ने? गन्तब्य हिन भाछु तिम्रो साथ बिना आज खोलितरी रुन्छु आँखाभरी छाइदिन्छौ क्षणमै ओझेल पर्छौ बिष्फोट हुँदै आफैभित्र पागलसरी रुन्छु .

गजल

तिमी छौ यो हिर्दयमा अह ढाट्या छैन बिश्वास गर कतै अर्को डोरी बाट्या छैन शंका कति नगरे निश्चल छ यो आत्मा गर्दैछु म साँचो कुरा आदर्श छाट्या छैन सम्झनी ताजै छ हाम्रो मिठो बाचा कसम बिर्सिएर तिमीलाई कुनै सिमा काट्या छैन तिमी सगै छौ र संसार जिते जस्तो लाग्छ यो मनको चोखो माया अरुसग साट्या छैन त्यहि छ आज पनि हिजो जहाँ थियो तिम्रै हो यो प्रबिण कतै फाट्या छैन

गजल

पुरानो भत्काइ नयाँ थाल्ने कुरा कमरेडका ढुङ्गा पगाल्ने पानी बाल्ने कुरा कमरेडका सामन्ती संस्कार रुढिबादी समाजको जालो सदा सदाको लागि फाल्ने कुरा कमरेडका खोसेर लिने हो अधिकार मागेर पाइदैन निकै मीठा जनता उचाल्ने कुरा कमरेडका पाखा लगाइ क्रान्ति चल्दै छौ ढाटछेलमा हरायो बिकासको जग हाल्ने कुरा कमरेडका समभाब,सुशासन शान्तिको बिगुल फुक्दै भ्रष्टचार जरैदेखी उखाल्ने कुरा कमरेडका

गजल

जब राति हुन्छ अनि यादको ताँती हुन्छ मुटु ढुक्क फुल्छ मनमा नानाभाती हुन्छ आजभोलि सपनिमा बर्बराउने गर्छु अरे छामी हेर्यो यता उती दु:खेको छाती हुन्छ देखेपछी माया मोह नदेख्दा को हो को हो अब तिम्रो मेरो भेट नहुनुमै जाति हुन्छ धेरै थरी फूलहरु फुलेपनी बगैचामा यी नजरमा फूल्ने फूल सबै पाती हुन्छ खै यो पापी संसारमा कसको विश्वास गर्नु जानिजानि नियतले मान्छे घाती हुन्छ

गजल

कस्तो माया गर्यौ सानी कुनै आभाष छैन रित्याउदा आफूलाई अझै विश्वाश छैन आज भन्छु सबैकुरा भनि नजिक आउछु रुखो बोली बोल्छौ सधैं कति मिजास छैन फूल ठान्थे तिमीलाई ढुङ्गा रहिछौ भित्र खोजेकै हो चारैतिर कति सुबास छैन चपेटामा पर्दा प्रेम साढे सातको दशा खिस्स हाँस्छौ थाहा पाइ कति हतास छैन दु:ख दिदा अरुलाई कस्तो सन्तोष मिल्छ मरे पछि नर्क जाने पाप को त्रास छैन

गजल

देखाउनलाई हाँसेपनी जलेकै छ जिन्दगी गार्हो सार्हो जे परेनी चलेकै छ जिन्दगी कोही आफ्नो कोही पराइ पर्दाभित्र भ्रम तेरो मेरो दौडधुपले छलेकै छ जिन्दगी बाध्यताको जन्जिरभित्र तड्पदै पल पल समयले नेटो काट्दै ढलेकै छ जिन्दगी छाउदा शिशिर ओइलीएर पात झरेपनी बहार छाइ बशन्तमा फलेकै छ जिन्दगी गन्तब्य टाढा छ भन्थे हरेश खानु हुन्न यात्राबीचको सुस्केरामा गलेकै छ जिन्दगी

गजल

उज्वल सुन्दर क्षितिज देख्दै छु म हाम्रो प्रेमको नयाँ कथा लेख्दै छु म खुशि खुशि मात्र छ तिम्रो साथले सफलताको सिढीहरु टेक्दै छु म छुट्टै एउटा सुन्दर बस्ती बसाउने मीठा सपनाहरुले मन सेक्दै छु म समस्या छ जताततै हाम्राहरुमा आधा दु:ख तिमी आधा खेप्दै छु म अप्ठ्यारा जति आउन जिन्दगीमा पहाड बनी सारा बाधा छेक्दै छु म

गजल

तराई पहाड हिमालका गजल लेख साथी मँयुर डाँफे र मुनालका गजल लेख साथी आफ्नो भाषा आफ्नो भेष आफ्नो सस्क्रिती डम्फु सारङ्गी मादलका गजल लेख साथि प्रकृतिले भरिपुर्ण हाम्रो सुन्दर मातृभूमी नदी झरना फेवा तालका गजल लेख साथी चार जात र छत्तिसबर्णको साझा फूलबारी चौबन्दी दौरा सुरुवालका गजल लेख साथी

गजल

दुई मुटु एक गरि जोड्ने कुरा भाछ दुई बाटो एकै तिर मोड्ने कुरा भाछ जात पात सानो ठुलो हटाएर सारा हाम्रो प्रेम नमुना छोड्ने कुरा भाछ भित्र भित्र गुम्सिएको सारा खुशिलाई छताछुल्ल पार्न बाध फोड्ने कुरा भाछ अज्ञानता रुढिबादी समाजको जालो बिक्रिती बिसंगती तोड्ने कुरा भाछ मानबताको सुन्दर बिऊ उमार्नलाई अब सगै फूलबारी गोड्ने कुरा भाछ

गजल

Image
 आलो घाऊमा नुन चुक नछर्कन परदेशी मिठो बचन बोल्दा मैले नझर्कन परदेशी एकान्तमा टोलाउछु पागल हुन्छु घरी घरी यादै याद नछोड्ने भो छाती चर्कन परदेशी दुनियाँको चलन हो नानाभाती कुरा काट्ने साँचो सत्य बुझ्नु पर्छ नतर्कन परदेशी बुढा बाबा बुढी आमा काखको सानी छोरी केही हुन्छकी अत्यास लाग्छ फर्कन परदेशी गैराबारी सेराखेत बाझै बस्यो यसपालि नी बिदेशको युरो डलर न-पर्खन परदेशी

गजल

जुनेली रात जुनको हुन्छ हुदैन ताराको माया प्रिती एउटाको हुन्छ हुदैन साराको भन्थे म त जुग जाने माया लाउने हजुर लाइएछ माया अन्जानैमा अल्लारे पाराको सुखमा राख्ने खुशीले पाल्ने देखाई सपना भाको जति लुटेउ,चुटेउ म कर्म हाराको ठानेर आफ्नै गरेर विश्वास बेहोशी मै थिए पाइन पत्तो पासोको लागि थापेको चाराको (चारो) भत्कायौ घर डुबायौ जीवन आएर बैगुनी तिमीलाई लाग्छ श्राप मेरा आशुका धाराको

गजल

सुमन बँगाले + प्रबिण थापा साँझपख एकान्तमा याद बनी आउछौ सधै मुहार बदली प्यार बनेर सताउछौ सधैं भाचेर डाली फूल चुडेर चुल्ठो सजाउनेले बासुरीको मधुरीमा सुर बनी गाउछौ सधै कहीले माया साचो त कहीले झुटो तिमीलाई बिझ्योकी मुटु भनी सियोले घाउ लाउछौ सधै रातभरी हुरी चल्दा ठेगान नहुदा बासको एकमुठी स्वास लिन निदरीमा धाउछौ सधै छलकपट पापी मनको दैबले नै जानोस पिडा दु:ख र दर्दमा मात्र किन छाउछौ सधै

गजल

Image
लुकाई दु:ख भित्र खुशी मनाउनु पर्‍यो उनको जित आफ्नो हार रमाउनु पर्‍यो जिन्दगीको रित रे दु:ख सुख छुट भेट भन्दै आफ्नो मन आफैले फकाउनु पर्‍यो समाजमा मेटिन्छ बाउको इज्जत भनि चोखो प्रेम दाउमा राखी डराउनु पर्‍यो बेदनाको ज्वालाले पोलिरहदा हिर्दय नसकेनी मैले मन बहकाउनु पर्‍यो नौमती बाजा बजाई अर्कै आउँदा लिन दिलको राजा यिनै भनि सजाउनु पर्‍यो

गजल

Image
डेरा खाली थेन की दिलको घरमा की अटाइन सानु तिम्रो शहरमा भन्थ्यौ बिश्वास गर्छु आफ्नै भन्दा बढी कहिल्यै किन परेनौ मेरो भरमा छातीमाथी हात राखी खान्छु कसम जे गरे बाध्यता हो हैन रहरमा बोल्दैनौ राम्रोसग के भाको छ कुनी देख्दिन नी लाली गुलाबी अधरमा धनी गरीब सोध खोज किन गर्छौ मायाको मोलतोल हुन्छर दरमा

गजल

Image
शेरे,माधव,प्रचन्ड बोकाको कुरा नगर साथी उनका धन दौलत पोकाका कुरा नगर साथी गाँस,बास,कपास छैन जनताको झुपडिमा मजदुर, किसान भोकाको कुरा नगर साथी जताततै अस्तब्यस्त झन संकट थपिदैछ भ्रष्टचारी भए सबै चोखाको कुरा नगर साथी गरियो धेरै आन्दोलन आस्वासनमा परियो सम्झे छात्ति पोल्छ धोकाको कुरा नगर साथी बिघ्न बाधा धेरै सह्यौ परिवर्तन हुन्छ भनी पैतलामा उठेका फोकाको कुरा नगर साथी

गजल

सपना मीठा देखाएर जालमा पारीन उनले जसको राम्रो सोचेको थे गालमा पारिन उनले दिन गनेर बस्नेछु चाडै फर्की आउनु भन्थिन घात गरि बिश्वासको अनिकालमा पारिन उनले म छदै छु तिम्रो साथमा जे परेनी नडराउनु भन्दै आफु पाखालागी ढालमा पारिन उनले आफन्तको संसार तोडी उनको बाटो रोजेको थे न त चौका न छक्काको खालमा पारिन उनले बाँकी जीवन डुबेपछी क्षणभरको हाँसो भयो गरिखाउ न मरिजाउ को चालमा पारिन उनले

गजल

केही भएमा मलाई अर्कै नाता गास्नु काली नआत्तिनु दु:ख पर्दा सधै भारी हास्नु काली धेरै हल्ला जोरिपारी छरछिमेकमा चल्ला सत्य कहिल्यै डग्ने छैन मन उकास्नु काली हजार पिंडा सगालेर जित्नुपर्छ जीवन बाधा अड्चन गोरेटोको सबै मास्नु काली भाबनामा कहिलेकाही मन पोखिन खोजे सम्हालिन मेरो फोटो छात्तिमाथी टास्नु काली

गजल

Image
फुल्नु तिमी चुडी माला उन्दिन भो मैले तिमी बग्ने नदीलाई थुन्दिन भो मैले तिम्रा आफ्नै रोजाइ, रहरहरु होला मनमा मिठा सपना बुन्दिन भो मैले भत्केका यी जिन्दगिका सिलसिलाहरु मिलाएर फेरी तान तुन्दिन भो मैले हुने नहुने सब भयो बाँकी के रह्यो? दुनियाँका कुरा अब सुन्दिन भो मैले समय नै रहेछ औषधी जिन्दगीको कति हासो कति पिडां गुन्दिन भो मैले

गजल

Image
हुदैन होला सानु तिम्रो मेरो भेट अब दिलमा सजाएको मेरो नाम मेट अब तिम्रो मेरो मेरो तिम्रो हुन्थ्यो हिजोसम्म एक अर्कामा खोलिदैन मन पेट अब धमिलिन्छ तिम्रो इज्जत म दुखीले गर्दा नबोकेको राम्रो बेकारको झमेट अब जिउदो लास बनिसके तिम्रो कारणले म कुनामा परेको छु हुन्छ अचेट अब के भनु र मैले स्वार्थ तिम्रो स्वार्थी संसार बाँकी के नै रह्यो र आउ घाटी रेट अब