Posts

Showing posts from August, 2009

अधुरो सपना भाग -२

उ आँफैलाई भन्दै थियो रमेश आज त सगै के छैन? जागिर छ, परिवार छ, आफुलाई भन्दा बढी माया गर्ने निता छे, गाँउ समाजमा चर्चा परिचर्चा त्यरै छ रमेशको मन खुशीले उर्लिएको थियो। यतिखेर उ आँफैभित्र हराएको छ,कोठाको झ्यालको शिशाबाट संसार चिहाउछ। आकाश निर्मल छ, मौसम सामान्य छ, बातावरणमा शुन्यता छ, बोल्ने साथी कोही छैनन , कोठाको एउटा कुनामा टेलिभिजन, अर्को कुनामा रेडियो अनी त्यससगै टासिएको बिछ्यौना जुन आज उसको आत्मिय साथी बनेको छ, उसका सबै दु:ख सुख, बाध्यता बिबशता बुझेको छ र उसग कहिल्यै रिसाउदैन यो। उ यसलाई खाद्छ, माड्छ वास्तवमै धेरै अन्याय सहेको छ यसले तरपनी आजसम्म अह एक शब्द पनि भनेको छैन किनकी यसले बुझेको छ रमेश बिना रित्तो हुनुपर्छ भनेर तर यसले यो पनि बुझेको छ रमेश एकदिन उसलाई छोडेर टाढा टाढा जानेछ फेरी कहिल्यै नफर्कने गरी र पनि उ आज खुशी छ र त पलपलमा साथ दिदै छ, यसले आफ्नो अस्तित्व बुझेको छ, जुनसुकै चुनौती व्यहोर्न तयार छ मात्र रमेशको खुशीमा किनकी आज यसले अती माया गर्छ रमेशलाई। यतिखेर रमेश यही बिछ्यौनामाथी टोलाउदै छ जसले उसलाई जीवनकै सुन्दर क्षणहरुमा साथ दिएको थियो अनी उसका सपनाहरु एकाएक आकाशी

कथा: अधुरो सपना भाग १

झिसमिसे उज्यालो हुँदै थियो, चराहरु चिरबिर चिरबिर कराउन थालेका थिए, ओ हो रात पनि कती चाडै ढलेछ आँखा झिमिक्कै गर्नै नपाई कोठाको झ्यालको सिसाबाट छिरेको सडक छेउको बत्तिको मधुरो प्रकाशसग नाडीको घडी हेर्दै निता मुस्कुराएकी थिइन। उनी भन्दै थिइन रमेश अब म जान्छु क्याम्पस जानु पर्छ। माघ महीना भएर पनि होला समयले बिहानी निम्ताय पनी सुर्यले आफ्नो प्रकाश धर्तिमा भने छर्न पाएको थिएन। रमेश उठ्छ, कपडा लगाउछ र उ नितालाई उनको कोठासम्म पुर्याउन जान्छ, बाटामा मर्निङ वाकमा हिंडेका एकाध व्यक्ती बाहेक सडक सुनसान छ, एक अर्काको हात समाउदै उनिहरु अगाडि बढ्छन, नितालाई कोठा नजिक पुर्याएर रमेश आफ्नो कोठामा फर्कन्छ अनी बिछ्यौनामा पल्टिएर अनेक कुरा मनमा खेलाउछ। आँखाभरी रातको झझल्को उर्लिएर आउछ,स्मरणमा उ कुनै अबोध बालक स्तन पान गर्दै आमाको काखमा हराए झै हराउछ, नरमाओस नहराओस पनि कसरी त्यो रात जीवनकै सुन्दर रातहरु मध्यको एउटा रात थियो। दुबैको गहभरी आशु टलपलाएका थिए, खुशीको कुनै सिमा थिएन, एक अर्काको आलिङ्गनमा बाधिएर बर्तमान देखी भबिश्यसम्मको लामो सपनाको माला बुन्दै थिए, अथाहा प्रेमको कुरा भएको थियो, अनी गाँउ समाज, छर

गजल: जीवन

धेरै भयो यो मस्तिस्क शुन्य प्रा:य भएको, दिनभरिको कामको चापले थाकेर मन न बहलिन पाएको छ, न कुनै सिर्जनाले गर्भधारण गर्न पाएको छ,आज शनिबार केही क्षण फुर्सद मिल्यो अनी कनी कनी भएपनी यो गजल लेखे, हुनत कता कता आँफैलाई चित्त बुझ्दो छैन तरपनी संगम पनि तृषित छ निकै दिन देखी र यो टासो मन लागि नलागी भनेपनी टासेको छु। नोट: मैले हाम्रो संस्कृती र भेष भुषाको अबमुल्यन गर्ने अभिप्रायले यहाँ केही शब्द प्रयोग गर्न खोजेको होइन, यदी कसैको हिर्दयमा ती शब्दहरुले चोट पुर्यायमा क्षमा प्राथी छु। मेरो जीवन भारी बिनाको भरिया भएछ जताततै प्वालै प्वालको फरिया भएछ हुने नहुने सब गरे मात्र आफु खुशी हुन सत्य हजुर आज चिसो चिया भएछ हाँसखेल ठट्टामा कती बर्षा बिते बिते आखिर जीवन घाऊ लागि छिया भएछ पराइ यसै टाढा आफन्तकै वास्ता छैन जीवन कतै रोप्न नमिल्ने बिया भएछ यसरी नि जीवन सड्ला थाहै थिएन टिटानस नै लगाइदिने खिया भएछ