Posts

Showing posts from March, 2009

मन बुझाउला कर्म मेरो --

जानेहरु गएपनी छोडी धेरै टाढा फुल फुल्ने बगैचामा फुले पनि काँडा हाँसो खुशी सबै चोरी आँशु दिएपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी किनार छोडि नदी अर्कै बाटो हिडेपनी रुख चढाइ बन्चरोले फेद गिडेपनी बिबसताको दोष देखाइ माया छुटेपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी हेर्नै नपाई दर्पणको शिंशा फुटेपनी आउने जाने सम्बन्धको बाटो टुटेपनी दृश्यहरु हेर्नै नपाई आगोलागी डढेपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी टिप्नै नपाई प्रतिक्षामै फुल झरेपनी गर्भ भित्रै कल्पनाको भ्रुण मरेपनी छात्ती भित्र बेदनाको गाठै गाठो परेपनी मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

गजल : गएराती एक्कासी म --

गएराती एक्कासी म, झस्किएको थिए व्युझिएर बिछ्यौनामा, मस्किएको थिए रक्तसंचार बढीराथ्यो, खुशीको सिमा थेन वरीपरी तातो श्वासमा, हस्किएको थिए सम्झना ताजै छ, यस्तै के के भन्दै थिइन भएभरको सर्बस्व नै, पस्किएको थिए हुन बाँकी केही रहेन, उनको मेरो बिचमा क्षणभरमै शिथिल बनी, खस्किएको थिए सपनिको तरङगनि ,कती मिठो हुदो रहिछ अगालोमा उनलाई कसी, चस्किएको थिए

गजल: आफ्नै पनमा..

आफ्नै पनमा ढुकढुकिले, गीत गायो आज उराठिलो शिशिर पछी, बहार छायो आज धेरै पछी पत्र पाए, पटक पटक पढे तिम्रा शब्द शब्दमा, मन रमायो आज अनेक शंका पापी मनले, नगरेको होइन भएभरको सबै सबै , डर हरायो आज अचम्म लागिराछ , हर्ष को सिमा छैन बिहानिले सुनौलो, फुल फुलायो आज चोखो माया पाइने रहिछ, चोखो मनले गरे मिठो अतित घुमिफिरी, फर्किएर आयो आज

तिमीलाई पाउन मैले---

तिमीलाई पाउन मैले देबी देउता भाकिसके थाहै नदीई कसैलाई मुटु पनि साटिसके सजाइसके तिम्रो मुस्कान नयनको माझमा हो हो हो सजाइसके तिम्रो मुस्कान नयनको माझमा पर्ने छैन बत्ती बाल्न त्यो मधुर साझमा धेरै हासो जिन्दगीको तिम्रै निम्ती साचीसके थाहै नदीई कसैलाई मुटु पनि साटिसके नपत्याय चौतारीको वरपिपललाई सोध हो हो हो नपत्याय चौतारीको वरपिपललाई सोध भित्र पसी धड्कनको चाल भित्र खोज तिमीलाई आफ्नो बनाउने वाँचा बाधीसके थाहै नदीई कसैलाई मुटुपनी साटिसके तिमीलाई पाउन मैले .. थाहै नदीइ कसैलाई ..

नसोचेको भइदियौ

किन ठीक्क पार्छौ अब सान्त्वनाको तुना बानी फलाम दिन गार्हो मान्यौ हुँदा हुँदै सुनको खानि मलाई पाखा लगाएर तिमी बन्यौ भाग्यमानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी सधैंभरी नयन मेरो बनाएर पानी पानी आकाशीयौ धर्ती छोडि क्षितिजमा पुग्न भनी शंका लाग्यो आज मलाई यस्तै हो कि तिम्रो बानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी हिंड्ने चाह थिदै थेन त्यो बाटोमा लग्यौ तानी विजयको दौडमा लाग्यौ मेरो माया सस्तो ठानी मैले भुल गर्या होइन तिमीले गर्यौ जानी जानी नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी

गजल: सम्हालिन सकिन --

सम्हालिन सकिन मनको बाध फुट्यो हजुर उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर रमाइलो संसार थियो कालो वादल छाइ आयो अनायसै आजफेरी असिनाले चुट्यो हजुर अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर