Posts

Showing posts from May, 2009

गजल:पुराना पत्र

तिम्रो तस्बिर हेरेर, आज फेरी रोएँ मिठो अतित सम्झेर,आज फेरी रोएँ बल्झिए घाउहरु,चट्याङ् पर्‍यो मुटुमाथी आँफैसग दु:खेर, आज फेरी रोएँ भक्कानिए बिथोलिए,भाबबिभोर भए अझै प्याला थपेर, आज फेरी रोएँ हप्ता,महिना, बर्ष बिते,खबर आएन भलो तिम्रो जपेर, आज फेरी रोएँ आँखाभरी सुनामी झै, याद उर्ली आयो पुराना पत्र पढेर, आज फेरी रोएँ

गजल: मन भित्र

मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ सम्झनाको झटारोले गोली हाने सरी जान्छ खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ भुल्न खोज्छु अतितका मिठा पलहरु याद आउछ बल्झिएर मन मुटु हरी जान्छ

गजल: भन्छिन आज--

भन्छिन आज माया गर्न जानिन रे मैले उनी माथि कर्के नजर हानिन रे मैले लजाउदै रातो भई गोधुलिमा भेट्न आउँदा मेरो समिप आउ भनी तानिन रे मैले जुन टिपी ल्याउन सक्छु तिम्रो लागि भनी प्रिती गास्ने नौलो चलन धानिन रे मैले भुलेर उनको मुस्कानमा स्पर्श बिनानै कुनै क्षण अगालोमा बानिन रे मैले जल्दो बल्दो जवानी,तृष्णा मनको मेटाउन जाबो एक रात सगै काट्न मानिन रे मैले

गजल: पुराना यादहरु--

पुराना यादहरु बल्झी बल्झी फर्कदै छ आफ्नो मन आँफैसग दुर दुर तर्कदै छ पिडाको भुमरिले शान्ती छैन मनमा थाहै नपाई अनायसै, आशु दर्कदै छ अन्जानमै कहिकतै गल्ती भै हाल्योकी मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छ बरबराउछु पागलसरी एकान्त भित्र पनि छिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छ अनौठा सपनाहरु देखिराछु आजभोलि अनर्थ हुन होकी छाती मेरो चर्कदै छ

गजल:विश्वाश मर्‍यो--

विश्वाश मर्‍यो अबिश्वासको जरा मौलाउँदै छ मेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छ ठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनु सुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छ मुलबाटो भुलीगयौ स्वार्थको ओरालोमा मरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ आश्वासनका खोलासगै तिमी बगेपछी फूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छ पर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्यो खुच्चिम भन्दै शत्रुले नि ताली बजाउँदै छ