Posts

Showing posts from December, 2010

गजल

देखाउनलाई हाँसेपनी जलेकै छ जिन्दगी गार्हो सार्हो जे परेनी चलेकै छ जिन्दगी कोही आफ्नो कोही पराइ पर्दाभित्र भ्रम तेरो मेरो दौडधुपले छलेकै छ जिन्दगी बाध्यताको जन्जिरभित्र तड्पदै पल पल समयले नेटो काट्दै ढलेकै छ जिन्दगी छाउदा शिशिर ओइलीएर पात झरेपनी बहार छाइ बशन्तमा फलेकै छ जिन्दगी गन्तब्य टाढा छ भन्थे हरेश खानु हुन्न यात्राबीचको सुस्केरामा गलेकै छ जिन्दगी

गजल

उज्वल सुन्दर क्षितिज देख्दै छु म हाम्रो प्रेमको नयाँ कथा लेख्दै छु म खुशि खुशि मात्र छ तिम्रो साथले सफलताको सिढीहरु टेक्दै छु म छुट्टै एउटा सुन्दर बस्ती बसाउने मीठा सपनाहरुले मन सेक्दै छु म समस्या छ जताततै हाम्राहरुमा आधा दु:ख तिमी आधा खेप्दै छु म अप्ठ्यारा जति आउन जिन्दगीमा पहाड बनी सारा बाधा छेक्दै छु म

गजल

तराई पहाड हिमालका गजल लेख साथी मँयुर डाँफे र मुनालका गजल लेख साथी आफ्नो भाषा आफ्नो भेष आफ्नो सस्क्रिती डम्फु सारङ्गी मादलका गजल लेख साथि प्रकृतिले भरिपुर्ण हाम्रो सुन्दर मातृभूमी नदी झरना फेवा तालका गजल लेख साथी चार जात र छत्तिसबर्णको साझा फूलबारी चौबन्दी दौरा सुरुवालका गजल लेख साथी

गजल

दुई मुटु एक गरि जोड्ने कुरा भाछ दुई बाटो एकै तिर मोड्ने कुरा भाछ जात पात सानो ठुलो हटाएर सारा हाम्रो प्रेम नमुना छोड्ने कुरा भाछ भित्र भित्र गुम्सिएको सारा खुशिलाई छताछुल्ल पार्न बाध फोड्ने कुरा भाछ अज्ञानता रुढिबादी समाजको जालो बिक्रिती बिसंगती तोड्ने कुरा भाछ मानबताको सुन्दर बिऊ उमार्नलाई अब सगै फूलबारी गोड्ने कुरा भाछ