Posts

Showing posts from April, 2012

सम्पुर्ण आमाहरू प्रति

Image
बिशेष गरेर ती आमाहरू प्रति समर्पित  जो प्रेमको नाटकिय जालमा परेर पनि गर्बका साथ गर्भमा आफ्नो बच्चा हुर्काउदै छन् वा समाजको अनेकौ प्रश्नहरुमा अनुत्तरित भएर पनि आफ्ना बच्चालाई जन्म दीइरहेका छन कुनै पुरुषको साहारा बिना।   हजार पिंडाहरू बिच अभाबै अभाबको भंगलाहरूबाट आधा पेट खाएर आन्धा आङ ढाकेर मुसुक्क मुस्कुरादै तिमिले हाँस्न सिकायौ! कठिन यात्रामा दुश्मनी मोल्दै दुनियाँसग कहिल्यै सुस्केरा हालिनौ थकाईले लखतरान पारिरहदा पनि  मुसुक्क मुस्कुराउदै  मलाई अप्ठ्यारो बाटोमा सजिलैसग तिमिले हिंड्न सिकायौ! समाजमा ब्यप्त क्रुर जालो च्यात्न  रुढिबादिताको अग्लो पर्खाल भत्काउन तिम्रो सामु दुनियाँले हानेका कटाक्षे , घ्रिणा र   अन्यायका क्षेप्यास्त्रहरू माथी धावा बोल्दै मलाइ,अन्यायका बिरुद्ध तिमिले बोल्न सिकायौ ! खुल्ला किताब बनेर तिम्रो मात्रित्वले गणित,बिज्ञान राजनीति शास्त्र ,अर्थशास्त्र धर्मशास्त्रले  व्याख्या गर्न नसकेका वा नजानेका संस्कार पढायौ प्रेम चिनायौ!

स्मरणमा बाबा!

Image
बर्ष दिनको पुण्य तिथिमा हार्दिक श्रदान्जली! समयको हुरीले अबिछिन्न रुपमा जिन्दगीलाई कहीले तातो बाफ बनेर त कहीले चिसो सिरेटो बनेर सेकिरहेकै छ,समयको यो अनौठो चक्र भित्र शिशिर,बशन्त,ग्रिश्म,शरदहरू घुमी घुमी आएकै छन् हरेक जिन्दगीका सूख,दुखहरूसग मितेरी गाँस्न तर म कति इर्श्यालु छू यी बशन्तहरूसग,यी शरदहरुसग। प्रकृतिको नियमलाई नै रोक्न सक्छु झै गरि  यिनै बशन्त,शरदहरूको इर्श्याभित्र अल्झेर म समयलाई नै कैद गर्न खोज्छु आफ्नै मन,मुटु र बिचारहरूलाई कैद गर्दैछु भन्ने बिर्सिएर। समयको यो प्रबाहा किन रोक्न सक्थे मैले,रोक्दा रोकिने त मेरा सोचाइ,मेरा चाहानाहरू हुन तर यहि बुझेर पनि नबुझेको भ्रममा पर्न मन पराउछ यो अबुझ मन। म यस्तै कल्पनामा डुब्छु समय फुत्केर निकै अगाडी चिप्लेसकेको हुन्छ फेरि म भित्र चाहानाका ज्वारभाटाहरू उर्लिन्छन म दौडन्छु म बाट फुत्किएर निकै अगाडी पुगिसकेको समयलाई भेटाउने बहानामा तर हरेक पटक म पराजित भएर देखापर्छु। यो उर्जाशिल उत्सुक मन हजारौं पटक कृष्णभिर जस्तै पहिरिएर त्रिशुलिमा मिलिरहदा पनि यो वा त्यो को बहानामा आफ्ना चाहानाहरूलाई शुन्यताबाट  उकासिरहदो रहेछ। यतिबेला जिन्दगीले आफ