गजल:विश्वाश मर्‍यो--

विश्वाश मर्‍यो अबिश्वासको जरा मौलाउँदै छ
मेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छ

ठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनु
सुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छ

मुलबाटो भुलीगयौ स्वार्थको ओरालोमा
मरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ

आश्वासनका खोलासगै तिमी बगेपछी
फूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छ

पर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्यो
खुच्चिम भन्दै शत्रुले नि ताली बजाउँदै छ

Comments

Popular posts from this blog

गजल

गजल : निल्नु न ओकल्नुको...