Friday, September 11, 2009

अधुरो सपना भाग -३

वालापन देखिकै चिनारी, गाँउघरमा हुने आजापुजा, दसैं तिहार अनी देउसी भैलोसगै अंकुराएको प्रेम सुख दु:खका साथ जे जस्तो जीवन चलेकै थियो, गोदावरी, स्वयम्भु, बालाजु हामी दुइको भला कुसारी गर्ने उत्तम थालो बनेको थियो। अझ स्वयम्भु त हाम्रो प्रेमको पर्याबाची नै भैसकेको थियो। धेरै साँझ स्वयम्भुकै काखमा सगै बिताएका थियौ चाहे त्यो माघको चिसो साँझ होस् वा चैत्रको सिरेटोले सेकेको साँझ मेरी प्यारी निता आफ्नो गुलाबी पछ्यौराभित्र जतनले मलाई लुकाउथिन म उनकै मायालु स्पर्शमा मन्त्रमुग्ध बनिरहन्थे । रात छिप्पीदै जान्थ्यो हामी आ-आफ्नो डेरातिर लाग्थ्यौ फेरी भेट्ने वाचाका साथ भोलीको साँझको मिठो सपना आँखाभरी सजाएर।

अह कुनै छलकपट थिएन, विश्वाशको दरो पर्खाल थियो हामीबिच, एक अर्काको समस्या सग परिचित अनी सहयोगी, एक अर्कामा सम्मान, दु:खमा सहानुभुती र सुखमा कन्जुसाइ नगरि हासिदिने हाँसो सबै थियो। यताकता गाँउघरमा हाम्रो सम्बन्धको बारे गाइगुइ हल्ला सुनिन्थ्यो त्यसपछी उनी अली बिचलित बन्थिन म उनलाई सम्झाउथे एकैछिनमा उनी मलाई हेरेर फिस्स हाँसिदिन्थिन, उनको मिठो मुस्कानभित्र म हराउथे र मनमनै भन्थे रमेश त सार्है भाग्यमानी छस।

चिनारी पुरानो भएपनी यसरी एक अर्काबिच नजिएको ८-१० महिना मात्र भएको थियो, अब्यक्त प्रेम छातीभित्र सानैदेखी अंकुराएको भएपनी यसले उचित बातावरणको अभाबमा फस्टाउने बातावरण पाएको थिएन। यसरी नजिकिनु भन्दा केही महिना पहिले मैले आफ्नो सम्पूर्ण कागजपत्र बिदेश जान भनेर एउटा italian साथीलाई पठाएको थिए। बर्ष दिन बितिसकेको थियो यस बिचमा १-२ वटा सामान्य सन्चो बिसन्चोको ईमेल भन्दा बढी मलाई साथीले केही खबर पठाएको थिएन। एकातिर बिदेशिने मेरो योजना दिन प्रतिदिन सेलाउदै थियो भने अर्कोतिर काम भैहाल्छकी भन्ने झिनो आशा पनि मरेको थिएन। जसरी नितासगको माया दिन प्रतिदिन मौलाउदै थियो त्यसरिनै एकाएक बर्षौ थन्केर बसेको मेरो काम पनि बिदेशमा अघी बढेछन।

२०६४ जेष्ठ महिनाको मध्य तिर हो बेलुकाको करीब ९.०० बजेको हुदो हो मलाई साथीले फोन गरेर आफुले सबै आबश्यक कागजपत्र मेरो ईमेलमा पठाइदिएको ति document लिएर italian consulate गई भोली नै visa apply गर्नु,मैले हुन्छ भनेर फोन राखे।तुरुन्तै मेरो मनमा ज्वालन बढ्न थाल्यो मेरा अगाडि २ वटा बाटहरु प्रष्ट रुपमा देखा परे , visa apply गरी बिदेशिने वा नेपालमै पढाईलाई निरन्तरता दिदै प्रेमको हाम्रो मुनालाई कलकलाउदो रुपमा फास्टाउने बातावरण सिर्जना गर्ने। दुबै बाटहरु मेरा लागि असहज थिए त्यो रात कुनै ठोस निर्णय मेरो मनले गर्न सकेन, दुई बाटाहरुको हरेक पक्ष केलाउदा पनि मैले आफ्नो निष्कर्ष पाइन म साचो अर्थमा मन भित्रको अत्यासलाग्दो द्धन्दभित्र अलमलिएको थिए। क्रमश:

1 comment:

सूर्य/सिकारु said...

प्रबिण जी जिन्दगीका तिता मिठा कथाहरुलाई ईमान्दारीका साथ किस्ताबन्दीमा पस्कनुभएको छ । अति रोमान्चक्!! कता-कता बिछोड र मिलनको सम्झनामा अंकुराइरहेको प्रेमले खोजेको गन्तब्य र आफ्नो भविष्यको लक्ष्यमा दौडीनु पर्ने यथार्त बाटोलाई पनि कुल्चनुभएको यो अतितले सबै बिदेशीहरुको कथा समेत बोकेको छ ।

छिटै बाँकी भाग पनी पढन पाउने आशा गर्दछु ।