Saturday, November 21, 2009

अधुरो सपना - भाग ५

मेरी निता मलाई भन्थिन म तपाईंलाई पर्खेर बस्ने छु चाडै फर्कनु है। उनका ती वाक्यले फेरी मलाई सोच्न बिबस बनाउथ्यो मेरो आफ्नो स्वार्थ पुरा गर्न एउटा स्वतन्त्र पंक्षीको गन्तब्यमा मैले जाल हाल्नु हुदैन, म बिदेश जादै छु थाहा छैन कहीले कतिखेर अर्काको ठाउमा कस्तो परिबन्ध परि आउछ मलाई त्यो क्षण डरले कमायो अनी सोचे भोली भनेको जस्तै भएन भने मेरो कारणले उनको जिन्दगी तहस नहस त हुदैन? अनी सकिन फेरी हस्ताक्षर गरिदिन मेरी निताको दोश्रो प्रस्ताबमा पनि।

आषाढ ३१ वा july १६ को बिहान म Italy को लागि प्रस्थान गरे त्यसपछिका दिनहरुमा प्रत्येक क्षण उनी मेरो आँखा वरिपरी लुकामारी खेल्न थालिन, सपनाभरी आएर जिस्काउन थालिन अनी म प्रत्येक पल सोच्न थाले उनी बिनाको यो संसार मेरा लागि कती कहाली लाग्दो हुदोरहेछ पौष महिनाको कालो र लामो रात सरह।

जुन दिन उनिदेखी टाढा भए त्यो दिन देखि मेरो अनुहारमा कान्ती छाएको छैन, उनको नाम लिएर बरबराउदा बरबराउदै ओठ कलेटी परिसकेको छ, कहिलेकाही त सम्झनामा मुटु बिथोलिन्छ, शितल पवनले पनि आँगाको लप्कासरी पोल्छ साँच्चै मेरो जीवन यसरी च्यातिदै छ फेरी सिउनै नमिल्ने गरि। प्रत्येक साँझ मेरा नजरहरु उनीलाई देख्ने बाहानामा क्षितिजसम्म हुत्तिन्छन अनी एकैछिनमा निराश हुन्छन सहानुभुतिका कोसेली सगाल्छन, प्रत्येक रात मेरो जीवन प्यालामा ढल्न थालेको छ जब सम्झन्छु त्यो हाम्रो मिठो मिलन जँहा सप्तरङी इन्द्रेणी झै हाम्रा जिवनका रेखाहरु दौडिरहेका थिए, आकासका अदिप्त तारासरी हाम्रो प्रेम चम्किरहेको थियो।

स्मरणमा ताजै छ गरेको बाचा कसम- समाजका सारा प्रतिबन्धहरु तोड्ने छौ र हाँसो खुशी पाउने हाम्रो आफ्नो गोरेटोलाई रोज्ने छौ जहाँ एउटा सुन्दर बस्ती बसाउने छौ त्यहि बस्तिभित्रको बगैचामा हामी एक अर्काको आलिङ्गनमा एक भई नाच्ने छौ, रोमियो र जुलियट जस्तै जीवन र मृत्‍युको कुनै प्रबाहा हुने छैन हाम्रो प्रेममा। दु:खका टोर्नाडोहरु सहज सामना गर्नेछौ तर किन किन आज म कमजोर भएको छु हाम्रा ती सपनाहरु एक मुठी श्वासको ढुकढुकिमा आफ्नो प्राण थेगिरहेका छन्, फेरी मेरो जिवनमा तुवालो छाउदै छ, खण्डहर जिन्दगीको दौरानमा पुन: घाइते बन्दै छु जब मेरी निता मेडल जित्ने प्रलोभनमा मेरो मायाको मुल्य र मान्यता अनी मेरो इमन्दारितामा प्रश्न चिन्ह तेर्साउदै मलाई घाऊ उपहार दिएर अघि बढ्न लागेको देख्दा । क्रमश:

No comments: